सोभियत सत्ताको अवसानको पृष्ठभूमिमा रोजा लक्जेमवर्गका विचारको सान्दर्भिकता र महत्त्व
समान लक्ष्य, फरक बाटो: रोजा लक्जेमबर्ग र लेनिनबीचको सैद्धान्तिक विवाद

विश्व मार्क्सवादी आन्दोलनको इतिहासमा भ्लादिमीर इल्यिच लेनिन र रोजा लक्जेमबर्ग दुई अत्यन्तै प्रभावशाली नाम हुन्। दुवैले एउटै ऐतिहासिक उद्देश्य- पूँजीवादी शोषणको अन्त्य र सर्वहारा वर्गको मुक्तिलाई आत्मसात गरेका थिए। तर, त्यस लक्ष्यसम्म पुग्ने बाटोबारे उनीहरूबीच गम्भीर वैचारिक मतभेद रहेको थियो। सैद्धान्तिक मतभिन्नताहरुका बाबजूद दुवै जना क्रान्तिकारी समाजवाद र कामगार वर्गको मुक्तिको सिद्धान्तमा अटुट विश्वास राख्थे ।
संगठनको स्वरूप: केन्द्रीयता बनाम स्वतन्त्रता
लेनिनले What Is to Be Done? (1902) मा क्रान्तिकारी दल अत्यधिक केन्द्रीयकृत, अनुशासित र 'पेशेवर क्रान्तिकारी'हरूले निर्देशित हुनुपर्ने तर्क प्रस्तुत गरे। उनका लागि क्रान्ति सैन्य रणनीति जस्तै योजना, आदेश र कार्यान्वयनको विषय थियो। यसमा व्यक्तिगत स्वतन्त्रता भन्दा कठोर संगठनात्मक अनुशासन प्राथमिकताको विषय हुन्थ्यो।
लेनिनले एक केन्द्रीकृत र अनुशासन प्रधान अग्रदस्ता (भेनगार्ड) पार्टीको आवश्यकतामा जोड दिने गर्थे । उनले त्यस्तो पार्टीको आवश्यकता ठान्थे, जसले कामदार वर्गलाई नेतृत्व दिई क्रान्तिको दिशा निर्देशन गरोस्। लेनिनले यसलाई "जनताको तानाशाही"को एक चरण मान्दै यसलाई समाजवादी परिवर्तनको लागि आवश्यक ठान्थे ।
तर लक्जेमबर्गले Organizational Questions of Russian Social Democracy (1904) मा यस्तो कठोर केन्द्रीयतालाई "केन्द्रिकृत अधिनायकवाद" को रुपमा आलोचना गरिन्। उनको दृष्टिमा क्रान्तिको आत्मा स्वतन्त्रता हो र कार्यकर्ताहरूको आलोचनात्मक चेतना दबाइँदा क्रान्तिको उद्देश्य नै कमजोर हुन्छ।
लक्जेम्बर्गले लेनिनको सर्वहारावर्गको अग्रदस्ता पार्टीको कल्पनालाई ठूलो रूपमा केन्द्रीकृत र अनुशासनप्रधान भएकोले आलोचना गर्थे । त्यसले लोकतन्त्रिक प्रक्रियाहरुलाई सीमित पार्न सक्छ भन्ने उनको मान्यता थियो ।
लक्जेम्बर्गले धेरै खुला र लोकतान्त्रिक दलीय संरचनालाई समर्थन गर्थे। उनी स्वचालित र जनताको भागीदारीमा आधारित क्रान्तिको सिद्धान्तमा विश्वास गर्थे । उनले लेनिनको सर्वहारावर्गको अग्रदस्ता पार्टीको कल्पनालाई ठूलो रूपमा केन्द्रीकृत र अनुशासनप्रधान भएकोले आलोचना गर्थे । त्यसले लोकतन्त्रिक प्रक्रियाहरुलाई सीमित पार्न सक्छ भन्ने उनको मान्यता थियो ।
