साम्राज्यको विक्षिप्त सिद्धान्त: नेतान्याहू, युद्ध र पश्चिमी साँठगाँठ
शिरोच्छेदनलाई रणनीति बनाउँदै इजरायल: भ्रान्तिपूर्ण भू-राजनीतिबारे स्याक्सको विश्लेषण

इरानमाथि इजरायली आक्रमण सुरु भयो। ट्रम्पले "यो अनपेक्षित थियो" भनेनन्। उनले भने, "हामीलाई थाहा थियो, तर हामी त्यसमा संलग्न थिएनौँ।" उनले तीन दिनपछि इरानसँग हुन लागेको वार्ताको सन्दर्भमा कुनै इशारा गरेनन्।
जनतालाई वयस्कहरूसँग जस्तो व्यवहार गरेर, तर्कसंगत रूपमा केही कुरा स्पष्ट पार्ने कुनै प्रयास गरिएको छैन। मूलतः ठगहरूको गिरोह रुपी यो सानो समूहले आफ्नो नियन्त्रणको क्षेत्रका लागि लडाइँ गरिरहेको छ। बाँकी हामी सबै कहिले बम हाम्रो छिमेकमा झर्छ भनेर चिन्तामा हेरेर तथा कहिले हाम्रो प्रिय कोही कतै मारिन्छन् भन्ने भयमा बसिरहेका दर्शक मात्र हौँ। । हामी कुनै पनि रूपमा सहभागी छैनौँ, केवल दर्शक मात्र हौँ।
रोचक कुरा के छ भने, जब ट्रम्प जीसेभेनको बैठकबाट बाहिरिए र म्याक्रोन (फ्रान्सका राष्ट्रपति) ले ट्रम्प युद्धविराम गराउन वासिङ्टन फर्किंदै छन् भनें । ट्रम्पको जवाफ थियो, “उहाँलाई थाहा छैन म के गर्दैछु।” म्याक्रोनको सन्दर्भमा ट्रम्पले थपे, “म युद्धविरामभन्दा धेरै ठूलो कुरामा लागेको छु।”
मूलतः ठगहरूको गिरोह रुपी यो सानो समूहले आफ्नो नियन्त्रणको क्षेत्रका लागि लडाइँ गरिरहेको छ। बाँकी हामी सबै कहिले बम हाम्रो छिमेकमा झर्छ भनेर चिन्तामा हेरेर तथा कहिले हाम्रो प्रिय कोही कतै मारिन्छन् भन्ने भयमा बसिरहेका दर्शक मात्र हौँ।
यो अमेरिकाका राष्ट्रपति हुन्, जसले जससँग उनी केही समयअघि मात्र भेटेका फ्रान्सका राष्ट्रपतिलाई सार्वजनिक ट्विटमार्फत वा पोष्टमार्फत सार्वजनिक रूपमा जवाफ दिँदै यस्तो बताएका हुन्। यसले देखाउँछ कि यस्ता आणविक शक्ति भएकाहरूको भनिने 'विशिष्ट' घेराभित्र पनि ती मानिसहरू मूलतः ठग नै हुन्। उनीहरू आपसमा पनि इमान्दारीपूर्वक संवाद गर्दैनन्।
नेतन्याहूको दर्शन र रणनीति मध्यपूर्वमा इजरायलको प्रभुत्व कायम गर्नु हो । इजरायलसँग रहेको आणविक एकाधिकार प्रयोग गरी इजरायलको गतिविधिको विरोध गर्नेहरुको चाहे हत्या गरेर होस्, चाहे सत्ताच्युत गरेर ठेगान लगाउने हो ।
म सबैसँग क्षमा माग्न चाहन्छु। मलाई यसबारे कुनै निश्चित उत्तर थाहा छैन। तर के कुरा म स्पष्ट रूपमा भन्न सक्छु भने इजरायलको इरानसँग युद्ध गर्ने योजना धेरै पहिलेदेखि नै तय भएको हो। यो कुरा कहिल्यै लुकाइएको थिएन। यो योजना नेतन्याहूको १९९६ देखि चलिरहेको सबैभन्दा ठूलो सपना हो।
नेतन्याहूको दर्शन र रणनीति मध्यपूर्वमा इजरायलको प्रभुत्व कायम गर्नु हो । इजरायलसँग रहेको आणविक एकाधिकार प्रयोग गरी इजरायलको गतिविधिको विरोध गर्नेहरुको चाहे हत्या गरेर होस्, चाहे सत्ताच्युत गरेर ठेगान लगाउने हो ।
यसको अन्तिम उद्देश्य के हो त?
