बाँसमा फूलेको विद्रोहको फूल
२० वर्ष लामो मिजोरम सशस्त्र संघर्षको अन्तरकथा

बाँस मानवजातिकै लागि सर्वाधिक उपयोगी वनस्पति हो। विभिन्न समुदायमा यसको प्रयोग जन्मदेखि मृत्युसम्म हुने गर्छ। नवजात शिशुको सालनाल काट्नेदेखि मृत्युपछिको अन्तिम यात्रामा मृतकलाई बोक्ने खट बनाउनसम्म बाँसको प्रयोग गरिन्छ। दैनिक जीवनमा त यसका अनगिन्ती उपयोगहरू छन्। बाँसको कलिलो मुनालाई खाद्य सामग्रीको रूपमा उपयोग गर्ने देखि लिएर, यसलाई घर बनाउनदेखि कागजसम्म बनाउन प्रयोग गरिन्छ।
बाँस संसारमै सबैभन्दा तीव्र गतिमा बढ्ने बिरुवा हो। कुनै–कुनै प्रजातिका बाँसहरू त दिनमा ३६ इन्चसम्म बढ्ने गर्छन्। त्यस्तै, बाँस स्टिलभन्दा पनि मजबुत हुन्छ। बाँसको टेन्साइल स्ट्रेन्थ २८,००० PSI हुन्छ भने स्टिलको २३,००० PSI मात्र हुन्छ। यी यस्ता अनेकौं गुणहरूका कारण ग्रामीण परिवेशमा बाँसको ठूलो महत्व छ।
“जब बाँस फुल्छ, त्यसपछि छिट्टै अनिकाल, मृत्यु र विनाश आउँछ।”
बाँसको अर्को अनौठो गुण पनि हुन्छ। यो अरू प्रजातिका वनस्पति जस्तै हरेक वर्ष फूल्ने गर्दैन। बाँस धेरै ढिलो फूल्ने गर्छ। बाँस सामान्यतः ४०–५० वर्षमा फूल्ने गर्दछ। जब बाँस फुल्छ, त्यो प्रजातिका बाँस एकैसाथ ढकमक्क फूल्ने गर्छन्। साँच्चै मनमोहक दृश्य देखिन्छ। बाँसको फूल बाहिरबाट हेर्दा जति सुकै सुन्दर देखिए पनि त्यससँग जोडिएर आउने अरू पक्षहरू त्यति प्रिय मानिँदैनन्। बाँस फुल्नेबित्तिकै त्यो झ्याङ्ग मरेर जान्छ। बाँस फुल्नुलाई विश्वभरका अनेकौं संस्कृतिमा विपत्ति र विनाशको संकेतको रूपमा लिने गरिन्छ। यो भनाइ पूर्णतः तथ्यहीन पनि छैन।
भारतको उत्तर–पूर्वी राज्य मिजोरममा अत्यधिक मात्रामा बाँसको जंगल रहेको छ। यस राज्यको कुल क्षेत्रफलको ३३% भाग बाँसको जंगलले ढाकिएको छ। जसका कारण मिजोरम 'बाँसको रानी' उपनामले पनि चर्चित छ। मिजोरममा २० प्रजातिका बाँसहरू पाइन्छन्। तर मिजोरमका लागि बाँस बरदानसँगै अभिशाप पनि बन्ने गरेको छ। बाँससँग सम्बन्धित एउटा रोचक प्रसङ्ग रहेको छ।
बाँसको फूल बाहिरबाट हेर्दा जतिसुकै सुन्दर देखिए पनि त्यससँग जोडिएर आउने अरू पक्षहरू त्यति प्रिय मानिँदैनन्। बाँस फुल्नेबित्तिकै त्यो झ्याङ्ग मरेर जान्छ। बाँस फुल्नुलाई विश्वभरका अनेकौं संस्कृतिमा विपत्ति र विनाशको संकेतको रूपमा लिने गरिन्छ।
मिजोरममा रहेका बाँसका अनेकौं प्रजातिमध्ये प्रमुख हुन् माउतुक (Melocanna baccifera) र रावथिङ्ग (Bambusa tulda)। माउतुक करिब ८०% रहेको छ भने अन्य प्रजाति २०% मात्र छन्। माउतुक हरेक ४८ देखि ५० वर्षमा फूल्ने गर्छ भने रावथिङ्ग पनि ४५–५० वर्षमा फूल्ने गर्छ। अन्यत्रझैं मिजोरममा पनि बाँस फुल्नुलाई राम्रो मानिँदैन। एउटा मिजो भनाइ छ — “जब बाँस फुल्छ, त्यसपछि छिट्टै अनिकाल, मृत्यु र विनाश आउँछ।”
