लिपुलेक

यो रगतको डल्लो हो,
यसले रगत जन्माउछ
तर यो टुट्दैन, यो कहिल्यै मेटिदैन ।
लिपुलेक -
जन चेतनाको चिंगारी हो
यसले मसाल सल्काउँछ
तर यो निभ्दैन,
यो कहिल्यै निभ्दैन !
सुन ओ व्यापारी हो !
स्वतन्त्रता - व्यापार होइन
स्वतन्त्रता - अस्तित्वको सार हो ।
जाग नेपाली !
स्वतन्त्रता संकटमा छ ।
प्रतिक्रिया