पार्टीमा गुटबन्दी, बहुविचार केन्द्रको अस्तित्व र पार्टी फूटको चूरो कारण के हो ?

हाम्रो आन्दोलनमा विद्यमान यान्त्रिक चिन्तन प्रक्रिया

संसारका मजदुरहरु एक होऔं नारा भट्याएर नथाक्ने नेपालका वामपन्थीहरु दर्जनभन्दा बढी चिराहरुमा विभाजित छन् । त्यसमाथि थप, एउटै कम्युनिष्ट पार्टीभित्र पनि गुटबन्दी, बहुविचार केन्द्रहरु हावी छन् । कम्युनिष्ट आन्दोलनमा जुट र फूटको लागि कुनै जायज र तर्कपूर्ण कारण नै चाहिँदैन । एउटा रमाइलो ठट्टा पनि यदाकदा सुनिने गर्छ– नेपालमा अलिक पढेलेखेका २ जना मान्छे चिया पसलमा भेला हुनासाथ एउटा कम्युनिस्ट पार्टी खुलिहाल्छ। ४ जना मान्छे पुग्ने बित्तिकै क्रान्तिको तयारी सुरु भइहाल्छ । अनि ५ जना पुग्ने बित्तिकै फेरि फुटिपनि हाल्छ !

वास्तवमै यसो हुनुको कारण के हो ? आउनुहोस्, प्रज्ञानरत्नको यस लेखबाट जान्ने कोशिस गरौं ।

दायित्वबोध

०००

पूँजीवादी पार्टीमा अनुशासनको सवाल बहुमत / अल्पमतको सिद्धान्त अपनाएर हल गर्न खोजिन्छ । त्यहाँ अल्पमतलाई आफ्नो विचार राख्ने छुट त हुन्छ, तर स्वार्थवश त्यो अक्सरतया स्वीकारिंदैन र समेटिँदैन । पूँजीवादी पार्टीमा अन्ततः बहुमतको विचार जवर्जस्ती अत्पमतमाथि लादिन्छ र बहुमतको विचारलाई अल्पमतले जे भए पनि स्वीकार्नै । पर्छ । त्यसैले पूँजीवादी पार्टीमा केन्द्रीयता र अनुशासन भनेको औपचारिक र यान्त्रिक मात्र हुन्छ । अल्पमतको विचार जवर्जस्ती दवाइने हुनाले विचार दवाइएकाहरु आफ्नो विचारको अस्तित्वको लागि त्यहाँ छुट्टै विचार केन्द्र बनाउन बाध्य हुन्छन् । यसैबाट पूँजीवादी पार्टीमा गुट र बहुकेन्द्रहरु पैदा हुन्छन् । जबसम्म यी विचार केन्द्रहरुबीच लेनदेन र सम्झौता संभव हुन्छ । पूँजीवादी पार्टीमा एकता भइरहेझैं देखिन्छ । जब त्यो संभव हुन्न, पार्टी फुट्छ । यसको उदाहरणको निम्ति टाढा जानु पर्दैन, नेपाली कांग्रेस हेरे
पुग्छ ।

यान्त्रिक चिन्तन प्रक्रियाको एउटा मुख्य दोष के हुन्छ भने त्यसले हरेक बस्तु गतिशील हुनका लागि वस्तुभित्रकै द्वन्द्वलाई कारणका रुपमा हेर्दैन ।

पूँजीवादी पार्टीमा यान्त्रिक केन्द्रियता हुनुको मुख्य कारण के हो भने उनीहरुको चिन्तत प्रक्रिया यान्त्रिक हुन्छ । तसर्थ, अनुशासन र केन्द्रीयता सम्बन्धी उनीहरुको दृष्टिकोण पनि यान्त्रिक हुन्छ ।

यान्त्रिक चिन्तन प्रक्रियाको एउटा मुख्य दोष के हुन्छ भने त्यसले हरेक बस्तु गतिशील हुनका लागि वस्तुभित्रकै द्वन्द्वलाई कारणका रुपमा हेर्दैन । वस्तुमा गतिका लागि त्यसले एउटा शुरु चालकको आवश्यकता देख्छ, जसरी एउटा यन्त्र चल्नका लागि शुरुमा एउटा चालकको ज़रुरी हुन्छ । हरेक वस्तुलाई यन्त्रकै रुपमा हेर्नु नै यान्त्रिक चिन्तन प्रक्रियाको मुख्य विशेषता र दोष हो ।