अन्तिम उद्देश्य यस्तो देखिन्छ – जतिसुकै विस्तार गर्न परेपनि इजरायलले आफ्ना सिमाना आफैँ निर्धारण गर्न सक्ने अधिकार पाओस् । मैले पटकपटक लेखिरहेको छु, इजरायलले आफ्ना सिमानालाई जसरी परिभाषित गर्छ, त्यो हो – बेलायती शासनकालीन प्यालेस्टाइन क्षेत्रमाथि पूर्ण नियन्त्रण। यसको अर्थ – इजरायल, गाजा, पश्चिमी किनारा (वेस्ट बैंक) र पूर्वी यरुशलेमसमेत पूर्ण नियन्त्रणमा लिने।
तर सायद यो सोच अलिक केटाकेटीपना छ। किनकि इजरायली धार्मिक अतिवादीहरूको एउटा भाग बाइबलका आरम्भिक श्लोकहरूतिर हेर्छन् – यहूदी पुरानो नियम (Hebrew Old Testament) मा उल्लेख छ कि परमेश्वरले नाइल नदीदेखि युफ्रेटिस नदीसम्म (वा केहीका अनुसार रेड सीदेखि युफ्रेटिससम्म) को भूमि इजरायललाई वाचा गरेको छ। त्यस अर्थमा हेर्दा, उनीहरूको दाबी अनिवार्य प्यालेस्टाइन क्षेत्रभन्दा पनि धेरै ठूलो छ।
जब परिस्थिति चर्किन्छ, अमेरिका इजरायलको पक्षमा उभिन्छ। किनभने अमेरिका मूलतः एउटा जिओनिस्ट (Zionist) ख्रिस्टियन, यहूदी, र इजरायली लबीको नियन्त्रणमा रहेको छ – जुन इजरायलको कदमलाई समर्थन दिन सधैं तयार हुन्छ।
आज इजरायलले लेबनानका केही भाग, सिरियाका केही भाग, अनि करिब पूरै प्यालेस्टाइन क्षेत्र ओगटेको छ। तर यसको अन्त्य कहाँ हो, त्यो स्पष्ट छैन। नेतन्याहूको मूल सिद्धान्त यही हो – “यो इजरायलको निर्णय हो, अरू कसैको होइन।” र जब परिस्थिति चर्किन्छ, अमेरिका इजरायलको पक्षमा उभिन्छ। किनभने अमेरिका मूलतः एउटा जिओनिस्ट (Zionist) ख्रिस्टियन, यहूदी, र इजरायली लबीको नियन्त्रणमा रहेको छ – जुन इजरायलको कदमलाई समर्थन दिन सधैं तयार हुन्छ।
यो सबै आश्चर्यजनक तरिकाले हामीले आफ्नै आँखाले देखिरहेका छौँ। यस वर्ष इजरायल गाजामा युद्धमा छ, वेस्ट बैंकमा छ, लेबनान, सिरिया, र इरानसँग पनि लडाइँमा छ।
यो सबै कल्पना होइन। यो निरन्तर युद्ध हो।
म एउटा कुरा थप्न चाहन्छु – "उनीहरूको युद्धको सिद्धान्त के हो?"
