कृत्रिम गर्भाशयको युगमा धार्मिक जन्म अवधारणाको पुनर्विचार

मानव सभ्यताको प्रारम्भदेखि नै जीवनको उत्पत्ति, जन्म, आत्मा र मृत्युलाई रहस्यमय रूपले हेर्ने चलन रहेको छ। विभिन्न धर्महरूमा जन्मलाई 'दैवी चमत्कार'को रूपमा व्याख्या गरिएको पाइन्छ। तर पछिल्लो वैज्ञानिक युगमा, विशेष गरी जैवप्रविधि (Biotechnology) र कृत्रिम प्रजनन प्रणालीको विकाससँगै, यी धार्मिक अवधारणाहरू गहिरो प्रश्नको घेराबन्दीमा परेका छन्। धर्मका व्याख्याताको मुखमा बिर्को लागेको छ।
यस लेखमा हालसालै जापानमा विकास गरिएको कृत्रिम गर्भाशय (Artificial Womb) को प्रविधि र त्यसले धार्मिक मान्यताको मूलभूत दावीहरूमा ल्याउने चुनौतीहरूको विश्लेषण गर्ने प्रयास हो।
धार्मिक ग्रन्थहरू - जस्तै वेद, बाइबल, कुरान, आदि - मा मानव जन्म ईश्वरको इच्छा, आत्मा प्रवेश, वा पुनर्जन्मसँग जोडिएको पाइन्छ। त्यहाँ महिलाको गर्भलाई एक पवित्र माध्यमका रूपमा चित्रण गरिएको छ।
तर चिकित्सा प्रविधिमा आएको प्रगतिले, जस्तै IVF (In Vitro Fertilization), Gene Editing, Surrogacy, र हालसालैको Ectolife Artificial Womb Facility, ले मानव जीवनलाई प्रयोगशालामा सुरु गरिने प्रक्रियामा रूपान्तरण गरिदिएको छ।
सन् २०२३ मा जापानका वैज्ञानिकहरूले विकसित गरेको कृत्रिम गर्भाशय प्रणाली, जसमा मुसाको भ्रूणलाई पूर्ण रूपमा बाह्य संरचनामा हुर्काइएको थियो, मानव भ्रूणमा पनि सफलताका साथ लागू गर्ने तयारी हुँदैछ। यो उपलब्धिले धार्मिक विश्वासको जग नै हल्लाउने देखिन्छ।
धार्मिक मान्यता: जन्म, आत्मा र जीवनको स्वामित्व : धर्मजन्म सम्बन्धी धारणाआत्मा/जीवनको उत्पत्तिहिन्दू धर्मआत्मा गर्भमा प्रवेश गर्छ, पुनर्जन्म हुन्छ आत्मा अजन्मा र अविनाशी हुन्छ। इस्लामजीवन अल्लाहको आदेशले सुरु हुन्छ, गर्भमा ४० दिनपछि आत्मा प्रवेश गर्छ। ईसाई धर्मसबै मानव ईश्वरको छायाबाट बनाइएका हुन्।आत्मा ईश्वरद्वारा दिइन्छ।
यी मान्यताहरू वैज्ञानिक रूपले परीक्षण गर्न मिल्दैनन्। जब मेशिनमा भ्रूण हुर्कन थाल्छ, धर्महरूले प्रस्ताव गर्ने आत्मा प्रवेशको समय, विधि वा उद्देश्य पुष्टि वा खण्डन गर्न कुनै यन्त्र छैन। यसले यी सबै विश्वासहरूलाई केवल मिथ्या, कपोलकल्पित, अविज्ञानी कल्पनाको रूपमा सावित गर्छ।
कृत्रिम गर्भाशय: विज्ञानको व्याख्या (Scientific Basis of Artificial Womb)
पारदर्शी पोडमा भ्रूण राखिन्छ। त्यसपछि कम्प्युटरद्वारा नियन्त्रण हुने पोषण, अक्सिजन, तापमान, हार्मोन आपूर्ति गरिन्छ।