पूँजीवादी पार्टीमा यान्त्रिक चिन्तन प्रक्रिया हुने हुनाले बहुमतले आफूलाई पार्टीको चालकका रुपमा हेर्छ । पार्टीको सारा सत्य, गतिशीलता र विकासको स्रोत उसले आफूलाई मात्र ठान्दछ । त्यो बहुमतले हरेक कुरा निर्णय गरेपछि, त्यो थोपरेपछि र अल्पमतले त्यसको सामु आफूलाई आत्मसमर्पण गरेपछि उसले अनुशासनको समस्या हल भएको ठान्दछ । वास्तवमा भने त्यो हल भएको हुन्न । जसको विचार दवाइन्छ वा सुनिन्न, उसलाई त्यो अझै सत्य र सही लागिरहेकै छ भने सत्य र सही विचारको स्थापनाका लागि त्यो विचारकै वरपर एउटा केन्द्र बनाउने प्रयत्न हुन्छ ।

मनोवैज्ञानिक रुपले पनि विचार यान्त्रिक रुपले दबाइँदैमा दबिहाल्दैन । उल्टो, त्यो अस्तित्वको भयले आत्मरक्षाको लागि झन वलवान रुपमा संगठित हुन्छ । यही कारणले बहुमत अल्पमतको पूँजीवादी यान्त्रिक सिद्धान्तबाट उपरी तहमा मात्र अनुशासन र केन्द्रीयता कायम भए झैँ देखिन्छ । भित्र वास्तविकतामा त्यसले समानान्तर विचार राख्ने गूट र बहुकेन्द्र पैदा गरिरहेको हुन्छ । सबै पूँजीवादी पार्टीमा समानान्तर विचारहरुका गूट र बहुकेन्द्र हुनुको चूरो कारण नै यही हो । जब गूटहरु हुन्छन्, समानान्तर विचारका बहुकेन्द्र हुन्छन्, पार्टीमा बैचारिक केन्द्रियता भन्ने कुरा खालि औपचारिक कुरा मात्र हुन्छ । वास्तवमा बैचारिक केन्द्रियता पैदा भएकै हुदैन ।

जसको विचार दवाइन्छ वा सुनिन्न, उसलाई त्यो अझै सत्य र सही लागिरहेकै छ भने सत्य र सही विचारको स्थापनाका लागि त्यो विचारकै वरपर एउटा केन्द्र बनाउने प्रयत्न हुन्छ ।

इतिहासमा जव समाजमा एकजना मानिसको विचार सवैमाथि लाद्ने सामन्ती निर्णय प्रणालीको दबदबा थियो, त्यतिखेर त्यसको तुलनामा यही बहुमत - अल्पमतको पूँजीवादी निर्णय प्रणाली पनि क्रान्तिकारी र बढी प्रजातान्त्रिक कुरा थियो । यो प्रणालीले समाजमा ठूलो फड्को ल्याएको थियो । साम्यवादका प्रवर्त्तकहरुले पूँजीवादीहरूबाटै यो बहुमत / अल्पमतको सिद्धान्त आफ्नो संगठनको सिद्धान्तमा समेटेका हुन् । र, यो त्यतिखेर प्रगतिशील कुरा थियो ।

तर अहिले एक शताब्दी भन्दा लामो अभ्यासले देखाएको छ । बहुमत / अल्पमतको सिद्धान्तमा पनि गंभीर सीमा र दोषहरु विद्यमान रहेछ । पहिलो त यसबाट नोकरशाही र औपचारिक केन्द्रियता मात्र पैदा हुँदोरहेछ, वास्तविक बैचारिक केन्द्रियता पैदा नै हुँदोरहेनछ । दोश्रो, यसबाट पार्टीमा समानान्तर विचार- केन्द्रहरु विकास हुने रहेछन् ।

सवै साम्यवादी पार्टीमा यसबाट औपचारिक केन्द्रियता मात्र विकास भएको छ, जुन यान्त्रिक र नोकरशाही चरित्रको छ । बहुमतले आफूलाई पार्टीको एक मात्र चालक ठान्ने, जवर्जस्ती आफ्ना विचारहरू नोकरशाही तरीकाले लाद्ने ।

