डाँडा गाउँमा च्याउ खेती: एक संभावना, एक चुनौति

“एस. एम. ! हेर त, म त बडो दोसाँधमा पो परें त । के गरौं, के नगरौंमा पो म फसें त !”

हातमा कलम र कापी समातिरहेको कृष्ण प्रतापको कुरा सुनेर सन्तमायाँले याँमानको घोक्रो पारी र झोंक देखाई- “हेर है के.पी., मैले तिमीलाई सामाजिक काम नै छोड भनेर भनेको त छैन नि ! गर, लाग सामाजिक काममा । तर पैसा पनि कमाऊ । मेरो कुरा यत्ति हो । मेरो बुबाले मर्जि भएको पनि यत्ति नै हो । मलाई अरू कुरा केही थाहा छैन ।”

के.पी. अर्थात् कृष्णप्रताप तत्कालै निभ्यो । अनि उसले निभेपछि बत्तीले फाल्ने एक मुस्लो धुँवा यसरी फाल्यो- " हैन, तिमी त क्या हो ? जैले पनि बुबाको अर्ति दोहोऱ्याइरहन्छ्यौं । तिम्रो बुबाले अर्ति नदिएको भए पनि के म यत्ति कुरा आफै सोच्न सक्दिनँ थिएँ र ? के तिमी यस्तै भन्ठान्छ्यौ ?”

“मैले त्यस्तो भन्ठानेको छु भनेर तिमीलाई कसले भन्यो ?" - सन्तमायाँले ठूलो स्वरमा हकारी ।

“मेरो तिमीप्रतिको गुनासो के मात्रै हो भने, तिमी व्यवहारिक हुन त खोज्दैछौ तर ढीलो गरी । तिमी सप्रदैछौं तर अत्यन्तै कछुवा चालमा ।” उसले थपी ।

“तेरो बाऊ जस्तो तस्कर बनाउन खोजेकी मलाई ? के म तेरो बाउको दास हुँ ?" कृष्णप्रताप स्वास्नीसंग बेस्कन रिसायो । तर मनमनै बोल्न चाहिँ सकेन ।

मनमा यति कुरा बोकेको मान्छे, बोल्न थाल्दा साह्रै नर्मल बन्न पनि ऊ सकेन ।

"तिमी चुप लाग र मलाई मेरै गतिमा अघि बढ्न देउ ।" उसको मुखबाट अलि कडा बोलीमा वाक्य निस्क्यो ।

सन्तमायाँ, पढेलेखकी आइमाई । बुझिहाली उसको वाक्यभित्रको साहोपन । उभित्रको उसको माइतीको घरानियाँ घमण्ड र ऊ आफू बि.ए. पास गरेकी आइमाई हुनुको उभित्रको अर्को घमण्ड एकैचोटी बल्झियो । उभित्र लोग्नेप्रति क्रोधको बिजुली चम्कियो । चट्यांग परेजस्तो आवाजमा ऊ पड्की- “तिमीले मलाई एकदम असामाजिक मान्छे सोचेका छौं । के तिमी मात्रै समाजप्रति जिम्मेवार छ भनी आफूलाई मान्छौं, के म चाहिं समाजविरोधी मान्छे हँ ? के तिमी यस्तै ठानिरहेका त छैनौं ?”

कृष्णप्रतापको स्वाभाविक उत्तर वास्तवमा यस्तो हुन्थ्यो- “श्रीमतीजी, हेर तिमी समाजविरोधी छौं भनेर मैले नभने पनि तिम्रा कुरा चाहिं समाजविरोधी नै छन् । तिमी मैले सामाजिक काम छोड्नुलाई म सप्रेको ठान्छ्यौ । यो ठीक कुरा हैन । "

उसको मनले यसै भन्ने अठोट गर्न मात्रै आँटेको थियो । सन्तमायाँले आफ्नो आँखा पुछी र देखाउन खोजी ऊ साह्रै दुःखित भएकी छे र रून थालेकी छे । यसपछि, ऊ फन्केर हिँड्ने छे ।  ओछ्यानमा गएर शिरदेखि पैतालासम्म छोपेर सुत्ने छे । खाना "खान्न, खान मन छैन" भन्ने छे । कृष्णप्रतापले उसलाई हरतरहले सम्झाउने, फकाउने कोशिस गर्नेछ । तर केही सिप लाग्ने छैन । झन् ऊ अर्कातिर फर्केर सुत्ने छे ।

