थोमस संकराको पदचाप पछ्याउदै कप्तान इब्राहिम ट्राओरे

पूर्व उपनिवेशवादी मालिकहरू गम्भीर रूपमा त्रसित एक सच्चा प्यान-अफ्रिकी नेता

सत्तालम्पट र विदेशीहरुको दास चाकरको स्थानमा साँच्चै नै देश र जनताप्रति इमान्दार नेतृत्व मुलुकले पायो भने देश र जनताको कायापलट हुन असम्भव छैन ! यो कुरा व्यवहारिक रुपमै साबित गरिदिएका छन्– कप्तान इब्राहिम ट्राओरेले । वैदेशिक हस्तक्षेपले थिलथिलो बनेको, आतंकवादको चपेटाले अस्तव्यस्त बनेको र सैनिक कूका चक्रले अनिश्चित भविष्यको अन्धकारबीच रुमल्लिरहेको बुर्किनो फासोमा सत्ता सम्हाले यता ३४ वर्षीय युवा सैनिक अधिकृत कप्तान इब्राहिम ट्राओरेले ‘चमत्कार’ गरेका छन् । आतंकवादलाई नत्थी कस्दै, बुर्किनो फासोको स्रोत साधनलाई जुका जस्तै चुसिरहेका पूर्व उपनिवेशवादी शक्तिहरुलाई छिन्नभिन्न पार्दै दुई वर्षको छोटो अविधमै उनले बुर्किनो फासोलाई उन्नतिको शिखरतिर हाँकिरहेका छन् । यतिखेर उनी विश्वका सबैभन्दा चर्चितहरुमध्येका पनि चर्चित अनि समग्र अफ्रिकी महादेशकै ‘सच्चा र भरोसायोग्य’ नेताका रुपमा स्थापित हुँदै गइरहेका छन् ।

क्याप्टेन इब्राहिम ट्राओरेको यो कथाबाट नेपालजस्तो ‘वैदेशिक हस्तक्षेप’ र ‘सत्ता लम्पट’हरुको फोहरी राजनीतिले थिलथिलो बनेको मुलुकले धेरै कुरा सिक्न सक्छ ।

दायित्वबोध

०००

दुनियाँका धेरै मानिसहरूलाई कप्तान इब्राहिम ट्राओरेको अग्लो व्यक्तित्वबारे थाहा छैन । उनी सन् २०२२ देखि बुर्किना फासोका अन्तरिम राष्ट्रपति छन्। मूलधारको सञ्चारमाध्यमले यी व्यक्तिका बारेमा प्रकाश पार्न चाहँदैन । यिनमा पहिल्यै यति धेरै वास्तविक आभा छ कि यिनले धेरै शक्तिशालीहरूलाई, विशेषगरी अफ्रिकाभित्रै, झस्क्याइरहेको छ। उनी केवल अफ्रिकामा मात्र होइन, अमेरिकाजस्ता शक्तिशाली राज्यहरूमा, फ्रान्स र बेलायतमा समेत चर्चाको विषय छन् । यसो हुनुको कारण यी युवा नेताको दृष्टिकोणबाट पूर्व उपनिवेशवादी मालिकहरू गम्भीर रूपमा त्रसित छन्।

बोन्डोकुई भन्ने सानो शहरमा जन्मिएका उनी  सानो विशेषाधिकारविहीन सौम्य परिवारमा हुर्किएका थिए। सानै उमेरदेखि उनले शारीरिक तथा मानसिक रूपमा दुवै हिसाबले हुने ‘विरुवाको चिल्लो पात’ को गुण देखाएका थिए । उनले आफ्ना गुरुहरुलाई आफ्नो विनम्रता स्वभावले प्रभावित तुल्याएका थिए । उनको त्यो गुण आजपर्यन्त उनको व्यक्तित्वको अभिन्न अंश बनेको छ। उनको प्रदर्शित मानसिक क्षमताको बलमा उनले सन् २००६ मा औगाडोगु विश्वविद्यालयमा अध्ययन सुरु गरे (जहाँबाट उनी सम्मानसहित स्नातक भएका थिए)  । उनले भूविज्ञानलाई आफ्नो प्रमुख विषयको रूपमा रोजेका थिए । उक्त विषय सायद अहिले उनको राष्ट्रपतिको भूमिकामा पनि सहयोगी बनिरहेको छ, र सम्भवतः यहीँबाट उनले भौतिक अर्थतन्त्रप्रतिको रुचि विकास गर्न थालेका हुन्। त्यसपछि उनले आफ्ना राजनीतिक सीपहरू विकास गर्न थाले र मुस्लिम विद्यार्थी संघ तथा मार्क्सवादी राष्ट्रिय बुर्किनाबे विद्यार्थी संघ (ANEB) मा खुलेरै स्पष्ट रूपमा भाग लिन थाले। भनिन्छ, पछिल्लो संघ ANEB मा, उनी बलियो इच्छाशक्ति भएका तर नम्र स्वभावका कारण प्रतिनिधि बनेका थिए—मुख्यतः आफ्ना सहपाठीहरूलाई घनिष्ठ र दृढरूपमा बचाउ गर्ने बानीका कारण उनी चुन्निएका थिए।

