नवधनाढ्यहरु र सांस्कृतिक विचलन

हाम्रो मुलुक नेपालमा वंशानुगत धनाढ्यहरुभन्दा आजका नव धनाढ्यहरु बढी नै उत्ताउला देखिएकाछन् । यसो हुनु स्वाभाविक पनि छ । भएका उद्योग इलम पनि बढारेर सफाचट पारिएको आजको नेपालमा जे जति नवधनाढ्य बनेका छन् ती इमानदार श्रम तथा मेहनतबाट बनेका छैनन् । भ्रष्टाचार, तस्करी, करछली, मानव बेचबिखन, वैदेशिक दलाली, विभिन्न किसिमका माफियागिरी, विचौलिया चतुरेचाल आदिबाट बनेका छन् । मेहनत विना आर्जित धन, अति थोरै मिहिनेतबाट अति धेरै थुप्रिन आएको धन, अर्थात् किसिम किसिमको कालो धनबाट रातारात नवधनाढ्य बनेका यिनीहरु सापेक्ष्य रुपमा बढी खर्चिला र उत्ताउला देखिनु स्वाभाविक पनि छ । खर्च गर्ने ठाउँ चाहिएको छ बहाना चाहिएको छ । पैसा त यिनीहरुसँग कति छ कति ।
यहाँ आज एउटा सानो डोको जत्रो चाड पनि भकारी जत्रो खर्चको बहाना बन्न सक्छ । जस्तै अहिले श्रावण महिना छ । यस वर्षको तीज भदौको दोस्रो हप्तातिर पर्छ । काठमाडौका विभिन्न पार्टीप्यालेस र होटल रिसोर्टहरुमा श्रावणको पहिलो हप्ताबाटै तीजको रमझम शुरु भएर अहिले तेस्रो हप्तासम्म हाउसफुल शैलीमा चलिरहेको छ । अव अगाडि तीजकै सेरोफेरोमा त झन् बढी हाउसफुल रमझम चल्छ भन्नेमा शंकै रहेन ।
अस्तिको हिजोको तीज यस्तो थिएन । चाड त चाड हो मनाइन्थ्यो । विशेष गरेर मनुस्मृतिका खोरमा थुनिएका र आर्थिक अधिकारबाट पूर्णतः वन्चित राखिएका महिलाहरुको चाड हुनेगर्थ्यो यो । यसका पृष्ठभूमिमा धेरै करुणकथाहरु हुन्थे । खास गरेर बाहुन क्षेत्री घरपरिवारका महिलाहरुका सन्दर्भमा भन्नुपर्दा अवस्था अत्यन्त दयनीय थियो । हुनेखाने भनाउँदा घरपरिवारमा पनि महिलाहरु हुनेखाने अवस्थामा हुन्थेनन् । मध्यम निम्नमध्यम र गरीब घरपरिवारका अवस्था उत्तरोत्तर विकराल हुने गर्थ्यो । यहाँनिर एक छिन ‘इति ह आस’ का कुरा गरौँ ।
अस्तिको हिजोको तीज यस्तो थिएन । चाड त चाड हो मनाइन्थ्यो । विशेष गरेर मनुस्मृतिका खोरमा थुनिएका र आर्थिक अधिकारबाट पूर्णतः वन्चित राखिएका महिलाहरुको चाड हुनेगर्थ्यो यो ।
हिन्दीको बुहारना बाट नेपालीमा ‘बुहारी’ बनेछ । ‘बुहार्तन’ बनेछ । नेपाली शब्द कोशले जे भनोस् कामको प्रकृतिले यही भन्छ । परम्परागत बुहारीहरु घर पिँडी तथा आँगन समेतको बढारकुँढार लिपपोत सफा सुग्घरका साथै परिवारका लागि खाना पकाउन,े पस्कन,े बाँड्ने, खानापछि भाँडाकुँडा सफा गनर्,े ढिक्कीमा धान कुट्ने,फल्ने, जाँतोमा मकै, कोदोे पिँध्ने, परिजन सवैका लुगा धुने, जंगलबाट घाँस दाउरा ल्याउने, पँधेराबाट पानी खेप्ने, गाइभैँसीलाई घाँस पानी दिने, बेलुका भान्छाको तमाम काम सकेर घरभरिका मान्यवर महिलाहरुका गोडा मिच्ने, कोपरा व्यवस्थित गर्ने, र अन्तमा श्रीमान्का गोडा मिचेर सन्तुष्ट पारेपछि बिहान साढे तीन बजेतिर उठ्न मनको एलार्म ठीक पारेर सुत्ने गर्थे । सासु र नन्द आमाजुका दृष्टिमा बुहारी भनेका फलामका मान्छे हुन्थे तिनले यी यावत् काम जसरी पनि भ्याउनै पथ्र्यो । भ्याउँथे पनि । गाउँ समाजमा बुहारीमाथिको यो कार्यभारलाई बुहार्तन भन्ने चलन थियो ।