स्वतःस्फूर्त आन्दोलन बनाम सचेत नेतृत्व
लेनिनले स्वतःस्फूर्त श्रमिक आन्दोलनलाई अपर्याप्त माने। उनको भनाइमा, बिना संगठित नेतृत्व यस्ता आन्दोलनहरू सुधारवाद वा अराजकतामा सीमित हुन्छन्। त्यसैले राजनीतिक चेतनालाई बाह्य रूपमा क्रान्तिकारी पार्टीले श्रमिक वर्गमा प्रविष्ट गराउनुपर्छ भन्ने धारणा उनका विचारको मूल आधार थियो।
लेनिनले क्रान्तिको लागि एक संगठित पार्टीको नेतृत्व आवश्यक ठान्थे। उनले १९०५ को विद्रोहलाई १९१७ को क्रान्तिको "प्रथम अभ्यास" मान्दै पार्टीको भूमिकालाई केन्द्रीय बनाइनुपर्ने मान्यता राख्थे । लेनिनले कामगार वर्गको चेतनालाई उठाउन सक्नेपार्टीको अनुशासन र नेतृत्वलाई जोड दिने गर्थे ।
तर लक्जेमबर्गको The Mass Strike (1906) मा प्रस्तुत दृष्टिकोणमा, जनताको आत्मस्फूर्त विद्रोह नै ऐतिहासिक परिवर्तनको मूल शक्ति हो भन्ने विचार अगाडि सारे । उनको विचारमा श्रमिकहरूले आफ्नै संघर्षबाट राजनीतिक शिक्षा प्राप्त गर्छन् र क्रान्ति सम्पन्न गर्छन् । त्यसमा र नेतृत्वको भूमिका सहयोगी हुनुपर्छ, नियन्त्रणकारी होइन।
लक्जेमबर्गले क्रान्तिको लागि जनताको स्वचालित र स्वत:स्फूर्त कार्रवाईमा जोड दिने गर्थिन् । उनले १९०५ को रूसी क्रान्तिमा जनताको आन्दोलनले पार्टीको भन्दा ठूलो भूमिका खेलेको ठान्थिन् । उनले "मास स्ट्राइक, द पोलिटिकल पार्टी एण्ड द ट्रेड युनियन्स" (1906) मा यो दृष्टिकोण प्रस्तुत गरेकी थिइन् ।
लोकतन्त्र र समाजवादी स्वतन्त्रताको सम्बन्ध
सबैभन्दा गम्भीर र आजसम्म सान्दर्भिक विवाद समाजवादी शासनमा नागरिक स्वतन्त्रताको प्रश्न थियो। लक्जेमबर्गले The Russian Revolution (1918) मा लेखिन्- "स्वतन्त्रता सधैं असहमत व्यक्तिको स्वतन्त्रता हो।" प्रेस स्वतन्त्रता, खुला बहस र असहमतिको अधिकारबिना समाजवादको नाममा बन्ने शासन अधिनायकवादमा रूपान्तरित हुन्छ भन्ने उनको चेतावनीले आज पनि गहिरो बहसको माग गर्छ।
लक्जेमबर्गले समाजवाद र लोकतन्त्रबीचको सम्बन्धलाई ठूलो जोड दिन्थिन्। उनले रूसी क्रान्तिपछि बोल्शेविकहरुद्वारा गरिएको 'राजनीतिक स्वतन्त्रता र लोकतान्त्रिक अधिकारहरु दबाउने कार्य'को आलोचना गरिन्। १९१८ को "द रसियन रिभोल्युसन" मा उनले समाजवादलाई लोकतन्त्रबाट अलग गरेर स्थापित गर्न सकिँदैन भन्ने दृष्टिकोण प्रस्तुत गरिन् । रोजा भन्छिन्, "सरकारका समर्थकहरूका लागि मात्र, एउटै पार्टीका सदस्यहरूका लागि मात्र स्वतन्त्रता - ती जतिसुकै धेरै किन नहोस् - त्यो कुनै स्वतन्त्रता होइन। स्वतन्त्रता सधैं र केवल उसैका लागि स्वतन्त्रता हो, जसले फरक ढंगले सोच्दछ।"