नेपाली साम्यवादी आन्दोलनले यो सिद्धान्त विश्व साम्यवादी आन्दोलनबाट सिक्यो । तर ४५ वर्षको अभ्यासले देखाएको छ- यसको अध्यासबाट कुनै पनि साम्यवादी पार्टीमा वास्तविक बैचारिक केन्द्रियता पैदा हुन संभव भएको छैन । पूँजीवादी पार्टीमा यसको अभ्यासबाट जे हबिगत भएको छ, त्यही हविगत साम्यवादी पार्टीमा पनि देखिएको छ ।

सवै साम्यवादी पार्टीमा यसबाट औपचारिक केन्द्रियता मात्र विकास भएको छ, जुन यान्त्रिक र नोकरशाही चरित्रको छ । बहुमतले आफूलाई पार्टीको एक मात्र चालक ठान्ने, जवर्जस्ती आफ्ना विचारहरू नोकरशाही तरीकाले लाद्ने । पार्टीमा "माथि” एउटा नोकरशाहीयन्त्र विकास गर्ने र "तल" त्यसको अन्ध अनुशरणको माग गर्ने । पार्टी अल्पमतले आफ्ना विचारहरू सही भएर पनि त्यसको ठ्याप्पै सुनवाई नभएको र त्यो दबाइएको महशूस गर्ने स्थिति कायम गर्ने । फलस्वरूप, समानान्तर विचार - केन्द्रहरू वा गूटहरू बनाउने ।

गुटहरु बीचको लेनदेन र संझौताद्वारा मात्र पार्टी चल्ने, त्यो संभव नभएपछि पार्टीमा फूट हुने । आखिर पूँजीवादी पार्टीको अनुशासन र केन्द्रियतासम्बन्धी यान्त्रिक धारणा र साम्यवादी भनिएको पार्टीको धारणामा तात्विक अन्तर र प्रगतिशील भिन्नता के रहेको छ ? आखिर, साम्यवादी भनिएको पार्टीको चिन्तन- प्रकृया र पूँजीवादी पार्टीको चिन्तन- प्रकृयामा भिन्नता नै के देखिन्छ ?

यसरी पार्टीमा गूटवन्दी, बहुविचार केन्द्रको अस्तित्व र पार्टी फूट त खाली परिणाम मात्र हुन् । यसको चूरो कारण त पार्टीमा समेत विद्यमान यान्त्रिक चिन्तन प्रक्रिया हो, पार्टीमा अनुशासन र केन्द्रियताको समस्यालाई हेर्ने यान्त्रिक दृष्टिकोण हो । त्यसैले, हामीले बहुमत/अल्पमतको पूँजीवादी सांगठनिक सिद्धान्तबारे गम्भीरतापूर्वक पुनर्विचार गर्नु जरूरी भएको छ । के यसबाट पार्टीमा वास्तविक बैचारिक केन्द्रियता र अनुशासनको समस्या हल गर्न सकिन्छ ? के यसबाट समानान्तर विचार केन्द्र र गूटको अस्तित्वको समस्या हल गर्न सकिन्छ ? सकिन्न भने योभन्दा उन्नत विकल्प के छ ?

आखिर पूँजीवादी पार्टीको अनुशासन र केन्द्रियतासम्बन्धी यान्त्रिक धारणा र साम्यवादी भनिएको पार्टीको धारणामा तात्विक अन्तर र प्रगतिशील भिन्नता के रहेको छ ? आखिर, साम्यवादी भनिएको पार्टीको चिन्तन- प्रकृया र पूँजीवादी पार्टीको चिन्तन- प्रकृयामा भिन्नता नै के देखिन्छ ?

 द्वन्द्वात्मक चिन्तन प्रक्रियामा र साम्यवादी संस्कृतिमा मात्र यसको हल देखिन्छ ।

पार्टीमा विचार द्वन्द्व गर्नुको मुख्य तात्पर्य हो । सत्यको गहिराइसम्म जानु । प्रत्येक साम्यवादीको विचार द्वन्द्वको ।