प्रायः वर्षा सकिएलगत्तै सेप्टेम्बर–अक्टोबर महिनामा बाँस फूल्न थाल्छ। सुरुमा केही झुप्पाहरू फुल्छन्, केही हप्तापछि पूरै झ्याङ नै फूल्न थाल्छ। डिसेम्बर–जनवरी महिनातिर फूलबाट बाँसका बिउहरू भुइँमा झर्न थाल्छन्। जनवरी महिनामा बाँस झ्याङ मुनि भुइँमा बाँसका बिउका पातलो तहहरू जम्मा हुन थाल्छन्। बाँसको बिउले मुसाहरूलाई आकर्षित गर्न थाल्छ। त्यो क्षेत्रका मुसाहरू टाढा–टाढाबाट बाँस झ्याङतिर आउन थाल्छन्। यसरी आउने मुसाहरू कालो मुसा (Rattus rattus) प्रजातिका हुन्छन्। ग्रीष्म ऋतुको अन्त्यसम्म (जुन महिना) बाँस झ्याङ मुनि ठूलो मात्रामा बाँसको बिउ थुप्रिएको हुन्छ। मुसाहरूले ती बिउहरू सकेसम्म खान थाल्छन्। अरू बेला रातको समयमा मात्र बाहिर निस्कने निशाचर प्रवृत्तिका मुसाहरू यो बेला दिउँसै पनि बाहिर निस्केर बाँसका बिउहरू खान थाल्छन्। खाद्यान्नको प्रचुर उपलब्धताले मुसाहरू मोटा–घाटा र आकारमा ठूला पनि हुन्छन्। त्यस्तै, अत्यन्त पौष्टिक बाँसको बिउ खाएपछि मुसाको प्रजनन दर नाटकीय रूपमा वृद्धि हुन्छ। भनिन्छ, बाँसको बिउमा एस्ट्रोजेन तत्वहरू हुने गर्छन्, जसले प्रजनन प्रक्रियालाई उत्प्रेरित गर्छ। यस बेला मुसाहरूले अन्य समयमा भन्दा बढी मात्रामा बच्चाहरू जन्माउन थाल्छन्। मुसाहरूमा स्वजाति भक्षण गर्ने प्रवृत्ति हुन्छ। मुसाहरूले खानेकुराको अभाव भएको बेला आफ्नै बच्चाहरूलाई समेत खाने गर्छन्। तर अहिले खानेकुरा पर्याप्त भएकाले यो प्रवृत्ति देखा पर्दैन। जसका कारण मुसाहरूको संख्यामा नाटकीय रूपमा वृद्धि हुन्छ।
अत्यन्त पौष्टिक बाँसको बिउ खाएपछि मुसाको प्रजनन दर नाटकीय रूपमा वृद्धि हुन्छ। भनिन्छ, बाँसको बिउमा एस्ट्रोजेन तत्वहरू हुने गर्छन्, जसले प्रजनन प्रक्रियालाई उत्प्रेरित गर्छ। यस बेला मुसाहरूले अन्य समयमा भन्दा बढी मात्रामा बच्चाहरू जन्माउन थाल्छन्।
तर यो सहकाल सधैंभरि रहँदैन। वर्षा सुरु हुनासाथ जमिनमा झरेका बाँसका बिउहरू टुसाउन थाल्छन्। हिजोसम्म भुइँभरि छरिएका बिउहरूको साटो अब बाँसका कलिला मुनाहरूको बाक्लो चौर तयार हुन्छ। अब बाँस झ्याङमा मुसाहरूका लागि खानेकुरा केही रहँदैन। हिजोसम्मको सहकाल अचानक अनिकालमा रूपान्तरित हुन्छ। खानेकुरा केही नपाएर भोकाएका लाखौँ मुसाहरू बाँसको जंगल छोडेर खेत र गाउँतर्फ लाग्छन्।