"हजुरहरूको पार्टी सरकारमा आउँदा त यसो कतै जी. एम., डाइरेक्टर आदि बन्नुपर्छ है, ज्वाइँ साहेब ! सकिन्न भने अर्कै कुनै “विजिनेस" मा हात हाले भैहाल्छ ।"

चित्त नबुझेका विषयहरूमा सन्तमायाँको व्यवहार पहिले पहिले पनि कयौंपल्ट यस्तो हुने गरेको थियो । त्यसैले कृष्णप्रतापको यतिखेरको यो अनुमान पनि वास्तविकतासंग सोझैं जोडिएको थियो ।

अनेकथरि हण्डरहरू र तनावहरू झेलेर साँझ घर फर्कने गरेको कृष्णप्रताप, खै उचित हो कि अनुचित हो, कम्तिमा पनि घरमा चाहिं अनावश्यक तनाव झेल्नु नपरोस् भन्ने चाहन्थ्यो । सन्तमायाँबाट ऊ हार्दिक सहयोग र मायाँ पिर्ती चाहन्थ्यो । तर सन्तमाया उसलाई माया पिर्ती पनि सशर्त मात्र गर्ने गर्थी ।

उसको सबैभन्दा ठूलो शर्त हुने गर्थ्यो- कृष्णप्रतापले सामाजिक, राजनीतिक आन्दोलन छोडोस् र छिट्टै निकै पैसा कमाउनतिर लागोस् । पैसा कमाउने ठाउँमा पुऱ्याउन उसको बाबु सक्षम र तयार थियो । ज्वाइँलाई “तातो न छारोका सामाजिक र राजनीतिक कामतिर लागेर केही फाइदा छैन है, ज्वाइँ साहेब ! हुन त हजूरको इच्छाको कुरा हो ।” भनेर उसले धेरैचोटी भनिसकेको थियो । प्रत्येकपल्ट कृष्णप्रतापको ससूरो आफ्नो भनाइको अन्त यसरी गर्थ्यो- “म पनि पहिले राजनीतिको झोला बोकेरै हिँड्ने गरेको मान्छे हुँ, ज्वाइँसाहेब । मेरो ठम्याई मैले हजूरलाई प्रस्ताव गरेको मात्र हुँ ।”

हरेकपल्ट ससुराली जाँदा उसले यस्ता भनाइहरू सुन्नुपर्ने हुन्थ्यो । प्रत्येकपल्ट ससुराले यसो भन्न पनि भ्याकै हुन्थ्यो- “मैले हजूरलाई कुनै करकाप गरेको चाहिं हैन नि !”

सबै यसै गर्थे । सासू भन्थी- “लौ है ज्वाई साहेब, हामीलाई सबै आफन्तहरूले तिमीहरूले कान्छो ज्वाइँलाई चाहिं किन कुनै गतिलो काममा नलगाएको ? भनेर टोक्सो गयगयै छन् । हुन त मैले हजूरलाई करकाप गरेको चाहिं हैन नि !”

गएको पल्ट दशैंमा ससुराली जाँदा सन्तमायाँकी दिदीले यतिसम्म पनि भनी- " हजूरहरूको पार्टी सरकारमा आउँदा त यसो कतै जी.एम., डाइरेक्टर आदि बन्नुपर्छ है, ज्वाइँ साहेब ! सकिन्न भने अर्कै कुनै “विजिनेस " मा हात हाले भैहाल्छ ।”

अन्तमा, उसले पनि भनेकी थिई- “हुन त मैले हजूरलाई कर गरेको चाहिं हैन नि, यसो सुझाव मात्र दिएको हुँ ।"