जसका घरमा जे छ त्यसैलाई अलि विशेष गरी पकाएर राति दर खान्थे । आमाका हातले दिएका कोदाका रोटी र नुन खुर्सानी पनि छोरीलाई अमृत लाग्थ्यो ।
कोलमा र हलोमा नारिने गोरुले समय समयमा बिदा पाउँथे घरकाजमा नारिने बुहारीले कुनै समय बिदा पाउँदैनथिए । उनीहरुले पाउने बिदा वर्षभरिमा तीजका दुई दिन मात्र हुन्थे । यस बिदामा चेलीहरु हुत्तिँदै बत्तिँदै माइत पुग्थे । त्यो पनि माइतीमा आमा हुनुहुन्थ्यो भने । माइतीमा ब्रतका अघिल्ला दिन खाइने अलि दह्रो खानालाई दर भनिन्थ्यो । जसका घरमा जे छ त्यसैलाई अलि विशेष गरी पकाएर राति दर खान्थे । आमाका हातले दिएका कोदाका रोटी र नुन खुर्सानी पनि छोरीलाई अमृत लाग्थ्यो । ब्रतका दिन छरछिमेक साथीसँगाती दिदीबहिनी जुटेर नजिकैको मन्दिर जान्थे । प्रार्थनामा बुहार्तनबाट मुक्तिको सपना बुन्थे । सुख सुविधाका कल्पनामा कल्पन्थे । नाच्थे, गाउँथे । आफआफ्ना मनका बह पोख्थे ।
यो अस्तिदेखि हिजोसम्मका तीजका कथा हो । गाउँमा गाउँ हुँदाको कथा हो । दास युगीन, सामन्त युगीन परम्परागत घैँटाहरुमा नयाँ घाम लाग्दै नलाग्दाका बेलाको कथा पनि हो । समय पटक, पटक हाम फालेर आज अर्कै परिवेशमा आइपुगेको छ । आज गाउँहरुले गाउँ छोडिसकेका छन् । कतै शहर स्वयम् खोच्याउँदै गाउँ पस्दो छ । कतै गाउँहरु घस्रँदै शहर पसिरहेछन् । कतै त उभिएर हर्दो पनि को कता पसेको छुट्याउन गाह्रो छ । काँठहरु त शहरसँग डराएर यत्रतत्र भागि नै सके । जो बाँकी गाउँमा पनि आज गाउँहरु छैनन् । कति त नेटो काटिसकेका छन् । मानव बेचबिखनको हुरीले गाउँको यौवन सिनित्तै पारेर उडाइसकेको छ । गाउँमा रित्ता खोक्रा बुढाबुढी बाँकीछन् । तिनले के दर खान्छन् के तीज मान्छन् ? आपसमा बसेर आफ्ना बेलाका दगुरादगुरका कथा हाल्छन् समय काट्छन् । विदेश गएका छोराछोरी जीवित नफर्केका बुढी आमाहरुका नाक कान बुच्चिएजस्तै हिजोआज गाउँबस्तीहुँदो चाडबाढ पनि बुच्चिँदै गएको छ ।
कतै गाउँहरु घस्रँदै शहर पसिरहेछन् । कतै त उभिएर हेर्दो पनि को कता पसेको छुट्याउन गाह्रो छ । काँठहरु त शहरसँग डराएर यत्रतत्र भागि नै सके । जो बाँकी गाउँमा पनि आज गाउँहरु छैनन् । कति त नेटो काटिसकेका छन् । मानव बेचबिखनको हुरीले गाउँको यौवन सिनित्तै पारेर उडाइसकेको छ ।