मिजोरमसहित उत्तर–पूर्वी भारतमा परापूर्वकालदेखि नै स्थायी प्रकृतिको खेतीभन्दा पनि जंगलमा खोरिया र भसमे फडानी गरेर केही वर्ष खेती गर्ने अनि त्यो ठाउँ छोडेर अर्को ठाउँमा फडानी गर्ने चलन छ। जसले गर्दा पहिले खेती गरेको ठाउँमा फेरि जंगल उम्रिन्छ। यसलाई झुम खेती पनि भनिन्छ। यसरी जंगलको बीचमा रहेको खेतीबारी मुसाहरूको पहिलो निशाना बन्छ। खेतमा रहेको धान, मकैजस्ता बालीनालीलाई मुसाहरूले सखाप पार्छन्। त्यस्तै, मुसाहरू खानाको खोजीमा बर्खाको भेलजस्तै उर्लेर गाउँ र बस्तीमा समेत पस्न थाल्छन्। मानिसहरूले घरमा जोहो गरेर भकारीमा राखेका अन्नहरू समेत सफाचट पारिदिन्छन्। जसका कारण त्यो ठाउँमा ठूलो अनिकाल पर्ने गर्छ। भोकमरीका कारण हजारौँ मानिसहरूको मृत्यु समेत हुने गर्छ।
मिजो भाषामा माउतामको अर्थ हुन्छ ‘बाँसको मृत्यु’। माउताम अनिकाल र थिङ्गताम अनिकालबीच निश्चित समयको अन्तरालमा दोहोरिने गर्दछ। माउताम र थिङ्गतामको बीचमा १८ वर्ष र थिङ्गतामदेखि माउतामको बीचमा ३० वर्षको अन्तराल रहने गर्दछ।
हुन त मिजोरममा यस्तो बाँसजन्य अनिकाल कुनै नौलो कुरा होइन। परापूर्वकालदेखि नै समय–समयमा यस्तो हुँदै आएको छ। यस ठाउँमा बाँससँग सम्बन्धित दुई प्रकारका अनिकालहरू लाग्ने गर्छन्। पहिलो हो माउताम र अर्को थिङ्गताम। माउतुक प्रजातिको बाँस फुलेमा माउताम भनिन्छ भने रावथिङ्ग फुलेमा थिङ्गताम भनिन्छ। मिजोरममा माउतुक प्रजातिको बहुलता भएको हुनाले यसले त्यहाँका मानिसहरूलाई ठूलो असर पुर्याउँछ। मिजो भाषामा माउतामको अर्थ हुन्छ ‘बाँसको मृत्यु’। माउताम अनिकाल र थिङ्गताम अनिकालबीच निश्चित समयको अन्तरालमा दोहोरिने गर्दछ। माउताम र थिङ्गतामको बीचमा १८ वर्ष र थिङ्गतामदेखि माउतामको बीचमा ३० वर्षको अन्तराल रहने गर्दछ। अभिलेख गरिएको अनिकालहरू यस प्रकार छन्:
माउताम – १८६४, १९१०–१९१२, १९५८–१९५९ र २००७–२००८
थिङ्गताम – १८८०–१८८४, १९२८–१९२९ र १९७६–१९७७
स्थानिय मानिसहरूले, जसले अघिल्लो अनिकाल भोगेका छन् वा आफ्ना पितापुर्खाबाट यो कथा सुनेका छन्, उनीहरूले यो घटना कहिले आउन सक्छ भनेर सहजै अनुमान गर्न सक्छन्।
अनिकालले निम्त्याएको विद्रोह
सन् १८६२ मा पहिलो अभिलेखित बाँसजन्य अनिकाल लागेको थियो। त्यसपछि सन् १८८१–१८८२ मा अर्को विनाशकारी अनिकाल आयो जसमा अनुमानित १५,००० जनाको ज्यान गयो। जसका कारण धेरै मानिसहरू छिमेकी क्षेत्रहरूमा पलायन हुन् बाध्य भए। त्यसपछि सन् १९११–१९१२ मा फेरि एक पटक आवधिक बाँसको अनिकाल लाग्यो, त्यो बेला १८९४ मा त्यो क्षेत्रमा प्रवेश गरेका इसाई मिशनरीहरू र बेलायत सरकारले भोकमरीमा परेका मिजोहरूलाई अत्यावश्यक राहत प्रदान गरे। त्यस्तै गरी सन् १९२८–१९२९ मा थिङ्ताम अनिकाल फेरि आयो, तर यसपटक मानिसहरूले पूर्वतयारीस्वरूप अन्न सङ्कलन गरेका थिए। साथै मिशनरीहरूले बेलायत तथा संयुक्त राज्य अमेरिकाका चर्चहरूबाट सहयोग जुटाए। मिशनरीहरूले गरेका प्रभावकारी राहत कार्यहरूले धेरै जीवनहरू बचाए मात्र होइन, मिजो समुदायका धेरै मानिसहरू इसाई धर्मतर्फ लागे।