बस, यही शैली हो । यिनीहरू सबैको । यही शैलीलाई अरू “परिमार्जित” गरेर सन्तमायाँ घरमा प्रयोग गर्ने गर्थी । सबै कुरा भनेर ऊ चाहिं यसो पनि थप्ने गर्थी- "के.पी., हुन त मैले यसो भन्नुलाई तिमी "नारी जातिको स्वाभाविक लालच र हठ” भन्ने ठान्लाऊ, तर त्यस्तो हैन है, म तिमीलाई यो कुरा “नारी” हुनुको कारणले हैन, घरप्रति जिम्मेवार व्यक्ति हुनुको कारणले भन्दैछु ।”

वास्तवमा, स्वास्नीको माग र यस्तो व्यवहारले दुःखित कृष्णप्रताप आफू नराम्ररी जालमा फसेको अनुभव गर्दै थियो । त्यो जाल ऊ आफैँले निम्त्याएको जाल थियो भन्ने पनि ऊ जान्दथ्यो । तस्कर वर्गसंग वैवाहिक सम्बन्ध उसले किन गाँस्यो ?

यस्तो बेला कृष्णप्रतापको मनले भन्थ्यो- “के कारणले भन्दैछस्, मलाई सबकुछ थाहा छ । तर मुखले भने ए अर्कै कुरा बोल्थ्यो । बोल्दा ए निक्कै गलेर बोल्थ्यो, लत्रेर बोल्थ्यो । सन्तमायासँग कुन त्यस्तो जादू थियो, जसले उसलाई यसरी दिनप्रतिदिन गाल्दै गइरहेको थियो ? यो उसले ठम्याउन सकिरहेको थिएन ।

वास्तवमा, स्वास्नीको माग र यस्तो व्यवहारले दुःखित कृष्णप्रताप आफू नराम्ररी जालमा फसेको अनुभव गर्दै थियो । त्यो जाल ऊ आफैँले निम्त्याएको जाल थियो भन्ने पनि ऊ जान्दथ्यो । तस्कर वर्गसंग वैवाहिक सम्बन्ध उसले किन गाँस्यो ? समाजप्रति एकटुक्रा पनि संवेदना नभएकी स्वास्नी उसले किन बिहे गर्‍यो ? बिहेमा गाउँको कुनै पनि साहु सेठको भन्दा कम नहुने गरी तडकभडक किन गर्यो ? दुई तीन लाख रूपियाँ बराबरको दाइजो किन स्वीकायो ?

यी सबै प्रश्नहरूका सामु आज उसको "राजनीतिक, सामाजिक आन्दोलनप्रति प्रतिबद्धता” बाउन्ने हुन पुगेको छ । यो कुरा  राम्ररी बुझ्ने चतूर व्यक्ति हो - सन्तमायाँ अर्थात् एस.एम. । सन्तमायाँ घाँटी पारेर कुरा गर्ने गर्छे– “श्रीमानजी । पाँचलाख खर्च गरेर बिहा गर्ने जोडी हामीहरु, हाम्रो, हाम्रो हुनेवाला सन्तानको न्वारन पनि भव्य नै हुनुपर्ला । भव्य नभए पनि ‘बिहे’ को स्तरभन्दा उल्टो स्तरको त पक्कै हुनु नहोला ।”

कृष्णप्रताप अलिकति मायाँपिर्तीको मुडमा समेत आएर जवाफ फर्काउने गर्थ्यो- “ एस.एम., त्यस्तो जरूरी केही चलन चाँजोका कुराहरू गरौंला नि तिम्रो चित्त बुझ्ने गरी ।"

बस्, यसरी फँस्दै गइरहेको थियो कृष्णप्रताप आफ्नो जालमा आफैँ !

“तिमी मेरा कुरा सबै मान्छ्यौ तर यी सब कुराहरू गर्न जरूरी पैसा कमाउने कामतिर लाग्नका निमित्त भने मैले जति करकर गर्दा पनि किन पटक्कै हुँदैन है तिमीलाई ? " - सन्तमायाँ उसको घाटीमा जटील प्रश्नको डोरी कस्दैकस्दै जान्थी ।

“एस. एम., हेर तिम्रो र मेरो दुवैको मतलाई जोडेर दुईले भाग गर्ने हो भने सालाखाला विकल्प पैदा हुन्छ र त्यो तेस्रो विकल्प हो- एन.जी.ओ. तिर लाग्नु !"