रियल-टाइम भ्रूण निगरानी: भ्रूण विकासक्रम अनुसार डेटा विश्लेषण र समायोजन गरिन्छ।
यसले अकाल जन्म रोकथाम गर्छ। महिलामाथिको जैविक बोझको अन्त्य गर्छ। बाँझपनको वैज्ञानिक समाधान दिन्छ। भ्रूण अनुवंश सुधार (genetic editing) संग मिलेर मानव विकासको नियन्त्रण गर्छ।
धर्ममाथिको प्रभाव (Implications on Religious Beliefs) : जन्ममा 'ईश्वरको हात' नरहने प्रमाण गर्छ। जब जीवन कुनै यान्त्रिक प्रणालीमा सुरु हुन्छ, धार्मिक संस्थाले दाबी गर्ने ‘दैवी इच्छा’को औचित्यको अन्त्येष्ठी हुन्छ।
आत्मा प्रवेशको समय, प्रक्रिया र स्थान विवादास्पद : कृत्रिम गर्भाशयमा जन्मिएको जीवनमा आत्माको अस्तित्व पुष्टि गर्ने कुनै आधार रहँदैन। महिला शरीरको पवित्रतासम्बन्धी धार्मिक सोचमा पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ। प्रायःजसो धर्महरूले महिलाको गर्भलाई पवित्र स्थान मानेका छन्। तर यो प्रविधिले यस्तो धारणा विस्थापित गर्छ।
कोलमभित्रको भ्रूण (The Embryo in the Pod): "त्यहाँ कोही छैन- न आमाको मुटुको धड्कन, न वंश परम्पराको स्पर्श-तर एउटा जीवन बढिरहेको छ, एक सानो कृत्रिम सौर्यमण्डलभित्र।"
काँचको पारदर्शी कोलमभित्र एउटा भ्रूण पलाइरहेको छ। उसले बाहिरी दुनियाँ देख्दैन, तर दुनियाँले उसलाई हेर्छ-धेरै आँखाले, फरक दृष्टिकोणले। कतै आश्चर्य, कतै डर, कतै क्रान्तिको संकेत, अनि कतै धर्मको चुनौती।
यो भ्रूण कुनै देवीको कृपाबाट होइन, कुनै कर्मफलबाट होइन-शुद्ध जैविक विधिबाट अस्तित्वमा आएको हो। शुक्राणु र अण्डाणुको प्रयोगशालामा मिलन, CRISPR जीन-संपादन, अनि AI-नियन्त्रित पोषण प्रणाली-यिनै वैज्ञानिक उपकरणहरूले उसलाई जीवनतर्फ अघि बढाइरहेका छन्।
वैज्ञानिक सम्भावनाको प्रतीक: आजको युग केवल भ्रूण हुर्काउने पात्र होइन-यो सभ्यताको नयाँ परिभाषा हो। मेसिनभित्र जीवन हुर्काउने मानवीय क्षमता भन्नु, मानौँ ईश्वरको ऐतिहासिक परिभाषासँगै प्रतिस्पर्धा हो।
“धर्म भन्छ: जीवन ईश्वरद्वारा सृजित हुन्छ।
विज्ञान भन्छ: हामीले जीवन सृजना गर्न सिकेका छौं।”
यो भ्रूणले धर्मको सर्वशक्तिमान सृष्टिकर्तामाथि गम्भीर प्रश्न उठाउँछ-यदि हामी आफै जीवन सिर्जना गर्न सक्छौं भने, सृष्टिकर्ता को हो?
धार्मिक त्रास र प्रतिक्रियाहरू :
धेरै धार्मिक व्यक्तित्वहरूले यस प्रविधिलाई “प्राकृतिक विधानको उल्लंघन” भनेर आरोप लगाएका छन्। कतिपय धार्मिक नेताहरूले यो प्रक्रियाबाट जन्मिने बालकलाई ‘आत्माविहीन’ वा ‘दैत्यवत्’ करार गरेका छन्। उनीहरूको दाबी: “जब जीवन गर्भबाहिर सुरु हुन्छ, आत्मा प्रवेश गर्दैन।”