सन् १९५८ मा, सन् १९११ को माउताम भोगिसकेका मानिसहरूले ठूलो अनिकाल आउन लागेको छ भनेर चेतावनी दिए। आसन्न संकटलाई अनुमान गरेर मिजो पहाडी जिल्ला परिषदले आसाम सरकारलाई सहयोगको अनुरोध गर्दै चिठ्ठी लेख्यो। तर आसाम सरकारले यो पत्रलाई गम्भीरताका साथ लिएन। झन् बाँस फूल्नु, मुसाको संख्या बढ्नु र अनिकाल लाग्ने कुरालाई आदिवासीहरूको अन्धविश्वास भन्दै खिल्ली उडायो।
भारत स्वतन्त्र भइसकेपछिको कुरा हो। सन् १९५८ मा, सन् १९११ को माउताम भोगिसकेका मानिसहरूले ठूलो अनिकाल आउन लागेको छ भनेर चेतावनी दिए। मिजोरम त्यसबेला अझै अलग राज्य बनिसकेको थिएन, आसाम राज्यको एउटा जिल्ला मात्र थियो। आसन्न संकटलाई अनुमान गरेर मिजो पहाडी जिल्ला परिषदले आसाम सरकारलाई सहयोगको अनुरोध गर्दै चिठ्ठी लेख्यो।
त्यो चिठ्ठीमा लेखिएको थियो— मिजो जिल्लाका बाँसहरूमा फूल फुल्न थालेको हुनाले मुसाको सङ्ख्यामा अभूतपूर्व रूपमा वृद्धि भएको छ। अर्को वर्ष पूरै जिल्ला नै यसबाट प्रभावित हुनेछ। बाँस फूलेपछि आउने सन्निकट अनिकाल विरुद्ध सावधानीस्वरूप सरकारले मिजो जिल्ला परिषदलाई रु १५ लाख प्रदान गर्न अनुरोध गर्दछ। तर आसाम सरकारले यो पत्रलाई गम्भीरताका साथ लिएन। झन् बाँस फूल्नु, मुसाको संख्या बढ्नु र अनिकाल लाग्ने कुरालाई आदिवासीहरूको अन्धविश्वास भन्दै खिल्ली उडायो।
आसाम सरकारको बेवास्तापछि मिजो जनताहरू यो विपद्सँग जुध्न आफैँ अग्रसर भए। त्यहाँ पहिले देखिनै रहेको मिजो कल्चरल सोसाइटी (Mizo Cultural Society) लाई गैरसरकारी अनिकाल निवारण संगठनमा रूपान्तरण गरियो, जसको नाम मिजो नेशनल फ्यामिन फ्रन्ट (Mizo National Famine Front) राखियो।
यो मोर्चाको नेतृत्व ३२ वर्षीय प्रखर वक्ता लालडेंगाले गर्न थाले। लालडेंगा दोस्रो विश्वयुद्धमा लडेका भूतपूर्व बेलायती सैनिक थिए। उनी आसाम सरकारअन्तर्गत मिजो जिल्ला परिषदमा लेखापालको रूपमा कार्यरत थिए। लालडेंगा मिजोहरूको स्वतन्त्र देश हुनुपर्छ भन्ने विचारका पक्षधर थिए।
त्यो सन्देश थियो—भारत सरकार र आसाम राज्य सरकारलाई मिजो जनताको बारेमा कुनै चासो छैन। यो कुरा अनिकालको बेला उनीहरूको कामले नै देखाएको छ। त्यस्तै, एमएनएफएफले नयाँ नारा सिर्जना गर्यो—“मिजोहरूको लागि मिजोरम!”।