दुई महिना अगाडि त सन्तमायाँले कृष्णप्रतापका एकजना नेतालाई नै घरमा खाना खान बोलाई । नेताले कृष्णप्रतापलाई सन्तमायाँकै लाइनमा थुप्रै कुरा सम्झायो- “व्यवहारिक हुनुपर्छ मित्र ! हामी जड्सूत्रवादी हुनुहुन्न । लचिलो हुनुपर्छ । अहिले हाम्रो राजनीतिमा समेत नयाँ नयाँ समीकरणका संभावनाहरू देखिएका छन्, को कोसंग गएर हामी मिल्नुपर्ने हो भन्ने कुराका अनेक संभावनाहरू देखापर्दैछन् । यस स्थितिमा मित्र ! तपाईंले तपाईंकी श्रीमतीसंगको समीकरणलाई चाहिं किन महत्व नदिनु भएको ? मानिदिनूस् श्रीमतीका कुरा पनि ! हेर्नुस्, हामीले व्यवहारिक बन्नुपर्छ ।”

उसलाई एक मनले त अचम्म पनि लाग्यो । जुन नेता केही वर्ष अघिसम्म पनि विचार, सिद्धान्त र निष्ठाका कुरा गर्न आउँथ्यो, त्यही नेता आज यस्ता कुरा किन गर्दै हिँड्छ ? र, नेता आफै किन पैसा कमाउने धूनमा मस्त छ ?

नेताले जम्मा... यसो भनेर कृष्णप्रतापलाई धेरै पैसा कमाउने काममा लाग्न नै प्रेरित गर्यो । उसलाई एक मनले त अचम्म पनि लाग्यो । जुन नेता केही वर्ष अघिसम्म पनि विचार, सिद्धान्त र निष्ठाका कुरा गर्न आउँथ्यो, त्यही नेता आज यस्ता कुरा किन गर्दै हिँड्छ ? र, नेता आफै किन पैसा कमाउने धूनमा मस्त छ ?

नेताले खाना खाएर गएपछि त झन् सन्तमायाँको बल बढ्यो- “देख्यौ के.पी., तिम्रो नेताको विचार र मेरो विचार ठ्याक्कै मिल्छ । लौ अब तिमी ढिलो नगर, बुबालाई म फोन गर्छु- बुबाको न्यूरोडको अफिस तिमीले सम्हाल्न थाल । बुबा र दाइ मिलेर विदेशबाट सामान ओसार्ने, भिनाजुले भन्सारमा घुस खुवाएर सामान भित्र्याउने तारतम्यै मिलाउने, होलसेल मार्केटको म्यानेजमेण्ट तिमीले सम्हाल्ने । बस् ! यति गर्ने हो भने मालामाल भइन्छ ।”

 सन्तमायाँको यो दृढ लाइन ! कृष्णप्रतापको धूल्या लागेको र धर्मराएको लाइन ॥ क्रान्तिकारी पार्टीमा केन्द्रीय रूपमा काम गर्दै आएको इतिहास न्यूरोडको होलसेल पसलको म्यानेजर पदमा रूपान्तरित हुने टड्कारो संभावना !!!

बस्, ठीक यही बिन्दुबाट कृष्णप्रतापले एउटा नयाँ विकल्पको खोजी गरेको थियो ।

क्रान्तिकारी पार्टीमा केन्द्रीय रूपमा काम गर्दै आएको इतिहास न्यूरोडको होलसेल पसलको म्यानेजर पदमा रूपान्तरित हुने टड्कारो संभावना !!!

“एस.एम., हेर तिम्रो र मेरो दुवैको मतलाई जोडेर दुईले भाग गर्ने हो भने सालाखाला विकल्प पैदा हुन्छ र त्यो तेस्रो विकल्प हो- एन.जी.ओ. तिर  लाग्नु!” कृष्णप्रतापले सन्तमायाँका सामु त्यही दिन साँझ यो प्रस्ताव राख्यो । प्रस्ताव सुन्न नपाई सन्तमायाँ खुसीले चम्की !