लेनिनले भने यस्तो स्वतन्त्रतालाई क्रान्तिको क्रममा सीमित गर्नुपर्ने देखे, विशेषतः जब त्यसले प्रतिक्रियावादीहरूलाई फाइदा पुर्याउँछ। उनले क्रान्तिको रक्षार्थ अस्थायी कठोरतालाई न्यायसंगत ठान्थे ।
लक्जेमबर्गले समाजवादमा लोकतन्त्रको महत्व जोड् दिन्थिन् भने लेनिनले अस्थायी तानाशाहीलाई परिवर्तनको एक चरण मान्थे । दुईजनाबीचको यो मतभिन्नताले समाजवादको स्वरूप र यसको प्राप्तिको बाटोमा ठूलो वैचारिक-सैद्धान्तिक अन्तर देखाउँछ।
लेनिनले "जनताको तानाशाही"को सिद्धान्त समर्थन गर्थे । उनी समाजवादी परिवर्तनको समयमा कामगार वर्गको नेतृत्वमा एक केन्द्रीकृत शासन आवश्यक ठान्थे। उनी यसलाई साम्राज्यवादी शक्तिमाथि विजय हासिल गर्नका लागि आवश्यक मान्थे ।
यसरी लक्जेमबर्गले समाजवादमा लोकतन्त्रको महत्व जोड् दिन्थिन् भने लेनिनले अस्थायी तानाशाहीलाई परिवर्तनको एक चरण मान्थे । दुईजनाबीचको यो मतभिन्नताले समाजवादको स्वरूप र यसको प्राप्तिको बाटोमा ठूलो वैचारिक-सैद्धान्तिक अन्तर देखाउँछ।
राष्ट्रियताको प्रश्न
लेनिनले साम्राज्यवादी शासनमा रहेका राष्ट्रहरूको आत्मनिर्णयको अधिकारको समर्थन गरे, ताकि विभिन्न जातीय श्रमिकहरू एकताबद्ध भएर साम्राज्यवादविरुद्ध लड्न सकून्। लेनिनले समाजवादी लक्ष्यहरु प्राप्त गर्न मद्दत गर्ने राष्ट्रिय मुक्ति आन्दोलनहरुलाई समर्थन गर्थे। यसलाई उनी साम्राज्यवादी शक्तिमाथि जित्ने तथा उपनिवेशित राष्ट्रहरुलाई समाजवादी आन्दोलनमा जोड्न सक्ने रणनीतिक उपकरण मान्थे ।
लक्जेमबर्गले राष्ट्रियतालाई प्रधानता दिने कुरालाई कामगार वर्गको एकतालाई विभाजित गर्ने मुद्दाको रुपमा लिन्थिन् भने लेनिनले यसलाई साम्राज्यवादविरोधी संघर्षको हिस्सा मान्दथे ।
लक्जेमबर्गले भने यो अधिकारलाई श्रमिक वर्गको अन्तर्राष्ट्रिय एकताभन्दा प्राथमिक ठान्नु गलत ठानिन्। उनका अनुसार, राष्ट्रिय भावना वर्गीय सचेतनामा बाधक बन्न सक्छ। लक्जेमबर्गले राष्ट्रिय आत्मनिर्णयको अधिकारको विरोध गर्दै त्यसले अन्तर्राष्ट्रिय कामगार आन्दोलनलाई कमजोर पार्न सक्ने तथा उदारवादी सम्भ्रान्त वर्गले त्यसलाई दुरुपयोग गर्न सक्ने बताइन् । उनले पोलन्डको स्वतन्त्रताको मुद्दामा यस्तै स्थिति देखिन् जसलाई उनले कामगार वर्गको एकतालाई विभाजित गर्ने ठानिन् ।