एमएनएफएफले मिजो युवाहरूलाई आफ्नो संगठनमा भर्ति गरेर दूरदराजका गाउँहरूमा राहत सामग्री वितरण गर्न पठाउन थाल्यो। उनीहरूले राहत सामग्रीसँगै एउटा विचार र सन्देश पनि बोकेर जाने गर्थे। त्यो सन्देश थियो—भारत सरकार र आसाम राज्य सरकारलाई मिजो जनताको बारेमा कुनै चासो छैन। यो कुरा अनिकालको बेला उनीहरूको कामले नै देखाएको छ।
त्यस्तै, एमएनएफएफले नयाँ नारा सिर्जना गर्यो—“मिजोहरूको लागि मिजोरम!”। स्थानीय भाषामा ‘राम’ को अर्थ हुन्छ—भूमि। यो नाराले मिजोहरू माझ तरंग ल्याइदियो। स्थितिको गम्भीरतालाई बुझेर भारतको केन्द्र सरकार र राज्य सरकारले पनि राहत पठाउन थाल्यो। तर त्यो निक्कै ढिलो भइसकेको थियो। सन् १९५८–१९५९ को माउताममा करिब १० हजार मानिसहरूको मृत्यु भएको अनुमान गरिन्छ।
सन् १९६१ मा मिजो नेशनल फ्यामिन फ्रन्टलाई राजनीतिक पार्टीको रूपमा रूपान्तरण गरेर मिजो नेशनल फ्रन्ट बनाइयो। त्यसको अध्यक्ष लालडेंगा बने। यो पार्टीले आफ्नो उद्देश्यमा उच्चतम सार्वभौमिकता हासिल गर्ने लक्ष्य राखेको थियो।लालडेंगाले आफ्नो नेतृत्वमा कार्यकर्ताहरूलाई हतियार र तालिमका लागि मिजोरमसँग सिमाना जोडिएको पूर्वी पाकिस्तान (हालको बंगलादेश) मा लिएर गए। पाकिस्तानले पनि मिजो नेशनल फ्रन्टलाई स्वागत गर्दै तालिम र हतियार उपलब्ध गराउन थाल्यो। पूर्वी पाकिस्तानमा सयौँ मिजो लडाकुहरूले सैन्य तालिम प्राप्त गरे।
लालडेंगाले आफ्नो नेतृत्वमा कार्यकर्ताहरूलाई हतियार र तालिमका लागि मिजोरमसँग सिमाना जोडिएको पूर्वी पाकिस्तान (हालको बंगलादेश) मा लिएर गए। पाकिस्तानले पनि मिजो नेशनल फ्रन्टलाई स्वागत गर्दै तालिम र हतियार उपलब्ध गराउन थाल्यो।
मिजो नेशनल फ्रन्टले सन् १९६५ को अक्टोबरमा भारत सरकारलाई मिजोरमको स्वतन्त्रताको माग गर्दै एउटा ज्ञापनपत्र पठायो। तर, यो ज्ञापनपत्रलाई भारत सरकारले गम्भीरतापूर्वक लिएन।
२८ फेब्रुअरी १९६६ मा एमएनएफले अपरेशन जेरिको सुरु गर्यो। मिजो गुरिल्लाहरूले मिजो जिल्लाका विभिन्न ठाउँमा नियोजित रूपमा ठूलो आक्रमण गरे। एमएनएफका गुरिल्लाहरूले सदरमुकाम आइजोललाई पूर्ण रूपमा कब्जा गरे। सदरमुकामस्थित खजाना, रेडियो स्टेशन र प्रहरी कार्यालय पनि कब्जा गरे। एमएनएफका गुरिल्लाहरूले जिल्लाका अन्य स्थानहरू समेत बिना कुनै प्रतिरोध सहजै कब्जा गरे। उनीहरूले ठूलो मात्रामा हातहतियार, वायरलेस रेडियो सेटहरू र करिब १८ लाख भारु समेत लुटे। एमएनएफले मिजोरम भारतबाट स्वतन्त्र भएको घोषणा समेत गर्यो। भारत सरकार यो घटनाबाट पूर्णतः हतप्रभ बन्यो। भारत सरकारले सेनालाई मिजोहरूमाथि प्रत्याक्रमण गर्न आदेश दियो। भारतको हवाई सेनाले विद्रोहीहरू विरुद्ध जेटहरू प्रयोग गरेर बमबारी गर्न थाल्यो।
Image source: https://cf-img-a-in.tosshub.com Ai Enhanced.