कप्तान इब्राहिम ट्राओरेले भूविज्ञानलाई आफ्नो प्रमुख विषयको रूपमा रोजेका थिए । उक्त विषय सायद अहिले उनको राष्ट्रपतिको भूमिकामा पनि सहयोगी बनिरहेको छ, र सम्भवतः यहीँबाट उनले भौतिक अर्थतन्त्रप्रतिको रुचि विकास गर्न थालेका हुन्।

स्नातकपश्चात्, उनले २००९ मा सेनामा प्रवेश गरे र छिट्टै प्रभाव जमाउँदै चाँडै नै पदोन्नति पाइरहे। सुरुमा उनलाई मोरक्कोमा एन्टि–एयरक्राफ्ट तालिमका लागि पठाइयो, त्यसपछि उनलाई उत्तरी बुर्किना फासोको एउटा इन्फ्यान्ट्री युनिट बेसमा सरुवा गरियो, जहाँ उनी त्यो क्षेत्रभित्र आतंकवादी गतिविधिको तीव्र वृद्धि प्रत्यक्ष रूपमा देख्न गइरहेका थिए। सन् २०१४ मा उनलाई लेफ्टिनेन्टमा पदोन्नति गरियो र त्यसपछि उनले मालीमा शान्ति स्थापनार्थ खटिएका संयुक्त राष्ट्रसंघीय शान्ति मिसन MINUSMA मा सहभागिता जनाए । त्यहाँ उनले सातवटा फरक–फरक आतंकवाद विरोधी मिसनहरूमा भाग लिएका थिए । त्यसका लागि उनलाई साहस र नेतृत्व क्षमताको लागि उच्चस्तरीय सिफारिसहरू प्राप्त भए।

उत्तरी मालीको टुआरेग समुदायले स्वतन्त्रता माग्दै सरकारसँग वर्षौंदेखि लडिरहेको गृहयुद्धले त्यो क्षेत्रलाई अस्थिर तुल्यायो । त्यही कारण पछि आतंकवादीहरूलाई लागि त्यहाँ पस्न सजिलो भयो।  यही अनुभवले ट्राओरेलाई उग्रवादीहरूले प्रयोग गरिरहेका रणनीतिहरूका बारेमा आवश्यक ज्ञान दिलायो र साहेल क्षेत्रमा इस्लामी आतंकवादको विस्तारसँगै आउने परिस्थितिको सामना गर्नका लागि तयार बनायो।

MINUSMA मा आफ्नो कार्यकालपछि र जिहादी विद्रोहहरू तीव्र हुँदै गएपछि, ट्राओरेलाई बुर्किना फासो फर्काइयो ताकि उनले विद्रोहविरुद्धको लडाइँमा मद्दत गर्न सकून्। उनले जिबो मा लडे, २०१९ को ओटापुआनु अपरेसनमा  भाग लिए, र देशको उत्तर भागमा भएका अन्य धेरै विद्रोहविरोधी कारबाहीहरूमा संलग्न भए। त्यसपछि उनलाई २०२० मा सेनामा क्याप्टेनको पदमा पदोन्नति गरियो।

२०२१ को अन्त्यतिर, सौम क्षेत्रको इनाटा नामक स्थानमा जिहादीहरूको समूहले प्रहरी चौकीमा आक्रमण गरेर ४९ जना प्रहरी र चार जना सर्वसाधारणको हत्या गर्‍यो। त्यस घटनापछि जनआक्रोश यति चुलियो कि परिवर्तनको मौन आवाज अब स्पष्ट हुन्थ्यो। यही समयमा ट्राओरेले सरकारप्रति आफ्नो विश्वास र भरोसा गुमाउन थाले, किनभने उनका सैनिकहरूका लागि आवश्यक स्रोतसाधनहरू गम्भीर रूपमा अभावमा थिए। र, विश्वविद्यालयको समयमा जस्तै, उनका सहकर्मी सैनिकहरूले राजधानीमा बसेका नेताहरूसमक्ष आफ्ना समस्याहरू राखिदिने जिम्मेवारीसहित उनलाई आफ्नो प्रवक्ता र नेता चुने ।

राजधानीमा बसेका सुट लगाएका मानिसहरू “पैसाले भरिएको सुटकेस” लिएर स्थानीय अधिकारीहरूलाई घुस खुवाइरहेका छन्, र उनीहरू विदेशी महादेशमा बसेका आफ्ना मालिकहरूको आदेश पालना गर्दै, केवल आफ्नो राजनीतिक शक्तिको रक्षा गर्ने आशामा लम्पट बनेका छन्!