मुख्य उद्देश्य हो - विचारलाई अरू परिपूर्ण बनाउनु र सत्य पत्ता लगाउनु । विचारलाई सकेसम्म परिपूर्ण बनाउने र सत्यको गहिराइमा जाने हो भने शुरू-चालकको यान्त्रिक धारणा फाल्नु जरुरी छ । सर्वप्रथम, यो यान्त्रिक धारणा पूरापूर मिल्काउनु जरूरी छ कि सत्यको ठेकेदार बहुमत मात्र हो र सत्य जहिले पनि बहुमतको दिमागबाट मात्र पैदा हुन सक्छ । यो धारणा विकास गर्न जरूरी छ कि सत्यको उद्घाटन जुनसुकै कुनाबाट पनि हुन सक्छ । सत्यमुखी भएर यथासंभव बढी मानिस वीच बिचार द्वन्द्व गर्नु सिवाय सत्यको गहिराइसम्म पुग्ने र विचार अरू परिपूर्ण पार्ने कुनै सुनौला राजपथ छैन । चाहे जसबाट आओस्, "राम्रो जति हाम्रो” भनेर स्वीकार्ने अर्थात सत्य कुरा जुन सुकै व्यक्तिबाट आए पनि त्यसलाई द्वन्द्वात्मक रूपमा अंगीकार गर्ने उन्नत द्वन्द्वात्मक चिन्तन-प्रक्रिया र संस्कृति हामीसित भयो भने मात्र विचार द्वन्द्वमा सत्यको गहीराइसम्म जाने संभावना   हुन्छ ।

अरूको विचार सही भएर पनि त्यसलाई स्वीकार्न अन्कनाहट हुनुको जरो कारण हामीमा रहेको व्यक्तिवाद हो, पूँजीवादी स्वार्थान्धता हो ।

बेरोकटोक विचार द्वन्द्व, विचार द्वन्द्व गर्ने सबैको एउटै उद्देश्य बस्तुवादी हुनु अर्थात् सत्य पत्ता लाउनु र विचार द्वन्द्व गर्ने सबैको संस्कृति आफू जित्नु होइन, सत्य कुरा जहाँबाट आए पनि त्यसलाई समेटनु (अर्थात् सश्लेषण गर्नु) । सत्यको गहिराइमा पुग्ने र वास्तविक केन्द्रीयता पैदा गर्ने यो नै साम्यवादी पद्धति हो । छोटकरीमा, सत्यमुखी र संश्लेषणमुखी विचारद्वन्द्व नै वास्तविक केन्द्रियता पैदा गर्ने बैज्ञानिक बाटो हो ।

अरूको विचार सही भएर पनि त्यसलाई स्वीकार्न अन्कनाहट हुनुको जरो कारण हामीमा रहेको व्यक्तिवाद हो, पूँजीवादी स्वार्थान्धता हो । आफ्नो जित वा स्वार्थप्रति अन्धो हुने पूँजीवादी संस्कृतिले नै हामीलाई सत्य कुरा स्वीकार्नबाट छेक्छ । आफ्नो जति राम्रो वा हाम्रो जति राम्रो भन्ने भाव स्वार्थान्धताबाटै पैदा हुन्छ । पूँजीवादी स्वार्थान्धता आफूभित्र पालेर हुने विचारद्वन्द्वमा, त्यसैले, सत्यको उद्घाटन हुन संभव हुँदैन । अरूबाट उद्घाटित सत्यलाई स्वीकार्न पूँजीवादी अहंकार र स्वार्थान्धता मिल्काउनु पर्छ । पूँजीवादी |जित हारको मानसिकता फाल्नु पर्छ । सत्य कुरा जति हाम्रो अर्थात राम्रो जति हाम्रो' भन्ने साम्यवादी संश्लेषणमुखी संकृतिले मात्र हामीलाई सबै कुनाबाट आएका सत्यलाई खुसीसाथ स्वीकार्ने र संगेट्ने उत्प्रेरणा दिन्छ ।

बहुमत / अल्पमतको सिद्धान्तको संस्कृति- हाम्रो जति राम्रो मान्ने पूँजीवादी संस्कृति हो । त्यसको ठीक विपरीत, सत्यमुखी संश्लेषणमुखी विचारद्वन्द्वको सिद्धान्त राम्रो जति हाम्रो मान्ने साम्यवादी संस्कृति हो । बहुमत / अल्पमतको चिन्तन प्रक्रिया यान्त्रिक रुपमा जवर्जस्ती बहुमतको केन्द्रियता लादेपछि स्वत : अनुशासन पैदा हुन्छ भन्ने सोचमा आधारित यान्त्रिक चिन्तन प्रक्रिया हो । सत्यमुखी र संश्लेषणमुखी बिचारद्वन्द्वको सिद्धान्त | यान्त्रिक रूपमा कुनै पनि विचार जबर्जस्ती नलाद्ने, सत्यमुखी भएर जनवादी वातावरणमा विचार द्वन्द्व गर्ने, आएका | बेठीक कुरासित लगातार द्वन्द्व गर्दै सबैबाट आएका ठीक कुरा जति संश्लेषण गरेर खुशपूर्ण केन्द्रियता पैदा गर्ने सोचमा आधारित द्वन्द्वात्मक चिन्तन प्रक्रिया हो ।