एमएनएफका गुरिल्लाहरूले जिल्लाका अन्य स्थानहरू समेत बिना कुनै प्रतिरोध सहजै कब्जा गरे। उनीहरूले ठूलो मात्रामा हातहतियार, वायरलेस रेडियो सेटहरू र करिब १८ लाख भारु समेत लुटे। एमएनएफले मिजोरम भारतबाट स्वतन्त्र भएको घोषणा समेत गर्यो। भारत सरकार यो घटनाबाट पूर्णतः हतप्रभ बन्यो।
भारतको इतिहासमा पहिलो पटक आफ्नै नागरिकविरुद्ध हवाई हमला गरिएको थियो। भारतको सेनालाई विद्रोहीहरूको कब्जाबाट सदरमुकाम आइजोललाई मुक्त गर्न एक हप्ता लाग्यो। अन्य स्थानहरूलाई मुक्त गर्न अरु केही हप्ता लाग्यो।
अप्रत्यासित रूपमा सफल अपरेसनपछि मिजो गुरिल्लाहरू पहाड र जंगलमा हराए। भारत सरकारले मिजो गुरिल्लाहरू विरुद्ध कठोर कारबाही सुरु गर्यो। मलायामा कम्युनिस्ट गुरिल्लाहरू विरुद्ध बेलायत सरकारले लागू गरेको प्रति–विद्रोह मोडेल मिजो जिल्लामा लागू गरियो।
मलायामा बेलायतले कम्युनिस्ट गुरिल्लाहरूलाई आम जनताबाट अलग गर्न, उनीहरूलाई आफ्ना पुराना गाउँहरूबाट सेनाको निगरानीमा रहेका नयाँ गाउँहरूमा स्थानान्तरण गरेको थियो। यही रणनीति भारत सरकारले मिजोरममा पनि लागू गर्यो।
एमएनएफलाई चीन सरकारले पनि सहयोग गर्न थाल्यो। लालडेंगाले चीनको भ्रमण पनि गरे। उनले चीनका प्रधानमन्त्री चाउ एन लाइसँग पनि भेटघाट गरे।
मिजोरममा ८० प्रतिशत मानिसहरूलाई उनीहरूको गाउँबाट जबरजस्ती निकालेर सेनाको नियन्त्रणमा रहेका नयाँ बस्तिहरूमा सारिएको थियो। यसरी रातारात दसौँ हजार मानिसहरू आफ्नो जमिन, जंगल र घरबाट बेदखल भएका थिए। जसको कारण हजारौँ मिजो युवाहरू एमएनएफमा भर्ती हुन थाले।
एमएनएफलाई चीन सरकारले पनि सहयोग गर्न थाल्यो। लालडेंगाले चीनको भ्रमण पनि गरे। उनले चीनका प्रधानमन्त्री चाउ एन लाइसँग पनि भेटघाट गरे। तर चीनमा गएर तालिम लिनु भन्दा, नजिकको पूर्वी पाकिस्तानमै यो काम गर्नु व्यवहारिक हुन्थ्यो। त्यसअनुसार मिजोहरूलाई पूर्वी पाकिस्तानमै तालिम दिने र आधार शिविर बनाउन दिने व्यवस्था गरियो।
मिजो विद्रोहको पतन
एक समय, पूर्वी पाकिस्तानमा अत्याधुनिक हातहतियारले सुसज्जित मिजो राष्ट्रिय सेनाका करिब ७ बटालियन सेनाहरू (७ हजार सैनिक) रहेका थिए। तर यो अवस्था धेरै दिन कायम रहेन। सन् १९७१ मा भारतले पाकिस्तानबाट बंगलादेशलाई मुक्त गरायो। बंगलादेशको राजधानी ढाकामा लालडेंगा आफ्ना साथीहरूसहित भारतीय सेनाको कब्जाबाट ज्यान जोगाएर भागे।
चीनले मिजो विद्रोहीहरूलाई तालिम र हतियार उपलब्ध गरायो। मिजोहरूले भारत विरुद्ध गुरिल्ला युद्ध जारी राखे। तर ७० को दशकदेखि यो संघर्ष बिस्तारै शिथिल हुन थाल्यो।