तर दुर्भाग्यवश बुर्किना फासोका लागि, ती नेताहरू पहिल्यै लण्डन र पेरिसमा बसेका मालिकहरूद्वारा नियन्त्रणमा परिसकेका थिए र उग्रवादविरुद्ध लडिरहेको सेनालाई कुनै आशा–भरोसा दिलाउन सक्दैनथे। सोच्नुस् त, तपाईं आफ्नो जनता र देशका लागि लड्न—शायद मर्न पनि—बाहिर जान लागिरहनुभएको छ, अनि राजधानीमा बसेका सुट लगाएका मानिसहरू “पैसाले भरिएको सुटकेस” लिएर स्थानीय अधिकारीहरूलाई घुस खुवाइरहेका छन्, र उनीहरू विदेशी महादेशमा बसेका आफ्ना मालिकहरूको आदेश पालना गर्दै, केवल आफ्नो राजनीतिक शक्तिको रक्षा गर्ने आशामा लम्पट बनेका छन्!

नक्कली कू जसले साँचो कू तिर डोर्‍यायो...

र त्यसैले, २०२२ जनवरीमा पल-हेनरी सान्डाओगो डामिबा नाम गरेका व्यक्तिको नेतृत्वमा कू भयो। उनी ट्राओरेका सहकर्मी थिए, सेनामा एकै ठाउँ काम गरेका साथी। सुरुका केही महिनासम्म ट्राओरेले पनि उनलाई समर्थन गरेका थिए। तर नौ महिना बितिसकेपछि सेप्टेम्बर आयो, र खासै प्रगति भएको देखिएन। यो अब केवल आतंकवादविरुद्धको लडाइँ थिएन, यो त देशकै अस्तित्वका लागि लडाइँ बनिसकेको थियो। किनभने बुर्किना फासोको करिब ४०% भूभाग आईएसआइएस-साहेल र अन्य चरमपन्थी समूहहरूको नियन्त्रणमा परिसकेको थियो।

डामिबाको आठ महिनाको कार्यकालमा सेनाको प्रयासहरू निश्चित रूपमा उल्लेखनीय थिए । दुई सयभन्दा बढी हवाइहमला र कारबाहीहरुमा झन्डै १,३०० लडाकू मारिएको तथा  २० भन्दा बढी विद्रोही अड्डाहरू ध्वस्त पारिएको रिपोर्ट छ। तर यी सबै प्रयासहरू भए पनि बढ्दो उग्रवादलाई रोक्न पर्याप्त भएन। र डामिबाको वरपरका धेरै मानिसहरूलाई लाग्न थाल्यो, उनले संवाद र मेलमिलापमार्फत् युद्धको राजनीतिक समाधान खोज्नमा अलि बढी नै ध्यान दिए ।

तर समस्या के हो भने, उग्रवादीहरूलाई सम्हाल्न कोसँग संवाद गर्ने? कोसँग मेलमिलाप गर्ने ?

त्यसैले के देखिन थाल्यो — डामिबा या त कुनै हिसाबले सम्झौतामा परिसकेका थिए, या उनी त्यो पदअनुसारको कार्यक्षमता देखाउनै असमर्थ थिए। उनी सेना भित्र एक जुझारु अपरेटिभको रूपमा आतंकवादीविरुद्ध प्रभावशाली थिए भन्ने कुरा थाहा छ। त्यसैले प्रश्न उठ्छ — नेता बनेपछि के परिवर्तन भयो?

उनी पेरिसको एकोल मिलिटेयर मा तालिम प्राप्त थिए र Conservatoire National des Arts et Métiers बाट मास्टर्स डिग्री पनि लिएका थिए। सन् २०१० देखि २०२० को अवधिमा उनले बेलाबेलामा अमेरिका गइ तालिम लिँदै, फेरि हरेकचोटि बुर्किना फासो फर्किन्थे। ती तालिमहरूमध्ये २०१० र २०२० मा Flintlock Joint Combined Exchange Training मा भाग लिएको पनि पर्छ। २०१३ मा त अमेरिकाको स्टेट डिपार्टमेन्टद्वारा सञ्चालित African Contingency Operations Training and Assistance कोर्समा पनि सहभागी भएका थिए। त्यसपछि २०१३ र २०१४ मा उनले Military Intelligence Basic Officer Course for Africa लिएका थिए। अन्ततः २०१८ र २०१९ मा उनी बुर्किना फासोमै U.S. Defense Department Civil Military Support Element सँग तालिममा संलग्न भए — जुन पछि असफल भएको G5 परियोजनासँग सम्बन्धित थियो।

पश्चिम अफ्रिकाभरि कूहरूको लहर तीव्र गतिमा फैलियो, र छिट्टै उआगाडुगु, नियामेबामाको का राजधानीका सडकहरूमा जनताको अनुहारमा हर्ष र परिवर्तनप्रतिको आशा झल्किन थाल्यो। र्‍यालीहरूमा रूसी झण्डाहरू देखिन थाले र पुटिन र ट्राओरेको समर्थनमा होर्डिङहरू सधैंजसो देखिन थाले।