“लौ हुन्छ, तिमी यतिसम्म लचिलो हुन्छौं भने पनि मलाई खुसी नै लाग्नेछ । बुबाले पनि मलाई अस्ति यही मर्जी भाथ्यो- “नभए ज्वाइँलाई एन.जी.ओ. तिर लाग्नू भनेर भन्नु नि” भनेर । तरिका जान्न सकेमा त मालामाल हुने चान्स त्यो लाइनमा पनि छ रे ! शुरूमा अलि गाह्रो पर्छ रे ! तर दाताहरू खुसी भएपछि र उनीहरूलाई विश्वास भएपछि त राम्रै हुन्छ रे ! बुबाको एकजना साथीले क्यानाडामा घरै किनेछ, यही लाइनमा लागेर । त्यहाँ स्थायी रूपले बस्ने “ग्रिन कार्ड" पनि उसले त पाइसक्यो रे ! उसले त एन.जी.ओ. लाई पनि अब उतै लैजाने तयारी गर्दैछ रे !”

उसले थपी- “सामाजिक क्षेत्रमै म लागेको छु भन्न पनि पाइने, पैसा पनि कमाइने ।”

बस्, यो अठोट गरेपछिका केही दिनहरू पछिको प्रसंग हो यो- सन्तमायाँ कृष्णप्रतापसंग रिसाएर उता फर्केर सुतेको प्रसंग ।

सन्तमायाँ खुशी थिई- “के.पी., तिमी अब प्रपोजल, इभ्याल्यूएशन, फिड ब्याक, डेटलाइन आदि आदि शब्दको थुप्रोमा पुरिन्छौ ।”

बीचमा कृष्णप्रतापले एनजीओतिर लागेका साथीहरूसंग अन्तरंग कुराकानी गर्‍यो । नयाँ संस्था खोल्नुअघि अनुभव बटुल्न पुरानै कुनै एन.जी.ओ.मा केही महिना काम गर्नु राम्रो हुने ठानी उसले एकजना मित्रको संस्थामा काम गर्न शुरू गयो । यसै कामको सिलसिलामा ऊ अहिले एउटा “प्रपोजल " तयार गर्न खोज्दै थियो ।

सन्तमायाँ खुशी थिई- “के.पी., तिमी अब प्रपोजल, इभ्याल्यूएशन, फिड ब्याक, डेटलाइन आदि आदि शब्दको थुप्रोमा पुरिन्छौ ।”

उसको कुरा सुनेर कृष्णप्रतापले भनेको थियो, “यिनै शब्दहरूको थुप्रोमा त हुन्छ त्यो बहुप्रचारित डलर खेती ।”

दुवै हाँसे, यो कुरा भनेर र सुनेर ।

 तर कसोकसो कृष्णप्रतापको कलम सहजै अघि सर्न भने सकेन । प्रपोजलको तयारीमा जुटिसकेका उसका दिमाग र हात, कापी र कलमहरू टक्क रोकिए । उसले सोच्न पुग्यो - यो देशको केन्द्रीय राजनीति बिग्रेको छ । त्यहीँबाट सबै कुरा संचालित छन् र बिग्रेका छन् । मेरो जस्तो प्रतिभा र योग्यताले त्यही केन्द्रीय कुरामा योगदान पुऱ्याउनुपर्ने थियो । मुलुकको आवश्यकता यो हो । तर म आजदेखि सामाजिक गतिविधि गर्ने नाममा ध्यान अन्तै मोडेर साना- साना कामहरूमा अल्मल्लिदैछु । विदेशीहरूको कारिन्दा बन्दैछु । जनतालाई अल्मल्याउँदैछु । देशमा बीचमा कृष्णप्रतापले एन.जि.ओ. क्रान्तिको लागि सोच्नुपर्ने दिमाग यसरी अरू कुनै सानो वडा, गाउँ वा क्षेत्रमा सीमित भएर हराउँदैछु ।

वास्तवमा यो सोच उसको दिमागमा कुनै निर्णायक तहमा पैदा भएको भने थिएन । र, पनि यो हल्का तहमै सही, एकछिन पैदा भयो । अलि लामो समयसम्म काम गरेको मान्छेलाई त्यो काम गरेको क्षेत्र छोड्दा केही न केही असजिलो त महसूस हुन्छ नै । त्यही महसुस उसलाई पनि भएको थियो ।

र, उसले कोठामा पल्लो कुनामा बसेर किताब हेर्दै गरिरहेकी सन्तमायाँलाई आफ्नो यो मनको क्षणिक असजिलो पोखेको थियो- "एस.एम., हेर त, म त बडो दोसाँधमा पो परें त । के गरौं, के नगरौंमा पो म फसें त !”