यसरी लक्जेमबर्गले राष्ट्रियतालाई प्रधानता दिने कुरालाई कामगार वर्गको एकतालाई विभाजित गर्ने मुद्दाको रुपमा लिन्थिन् भने लेनिनले यसलाई साम्राज्यवादविरोधी संघर्षको हिस्सा मान्दथे ।
आर्थिक सिद्धान्त
लक्जेमबर्गले पूँजीवादी संचयको सिद्धान्तलाई व्यवहारमा उतार्नका लागि त्यसको कार्यप्रणालीमा ध्यान केन्द्रित गर्नुपर्ने धारणा राख्थिन्। उनको तर्क अनुसार, पूँजीवादले लाभ कमाउनका लागि अनिवार्य रूपमा गैर-पूँजीवादी क्षेत्रहरूमा विस्तार गर्नुपर्छ, किनभने त्यहीँबाट मात्र उसले अतिरिक्त मूल्य (surplus value) महसुस गर्न सक्छ। उनले मार्क्सको बन्द प्रणाली (closed system) आधारित विश्लेषणलाई अपूरो ठहर गर्दै पूँजीवादको अन्तर्राष्ट्रिय विस्तार र नव-उपनिवेशवादतर्फ ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतामा दिएकी थिइन । यी विचारहरू उनले आफ्नो चर्चित कृति The Accumulation of Capital (1913) मार्फत विस्तारपूर्वक प्रस्तुत गरेकी थिइन्।
लेनिनले रोजा लक्जेमबर्गको विश्लेषणमा टेलियोलोजिकल (पूर्वनिर्धारित लक्ष्यतर्फ उन्मुख) प्रवृत्ति देखिएको आरोप लगाउँदै आलोचना गरे। उनका अनुसार लक्जेमबर्गले पूँजीवादको विघटनलाई अपरिहार्य र स्वचालित प्रक्रियाको रूपमा चित्रण गरेकी छन्, जसले ऐतिहासिक विकासको जटिलतालाई नजरअन्दाज गर्छ। यसको साटोमा, लेनिनले हिलफेर्डिङ्गद्वारा प्रस्तुत 'वित्तीय पूँजी' (finance capital) को सिद्धान्तलाई समर्थन गर्थे, जसले पूँजीवादभित्रको आर्थिक संकटलाई बैंकिङ प्रणाली, एकाधिकार र राज्यबीचको सम्बन्धमार्फत व्याख्या गर्छ।
लक्जेमबर्गले पूँजीवादले आफूलाई कायम राख्न गैर-पूँजीवादी क्षेत्रहरूमा अनिवार्य रूपमा विस्तार गर्नुपर्नेमा जोड दिइन्, जसले उपनिवेशवाद र नव-उपनिवेशवादको आधारभूमिमा पूँजीवादी संचयलाई बुझ्न सघाउँछ। तर लेनिनले यस्तो दृष्टिकोणमा पद्धतिगत कमजोरीहरू देखे- विशेषतः लक्जेमबर्गले पूँजीको पुनःसंचय प्रक्रियामा आन्तरिक वर्ग संघर्ष र श्रमिक आन्दोलनको भूमिकालाई पर्याप्त स्थान नदिएको भन्दै आलोचना गरे ।यस किसिमको मतभेदले उनीहरूबीचको आर्थिक सिद्धान्तको बुझाइमा मात्र नभई रणनीतिक राजनीतिक दृष्टिकोणमा पनि महत्वपूर्ण अन्तर प्रकट गर्छ।
लेनिनले लक्जेमबर्गको क्रान्तिप्रतिको प्रतिबद्धता र स्पष्टताप्रति गहिरो सम्मान व्यक्त गर्दै उनलाई "क्रान्तिकारी चील"को संज्ञा दिएका थिए।
सैद्धान्तिक मतभेद कि व्यक्तिगत विरोध?