युद्धको सिद्धान्त खास किसिमको छ। इजरायल करिब एक करोड जति मात्र जनसंख्या भएको सानो देश हो । इरानको जनसंख्या भने ९ करोडभन्दा धेरै छ।
अब प्रश्न उठ्छ, इजरायलको युद्धको सिद्धान्त के हो त? त्यो सिद्धान्त हो – हत्या र शासन परिवर्तन। उनीहरुको योजना सैनिक आक्रमण गरेर जमिन कब्जा गर्नु होइन, बरु नेतृत्वलाई नै सिध्याउने (decapitation) हो ।
सद्दाम हुसेनलाई हटाऊ, र इराक इजरायलको अधीनस्थ राष्ट्र (vassal) बन्नेछ। मुअम्मर गद्दाफीलाई हटाऊ, र लिबिया इजरायलको अधीनस्थ बन्नेछ। यस्तै गरी, ठूलो नेतालाई हटाएपछि इरानले पनि इजरायलको उद्देश्य पूरा गरिदिनेछ।
यो सोच आफैँमा एक प्रकारको पागलपन हो – साँचो अर्थमा एक किसिमको विक्षिप्तता।
र यो पागलपनको परिणाम हेर्न हामीलाई टाढा जानु पर्दैन – नेतन्याहूका युद्धहरूको नतिजा हेरे पुग्छ। के लिबिया व्यवस्थित भयो? भएन। २०११ देखि अहिलेसम्म लिबिया लगातार हिंसा र खुला युद्धमा फसेको छ – इजरायलको अधीनमा त परेन।
के सोमालिया इजरायलले चाहेजस्तो बन्यो? बनेन। त्यो देश अझ गहिरो अराजकता (chaos) मा फस्यो।
अमेरिकाले दक्षिण सुडानी विद्रोहलाई समर्थन गरेर सुडानी सरकारलाई ढालिसकेपछि के सुडानमा स्थायित्व आयो ? आएन।सुडान आश्चर्यजनक रूपमा दुई भागमा मात्र विभाजित भएन, ती दुवै भाग अहिले गृहयुद्धमा छन्।
के लेबनान स्थिर बन्यो? बनेन।
के सिरिया स्थिर बन्यो? सायद अहिले जिहादी शासनअन्तर्गत अस्थायी रूपमा इजरायलको नियन्त्रणमा छ – देख्दा त त्यस्तै लाग्छ।
के इराक स्थिर भयो? भएन। सद्दाम हुसेन हटेपछि इराक अधीनस्थ त भएन, बरु केवल एक ओगटिएको देश बन्यो।
त्यसैले, इजरायलको यो "परिवर्तनको सिद्धान्त" जमिनमै युद्ध लड्ने होइन, नेतृत्वको हत्या (assassination) र शिरच्छेद (decapitation) गर्ने हो । मलाई लाग्छ, यही योजना इरानका लागि पनि लागू गरिएको छ।
जसोतसो पहिलेको सबै चीज जलाएर खरानी बनाइसकेपछि आशा गरिन्छ कि अब केही राम्रो आउनेछ। तर यो केवल आशा मात्र होइन – उनीहरू उनीहरू नै सबै कुरा नियन्त्रण गर्न सक्छन् आफ्नो घमण्डमा विश्वास गर्छन् ।
नेताहरूलाई हत्या गरियो भने पनि, उनीहरूको कार्ययोजनालाई केही समय रोक्न त सकिएला, तर त्यसबाट त्यो राजनीतिक नियन्त्रण प्राप्त हुँदैन, जुन तपाईंले हासिल हुने ठान्नुहुन्छ।
तर इतिहासले देखाइसकेको छ – दोस्रो विश्वयुद्धपछि त यस विषयमा बुझाइ झनै स्पष्ट बनिसकेको हो – हवाई आक्रमणले न त शासन परिवर्तन गराउँछ, न नै दीर्घकालीन रणनीतिक नतिजा दिन्छ। नेताहरूलाई हत्या गरियो भने पनि, उनीहरूको कार्ययोजनालाई केही समय रोक्न त सकिएला, तर त्यसबाट त्यो राजनीतिक नियन्त्रण प्राप्त हुँदैन, जुन तपाईंले हासिल हुने ठान्नुहुन्छ।
तपाईंले जी सेभेनको कुरा गर्नुभयो – ट्रम्पले त्यसमा म्याक्रोनलाई 'प्रचारको भोक लागेको' भनेर आक्रमण गरेका थिए। तर जी सेभेन बैठकमा रोचक कुरा के देखियो भने – अमेरिका र युरोपका नेताहरूले युक्रेन र इरान दुबै सन्दर्भमा 'तनाव न्यूनीकरण' को आह्वान त गरे, तर त्यो कुरा खासै विश्वास गर्न सकिने खालको लागेन।
यहाँ निकै झुट बोलिएको छ। उनीहरू साँच्चिकै तनाव घटाउन चाहन्थे भने, कसैले न कसैले फोन उठाएर संवाद सुरु गरिसक्ने थिए। इरानको हकमा पनि उनीहरूले तनाव घटाउने कुरा गरे, तर युद्धविरामको मागसम्म गर्न सकेनन्।
त्यही सन्दर्भमा म्याक्रोनले जब ट्रम्प युद्धविराममा काम गर्न लागेका छन् भनेर बोले, ट्रम्पको प्रतिक्रिया अत्यन्त क्रोधले भरिएको थियो। त्यसैले प्रश्न उठ्छ –तपाईं आफैँ द्वन्द्व घटाउने कुरा गर्न चाहनुहुन्न भने, त्यो ‘तनाव न्यूनीकरण’ भन्नु के हो त? केवल शब्दजाल मात्र हो कि के हो? तपाईंले त्यस भाषा प्रयोगलाई कसरी बुझ्नुहुन्छ?
संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स – विशेष गरेर यी तीनवटा साम्राज्यवादी शक्तिहरूसँग कुनै 'विचार' छ भने, त्यो हो: अन्तिम निर्णय हामीले गर्ने हो। द्वन्द्वको नतिजा के हुन्छ भन्ने निर्धारण गर्ने अधिकार हामीसँग मात्र हुन्छ ! उनीहरूको सोच यही हो।
तर, वास्तवमा त्यस्तो हैन। अहिले हामी एउटा उत्तर–साम्राज्यवादी, उत्तर–पश्चिमा संसारमा छौं। तर पनि पश्चिमी साम्राज्यवादी शक्तिहरू अझै पनि आफूहरू नै निर्णायक शक्ति भएको ठान्छन्।
युक्रेनको हकमा हेर्ने हो भने – उनीहरूको सोचाइ यस्तो छ: युद्धविराम त हुनेछ, तर म्याक्रोन वा स्टारमरको अनुसार – नाटो विस्तार हुनेछ, र रुसले XYZ र ABCDEFG आदि स्वीकार गर्नुपर्नेछ।
यसरी मूल राजनीतिक विषयमा पुग्ने कुनै प्रयास नै गरिँदैन। यो कुरा मध्यपूर्वमा पनि उस्तै हो।
खुलस्त नबोलिएको सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो भने: इजरायलले आफ्नो ‘हक’ दाबी गर्दै आएको छ – त्यो चाहे भूगोलको होस्, चाहे अरूलाई दबाउने वा जरैदेखि नष्ट गर्ने कुरा होस् – यहाँसम्म कि प्यालेष्टिनी जनतालाई नै सिध्याउने सवालसम्म आइपुगे पनि।
गाजामा देखिएझैँ त्यस्तो अवस्था आयो भने उनीहरू त्यसो गर्न पनि पछि नहट्नेछन्। र यही हो त्यो नबोलेको सत्य, जुन सबै कुरा ओझेलमा पारेर अघि बढाइएको छ।
सबैभन्दा रोचक लाग्ने कुरा –– इजरायलले इरानमाथि हमला गर्छ, अनि त्यसपछि पश्चिमी भनिने ती जी सेभेन देशहरूबाट तुरुन्तै आउने प्रतिक्रिया के हुन्छ भने: “इजरायलसँग आत्मरक्षाको अधिकार छ।” कसैले पनि भन्दैन, “इजरायलले इरानमाथि आक्रमण गर्नु हुँदैनथियो।”
त्यसैले पश्चिमी पक्ष, यी साम्राज्यवादी शक्तिहरू नतिजा लाद्ने उनीहरुले नै हो भन्ने सोच्दछन् । सायद रणनीति के हुने भन्नेमा अलिकति मतभेद होला, तर उनीहरूको मूल उद्देश्य यही हो।
राजनीतिक भाषाको हिसाबले मलाई सबैभन्दा रोचक लाग्ने कुरा – यद्यपि अचम्म मान्नुपर्ने होइन – इजरायलले इरानमाथि हमला गर्छ, अनि त्यसपछि पश्चिमी भनिने ती जी सेभेन देशहरूको भाषा के हुन्छ?