जब विचार द्वन्द्व गर्ने वेरोकटोक स्वतन्त्रता हुन्छ, गूट वा बहुविचार- केन्द्र गठन गर्ने आवश्यकताकै अन्त हुन्छ । जब सबैका सही विचार सगेट्ने वा संश्लेषण गर्ने प्रक्रिया विचार द्वन्द्वमा हमेशा रहन्छ, पैदा भएको निर्णय वा केन्द्रियता सबैको निम्ति स्वीकार्य हुने र वास्तविक हुने संभावना बेसी हुन्छ त समानान्तर विचार-केन्द्रको आवश्यकता नै रहँदैन । त्यसैले, गूटवन्दीको र बहुविचार - केन्द्रको समस्याको हल उन्नत द्वन्द्वात्मक चिन्तन प्रक्रियामा छ, संश्लेषणमुखी र सत्यमुखी विचार द्वन्द्वमा छ ।

बहुमत / अल्पमतको सिद्धान्तमा बहुमतको कुरा जति "हाम्रो" बनाइन्छ । यसमा सर्वसम्मत भएका कुरा जति हाम्रो भिन्नता र विचारद्वन्द्व वाँकी भएका कुरा जति आफ्नो आफ्नो हुने हुन्छ ।

बहुमतद्वारा निर्णय गर्नु जति सजिलो हुन्छ, यस्तो गर्नु त्यति नै कठोर र कष्टप्रद हुन्छ । बहुमत / अल्पमतको सिद्धान्तमा बहुमतको कुरा जति "हाम्रो" बनाइन्छ । यसमा सर्वसम्मत भएका कुरा जति हाम्रो भिन्नता र विचारद्वन्द्व वाँकी भएका कुरा जति आफ्नो आफ्नो हुने हुन्छ । कुनै निर्णय तत्काल नगर्दा समाजको लागि ठूलो हानी नोक्सानी हुने कुरामा मात्र बहुमत / अल्पमतद्वारा टुंग्याइन्छ, टुंग्याइनु पर्छ । तर स्पष्ट छ, अधिकांश मुद्दाहरू यसरी तुरून्तै निर्णय गर्नु पर्ने खालका हुँदैनन् ।

यान्त्रिक चिन्तन प्रक्रिया हाम्रो आन्दोलनमा खालि बहुमत / अल्पमतको सिद्धान्तमा मात्र अभिव्यक्त भएको छैन । अरू थुप्रै कुरामा पनि अभिव्यक्त भएको छ ।

पार्टी एकीकरणबारे यान्त्रिक सोच

पार्टी एकीकरण सम्बन्धी हाम्रो सोचमा पनि हाम्रो यो यान्त्रिक चिन्तन प्रक्रिया अभिव्यक्त भएको देखिन्छ । साम्यवादी पार्टीको एकीकरण भनेको विभिन्न पार्टीहरूको गणितीय जोड होइन । बैचारिक र साँस्कृतिक एकीकरणमा मात्र साम्यवादी पार्टीको एकीकरण हुन्छ । बैचारिक र साँस्कृतिक रूपले पूर्व र पश्चिम फर्केका पार्टीहरूको यान्त्रिक एकता साम्यवादी पार्टी एकीकरण होइन । तर हाम्रो आन्दोलनमा के देखिन्छ भने- पार्टीहरू क्रान्ति सम्बन्धी सोचमा पूर्व • पश्चिम फर्केका छन्, पार्टी निर्माण सम्बन्धी सोचमा पनि कही कतै समान चिन्तन छैन, न त जीवन सम्बन्धी सोचमै समरुपता छ । यो स्थितिमा पनि पार्टीको एकीकरण भैरहेछ र त्यसलाई "साम्यवादी पार्टी एकीकरण" भनिदैछ । टाउको र शरीर अलग अलग, तर फगत टुप्पीहरू एक ठाउँमा गाँठो पारेर, त्यसलाई साम्यवादी पार्टी एकीकरण भनिदैछ ।