लेनिन र रोजा लक्जेमबर्गबीचको सम्बन्धको सुरूवात आपसी सहयोग र आदरमा आधारित थियो। १९०६ मा उनीहरू फिनल्यान्डमा भेला भएर १९०५ को रूसी क्रान्तिबाट आएका अनुभव र पाठहरूबारे गम्भीर छलफल गरेका थिए। त्यसको एक वर्षपछि, १९०७ मा स्टुट्टगार्टमा सम्पन्न अन्तर्राष्ट्रिय समाजवादी कांग्रेसमा उनीहरूले युद्ध र सैन्यवादविरुद्ध पारित एक महत्वपूर्ण संशोधनमा सहकार्य गरे - जुन संशोधनले समाजवादी पार्टीहरूलाई युद्धको संकटलाई क्रान्तिकारी अवसरको रूपमा उपयोग गर्न प्रेरित गर्यो।
लेनिनले लक्जेमबर्गको क्रान्तिप्रतिको प्रतिबद्धता र स्पष्टताप्रति गहिरो सम्मान व्यक्त गर्दै उनलाई "क्रान्तिकारी चील"को संज्ञा दिएका थिए। उनले कुखुरा र चील' को उपमामार्फत भन्न खोजेका थिए कि कहिलेकाहीँ गल्ती गरे पनि लक्जेमबर्ग क्रान्तिकारी उच्चाइतर्फ उड्ने शक्तिशाली पात्र थिइन्। लेनिनले भनेका थिए:
'Eagles may at times fly lower than hens, but hens can never rise to the height of eagles... But in spite of her mistakes Rosa was and remains for us an Eagle.' -Lenin
"चील कहिलेकाहीँ कुखुराभन्दा तल उड्न सक्छ, तर कुखुरा कहिल्यै चीलको उचाइसम्म पुग्न सक्दैन... आफ्ना गल्तीहरूका बाबजुद पनि रोजा हाम्रो लागि चील थिइन् र चील नै रहनेछिन्।" - लेनिन
असहमति र आलोचना
लक्जेमबर्गले पनि १९१७ को बोल्शेविक क्रान्तिलाई समाजवादतर्फको ठूलो कदम मानेर समर्थन गरिन्। तर त्यसको मतलब अन्ध समर्थन भने थिएन; उनले सत्ता केन्द्रिकरण र लोकतान्त्रिक प्रक्रिया कम हुँदै गएको विषयमा बोल्शेविक नीतिहरूको आलोचना पनि गरिन् ।
लेनिनले पनि लक्जेमबर्गका केही सैद्धान्तिक अडानहरूलाई "गंभीर भूल" भनेर ठहर गरे। विशेषतः उनले राष्ट्रिय प्रश्न, पूँजी संचयको सिद्धान्त, दलीय अनुशासन र राज्यको भूमिका जस्ता विषयमा लक्जेमबर्गको दृष्टिकोणसँग असहमति जनाए।
क्रान्तिपछि तिनीहरूको मतभेद झनै स्पष्ट हुँदै गयो। लक्जेमबर्गले संविधान सभामाथिको हस्तक्षेप, प्रेस स्वतन्त्रता र अभिव्यक्ति अधिकारहरूको ह्रास जस्ता लेनिनका निर्णयहरूलाई लोकतान्त्रिक मूल्यहरूविरुद्ध ठहर गर्दै कडा आलोचना गरिन्। यी विचार उनले १९१८ मा लेखिएको र १९२२ मा प्रकाशित भएको कृति The Russian Revolution मार्फत सार्वजनिक गरेकी थिइन्।
उता, लेनिनले पनि लक्जेमबर्गका केही सैद्धान्तिक अडानहरूलाई "गंभीर भूल" भनेर ठहर गरे। विशेषतः उनले राष्ट्रिय प्रश्न, पूँजी संचयको सिद्धान्त, दलीय अनुशासन र राज्यको भूमिका जस्ता विषयमा लक्जेमबर्गको दृष्टिकोणसँग असहमति जनाए। यी आलोचनाहरू उनले लक्जेमबर्गको मृत्युपछि लेखिएका प्रतिक्रिया लेखहरूमा व्यक्त गरेका थिए, जुन सम्मानपूर्ण भए पनि स्पष्ट असहमति दर्शाउँथे।
समसामयिक सान्दर्भिकता