अब यो कुरा प्रष्ट भइसकेको छ कि २०१४ देखि २०२३ को अवधिमा, अमेरिकी र फ्रान्सेली नेतृत्वमा सञ्चालित G5 समूहको कार्यकालमै त्यो क्षेत्र आतंकवादी गतिविधिले भरिएको थियो। तर डामिबाले तिनलाई हटाउने प्रयास गरेनन्।

त्यसैले, माथिका जानकारीहरूले उनी गद्दार नै थिए भनेर ठोस प्रमाण त दिँदैन, तर प्रशस्तै प्रश्नहरू भने उठाउँछ। प्रश्नहरू, जुन म पाठकमाथि नै छाड्न चाहन्छु — तपाईं आफैंले सोच्नुस्, बुझेपछि निर्णय लिनुस्...

पश्चिम अफ्रिकाभरि कूहरूको लहर तीव्र गतिमा फैलियो, र छिट्टै उआगाडुगु, नियामेबामाको का राजधानीका सडकहरूमा जनताको अनुहारमा हर्ष र परिवर्तनप्रतिको आशा झल्किन थाल्यो। र्‍यालीहरूमा रूसी झण्डाहरू देखिन थाले र पुटिन र ट्राओरेको समर्थनमा होर्डिङहरू सधैंजसो देखिन थाले। युक्रेनमा रूसले ग्लोबलिस्ट ओलिगार्की विरुद्ध लडिरहेको युद्ध, पश्चिम अफ्रिकी जनतासँग एक किसिमको भावनात्मक मेल खान्थ्यो।

बुर्किना फासोका लागि अवश्यम्भावी बनेको कू सेप्टेम्बर २०२२ मा आयो। र यहीँ मञ्चमा क्याप्टेन इब्राहिम ट्राओरे को प्रवेश हुन्छ — आगो र अराजकताले घेरिएको एउटा मञ्चमा। र अझ चकित पार्ने कुरा के भने, जब उनले सत्ता सम्हाले, त्यो बेला यो युवा मात्र ३४ वर्षका थिए — र त्यो पनि यति गम्भीर र डरलाग्दो कार्यभारको सामु।

सत्तामा पुगेको तुरुन्तै उनले आफ्नो इमानदारी देखाए — राष्ट्रपतिको तलब लिन अस्वीकार गरे र त्यसको सट्टा आफूले खाइपाइ आएको सेनाको कमाण्डरको तलब लिन नै रोजे। त्यसैमार्फत् उनले अब आफ्नै सरकारका अन्य मन्त्रीहरूको तलबमा ३०% कटौती गर्ने घोषणा गरे — र कर्मचारीहरूको तलब ५०% ले बढाउने निर्णय गरे।

यो कुनै सत्तालोभ थिएन। यी क्रियाकलापहरू त्यो मानिसका थिए — जसले साँच्चिकै आफ्नो देशको लागि योजना बनाएका थिए, दृष्टिकोण राखेका थिए। र ट्राओरेको बुर्किना फासोका लागि पहिलो महत्त्वपूर्ण योजना — अनि क्षेत्रीय रूपमा AES (नयाँ बनाइएको Alliance of Sahel States — बुर्किना फासो, नाइजर र माली) का लागि — साहेल क्षेत्रमा आतंकवादको पूर्ण पराजय थियो ।

हामीलाई उनको नेतृत्वमा भएका ती सबै उपलब्धिहरूको सूची तयार गर्न आवश्यक छ जसले बुर्किना फासोलाई शान्ति, सुरक्षा र आर्थिक समृद्धिको दिशामा अघि बढाएको छ।

१. फेब्रुअरी २०२३ मा, उनले स्थानीय विद्रोहविरुद्धको लडाइँमा सहायता गरिरहेका फ्रान्सेली सेनालाई बुर्किना फासोबाट हटाएका थिए। “हामी साँच्चिकै नयाँ सम्भावनाहरूको खोजीमा छौं, किनभने हामी ‘विन–विन’ साझेदारी चाहन्छौं” — त्राओरे।

२०२३ को रूस–अफ्रिका शिखर सम्मेलनपछि, जुलाई २९, २०२३ मा त्राओरेले आफ्नो देशका जनताले रुसलाई समर्थन गर्ने बताएका थिए र १९९२ मा बन्द भएको रुसी दूतावास पुनः खोल्ने निर्णय गरिएको जानकारी दिएका थिए।