बस्, उसको यो “नम्र निवेदन" को प्रतिक्रियामा सन्तमायाँले भने घोक्रो फुलाएकी थिई र यही घटना उनीहरूका मनभित्रका केही जटीलताहरूका कारण सन्तमायाँ जीउ पूरै सिरकले ढाकेर सुत्नुको हदसम्म अघि बढेको थियो ।

उसले मन मिचेर बोल्यो - " एस.एम. । त्यो हिजो मैले ल्याएको अर्को प्रोजेक्टको प्रपोजल कहाँ छ, खोज त ! त्यो हेरेर मात्र अर्को लेख्न जानिन्छ ।”

सन्तमायाँले कृष्णप्रतापलाई ऊ नयाँ काममा कुनै पनि द्विविधा नलिइकन अघि बढोस् भन्ने ध्येयले यो सब नाटक गरेकी थिई । तर पनि कृष्णप्रताप भने यो देखेर चिन्तित थियो । “अब यसले बेकारमा टेन्सन खडा गर्छे” उसको दिमागले सोच्यो ।

उसले उपाय निकाल्यो । उसले मन मिचेर बोल्यो - " एस.एम. । त्यो हिजो मैले ल्याएको अर्को प्रोजेक्टको प्रपोजल कहाँ छ, खोज त ! त्यो हेरेर मात्र अर्को लेख्न जानिन्छ ।”

ऊ थप कड्क्यो- “म नयाँ प्रपोजल लेख्दैछु, मलाई नयाँ काममा कस्तो कस्तो अनुभव भयो भनेर तिमीलाई मैले मेरो “फिलिंग” मात्रै बताउन पनि नपाउनु ? त्यत्तिकैमा तिमी मसंग त्यसरी रिसाउनुपर्छ ? लौ लौ मलाई त्यो डकुमेण्टहरू तुरून्त खोजिदेऊ ।”

सन्तमायाँ जुरूक्क उठी । खाटमुनिबाट कागजको एक चांग झिकेर कृष्णप्रतापलाई दिई "यहीं छन् नि ती सबै डकुमेण्टहरू । तिमी काम थाल, म चिया बनाएर ल्याउँछु ।”

यसो भनेर ऊ भान्छातिर लागी । कृष्णप्रतापलाई तिर्खा लागेको त थिएन, तर पनि सन्तमायाँसंगको भर्खरै बिग्रेको सम्बन्ध सपार्ने नियतले भान्छातिर आवाज दिंदै ऊ करायो “प्लिज, एक गिलास पानी पनि खुवाऊ त !”

भित्रबाट सन्तमायाँको प्रफुल्ल आवाज आयो- “हिजो ल्याएको कागती बाँकी रहेछ, कागती र चिनी हालेर सर्वत बनाऊँ ? खाने हो ?”

कृष्णप्रतापको ध्यान भने कागजाततिर गइसकेको थियो । उसले एन.जी.ओ. गतिविधितिर पहिलो पाइलास्वरूप आफ्नो कलमले प्रपोजलको शीर्षक लेख्यो कापीको सिरानीमा- “डाँडागाउँमा च्याउखेतीः एक संभावना, एक चुनौती” ।

त्यसपछि तल लेख्न थाल्यो- “नेपालको बहुसंख्यक जनसंख्या पहाडी गाउँहरूमा बस्ने गर्छन् । त्यहाँका जनताहरू आय-आर्जनका अवसरहरूबाट बञ्चित छन्, पौष्टिक आहारको कमीले गर्दा.... दिगो विकास..... स्वाबलम्बन आय-आर्जन.... ग्रास रूट..... इम्पावरमेण्ट" आदि आदि ।

विकास, २०५५ बाट । चित्रहरु: गुगल एआइ स्टुडियोबाट तयार पारिएको ।