यी तथ्यहरूले देखाउँछन् कि लेनिन र लक्जेमबर्गको सम्बन्ध न त सामान्य मित्रवत् थियो, न नै प्रतिस्पर्धी घृणाको। यो एक प्रकारको 'साथीवाला असहमति' थियो - जहाँ साझा उद्देश्य थियो (पूँजीवादको अन्त्य र समाजवादी भविष्य निर्माण), तर त्यो लक्ष्यसम्म पुग्ने बाटो र विधिबारे उनीहरूबीच गम्भीर सैद्धान्तिक मतभेद थिए।
रोजा लक्जेमबर्ग र व्लादिमिर लेनिनबीचको यो ऐतिहासिक वैचारिक बहस आजको वामपन्थी राजनीतिक चिन्तनका लागि अझै पनि उत्तिकै सान्दर्भिक छ। यी बहसहरूले अहिले पनि गम्भीर प्रश्नहरू उठाइरहेका छन्
तिनीहरू एउटै समाजवादी आन्दोलनको हिस्सा थिए, एउटै वर्गसंघर्षको मोर्चामा थिए - तर रणनीति, संगठन र लोकतान्त्रिक मूल्यहरूबारेको उनीहरूको बहसले समग्र मार्क्सवादी परम्पराभित्रको गहिरो द्वन्द्वलाई झल्काउँछ। र यही कारण, आज पनि उनीहरूबीचको वैचारिक टकराव गहिरो अध्ययन र आलोचनात्मक चिन्तनको विषय बनेको छ।
रोजा लक्जेमबर्ग र व्लादिमिर लेनिनबीचको यो ऐतिहासिक वैचारिक बहस आजको वामपन्थी राजनीतिक चिन्तनका लागि अझै पनि उत्तिकै सान्दर्भिक छ। यी बहसहरूले अहिले पनि गम्भीर प्रश्नहरू उठाइरहेका छन् । तिनको उत्तर केवल सैद्धान्तिक होइन, व्यावहारिक चुनौतीहरूको सन्दर्भमा पनि खोजिनु जरुरी छ।
सबैभन्दा पहिले, हामीलाई यो सोच्न बाध्य बनाउँछ कि क्रान्ति जस्तो गहिरो सामाजिक रूपान्तरणको प्रक्रियामा नेतृत्वको भूमिका कति निर्णायक हुनुपर्छ? के समाजलाई आमूल परिवर्तनतर्फ डो-याउन एउटा बलियो, अनुशासित र स्पष्ट योजनासहितको नेतृत्व अपरिहार्य हुन्छ? कि त्यसभन्दा पनि महत्वपूर्ण कुरा जनताको स्वतन्त्र चेतना, उनीहरूको स्वस्फूर्त सहभागिता र सामूहिक निर्णय क्षमतामै निहित हुन्छ?
लेनिनको मोडेलले बलियो संगठनद्वारा क्रान्ति सफल पार्ने शक्ति देखायो, तर यसले पार्टीभित्र आलोचनात्मक संवादका लागि आवश्यक खुलापन कति कायम राख्यो भन्ने बारे आज पनि प्रश्न उठ्ने गर्छ ।
त्यसैगरी, अर्को गहिरो प्रश्न उठ्छ- सशक्त संगठन र अनुशासित पार्टी संरचनाले जनतामाझ स्वतन्त्र बहस, आलोचना र भिन्न विचारको स्पेसलाई सुरक्षित राख्न सक्छ कि उल्टै त्यसलाई दबाउने काम गर्छ? लेनिनको मोडेलले बलियो संगठनद्वारा क्रान्ति सफल पार्ने शक्ति देखायो, तर यसले पार्टीभित्र आलोचनात्मक संवादका लागि आवश्यक खुलापन कति कायम राख्यो भन्ने बारे आज पनि प्रश्न उठ्ने गर्छ ।
अन्ततः, यी सन्दर्भहरूले हामीलाई साधन र उद्देश्यको सम्बन्धबारे पनि सोच्न बाध्य पार्दछन्। के 'सही उद्देश्य'-जस्तै वर्गहीन समाजको निर्माण-प्राप्त गर्ने नाममा कुनै पनि प्रकारका साधनलाई अपनाउनु स्वीकृत हुन सक्छ? कि बाटो नै यति नैतिक, लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ, जसले भविष्यको समाजको मूल्य र संरचना झल्काउन सकोस्?