यो पनि यान्त्रिक चिन्तन प्रक्रियाको एउटा विशिष्ट उदाहरण हो। यान्त्रिक चिन्तन प्रक्रियाको एउटा अर्को मुख्य दोष के हुन्छ भने त्यसले बस्तुहरूको गणितीय विकास अर्थात संख्यात्मक विकासलाई मात्र बस्तुहरूको विकासका रूपमा देख्छ । त्योभन्दा उन्नत वस्तुको विकासलाई त्यसले व्याख्या नै गर्न सक्दैन । वस्तु दुईबाट चार पाँच वा छ भयो भने त्यो विकास भयो । चारवटा वस्तु एकै ठाउँमा घुलमिल भएर विल्कुलै त्यो एउटा वस्तु निक्ल्यो भने त्यसलाई यसले विकासका रूपमा व्याख्या गर्न सक्दैन ।

साम्यवादी पार्टीको एकीकरण भनेको जैविक एकीकरण जस्तै हुन्छ । अलग अलग शरीर र टाउको सम्मिलित भएर एउटै टाउको र एउटै शरीर पैदा हुने प्रक्रिया साम्यवादी पार्टीको एकीकरणमा हुन्छ र हुनुपर्छ । त्यो भनेको विचार  द्वन्द्वद्वारा वैचारिक-साँस्कृतिक रूपले पनि एकीकृत र सांगठनिक रूपमा पनि एकीकृत हुने स्थिति भएपछि मात्र साम्यवादी पार्टीको एकीकरण हुन्छ र हुनुपर्छ । हाम्रो आन्दोलनमा यान्त्रिक चिन्तन प्रक्रिया हावी हुनाले यहाँ पार्टी एकीकरणलाई त्यसरी हेरिएन । पार्टीहरूको यान्त्रिक जोडलाई नै पार्टी एकीकरणको रूपमा हेरियो ।

यसको नतीजा के भयो भने- पार्टी एकीकृत भएपछि पनि समानान्तर विचार केन्द्रहरू अलग अलग रहिरहे । अलग अलग विचार केन्द्रको संझौता र लेनदेनद्वारा मात्र पार्टी संचालित भयो ।

हाम्रो आन्दोलनमा यान्त्रिक चिन्तन प्रक्रिया हावी हुनाले यहाँ पार्टी एकीकरणलाई त्यसरी हेरिएन । पार्टीहरूको यान्त्रिक जोडलाई नै पार्टी एकीकरणको रूपमा हेरियो ।

पार्टीमा गूट रहिरह्यो र पार्टीको बैठक भनेको सत्य पत्ता लाउन विचारद्वन्द्व गर्ने- ठाउँ नभएर आ-आफ्नो गूटको केन्द्रियता चलाखीपूर्वक अरूलाई लाद्ने ठाउँ मात्र भईरह्यो । जब गुटहरू वीच सम्झौता सम्भब भएन, पार्टीमा फुट भयो ।

हालैको एकता केन्द्रको फुट त्यसको ताजा उदाहरण हो । पार्टी वास्तवमा वैचारिक, साँस्कृतिक र सांगठनिक रूपले एक जूट नै नभएको हुनाले एकीकरण यान्त्रिक रूपमा मात्र भएर एकीकृत पार्टीमा अलग अलग टाउका र शरीर यथावत बाँकी वसेको हुनाले एकीकरणको बेलादेखि नै त्यहाँभित्र विद्यमान फुटको वीज यति छिटो र यति सजिलै बाहिर सार्वजनिक रूपमा अंकुरण भयो । यो अंकुरण पार्टीभित्र केन्द्रियता र अनुशासन पैदा गर्ने मामलामा द्वन्द्वात्मक सोच भएको भए यति छिटो र यति सजिलोसित नहुन पनि सक्थ्यो, वा ढीलो हुन सक्थ्यो । तर त्यस मामलामा पनि चिन्तन प्रक्रिया यान्त्रिक नै हुनाले अंकुरण अरू तीब्र गतिमा भयो ।