यता राजधानीलगायतका शहरका गतिविधि बेग्लै छन् । शहर बजारमा तिथिमितिभन्दा एक डेढ महिना अगाडिबाटै तीज आउन थालेको छ । लौ त्यो आयो भनेपछि हुनेखाने घर परिवारका फुर्सदिला महिलाहरुका तनमनमा रमझम् छम्छम् शुरु हुन्छ । होटल रिसोर्ट र पार्टीप्यालेसहरुमा नाचगान र खानपानका रंगीन कार्यक्रमहरु चल्छन् । एउटै जमातका पनि कार्यक्रम महिनौँ चल्छन् । आजका यी शहरिया दरहरुमा निर्धारित तिथिको चिरप्रतिक्षित रात छैन । समानमर्मी दिदी बहिनी र आमाको साथ छैन । गाउँका पुराना खीर, रोटी, चाम्रे छैनन् । दही दूध छैन । गरीब घरमा तेलकै भए पनि भुटुन राखेर पकाएको कोदोको रोटी त झनै छैन । आज पेट दह्रो बनाएर भोलि ब्रत बस्ने कुरा पनि छैन । यहाँ त खाने कुरा छन् । किसिम किसिमका नाम र दामका ननभेज स्न्याक्सहरु छन् । देशी विदेशी महँगा पेयपदार्थहरु छन् । चौरासी व्यन्जनसहितका मूल्यवान् भोज्यसामग्रीहरु छन् । जुट्नेमा यहाँ आमाहरु छैनन् साथीहरु छन् । समान हैसियतका नातेदारहरु छन् । बजारले के निर्देश गर्छ त्यसअनुसारका अलङ्कार एवम् परिधानहरुका पहिरनमा सजिसजाउ रानीसाहव मैयाँसाहव र राजकुमारीहरु छन् । आपसमै अघोषित प्रदर्शन छ, प्रतियोगिता छ । उद्दाम, उत्तेजक नाच गीतले वातावरण झन्झनाएको छ । गीतमा गाउँ घर र बुहार्तनका कथा छैनन् भन्ने मात्र हैन, कर्कशा सासु र भाँगभुत्ते लोग्नेका पीडा कथा छैनन् भन्ने मात्र पनि हैन, नेपालको धर्तीमै उम्रेर गाइएका गीत छन् र पनि यी गीतमा नेपाल नै छैन, छ त केवल भुइँफुट्टा भाव छ । भुइँफुट्टा आवाज र भुइँफुट्टा नर्तन छ । भ्रष्ट र नवधनाढ्य परिवारका भुइँफुट्टा नव नायिकाहरुबाट जन्मेर हुर्कन थालेको भुइँफुट्टा संस्कृतिको अपरिमित उन्माद छ ।
गाउँका पुराना खीर, रोटी, चाम्रे छैनन् । दही दूध छैन । गरीब घरमा तेलकै भए पनि भुटुन राखेर पकाएको कोदोको रोटी त झनै छैन । आज पेट दह्रो बनाएर भोलि ब्रत बस्ने कुरा पनि छैन ।
हाकिम महिला, हाकिमका पत्नी महिला सरकारी गाडीमा सवार हुन्छन् । विभिन्न विचौलिया र बेचबिखन कम्पनीका महिला आफआफ्ना अफिसका गाडीमा सवार हुन्छन् । अव त राजनीतिक दलहरु पनि कुनै कम्पनीभन्दा फरक छैनन् । धनाढ्य दलका नेता, नेती, नेताका श्रीमती, छोरी, बुहारी र प्रेमिकाका पनि आफ्नै गाडी छन् । गाडी भएपछि होटल रिसोर्टहरु टाढाका पनि टाढा लाग्दैनन् । कार्यक्रममा सधैँ महिला मात्र हुन्छन् भन्ने पनि छैन यदा कदा तिनका पुरुष पनि सम्मिलित हुन सक्छन्, हुन्छन् । कति महिलाका पुरुषमित्र र कतिपय पुरुषका महिला मित्र पनि सम्मिलित हुन्छन् । भदौको घामजस्तै समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रको टन्टलापुर प्रताप अहोरात्र व्यापक छ त यहाँ वहाँहरुलाई वाधा के छ ?