२. अप्रिल २०२३ मा, उनले सेनालाई सहयोग पुर्‍याउन आम मानिसलाई परिचालन गर्ने घोषणा गरे। २०२२ को अक्टोबरदेखि नोभेम्बरसम्मको अवधिमा VDP (स्वेच्छिक प्रतिरक्षा सेनाका सदस्य) हरूको भर्ती अभियानमार्फत ५०,००० को लक्ष्य पार गर्दै ९०,००० भन्दा बढी स्वयंसेवक सहभागी भएका थिए। त्राओरेको नेतृत्वमा, VDP को भूमिकालाई सैन्य रणनीतिमा सहायक बलका रूपमा मात्र नभई आतंकवादविरुद्धको राष्ट्रिय सुरक्षा रणनीतिमा एक प्रमुख अङ्गका रूपमा उल्लेखनीय रूपमा बढाइएको छ ।

३. २०२३ को रूस–अफ्रिका शिखर सम्मेलनपछि, जुलाई २९, २०२३ मा त्राओरेले आफ्नो देशका जनताले रुसलाई समर्थन गर्ने बताएका थिए र १९९२ मा बन्द भएको रुसी दूतावास पुनः खोल्ने निर्णय गरिएको जानकारी दिएका थिए। डिसेम्बर २०२३ मा रुसी दूतावास पुनः सञ्चालनमा आएको थियो।

४. सेप्टेम्बर २०२३ मा, उनले बुर्किना फासो, माली र नाइजर एकताबद्ध भएर साहेल राष्ट्रहरूको सङ्घ (Alliance of Sahel States – AES) गठन गरेको धमाकेदार घोषणा गरे।

५. उनले स्थानिय अदालतहरूमा बेलायती कानुनी पोशाकहरू (विग र गाउन) प्रयोग गर्न प्रतिबन्ध लगाए र यसको सट्टा परम्परागत बर्किनाबे लुगा अनिवार्य बनाए।

६. राष्ट्रपति इब्राहिम त्राओरेको नेतृत्वको दोस्रो वर्षमा बुर्किना फासोले कूल ग्राहस्थ उत्पादन (GDP)मा लेखिने गरी वृद्धिको अनुभव गरेको छ। देशको कूल ग्राहस्थ उत्पादन झण्डै १८.८ अर्ब अमेरिकी डलरबाट बढेर २२.१ अर्ब डलरसम्म पुगेको छ।

७. सुरुमा नै उनले साहसिक निर्णयहरु गरेर बहुराष्ट्रिय ऋणदाताहरू, IMF र विश्व बैंकको सहायता अस्वीकार गर्दै, “अफ्रिकालाई विश्व बैंक, IMF, युरोप वा अमेरिकाको आवश्यकता छैन” भनी दृढतापूर्वक भनेका थिए । त्यसले आर्थिक स्वाधीनताप्रतिको उनको प्रतिबद्धता देखाउँछ। यसले १९८४ अक्टोबर ४ मा संयुक्त राष्ट्रसंघ महासभामा सङ्कारा (Thomas Sankara) द्वारा दिइएको भाषणसँग धेरै समानता देखाउँछ।

८. नोभेम्बर २०२३ मा, बुर्किना फासोको मन्त्रिपरिषदले देशको पहिलो सुन प्रशोधन केन्द्र निर्माणको स्वीकृति दियो। उक्त प्रशोधन केन्द्रबाट प्रत्यक्ष रूपमा १०० नयाँ रोजगारी र अप्रत्यक्ष रूपमा ५,००० नयाँ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ, जसले दैनिक रूपमा करिब ४०० किलो सुन उत्पादन गर्नेछ। यसको बजार मूल्य दैनिक झण्डै ४१,५०,००,००० अमेरिकी डलर बराबर हुनेछ।

९. फेब्रुअरी २०२४ मा, ट्राओरेले सानो स्तरको निजी सुन उत्पादनका लागि निर्यात अनुमति जारी गर्ने कार्य स्थगित गर्न आदेश दिए, जसको उद्देश्य अवैध कारोबारलाई नियन्त्रण गर्नुथियो ।  वर्ल्ड गोल्ड काउन्सिलको २०२३ को तथ्याङ्क अनुसार, बुर्किना फासो विश्वको १३औं ठूलो सुन उत्पादक हो, जसले हरेक वर्ष करिब १०० टन, अर्थात् करिब ६ अर्ब अमेरिकी डलर बराबरको मूल्यमा सुन उत्पादन गर्छ।

बुर्किना फासोले झण्डै ८ करोड अमेरिकी डलर खर्च गरेर दुईवटा सुन खानी राष्ट्रियकरण गर्‍यो।

१०. मार्च २०२४ मा, बुर्किना फासो र रूसले आणविक ऊर्जाको शान्तिपूर्ण प्रयोगमा सहकार्य स्थापना गर्ने उद्देश्यले एक कार्ययोजना सम्झौता हस्ताक्षर गरे। रोसाटोमले बुर्किना फासो सरकारसँगको वार्तामा नेतृत्व गरिरहेको छ। अगस्टमा, रूसी आणविक संस्थाबाट प्राविधिक विज्ञहरूको प्रतिनिधिमण्डल आणविक ऊर्जा संयन्त्र निर्माणसम्बन्धी वार्ताका लागि बुर्किना फासो आइपुगेको थियो।