वास्तवमा यो फुट त परिणाम मात्र हो । पार्टी एकीकरणलाई यान्त्रिक चिन्तन प्रक्रिया अप्नाएर हल गर्नुको परिणाम । यो परिणामबाट हामीले गंभीर पाठ सिक्नु जरूरी छ । यसको जरो कारण हाम्रो आन्दोलनमा विद्यमान यान्त्रिक चिन्तन प्रक्रिया हो । त्यो हटाएर द्वन्द्वात्मक चिन्तन प्रक्रिया अप्नाउनु नै यो घटनाबाट पाठ सिक्नु हो ।

गुरुहरूको अनुशरणमा यान्त्रिकता

यान्त्रिक चिन्तन प्रक्रिया हाम्रो आन्दोलनमा महान गुरूहरूका शिक्षा र अनुभवहरूको अनुशरणमा पनि अभिव्यक्त भइरहेछ ।

महान गुरूहरूका शिक्षाबाट हामीले वैज्ञानिक दृष्टिकोण र पद्धति मात्र ग्रहण गर्नु पर्दछ । आम सिद्धान्त मात्र ग्रहण गर्नु । पर्छ । र, मूर्त स्थितिमा त्यसलाई हामीले होशपूर्वक लागु गर्नु पर्छ । लेनिनले मार्क्सवाद जडसूत्र होइन, यो हाम्रो मार्गदर्शक मात्र हो भन्नुको तात्पर्य पनि यही थियो ।

तर हामी हाम्रो आन्दोलनमा के गरिरहेछौं ?

हामी मार्क्स एगेल्स, लेनिन, माओका हरेक भनाइलाई जडसूत्रका रूपमा धर्म गुरूका मन्त्र अन्धतापूर्वक लिदैछौं र बेहोशीपूर्वक लागु गर्दै छौं । ती भनाइको सन्दर्भ र हाम्रो अगाडिको वस्तुस्थितिका बीचमा कति भिन्नता र द्वन्द्व छ, त्यो  आलोचनात्मक तवरले हेर्ने जरूरत नै हामीलाई महशूस हुँदैन । चाहे माओको दीर्घकालीन जनयुद्धको सवाल होस्, वा लेनिनको पार्टी संगठनको सिद्धान्त, हामी त्यसमा आलोचनात्मक तवरले घोत्लिनुको आवश्यकता नै देख्दैनौं ।

अन्ध अनुशरणको यो तरीका पनि यान्त्रिक चिन्तन प्रक्रियाकै टडकारो उदाहरण हो ।

यान्त्रिक चिन्तन प्रक्रियाको एउटा अर्को मुख्य दोष के हुन्छ भने त्यसले बस्तुलाई द्वन्द्वमा हेर्दैन । रामेलाई मालदह आँप खाएर फाइदा भए पछि श्यामेलाई । किन फाइदा नहुने ? - त्यसको चिन्तन प्रक्रिया यस्तो यान्त्रिक हुन्छ । तर वास्तविकता के हुन्छ भने- मालदह आँप खाएर रामेलाई फाइदा भएको छ भन्दैमा श्यामेलाई पनि फाइदा हुन्छ भन्ने कुनै जरूरत हुदैन । त्यो उसको लागि विष पनि सावित हुन सक्छ । त्यो फगत आँपमा निर्भर हुने कुरा होइन । श्यामेको शरीरको आन्तरिक स्थिति निर्भर हुने कुरा हो । श्यामेको पेट गडबड भएको ठोस बस्तुगत परिस्थिति छ भिटामिनयुक्त आँप आफैं दिशा पखाला लगाउने तत्व पनि बन्न सक्छ ।

हामी मार्क्स एगेल्स, लेनिन, माओका हरेक भनाइलाई जडसूत्रका रूपमा धर्म गुरूका मन्त्र अन्धतापूर्वक लिदैछौं र बेहोशीपूर्वक लागु गर्दै छौं । ती भनाइको सन्दर्भ र हाम्रो अगाडिको वस्तुस्थितिका बीचमा कति भिन्नता र द्वन्द्व छ, त्यो  आलोचनात्मक तवरले हेर्ने जरूरत नै हामीलाई महशूस हुँदैन ।

यही कुरा महान गुरूहरूका शिक्षा पनि लागु हुन्छ । ती शिक्षा एउटा सन्दर्भ अत्यन्त सही र क्रान्तिकारी हुन्छन् । हाम्रो सन्दर्भ अलग छ भने त्यसको अन्ध अनुशरणले उल्टो नतीजा पनि ल्याउन सक्छ। मालदह ऑपले पखाला लग जस्तै ।