शहरमा तीज आज हाँसो ठट्टाको महिनाव्यापी चाड बनेको छ । संयुक्त मधुपानको चाड बनेको छ । नाचगानको चाड बनेको छ । पोसाक र गहना प्रदर्शनको चाड बनेको छ । दिउँसैदेखि कार्यक्रम हुन्छ । मस्तीमा झुम्दै राति घर फर्कन्छन् । तदारुकताका साथ काम सम्पन्न गरेर असार मसान्तमा बिल फछ्र्यौट गर्नेगरी सरकारी कोषबाट असार पन्ध्र गते साइट साइटमै विकास बजेट पुग्दा विकासे मालिकहरुका ब्याङ्कखाता दंग परेजस्तै साउन लागेपछि शहरका पार्टीप्यालेस, होटल रिसोर्टहरु पनि दंग परेका छन् । सधैँ नाचगान सधैँ भोज । प्रसरणशील लुतोजस्तो बनेको छ नयाँ संस्कृति, जति कन्यायो उति मज्जा ।
मारा त मारा नै हो । बनमा बनमारा संस्कृति पसेको छ । रैथाने बनबोटहरु लखेटिँदै छन् । गाउँ शहरमा तरमारा संस्कृति पसेको छ । देशभक्ति र इमान जमानको संस्कृति लखेटिँदो छ । चित्रबहादरजीका उखानजस्तै “कुराजस्तो कुरा गरौँ भने चित्त फाट्ने, नाचजस्तो नाच गरौं भने घाँघर फाट्ने !” कुरा त जुन पनि रमाइलो छ । हाँस्दा हुन्छ । हाँस्न नसक्नेले रुँदा हुन्छ ।
मारा त मारा नै हो । बनमा बनमारा संस्कृति पसेको छ । रैथाने बनबोटहरु लखेटिँदै छन् । गाउँ शहरमा तरमारा संस्कृति पसेको छ ।
आँखा उघारेर हेर्दा यहाँ त्यहाँ जहाँ पनि देखिन्छ विगत केही दशकबाट हाम्रो नेपालमा सांस्कृतिक अतिक्रमण व्यापक बन्दैछ । संस्कृतिको विभत्सीकरण त्यत्तिकै छ । यद्यपि हाम्रो संस्कृति महिलाप्रति उदार थिएन । बालबालिकाप्रति सम्मानपरक थिएन । दासयुग र सामन्त युगका फोहर भरिएका कतिपय भारी किसाएर विधिवत् पापमोचन गर्न बाँकी नै रहेको हाम्रो संस्कृति उत्कृष्ट नभए पनि सर्वथा निकृष्ट पनि होइन । भुक्तभोगी नेपाली जनजीवनमा ब्यवहारतः माझिँदै आएको सरलता स्वाभाकिकता र मिलनसारिता छ । मात्तिन पात्तिन छेक्ने लज्जाचेत छ । आफ्नो देश र समाजप्रति मायाँको भाव छ । बाटो हेरेर पाइला राख्नु पर्छ, घाँटी हेरेर हाड निल्नु पर्छ भन्ने समझदारी छ । दुश्मनसँगका युद्धमा अपलायन एवम् विजयगामी बहादुरी छ । देशभक्तिले ओतप्रोत अनुपम बहादुरी छ । यति हुनु केही पनि नहुनु होइन । यिनै सोचसमझले हाम्रा समाजलाई चाडपर्ब विवाह व्रतबन्ध आदि सामााजिक कामकाजहरुमा समेत आवश्यक पथप्रदर्शन गरिआएका हुन् । समाजपरक संस्कृति एक किसिमले सामाजिक अनुशासन पनि हो । नेपाली समाजमा अनुशासनको अभाव थिएन । यसैले नेपाललाई जोगाएको थियो भन्न पनि मिल्छ ।