११. अगस्ट २०२४ मा, बुर्किना फासोले झण्डै ८ करोड अमेरिकी डलर खर्च गरेर दुईवटा सुन खानी राष्ट्रियकरण गर्‍यो। लण्डनमा सूचीबद्ध एन्डेभर माइनिङले गत वर्ष बाउन्गु र वाग्नियन खानीहरू लिलियम माइनिङलाई ३० करोड अमेरिकी डलरमा बेचेको थियो। अगस्ट २७ मा ती खानीहरू बुर्किना फासो सरकारद्वारा खरिद गरिए।

१२. अगस्ट २०२४ मा, बुर्किना फासोले आफ्नै पहिलो औषधि उत्पादन कारखाना निर्माण गर्‍यो, जसले जेनेरिक औषधिहरू उत्पादनमा विशेषज्ञता राख्दछ। प्रोफार्म नामको उक्त कारखाना स्पेनको एक स्वतन्त्र संस्थाबाट प्रमाणित गरिएको हो । प्रोफार्मका महाप्रबन्धक आर्मेल कोएफेका अनुसार यस कारखानाले पेरासिटामोल ५०० मि.ग्रा., एक प्रकारको एन्टिस्पास्मोडिक प्‍लोरोग्लुसिनोल, साथै “झाडापखालाको उपचारका लागि जिंकसहितको ओरल रिहाइड्रेसन साल्टको किट” उत्पादन गर्न थाल्नेछ । “हाम्रो उत्पादन क्षमता हाललाई स्थानीय आवश्यकता पूरा गर्न पर्याप्त छ र आपूर्तिको गम्भीर विच्छेदनको समस्याको समाधान गर्छ,” कोएफेले विशेष गरी “मलेरिया व्यवस्थापनका लागि औषधि उत्पादनसँगै उत्पादन गरिने औषधिहरूको सूची बिस्तार हुँदै जाने’’ पनि बताए ।

१३. अगस्ट २०२४ मा, मोरोक्कोको समूह CIMAF ले बुर्किना फासोको राजधानी औगाडुगुमा नयाँ औद्योगिक इकाइ उद्घाटन गर्‍यो। यो उद्घाटन अफ्रिकी देशहरूसँग मोरोक्कोको “विन-विन” रणनीतिअन्तर्गत आएको हो। यो लगानीले न केवल स्थानीय उत्पादन क्षमतामा बृद्धि गर्नेछ, तर प्रविधि हस्तान्तरण र ज्ञान साझेदारीमार्फत मोरोक्को र बुर्किना फासोबीचको सहकार्यलाई समेत प्रवर्द्धन गर्ने सम्भावना छ। यस्ता दक्षिण-दक्षिण सहकार्यहरूले दीर्घकालीन रूपमा अफ्रिकी अर्थतन्त्रलाई सुदृढ बनाउनेछन्।

१४. नोभेम्बर र डिसेम्बर २०२४ मा, सरकारले APEC र Société Faso Tomates (SOFATO) मार्फत बोबो-दियुलासो र याकोमा दुईवटा टमाटर प्रशोधन इकाइहरूको सुरुवातलाई सहज बनायो। यी संरचनाहरूले संयुक्त रूपमा प्रति घण्टा ११ टन टमाटर प्रशोधन गर्न सक्छन्। एक कारखानाको लागत ८.९ मिलियन अमेरिकी डलर रहेको छ, जसले १ हेक्टर क्षेत्रफल ओगटेको छ र प्रति दिन १०० टन (प्रति घण्टा ५ टन) टमाटर प्रशोधन गर्ने क्षमता राख्दछ। उक्त संरचनाले १०० प्रत्यक्ष रोजगारी र १,५०० भन्दा बढी अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ, र यी संख्याहरू सञ्चालन विस्तारसँगै अझ बढ्ने अपेक्षा गरिएको छ। पहिलो वर्षमा ७ अर्ब CFA फ्राँक वा १२.१ मिलियन अमेरिकी डलर आम्दानी हुने अपेक्षा गरिएको छ। सन् २०२२ मा मात्र, बुर्किनो फासोले ३,१३,५०० टन ताजा टमाटर उत्पादन गरेको थियो, तर स्थानीय प्रशोधन क्षमताको अभावका कारण करिब २३,६०० टन टमाटर प्युरी आयात गरिएको थियो।

