मध्यपूर्वको सङ्कटमा युद्ध र शान्ति : एक विश्वपरक दृष्टिकोण

युद्ध कसैको लागि लाभदायक हुँदैन, जनताले मात्र दुःख पाउँछन्
युद्धले कहिल्यै कसैलाई साँचो लाभ दिन सक्दैन। अहिले इरान र इजरायलबीचको बढ्दो युद्धको स्थितिमा सबैभन्दा बढी पीडित तिनै देशका सामान्य नागरिकहरू हुनेछन्। चाहे तेहरानका श्रमिकहरू हुन् वा तेलअविवका परिवारहरू, युद्धले उनीहरूका जीवनमा केवल अशान्ति, वेदना र मृत्युलाई निम्त्याउँछ।
पश्चिमी शक्तिहरूले बुझ्नैपर्ने कुरा के हो भने आजको युग सन् १९४० को दशकजस्तो छैन। आजको युग अत्याधुनिक विनाशकारी हतियारहरूको युग हो। यदि आणविक क्षमतायुक्त विश्वयुद्ध सुरु भयो भने त्यो मानव सभ्यताको अन्त्य पनि हुन सक्छ।
मध्यपूर्वमा युद्ध निम्त्याएर केही अदृश्य शक्तिहरूले हतियार बेचेर लाभ लिन सक्लान्, तर अन्ततः तिनीहरूले नै सबै कुरा गुमाउनेछन्। त्यसैले अमेरिका तुरुन्तै हस्तक्षेप गर्दै इजरायललाई युद्ध नझन बढाउन रोक्नुपर्छ। चीन र रुसले इरानसँग मिलेर तनाव कम गर्ने प्रयास गर्नुपर्छ।
इरानलाई कमजोर आँकलन गर्नु इजरायलको रणनीतिक भूल
प्रा. नोम चोम्स्कीले बारम्बार पश्चिमी राष्ट्रहरूलाई चेतावनी दिएका छन् कि इजरायललाई सीमामा राख्नु जरूरी छ। तर, यसलाई "अरबी विश्वविरुद्धको प्रहरी" बनाउने गलत रणनीतिले इजरायली जनतालाई संकटमा पारेको छ।
इरानको शक्ति र ऐतिहासिक हैसियतको गलत मूल्याङ्कन इजरायलको गम्भीर रणनीतिक गल्ती हो। इरान कुनै साधारण भूगोल र जनसंख्याको मात्र प्रश्न होइन, यो चार हजार वर्ष पुरानो एक सशक्त सभ्यता हो, जसले विभिन्न युगका संकटहरू पार गर्दै आजसम्म अस्तित्व कायम राखेको छ।
इरानी जनताको गौरव र स्वाभिमान, उनीहरूको देशभक्तिको गहिरो आधार हो। इजरायलले बुझ्नुपर्छ कि यद्यपि उसले पश्चिमी शक्तिहरूको सैन्य समर्थन पाएको छ, उसको भूमि र जनसंख्या तुलनात्मक रूपमा सानो छ।
इरान अर्थतन्त्र र राजनीतिमा क्षतिग्रस्त हुन सक्छ, तर त्यसको उर्वर भूमि र ठूलो जनसंख्या सँगै उसले पुनःजागरण गर्न सक्छ। तर यदि इजरायल कमजोर भयो भने उसले आफ्नो अस्तित्व बचाउन सक्दैन, विशेषतः शक्तिशाली इस्लामी राष्ट्रहरूको घेराबन्दीमा। त्यसैले, इजरायलले इस्लामी विश्वसँग सम्बन्ध सुधार गर्ने दिशामा प्रयास गर्नुपर्थ्यो, नकि युद्ध निम्त्याउने।
प्यालेष्टाइनी सार्वभौम अधिकारको सम्मानः इजरायलको दीर्घकालीन सुरक्षाको आधार
इजरायलको दीर्घकालीन अस्तित्व त्यतिखेर मात्र सुनिश्चित हुन्छ, जब उसले प्यालेष्टाइनी जनताको सार्वभौमिक अधिकारलाई स्वीकार गर्छ। सन् १९४८ मा बेलायती साम्राज्यवादको धोकेबाज योजनाअन्तर्गत प्यालेष्टाइनीहरूको भूमि लुटियो र एक राष्ट्रको अस्तित्व खोसियो।