विगत केही दशकभित्र मुलुकको राज्यसत्तामा प्रत्यायोजित ‘हाइब्रीड’ धमिराहरु पुगेपछि र यत्र तत्र तिनका दरबार ठडिएपछि रैथाने स्थापत्यहरु रोगाएका छन् । जताततै अतिक्रमणका ढोका खुलेकाछन् । भूगोलमा अतिक्रमण छ । भाषामा अतिक्रमण छ । धर्म संस्कृतिमा अतिक्रमण छ । नेपालको भाग्य भविष्यमाथि नै व्यापक अतिक्रमण छ । अतिक्रमणको स्वागत र प्रवर्तनमा सवै रङ्गढङ्गका धमिराहरु तँछाडमछाड गर्दै लागिपरेका देखिन्छन् । जिउभरि धमिरा सल्किसक्दा पनि हामी रैथाने नेपाली जनताले अझै चेतेका छैनौँ । उदेक लाग्छ ।
आवश्यकता अनुभूत हुँदा परम्परागत लीकमै टेकेर सुधार र परिवर्तन गर्दा स्वाभाविक हुन्थ्यो । मौलिकता र पहिचान जोगिन्थ्यो । अतिक्रमणलाई स्वागत गर्ने हतारोमा त्यतातिर सोच्नु पर्नेले पनि सोच्न भ्याइएनन् । आज स्वदेशदेखि विदेशसम्म कतै पनि परम्परागत लिकमा गुडेको छैन नेपालको सांस्कृतिक यान ।
हामीकहाँ धर्म, संस्कार, संस्कृतिका आफ्नै रीति स्थितिहरु थिए । माटो र बाटो अनुकूल थिए आफआफ्ना लिकमा थिए । आज विवाह, ब्रतबन्ध, न्वारान, पास्नी जन्म उत्सव लगायत कुनै पनि चाडपर्ब परम्परागत लिकमा छैनन् । आवश्यकता अनुभूत हुँदा परम्परागत लीकमै टेकेर सुधार र परिवर्तन गर्दा स्वाभाविक हुन्थ्यो । मौलिकता र पहिचान जोगिन्थ्यो । अतिक्रमणलाई स्वागत गर्ने हतारोमा त्यतातिर सोच्नु पर्नेले पनि सोच्न भ्याइएनन् । आज स्वदेशदेखि विदेशसम्म कतै पनि परम्परागत लिकमा गुडेको छैन नेपालको सांस्कृतिक यान । उदाहणका रुपमा विवाह समारोहलाई लिउँ, योरप अमेरिका अस्ट्रेलिया अफ्रिका जताततै नेपालीहरुको विवाहसमारोह सांस्कृतिक ‘ताम्रचूडपुच्छ’ बन्दो छ । कल्चरल ‘ककटेल’ बन्दो छ । त्यहाँ जन्ती घरपेटी हरेक पक्षको प्रस्तुति र सांस्कृतिक त्रियाकलापहरुमा नेपाली परम्पराले नचिनेका पद्धति र प्रकारहरु उपस्थित देखिन्छन् । ती न त्यहाँका न यहाँका । भावना र विवेकभन्दा माथिका वैभव प्रदर्शन । त्यहाँ पुगेपछि यहाँका पुरेतले पनि त्यहाँका पादरीलाई उछिनेका छन् । यहाँ यति डलर राख, त्यहाँ त्यति डलर राख, गौदान यति डलर, दक्षिना यति डलर । टीका प्रसाद थाप, डलर । डोरो बाँध, डलर । नयाँ नयाँ पारा झिकेर ठग्न लागिपरेका देखिन्छन् । विदेशमा गएर नेपालको धर्मसंस्कृतिलाई ठगीधन्धाका रुपमा प्रस्तुत गरेर गरिमा गुमाउँदै छौँ भन्ने चेत यी बिचरा पुरेतहरुमा छैन । पुरेत पुगेजस्तै नेपालका परम्परागत वाद्यवादक पनि त्यहाँ पुगेका छन् । खाँडो जगाउने पनि पुगेका छन् । कल्छ्यौली लोकन्ती र डोले न होलान् । बाँकी सवै छन् । किसिम किसिमका नेपाली गीत बज्न पुगेका छन् । यति हुँदा पनि नेपाली पनको मन त्यहाँ अलमलमा छ, असजिलोमा छ । स्वाहा भन्दै चरु होम पनि गरिएको छ , आहा भन्दै केक पनि काटिएको छ । माहुर पनि खुवाइएको छ, केक पनि टोकाइएको छ । घुम्टी पनि छ, चुम्बन आलिंगन पनि छ । युगल नाच त छँदैछ ।