लेनिनको केन्द्रीय संगठनात्मक पद्धति इतिहासमा क्रान्तिको सफलताका लागि महत्त्वपूर्ण सिद्ध त भयो तर त्यस पद्दतिलाई समयानुकूल परिमार्जन र परिष्कार गर्न नसकेर जडसूत्रीय ढङ्गले अपनाइदा त्यसले के कस्तो क्षति गर्यो भन्ने कुरा आज पनि बहसको विषय बनेको छ ।
यी प्रश्नहरू केवल ऐतिहासिक पात्रहरूका विचारमा सीमित छैनन्; बरु, आजको राजनीतिक आन्दोलन, श्रमिक संगठन, छात्र संघर्ष वा सामाजिक न्यायको पक्षमा लड्ने कुनै पनि प्रयासमा प्रत्यक्ष-परोक्ष रूपमा जोडिएका छन्। लक्जेमबर्गले देखाएको लोकतान्त्रिक समाजवादको बाटो आज पनि वामपन्थी चिन्तकहरूका लागि एउटा सोचनीय गम्भीर नैतिक र व्यावहारिक उपायको रूपमा प्रस्तुत हुन्छ। अर्कोतर्फ, लेनिनको केन्द्रीय संगठनात्मक पद्धति इतिहासमा क्रान्तिको सफलताका लागि महत्त्वपूर्ण सिद्ध त भयो तर त्यस पद्दतिलाई समयानुकूल परिमार्जन र परिष्कार गर्न नसकेर जडसूत्रीय ढङ्गले अपनाइदा त्यसले के कस्तो क्षति गर्यो भन्ने कुरा आज पनि बहसको विषय बनेको छ ।
विशेषत: सोभियतसत्ताको दु:खद पतन तथा त्यसले विश्व समाजवादी शिविरमा पुर्याएको भयानक क्षतिको पृष्ठभूमिमा पनि यो बहसलाई विशेष रुपमा उठाइनु जरुरी छ । सोभियत संघ लगभग ७० वर्ष टिके पनि अन्ततः सन् १९९१ मा ढल्यो। यसको प्रमुख कारणहरू मध्ये राजनीतिक केन्द्रीकरण, जनस्वरको दमन, र पार्टी नेतृत्वप्रतिको निर्भरता मान्ने गरिन्छ । ती कार्यहरुले सर्वाहाराका नेता तथा नीति निर्माताहरूलाई आम जनताको वास्तविक आवश्यकताबाट टाढा पुर्यायो। कतिसम्म भनिन्छ भने, लेनिनले परिकल्पना गरेको 'केन्द्रिकृत सत्ता' स्टालिनको पालामा चरम अधिनायकत्वमा रूपान्तरित भयो। सोभियत सत्तामा प्रेस स्वतन्त्रता, बहुदलीय प्रणाली, आलोचनाको अधिकारहरुलाई दबाइएको प्रतिफल स्वरुप उन्नत र भिनन् हुनुपर्ने सोभियत सत्ता अन्तत: प्रशासनिक ढर्रामा जकडिएको, सृजनात्मक सोचविहीन, र जनतासँग सम्पर्कविहीन राज्य व्यवस्थामा परिणत भएको थियो ।
आज पनि विश्वभर 'क्रान्तिकारी' वा 'वामपन्थी' भनिने अनेकौं आन्दोलनहरू देखा परिरहेका छन्। तर तीमध्ये धेरै आन्दोलनहरू जनसहभागिताभन्दा कथित अगुवाहरूको निर्णयमा आधारित हुन्छन्। यस अर्थमा पनि रोजाका विचारहरुको सान्दर्भिकता झनै तिख्खर बनेर देखापर्छ ।
