अढाइ लाख वर्षदेखि सुतेको ‘जोम्बी ज्वालामुखी’ उतुरुनकुमा जीवनको हलचल

२,५०,००० वर्षदेखि सुसुप्त अवस्थामा रहेको एउटा ‘जोम्बी ज्वालामुखी’ यतिखेर आएर सक्रिय हुन थालेको संकेत दिइरहेको छ। एन्डीज पर्वतमालामा अवस्थित विशाल ज्वालामुखी पर्वत उतुरुनकुले अढाइ लाख वर्षको लामो मौनतापछि अचम्मका गतिविधि देखाउँदैछ। उपग्रह चित्रहरूको विश्लेषण गर्दा त्यस क्षेत्रको जमिन बिस्तारै माथि उठिरहेको देखाएका छन्, सेन्सरहरूले सयौँ साना भूकम्प टिपेका छन्, र यसको ढालबाट ग्यास निस्किरहेको छ । यी सबै संकेत प्रायः सक्रिय ज्वालामुखीमा देखिने खालका हुन्।
म्याग्मा होइन, हाइड्रोथर्मल गतिविधि
नयाँ अनुसन्धान अनुसार, यो हलचल ज्वालामुखी सक्रियताको लक्षण भए पनि त्यसो सतहमा म्याग्मा पुग्न लागेकाले पैदा भएको भने होइन। बरु, वैज्ञानिकहरूले पत्ता लगाए अनुसार उतुरुनकुभित्र एक विशाल भूमिगत प्रणाली छ । त्यहाँ एक अति ठूलो म्याग्मा भण्डारको तापले चट्टानका चिराबाट ग्यास र तरल पदार्थ माथि धकेलिरहेको छ। यो हाइड्रोथर्मल गतिविधिले नै ज्वालामुखीलाई हलचल गराइरहेको हो । यसको अर्थ त्यहाँ निकट भविषयमै ज्वालामुखी विस्फोट भइहाल्छ भन्ने भने होइन ।
अल्टिप्लानो–पुना म्याग्मा बडीको खोज
उतुरुनकुको मुनि अवस्थित अल्टिप्लानो–पुना म्याग्मा बडी (Altiplano–Puna Magma Body (APMB)) पृथ्वीको भूपर्पटीमा ज्ञात सबैभन्दा ठूलो म्याग्मा भण्डार हो, जुन करिब १२४ माइल चौडाइसम्म फैलिएको छ। "अल्टिप्लानो–पुना म्याग्मा बडी" भन्नाले दक्षिण अमेरिकाको एन्डीज पर्वत श्रृंखलामा अवस्थित, अल्टिप्लानो र पुना नामक उच्च पठार क्षेत्रको मुनि रहेको विशाल म्याग्मा भण्डारलाई जनाउँछ। यो पृथ्वीको भूपर्पटीमा हालसम्म थाहा भएको सबैभन्दा ठूलो सक्रिय म्याग्मा भण्डार हो । यसले वरिपरिका ज्वालामुखीहरूको भौगोलिक गतिविधिमा महत्वपूर्ण प्रभाव पार्छ।
अनुसन्धानकर्ताहरूले १,७०० भन्दा बढी भूकम्पीय गतिविधिबाट प्राप्त तथ्यांकको विश्लेषण गरी, ज्वालामुखीको जटिल “प्लम्बिङ प्रणाली” नक्शाङ्कन गरेका छन् । त्यसमा आधारमा उनीहरुले उतुरुनकु क्षेत्रका ज्वालामुखीहरुले विस्फोट नभइकनै आफूभित्र सञ्चित दबाबलाई निस्काशन गरिरहेको छ । ।
थ्रीडी नक्सा र भूमिगत चित्रण
वैज्ञानिकहरूले भूकम्प विज्ञान (seismology), उपग्रह मापन (InSAR), गुरुत्वाकर्षण विश्लेषण (gravimetry), र चट्टानी गुणहरूको अध्ययन (petrophysical measurements) मिलाएर उतुरुनकुको भूमिगत संरचनालाई थ्रीडी रूपमा चित्रण गरेका छन्। यसले देखाएको छ कि वाष्पले भरिएको एक मुख्य मार्ग (vapour-rich conduit) सतहभन्दा १.५ देखि १२.५ किलोमिटर गहिराइसम्म फैलिएको छ। वरिपरि चट्टानहरूमा रासायनिक रूपान्तरण भएको क्षेत्र (alteration zone) भेटिएको छ, र पश्चिमी ढालको मुनि १.५ किलोमिटर गहिराइमा सल्फाइड खनिज जम्मा हुन सक्ने संकेतहरू पाइएको छ।
विश्वभरका ‘जोम्बी ज्वालामुखी’
उतुरुनकु मात्र यस्तो होइन। संसारमा करिब ५० यस्ता अति पुराना तर अझै जीवनका संकेत दिने, हलचल युक्त संरचनाहरू भएका ‘जोम्बी ज्वालामुखी’ छन्। यिनको अध्ययनले विस्फोटको पूर्वानुमान गर्न, भू-तापीय ऊर्जा उपयोग गर्न, र बहुमूल्य खनिज उत्खनन गर्न महत्त्वपूर्ण सहयोग पुर्याउन सक्छ।
“जोम्बी ज्वालामुखी” भन्नाले निक्कै लामो समयदेखि अझ कुनै कुनै त लाखौं वर्षदेखि विस्फोट नभएको ज्वालामुखीलाई जनाउँछ । सुसुप्त अवस्थामा रहेका यस्ता ज्वालामुखी पूर्णरुपमा निस्क्रिय भइसकेको हुँदैन । तिनीहरु भित्र केही “जीवित” गतिविधि चलिरहेको हुन्छ।
यसलाई हामी लामो समयदेखि निदाएको तर मृत नभएको ठूला जनावरसँग तुलना गर्न सक्छौं।
यस्ता ज्वालामुखीको सतहमा शान्त देखिए पनि भित्र ताप, ग्यास, र तरल पदार्थको चलखेल भइरहेको हुन्छ। यी गतिविधिले जमिन बिस्तारै उठाउन सक्छ, साना भूकम्प ल्याउन सक्छ, वा ढालबाट ग्यास निस्किन सक्छ। तर यसले तत्काल ठूलो विस्फोट गर्ने सम्भावना नभए पनि, यसको भित्री हलचलले देखाउँछ कि यो पूर्ण रूपमा निस्क्रिय छैन।
त्यसैले “जोम्बी” भन्ने शब्द यहाँ डर देखाउन भन्दा बढी, एउटा प्राचीन र लामा समयदेखि मौन तर अझै जीवनको संकेत दिने ज्वालामुखीलाई वर्णन गर्न प्रयोग गरिएको हो।

र्यालले घाउ निको पार्ने काम पनि गर्छ !

क्युमुलस बादल: आकाशको रूइ झैँ देखिने तर झुक्याउने बादल

पुरुषको भन्दा महिलाको मुटु किन बढी धड्कन्छ?

शङ्खेकीरा र मानव मस्तिष्कको तुलना

कागजले काटेको ठाउँमा किन धेरै दुख्ने गर्छ ?

फोक्सो: सास फेर्ने मात्र होइन, रगत पनि बनाउने अद्भुत अङ्ग

सरसफाइ मन पराउने ध्रुवीय भालु

प्रतिक्रिया