नेपाली बा आमालाई नेपाल आएपछि छिमेकीहरुका खालमा बसेर गफ दिन सामग्री असमेल बन्छ । बडो मठिो गरी सुनाउँछन् छोराछोरीका विवाहका कथा । सुन्नेलाई न ढिँडो, न हलुवा । तै पति चासो लिएर सुनिदिन्छन् । विदेशमा सहवास सहितको सहजीवनको बर्सौँपछि अनुकूल समय मिलाएर नेपाल आउने र नेपाली आफन्तहरुका बीच विशेष साधन सम्पन्नता प्रदर्शनका साथ विवाह गर्न रमाइलो मान्ने युवायुवतिहरुको पनि कमी छैन । तिनका विहामा पनि ककटेल संस्कृतिको निर्लज्ज नाच चलेको देख्न पाइन्छ । खडकुल्लामाथि छिप्पिँदा पाँसुलाहरु पसारेर बुढा बा आमालाई ती पाँसुला पखाल्न र जल पिउन लगाउने तथा कन्यादानका नाममा दानमा दिइन र दान भनेर हात थापी लिन किन्चित् लज्जाबोध नगर्ने यी देश विदेश खाएका शिक्षित दीक्षित नवयुगीन युवा युवतिहरु चेतनशील दर्शकका आँखामा कम विस्मयबोधक हुँदैनन् । जग्गे नामको एउटा कुनातिर पुराकथाका पात्र र घटनाका प्नरावृत्तिका रुपमा क्युरियो परिधानमा स्वाहा बर्बराइरहेका बाहुनहरु, तिनका चरु डढ्दाका धुवाँ, यता कन्यादान, पासा खेल, युगल नाच, सम्पदा आदान प्रदानको प्रदर्शन, केक कटान आदि इत्यादि सवै नै आधुनिक ककटेल संस्कृतिजन्य विवाह कलाविहीन नाटकका रुपमा मन्चन हुन्छ । नयाँ परिधानमा सवैजसो पुराना रुढीहरु दोहोरिन्छन् । यी सर्व सम्पन्न समारोहहरुमा राष्ट्रियताबोध र नवयुगीन शिक्षाबाट परिमार्जित सांस्कृतिक चेतनाको नयाँ ज्योतिबाहेक सवै कुरा देख्न पाइन्छ । सन्तोष अनुभव गर्न भने सकिँदैन ।
धर्म संस्कृतिमा विवाद, विद्वेष र फूटको विस्तृत खेती परिचालन गर्न र नेपाल अस्त व्यस्त र ध्वस्त बनाउन हरिया हरिया ढ्याउ डकार्दै ज्यान दिएर लागिपर्नेहरु पनि छन् । नेपाल र नेपालीको अस्तित्व फुटानी, झैझगडा र विभाजनमा सुरक्षित छैन । मेलमिलाप सहचिन्तन, सहकार्य र व्यापक भावनात्मक एकीकरणमा मात्र नेपालको अस्तित्व सुरक्षित छ भन्नेहरु अझै धेरै छन् ।