१५. फेब्रुअरी २०२५ मा, गाम्पेलामा प्रति दिन २२० टन मैदा र ८० टन चोकर प्रशोधन गर्न सक्ने नयाँ चक्की उद्घाटन गरियो, जसले स्थानीय उत्पादनमा वृद्धि र गहुँ तथा मैदाको आयातमा निर्भरता घटाउने राष्ट्रिय प्रयासहरूको हिस्सा स्वरूप काम गर्छ। Moulin Double Star Mill (M2S) नामको उक्त चक्की Zidnaba Group द्वारा निर्माण गरिएको हो, जसको लागत १५ अर्ब CFA फ्राँक (२३.६ मिलियन अमेरिकी डलर) रहेको छ। बुर्किना फासोले सन् २०२३ मा आन्तरिक माग पूरा गर्न २७०,३०० टन गहुँ र १६,७०० टन मैदा आयात गरेको थियो। बुर्किना फासोले अहिलेसम्म गहुँ उत्पादन गरेको छैन। सरकारले अक्टोबरमा घोषणा गरेको अनुसार २०२४–२५ सिजनका लागि देशले ५,००० हेक्टर क्षेत्रफल गहुँ खेतीका लागि छुट्याएको छ, जसको उद्देश्य खाद्य सुरक्षामा बृद्धि गर्नु र आयातमा निर्भरता घटाउन सुरु गर्नु हो।

१६. उनले उत्पादन बढाउन र ग्रामीण सरोकारवालाहरुलाई सहयोग गर्न ४०० भन्दा बढी ट्र्याक्टर, २३९ टिलर, ७१० मोटर पम्प र ७१४ मोटरसाइकल वितरण गरे। कृषि उत्पादनमा बढोत्तरी गर्न सुधारिएको बीउ र अन्य कृषिजन्य सामग्रीहरूमा पनि पहुँच प्रदान गरिएको थियो। यसको परिणामस्वरूप, टमाटर उत्पादन २०२२ मा ३१५,००० टनबाट २०२४ मा ३६०,००० टन पुगेको छ। कोदोजन्य खाद्यान्नको उत्पादन २०२२ मा ९०७,००० टनबाट २०२४ मा १.१ मिलियन टन पुगेको छ, भने धान उत्पादन २०२२ मा २८०,००० टनबाट २०२४ मा ३२६,००० टन पुगेको छ।

१७. मार्च २०२५ मा, बुर्किना फासोले २,००० टन प्रति दिन क्षमताको नयाँ सिमेन्ट कारखाना CISINOB SA उद्घाटन गर्‍यो। यो कारखाना बुर्किना फासो र चीनबीचको पारस्परिक लाभदायक साझेदारी हो। “आज, मार्च २०, २०२५ मा लाओंगोमा CISINOB SA को सिमेन्ट कारखाना उद्घाटन गर्न पाउँदा म उचित गर्व महसुस गर्छु। २,००० टन प्रति दिन उत्पादन क्षमतासहित, यसले हाम्रो देशका सयौं युवाहरूका लागि रोजगारीका अवसरहरू प्रदान गर्नेछ,” ट्राओरेले आफ्नो आधिकारिक X ह्यान्डलमा उल्लेख गरे ।

साउदी अरबले राखेको बुर्किनो फासोमा २०० मस्जिद निर्माण गरिदिने प्रस्ताव बुर्किना फासोका राष्ट्रपति इब्राहिम ट्राओरेले अस्वीकृत गरे । उनले बुर्किना फासोमा पहिले नै पर्याप्त मस्जिदहरू रहेको बताए।

१८. अहिले SOFITEX भनेर पुनःब्राण्ड गरिएको, राष्ट्रिय औद्योगिक गौरवको प्रतीक रहेको कुदुगुस्थित प्रसिद्ध FASO FANI कपडा कारखाना यस अप्रिलमा पुनः खोलिएको छ, भने बोबो-दियुलासो र औगाडुगुका आर्थिक केन्द्रहरूमा आधुनिक उपकरणले सुसज्जित दुई नयाँ कपास प्रशोधन कारखानाहरू पनि सञ्चालनमा आएका छन्। वर्षौंसम्म, देशले आफ्ना कच्चा कपासको ९५% भन्दा बढी हिस्सा प्रशोधन नगरी निर्यात गर्दै आएको थियो।

१९. २०२५ मा, साउदी अरबले राखेको बुर्किनो फासोमा २०० मस्जिद निर्माण गरिदिने प्रस्ताव बुर्किना फासोका राष्ट्रपति इब्राहिम ट्राओरेले अस्वीकृत गरे । उनले बुर्किना फासोमा पहिले नै पर्याप्त मस्जिदहरू रहेको बताए। यसको सट्टामा, उनले साउदी अरबलाई विद्यालय, अस्पताल र रोजगारी सिर्जना गर्ने व्यवसायजस्ता पूर्वाधार परियोजनाहरूमा लगानी गर्न अनुरोध गरे, जुन राष्ट्रको विकास र दीर्घकालीन दिगोपनका लागि बढी आवश्यक रहेको उनले उल्लेख गरे।