तर के आत्मा कुनै निश्चित स्थानमा मात्र प्रवेश गर्छ? के मेशिनभित्र हुर्किएको जीवन आत्माविहीन हुन्छ?
या आत्मा स्वयं धर्मले बनाएको काल्पनिक संकल्पना मात्र हो, जसले अब वैज्ञानिक प्रगतिको सामना गर्न सकेन?
समाज, नीति र नीतिशास्त्र: यश अनुसन्धानले सयौं भ्रूण हुर्काउन सकिने देखिएको छ। अब सोचौँ-यदि यो प्रविधि बजारमा आयो भने, के हुने?
सम्भ्रान्त वर्गले सन्तानको अनुवंश सुधार गरेर ‘डिजाइनर बेबी’ उत्पादन गर्नेछ। धार्मिक समूहहरू विरोधमा आन्दोलन गर्नेछन्। राजनीतिज्ञहरूले यसलाई सत्ताको हतियार बनाउनेछन्। अनि गरीब वर्ग फेरि पनि पृष्ठभूमिमा धकेलिनेछ।
यसले मानवताको भविष्यलाई मात्र होइन, न्याय, नैतिकता र असमानताको संरचनालाई नै पुनर्लेखन गर्न सक्छ।
यो संगै उब्जिएको दार्शनिक प्रश्नहरू-
के मेशिनमा जन्मेको जीवन 'प्राकृतिक' मानिन्छ? आत्मा वैज्ञानिक रूपमा अवस्थित हुन्छ? यदि जन्म नियंत्रित हुन्छ भने, ‘भाग्य’ भन्ने कुरा कहाँ रहन्छ? नैतिकता अब धर्मद्वारा तय हुन्छ कि वैज्ञानिक विवेकद्वारा?
कृत्रिम गर्भाशय केवल एउटा प्रविधि होइन; यो धार्मिक विश्वासहरूमाथिको वैज्ञानिक हस्तक्षेप हो। यो प्रविधिले देखाउँछ कि जीवन अब दैवी होइन, जैविक हो। आत्मा, पुनर्जन्म, ईश्वरको इच्छा, भाग्यजस्ता विचारहरू क्रमशः अप्रासंगिक हुँदैछन्।
धर्महरूले सन्देश दिनु ठीकै हो, तर जब त्यो सन्देश प्रकृति र यथार्थसँग टकराउँछ, सत्य विज्ञानको पक्षमा उभिन्छ।
सन्दर्भ सूची
Ectolife: The World's First Artificial Womb Facility. [Concept Video, 2023]
S. Yamaguchi et al. (2023). "Ex Utero Development of Mouse Embryos." Nature Biotechnology.
Bhagavad Gita – Chapter 2, Verse 22 (Soul and Rebirth)
Quran – Surah Al-Mu’minun (23:13-14)
Bible – Genesis 1:27
Singer, P. (2011). Practical Ethics.
Harari, Y.N. (2014). Sapiens: A Brief History of Humankind.

बन्धक विवेक र अन्धभक्तिको उत्सव

हृदयमा मायाको प्रतिबिम्ब, मुहारमा सूर्यको प्रकाश

सिन्डिकेटको पुनरागमन कि प्रविधिको प्रतिरोध?

भक्तिपन्थको राजनीतिक पुनर्जागरण: विवेकको लोप र झोलेगिरीको उत्कर्ष

गुमनाम प्राज्ञको महाप्रस्थान

भिजिट भिसाको व्यथा र सिंगापुरमा भ्रष्टाचारको कथा

कान र मुटु नभएको गधाको कथा

प्रतिक्रिया