तुरुन्तै आउने प्रतिक्रिया के हुन्छ भने: “इजरायलसँग आत्मरक्षाको अधिकार छ।” कसैले पनि भन्दैन, “इजरायलले इरानमाथि आक्रमण गर्नु हुँदैनथियो।”
यो कुरा यति अवास्तविक लाग्छ – यति 'ओरवेलियन' – कि पाँच सेकेन्डसम्म पनि कुनै प्रचारको मापदण्ड पार गर्न सक्दैन। तर इजरायलले एकपक्षीय रूपमा हमला गरेको भोलिपल्ट यही भयो ।
त्यो हमला इरानको आणविक कार्यक्रम स्थायी रूपमा अन्त्य गराउने विषयमा अन्तर्राष्ट्रिय निगरानीसहितको वार्ता चलिरहेको बेला भएको थियो। तर कोही पनि बोलेन, “इजरायलले किन यो गर्यो?” वा “इजरायलले यो गर्नु ठीक थिएन।”
वा “इजरायलले हमला गर्यो” भन्ने स्वीकारोक्ति नै दिइएन।
युरोपले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा देखाएको राजनीतिक रवैया यस्तो थियो कि म त झसङ्ग भएँ – हरेक वक्तव्य सुन्दा कुर्सीबाट खस्ने जस्तो अवस्था भयो।
सबैजना एउटै कुरा भन्दै थिए: “इरानले तनाव नबढाओस्।”
कसै-कसै राजदूतको प्रस्तुति त साँच्चै लाजमर्दो थियो – जस्तै डेनमार्कका राजदूतले सुरक्षा परिषद्मा दिएको वक्तव्य। उनले इजरायलले इरानमाथि हमला गरेको कुरा नै उल्लेख गरेनन्।
यो संयुक्त राष्ट्र सुरक्षा परिषद् हो – र उनीहरू त्यहाँ उपस्थित भएको दिन नै त्यो हमला भएको हो – त्यो पनि एकपक्षीय र बिना उक्साहटको, वार्ताको सन्दर्भमा।
तर उनीहरूले त्यो कुरा नै बुझेनन् – कि इजरायलले इरानमाथि हमला गर्यो।
डेनमार्कका राजदूतको एउटै भनाइ थियो: “इरान IAEA को अनुपालनमा छैन।”
जसरी इजरायल अनुपालनमा नहुनु कुनै कुरा नै भएन।
इजरायल त IAEA को सदस्य नै होइन। उनीहरू नै क्षेत्रको आणविक शक्ति हुन्, निरीक्षण कहिल्यै अनुमति दिंदैनन् – तर डेनमार्कका राजदूतले केवल इरानलाई दोषी ठहर गरे। वार्ता भइरहेको कुरा उल्लेखै गरेनन्, झनै – इजरायलले इरानमाथि हमला गरेको कुरा नै बोलेनन्। त्यो दिन इजरायली नेताहरूले इरानका नेताहरूलाई ‘मारिदिनेछौँ’ भनेर सार्वजनिक धम्की दिँदै थिए। तर त्यो बारे कसैले एक शब्द पनि बोलेन। त्यसैले यो जी सेभेन समूह साँच्चै लज्जास्पद छ।ट्रम्प आए, गए, फरक परेन – यो सबै नाटक हो।
कसैले केही पोस्ट गर्छ, म्याक्रोन केही भन्छन्, ट्रम्पले त्यसको बेइज्जती गर्छन्। यी त बालबालिका हुन् – जसले हामी नागरिकप्रति कुनै सम्मान राख्दैनन्।
यह दुःखद कुरा हो, किनभने यी ‘बच्चाहरू’ सँगसँगै खेल्न जान्दैनन्। उनीहरू आपसमा समेत खेल्न सक्दैनन्, अझ अरू संसारसँग त झन् परैको कुरा भयो। तर तिनकै हातमा यस्ता आणविक हतियार छन्, जसले हामी सबैलाई विनाश गर्न सक्छन्। र यसबारेमा हामीले इमान्दार रूपमा केही सुन्न पाउँदैनौं।