अन्तर्राष्ट्रिय समुदाय, विशेषतः अन्तर्राष्ट्रिय अदालतहरूले बारम्बार इजरायलको भूमिकालाई निन्दा गरेका छन्। इजरायलको सैन्य आक्रमणमा सयौं हजारौं प्यालेष्टाइनीहरू, शिशुहरूसमेत मारिएका छन्।
इजरायल र पालेस्टाइनको शान्तिपूर्ण सहअस्तित्व मात्र इजरायलको लागि सुरक्षा सुनिश्चित गर्ने आधार हुनसक्छ। यसरी, इरानसँगको संकट पनि क्रमशः हराउँदै जान सक्छ।
झूटा ‘सुरक्षा खतरा’को बहानामा आक्रामकता: विनाशको मार्ग
इजरायलले तथाकथित सुरक्षा खतरा देखाएर पहिले नै आक्रमण गर्ने निर्णय गर्यो, जुन गम्भीर भूल हो। यस कार्यले न केवल विश्वशान्तिमा खतरा उत्पन्न गर्यो, बरु इजरायल र इरान दुवैको अस्तित्वमाथि प्रश्न उठायो।
यदि इजरायल गरिब भयो वा उसले आफ्नो शक्ति गुमायो भने हामास र हिजबुल्लाहले उसलाई सजिलै पराजित गर्न सक्छन्। प्रा. नोम चोम्स्कीले बारम्बार पश्चिमी राष्ट्रहरूलाई चेतावनी दिएका छन् कि इजरायललाई सीमामा राख्नु जरूरी छ। तर, यसलाई "अरबी विश्वविरुद्धको प्रहरी" बनाउने गलत रणनीतिले इजरायली जनतालाई संकटमा पारेको छ।
चीन र रुसको शान्तिको पहल अपरिहार्य
आजको संकटग्रस्त समयमा चीन र रुसले दृढ र जिम्मेवार भूमिका खेल्नुपर्छ। उनीहरूले इजरायलको आक्रामकता सीमित गर्दै, संकट समाधानका उपाय खोज्नुपर्छ। मध्यपूर्वमा स्थायित्व भत्कियो भने "ग्लोबल साउथ" को आर्थिक विकासमा गम्भीर प्रभाव पर्नेछ।
भारतले यो कूटनीतिक अवसर गुमाएको छ, किनकि उसले केवल आफ्नो सैन्य शक्ति बढाउन इजरायलबाट हतियार खरिदमा रुचि देखायो।
चीनले साउदी अरेबिया र अन्य अरब राष्ट्रहरूसँगको सम्बन्धमार्फत ट्रम्प र म्याक्रोनलाई शान्तिपूर्ण पहल गर्न दवाव दिन सक्छ। उता, इरानलाई पनि संयम अपनाउन चीनले राजनयिक दबाबमार्फत विश्वस्त बनाउन सक्छ।
शान्तिका लागि चीनको अग्रसरता: विश्वका लागि आशाको सम्भावना
यद्यपि अहिलेको मध्यपूर्व संकट गम्भीर छ, तर यसले चीनलाई शान्ति निर्माणको अग्रणी शक्तिका रूपमा उभिन मौका दिएको छ। यदि चीनले यस अवसरलाई सदुपयोग गर्यो भने, विश्वशान्तिको एक नयाँ अध्याय सुरु हुनसक्छ।
आज, शान्ति भनेको केवल विकल्प होइन – यो हाम्रो सभ्यताको अन्तिम अवसर हो। शक्ति र उत्तरदायित्वको नयाँ परिभाषा यही संकटको घडीमा आवश्यक छ।

पार्टीमा गुटबन्दी, बहुविचार केन्द्रको अस्तित्व र पार्टी फूटको चूरो कारण के हो ?

अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पार्ने अमेरिकी प्रयासको विरोध गर्नैपर्छ

पर्यावरण : उपभोग गर्ने र देखाउने फरक

सत्ताको शिखरबाटै गणतन्त्रमाथि खतरा !

गाजा: मानवताको मौन मृत्यु र विश्व व्यवस्थाको डरलाग्दो संकट

विवाहको अर्थ-राजनीति

कस्मेटिक विकास : समृध्दि यात्रा कि आर्थिक संकटको बाटो

प्रतिक्रिया