रोजाले जुन कुराको आशंका गरेकी थिइन्, त्यही प्रवृत्ति लेनिनपछि सोभियत संघमा संस्थागत भयो। त्यो एक किसिमको "साम्यवादी ब्युरोक्रेसी" थियो, जसले सोभियत समाजवादको नै चिहान खन्ने काम गरिदियो । लेनिनसँगको बहसमा रोजा लक्जेम्बर्गले अघि सारेको तर्क 'बिना आलोचनाको स्वतन्त्रता, क्रान्तिको आत्मा मर्छ। त्यो क्रान्ति जनतामाथिको नियन्त्रणको औजारमा सीमित हुन जान्छ' भन्ने कुरा एक हदसम्म सत्य साबित भयो ।
आज पनि विश्वभर 'क्रान्तिकारी' वा 'वामपन्थी' भनिने अनेकौं आन्दोलनहरू देखा परिरहेका छन्। तर तीमध्ये धेरै आन्दोलनहरू जनसहभागिताभन्दा कथित अगुवाहरूको निर्णयमा आधारित हुन्छन्। यस अर्थमा पनि रोजाका विचारहरुको सान्दर्भिकता झनै तिख्खर बनेर देखापर्छ । खासगरी, आज जब वाम आन्दोलनहरू आफैंमा जडसूत्रको दलदलमा भाँसिने खतरा जब्बर रुपमा रहेको पृष्ठभूमिमा रोजाको चेतावनी अझ प्रासङ्गिक हुन्छ।
लेनिनको क्रान्ति तत्कालीन रूसमा सफल थियो, तर दीर्घकालीन दृष्टिकोणमा रोजाको प्रश्नहरू गहिरा र भविष्यद्रष्टा साबित भए। सोभियत संघको पतनले देखायो - सत्ता जनताबाट टाढा रहँदा, आलोचना, बहस, र फरक मतलाई अनुमति नदिँदा र पार्टीलाई "जनताको प्रतिनिधि" होइन, " जनताको सक्रियता, सहभागिता, र आलोचनात्मक भूमिकालाई विस्थापित गरेर पार्टीले "हामी नै जनता हौं" भन्ने दावी गर्ने स्थिति बन्दा क्रान्ति आफैं पतनको दिशामा अग्रसर हुन्छ।
यसैकारण, आजको सन्दर्भमा रोजा लक्जेम्बर्गको विचारले हामीलाई वामपन्थी आदर्शहरू भित्र लोकतन्त्र, आलोचना, र खुला बहसलाई केन्द्रमा राख्नुपर्छ भन्ने स्मरण गराउँछ । त्यसो नगरिएको अवस्थामा समाजवाद अर्को अधिनायकवादमा रूपान्तरित हुन सक्छ।

भेनेजुएलाका राष्ट्रपतिको टाउकोमा इनाम: अमेरिकाको ठाडो गुण्डागर्दी !

महाश्वेता देवी: कलमबाट विद्रोह ओकल्ने एक अथक योद्धाको कथा

नेपाली वामपन्थमा दलाल पुँजीवादको बहस

कुंग इ – चि

क्रान्तिकारी आन्दोलनमाथिको भयानक दमन र क्षति: के भविष्य सकिएको हो ?

प्याट्रिस लुमुम्बाको कथा र कङ्गोको व्यथा

जब विज्ञानका प्रोफेसर प्रयोगशालाबाट बाहिर निस्किएपछि सफलताको लागि स्वस्ति-शान्…

प्रतिक्रिया