युरोपेली नेताहरू बहस गर्दै थिए कि इरानीहरू नै दोषी हुन् र तिनैले तनाव घटाउनुपर्छ। यो कुरा सुनिँदा नेतान्याहूले बोलेको कुरा जस्तै लाग्थ्यो। उसले भाषण दिँदै भनिरहेको थियो–हामीलाई आत्मरक्षाको अधिकार छ।
हामीले देख्यौं–इरानमा आणविक रिएक्टरहरूबारेको वार्ता चलिरहँदा अचानक आक्रमण भयो, जुन घटनाले सबैलाई निकै गम्भीर रूपमा सचेत पार्नुपर्ने थियो। तर त्यसको प्रतिक्रिया त्यस्तै भयो जस्तो दुई हप्ता अघिको रुसको आणविक प्रतिरोध क्षमतामाथिको आक्रमणप्रति देखिएको प्रतिक्रिया। केही पनि भएन।
साटोमा, मैले पनि देखेँ–युरोपेली नेताहरू बहस गर्दै थिए कि इरानीहरू नै दोषी हुन् र तिनैले तनाव घटाउनुपर्छ। यो कुरा सुनिँदा नेतान्याहूले बोलेको कुरा जस्तै लाग्थ्यो। उसले भाषण दिँदै भनिरहेको थियो–हामीलाई आत्मरक्षाको अधिकार छ। साथै, यदि इरानको शासन सत्तालाई हटाइयो भने, त्यहाँका जनताले त्यसलाई मुक्तिदाता ठानेर स्वागत गर्नेछन्, अनि शासन परिवर्तनपछि उनीहरू शान्तिपूर्वक सँगसँगै बस्नेछन्।
तर प्रश्न उठ्छ–के यिनीहरू साँच्चिकै यस्तो कुरामा विश्वास गर्छन्? कि यो केवल निर्लज्ज युद्ध उक्साउने प्रचार मात्रै हो, यो बुझेको अवस्थामा कि इजरायलका साझेदारहरूले जुनसुकै कुरा भने पनि आलोचनाविना दोहोर्याइदिन्छन्?
मलाई थाहा छैन उनीहरू साँच्चिकै विश्वास गर्छन् कि गर्दैनन्, तर यिनीहरूले यो कुरा पहिलोपटक भनेका भने होइनन्। यी कुरा उनीहरूले तीस वर्षदेखि भनिरहेका छन्।
१९९६ मा नेतान्याहू र उनका अमेरिकी समर्थकहरूले "क्लिन ब्रेक" (Clean Break) नामको एउटा दस्तावेज प्रकाशित गरेका थिए। “क्लिन ब्रेक” ले आगामी तीस वर्षसम्म लागू गरिने राजनीतिक रणनीति स्पष्ट पार्छ–जसमा इजरायलले प्यालेष्टाइनसँग वार्ता गर्नेछैन, र त्यसैले पूरा मध्यपूर्वलाई युद्धमा फसाउनेछ, जसमा अमेरिकालाई पनि आफनो स्वार्थमा प्रयोग गरिनेछ।
र रणनीतिको मुख्य पक्ष के हो भने–त्यस्ता शासनहरू सत्तामा ल्याइनेछन्, जुन यो योजनासँग सहमत होउन्।

उदार एवं लोकतान्त्रिक संस्थाहरू भत्किँदै गएको अवस्थामा नागरिक समाज पूर्ण रूपमा…

बाँसमा फूलेको विद्रोहको फूल

के भारतमा रातो तारा अस्ताउँदै छ?

औपनिवेशिक साँस्कृतिक कब्जाविरुद्ध हुङ्कार गर्ने एक बौद्धिक बागी !

गलबन्दी

बढ्दैछ एङ्गेल्सको सान्दर्भिकता

प्रतिरोधी संघर्षका नायक बबी स्यान्ड्स: एक दृढ सत्याग्रही, जसले मृत्युवरण गरे तर …

प्रतिक्रिया