नेपाली युवा युवतिहरुले नेपालकै विभिन्न संस्कार संस्कृति र चाडबाढहरुको समायोजन गरेर विदेशमा पनि नेपालकै मौलिक सम्पदाका रुपमा प्रदर्शन गर्ने र आफ्नो छुट्टै पहिचान कायम गर्ने प्रयास गर्ने हो भने यसलाई मन पराउने र अपनाउनेहरु पनि हुँदा हुन् । नयाँ पुस्तामा पनि यो जीवन्त रहँदो हो भन्नेहरु छन् । देश हराउँदै गयो राष्ट्रिय पहिचान चाहिन्छ भन्नेहरु पनि छन् । धर्म संस्कृतिमा विवाद, विद्वेष र फूटको विस्तृत खेती परिचालन गर्न र नेपाल अस्त व्यस्त र ध्वस्त बनाउन हरिया हरिया ढ्याउ डकार्दै ज्यान दिएर लागिपर्नेहरु पनि छन् । नेपाल र नेपालीको अस्तित्व फुटानी, झैझगडा र विभाजनमा सुरक्षित छैन । मेलमिलाप सहचिन्तन, सहकार्य र व्यापक भावनात्मक एकीकरणमा मात्र नेपालको अस्तित्व सुरक्षित छ भन्नेहरु अझै धेरै छन् ।
संस्कृति आधारभूमि हो । संस्कृतिमा टेकेर उठेको विकास दिगो हुन्छ । हाम्रो संस्कृति नै महान छ भन्न त मिल्दैन । संस्कृति महान् भए हामी किन विकासमा पछाडि परेको त ? प्रश्न गर्न मिल्छ । हो, हाम्रा संस्कृतिहरुमा महान् पक्षहरु धेरै छन् । हामी संस्कृतिका धनी छौँ र पनि हाम्रो संस्कृतिले विगत केही दशकबाट देशभक्त, इमानदार, दायित्वबोधपूर्ण, विलक्षण सृजेता नेताहरु दिन न सक्नुका कारण आज हामी गरीब छौँ ।
आजको यो गरीबी हाम्रो नियति होइन, विकृति विसंगति हो । रातपछि प्रभात अवश्यम्भावी छ । हामी सपना देख्न नसक्ने पनि होइनौँँ । हामीमा स्वाभाविक सरलता छ । परिमार्जनप्रियता छ । जाँगर छ । अहिले हाम्रो नेपाली समाजले विशाल हृदय बनाएर युगनिर्माण निमित्त सक्षम प्रगतिबोध सहितको सांस्कृतिक पुनर्जागरण खोजेको छ पनि भनिन्छ । समय हो, कता भंगालो फाट्छ । समेटिँदा त भव्य र मनोहर नदी बन्छ नि । बनिआएको छ । नदीहरुको धनी हाम्रो देश । नदी नै त सभ्यताको सहयात्री हो ।
हाम्रो संस्कृतिमाथि व्यापक अतिक्रमण त छ नै । यहाँनिर बिर्सन नसकिने अर्को कुरा एउटा के पनि छ भने विगत सात दशकदेखि नेपाल परिचायक वेद पुराण लगायत नेपालका विभिन्न महत्वपूर्ण भूखण्डमाथि अतिक्रमणको जुन निरन्तरता छ हाम्रा नदीहरुमाथि पनि अतिक्रमणको शृङ्खला चालु छ ।
हजुरबाले खानु भएको घिउको बास्ना हाम्रा हातमा आएन त आएन । अब के गर्ने ? हामी जनताले सोच्न त पर्ला नि । नपर्ला र ?

प्रचण्डका "संविधान संशोधन प्रस्ताव" को शल्यक्रिया

‘एलार्मिष्ट’ बनेको हैन, तर कुरो ‘एलार्मिङ’ नै छ

जमानाको नायक

नागरिकको निष्ठामा भएको धोका: सरकारहरुलाई एक तीतो सन्देश

आदर्श होइन कृत्रिम

आर्थिक संकटको संघारमा नेपाल

पछिल्ला १२ दिनको युद्धले सिकायो कि इरानले आणविक हतियार नबनाउनु मूर्खता थियो

प्रतिक्रिया