त्यसैले कसैका कुरालाई पनि सन्दर्भको समानता छ कि छैन भन्ने नहेरी आँखा चिम्लेर स्वीकार गरिनुहुन्न । भनिए कुरा कुन वस्तुस्थिति र सन्दर्भमा भनिएको हो, त्यो पत्तो लाउनु पर्छ । वस्तुस्थिति र सन्दर्भ बिल्कूलै एउटै छन् भने लागु पनि गर्नु पर्छ । तर भिन्न छन भने नयाँ वस्तुस्थिति र सन्दर्भमा कसरी समस्या हल गर्ने, हामी आफैले विवेक बुद्धि लाउनु पर्छ । हरेक कुरालाई द्वन्द्वात्मक तवरल हेर । आलोचनात्मक तवरले हेर । आँखा चिम्लेर कसैका कुरा पनि स्वीकार नगर द्वन्द्वात्मक चिन्तन प्रक्रियाको एउटा अभिव्यक्ति यो हो ।

आम सिद्धान्तहरू लागु गर्दा प्रत्येक ठोस बस्तुस्थितिसित आम सिद्धान्तको द्वन्द्व हुने गर्छ । किनकि संसारमा कुनै वस्तु अर्को वस्तुसित पूरापूर हुबहू मिल्दैन । एउटै वस्तु पनि एकछिन् अघि जे हुन्छ एकछिन पछि त्यो रहन्न । त्यो हमेशा गतिशील हुन्छ । आम सिद्धान्त पनि ठोस वस्तुस्थितिमा लागु गर्दा, त्यसैले, द्वन्द्व हुन्छ । त्यो द्वन्द्व पत्तो लाउने दौरानमा नै नयाँ ज्ञान र सिद्धान्त विकास हुन्छ। संसारमा त्यस्तो द्वन्द्व नहुने भएको भए ज्ञानको नयाँ सिद्धान्तको विकास नै हुने थिएन । एकचोटिको सामान्य सिद्धान् सधैंको ज्ञानको खाँचो टर्ने थियो ।

यस प्रकार, आम सिद्धान्तलाई पनि होशपूर्वक र द्वन्द्वात्मक तवरले लागु गर्नु पर्छ, किनकि संसार हमेशा गतिशील छ ।

तर हामी यहाँ यस्तो गर्दै छैनौं । यान्त्रिक रूपमा महान गुरूहरूका शिक्षा विनासन्दर्भ अन्धतापूर्वक लागु गर्ने हाम्रो पद्धति छ । आलोचनात्मकता नै द्वन्द्व्वात्मक चिन्तन प्रक्रियाको प्राण हो। मानिसहरू हामी भने अनालोचक र अन्ध बन्न सिकाइरहेछौं। गुरूहरूका र नेतृत्वका भनाइहरू अन्धतापूर्वक स्वीकार गर्न सिकाइरहेछौं । यो हाम्रो यान्त्रिक चिन्तन प्रक्रियाको परिणाम हो । हामी जसरी गुरूहरूका शिक्षाहरू आफूले अन्धतापूर्व ग्रहण गर्दैछौं, त्यसरी नै हामी हाम्रा भनाइहरू अरूले अन्धतापूर्वक स्वीकार गरी देओस् भन्ने इच्छा गर्छौं। त्यही गर्न सिकाउँछौं । यो शिक्षा अद्वन्द्ववादी  छ । यसबाट समाजको आलोचक र होशपूर्ण मान्छे विकास हुँदैन, जुन नभई साम्यवादी समाज कहिल्यै बन्दैन ।

मूल्याङ्कन, २०५१ साउनमा प्रकाशित

प्रज्ञानरत्न

दर्शनका सवालमा कलम चलाउँदै आउनुभएका प्रज्ञानरत्नका 'मूल्याङ्कन मासिक एवं नवयुवा मासिक'मा प्रकाशित लेखरचनाहरु हामीले दर्शन स्तम्भअन्तर्गत नियमित रुपमा पुन:प्रकाशन गर्दै जानेछौं । यसका लागि हामीले लेखकबाट सम्मति लिएको समेत जानकारी गराउँदछौं ।