२०. पूर्वाधार विकासको महत्वपूर्ण विभागमा, ट्राओरेको सरकारले नयाँ सडकहरू निर्माण गर्दैछ, अवस्थित सडकहरू चौडा गर्दैछ र कच्चा सडकहरूलाई पक्का सडकमा उन्नत गर्दैछ। नयाँ अत्याधुनिक विमानस्थलको रुपमा औगाडुगु-डोंसिन विमानस्थल पनि निर्माण भइरहेछ । यो जुन २०२५ मा पूरा हुने अपेक्षा गरिएको छ र यसले वार्षिक १ मिलियन यात्रु सम्हाल्न सक्षम हुनेछ।

सङ्कराको भावना फेरि जागेको छ…

इब्राहिम ट्राओरे पश्चिमका लागि खतरा हुन् किनभने उनी आतंकवादलाई पराजित गर्न र राष्ट्रका लागि वास्तविक, दीर्घकालीन संप्रभुता र सीमापार सुरक्षा पुनर्स्थापना गर्न चाहने सच्चा प्यान-अफ्रिकी नेता हुन् । सङ्कराले जस्तै, र माथि उल्लिखित उपलब्धिहरूले स्पष्ट रूपमा देखाएको जस्तै, ट्राओरेले राष्ट्रिय अर्थतन्त्र पुनर्स्थापना गर्न चाहन्छन् । उनले पहिलेदेखि नै उत्पादनशील शक्तिहरूको निर्माणमार्फत त्यो काम थालिसकेका छन् जसले पुस्तौँदेखि भएको भ्रष्ट्राचारका कारण सुतेको गौरव र मूल्यलाई पुन: जागृत गराउनेछ । उनी यस्तो राष्ट्रिय स्तरको शिक्षाको सपना देख्छन् जहाँ हरेक बुर्किनाबे पढ्न, लेख्न र गणितमा मात्र साक्षर नभई वैज्ञानिक र सांस्कृतिक ज्ञानले पनि उन्नत हुनेछ।

इब्राहिम ट्राओरे पश्चिमका लागि खतरा हुन् किनभने उनी आतंकवादलाई पराजित गर्न र राष्ट्रका लागि वास्तविक, दीर्घकालीन संप्रभुता र सीमापार सुरक्षा पुनर्स्थापना गर्न चाहने हुन् ।

उनी सफल भए भने, अफ्रिकालाई निरन्तर नियन्त्रण वा प्रभुत्व गर्न चाहने जो कोहीका लागि उनी एक खतरनाक शक्ति हुन्। उनका १८ वा बढी हत्याका प्रयासहरूले उनको लोकप्रियता र प्रतीकात्मकतालाई थप बढाएका छन् । यसले यथास्थितिलाई कायम राख्न चाहने शक्तिहरुमा पैदा भएको भयानक त्रासलाई पनि प्रतिविम्बित गर्छ । अहिले, इन्टरनेट पहुँच भएका सबै अफ्रिकी युवाहरू यी व्यक्तिका बारेमा जानकार छन् र उनको नेतृत्वलाई पुनः नयाँ ऊर्जा साथ अन्तरआत्मादेखि नै समर्थन गर्छन्। यो कुरा घानाका नयाँ राष्ट्रपति जोन महामा (एक प्यान-अफ्रिकी समर्थक) को हालैको एक आमसभा कार्यक्रममा पनि स्पष्ट देखियो, जहाँ अन्य स्वागत गरिएका नेताहरूका बीचमा ट्राओरेले सेलिब्रिटी जस्तो स्वागत पाए, र सबैले उनको उपस्थितिलाई उनी सुपरस्टार रहेझैँ मनाए। संसारले यस व्यक्तिलाई ध्यान दिनु राम्रो हुनेछ किनभने उनी एउटा  यस्तो तारा हुन्, जसले उकालो मात्र  चढ्न खोज्छन् र त्यससँगै, उसले एउटा राष्ट्रलाई धूलोबाट आकाशसम्म उकास्नेछन्…

सङ्कराले काव्यात्मक शैलीमा भनेका थिए —

'क्रान्तिकारीलाई व्यक्तिका रुपमा मार्न सकिन्छ तर विचारलाई मार्न सकिदैन ! (While revolutionaries as individuals can be murdered, you cannot kill ideas.)

ऐं, ट्राओरे पनि त्यही ज्वालाबाट प्रज्वलित देखिन्छन्, उनको प्यान-अफ्रिकी दृष्टिवान विचारहरूले यो संसारलाई लामो समयसम्म उज्यालो पारून् र अफ्रिकी युवाहरू यो प्यान-अफ्रिकी भावनाको वरिपरि एक जुट भइरहेका रहून्…

मन्थ्ली रिभ्यूमा प्रकाशित आलेखको नेपाली अनुवाद । Image: https://cloudfront-us-east-2.images.arcpublishing.com

सम्बन्धित सामग्री

हत्या भएको ३५ वर्ष पछि सैनिक सम्मानका साथ समाधिस्थ गरिएका क्रान्तिकारी थोमस संकरा