एमएनएफका गुरिल्लाहरू बंगलादेशबाट बर्मातर्फ भागे, जहाँ उनीहरूले आफ्नो आधार शिविर खडा गरे। सन् १९७२ पछि एमएनएफले आफ्ना लडाकुहरूलाई तालिमको लागि चीन पठाउन थाल्यो। चीनले मिजो विद्रोहीहरूलाई तालिम र हतियार उपलब्ध गरायो। मिजोहरूले भारत विरुद्ध गुरिल्ला युद्ध जारी राखे। तर ७० को दशकदेखि यो संघर्ष बिस्तारै शिथिल हुन थाल्यो।
यसको पछाडि केही कारणहरू रहेका थिए। पहिलो कारण थियो—सन् १९७१ मा बंगलादेश स्वतन्त्र हुनु। पाकिस्तानबाट बंगलादेश स्वतन्त्र भएपछि मिजो विद्रोहीहरूले आफ्नो सबैभन्दा ठूलो आर्थिक र सैन्य समर्थक गुमाए।
दोस्रो कारण थियो—मिजो जनताको मागलाई स्वीकार गर्दै, सन् १९७२ मा मिजोरमलाई केन्द्र शासित प्रदेश घोषणा गरियो। मिजोरममा ३३ सदस्यीय विधानसभाको गठन गरियो, साथै भारतको संसद लोकसभामा मिजोरमलाई एक सिट पनि दिइयो।
तेस्रो कारण थियो—भारत सरकारले मिजो विद्रोहीविरुद्ध चलाइरहेको अभियानमा सुधार गर्दै, कैदमा रहेका विद्रोहीहरूलाई रिहा गर्ने र आममाफीको घोषणा गर्ने नीति अवलम्बन गर्यो।
चौथो कारण थियो—सन् १९७६ मा चीनका अध्यक्ष माओ त्से तुङको निधनपछि, चीनले विदेशमा चलिरहेका क्रान्तिकारी आन्दोलन र राष्ट्रिय मुक्ति संघर्षलाई सहयोग गर्न बन्द गर्यो।
शान्तिवार्ता र शान्तिपूर्ण राजनीतिको नयाँ अध्याय
भारत विरुद्ध भैरहेको संघर्षले कुनै गति लिन नसकेको र मिजोरमको स्वतन्त्रतालाई कुनै पनि देशले समर्थन गर्ने सम्भावना नरहेको देखेर, लालडेंगाले विद्रोहको सीमिततालाई बुझ्न थाले। त्यसै बेला, भारत सरकारले पनि मिजो विद्रोहीहरूसँग वार्ता गर्न रुचि देखाउन थाल्यो। मिजो विद्रोही र भारत सरकारबीच थुप्रै पटक थाइल्याण्ड र स्विट्जरल्यान्डमा वार्ता भयो।
अन्ततः सन् १९७६ मा लालडेंगा भारत फर्केर भारत सरकारसँग शान्ति वार्ता सुरु गरे। यो वार्ता लामो समयसम्म चल्यो। सन् १९८६ मा उनले भारतीय प्रधानमन्त्री राजीव गान्धीसँग सहमतिमा पुगे। विद्रोह सुरु भएको २० वर्षपछि, ३० जुन सन् १९८६ मा भारत सरकार र एमएनएफबीच शान्ति सम्झौता भयो। जसमा एमएनएफको तर्फबाट लालडेंगा र भारत सरकारको तर्फबाट गृह सचिव आर. डी. प्रधान तथा मिजोरमका मुख्य सचिव लालखामा हस्ताक्षरकर्ता बने।
यो सम्झौता अनुसार, एमएनएफले भारतको संविधान मान्ने, आफ्ना हतियारहरू भारत सरकारलाई बुझाउने, भारत सरकारले मिजोरमलाई पूर्ण राज्यको मान्यता दिने र लालडेंगालाई मिजोरमको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गर्ने व्यवस्था गरियो।
रैथाने ज्ञान पुस्तौंदेखि संकलित अनुभव र अभ्यासको परिणाम हो। तर जब उनीहरूको यो ज्ञानलाई बेवास्ता गरिन्छ वा तिरस्कार गरिन्छ, तब त्यस्ता व्यवहारले विभिन्न विपत्तिहरूलाई जन्म दिन सक्छ। यस्तै तिरस्कारको एउटा उदाहरण मिजोरमको इतिहासमा भेटिन्छ, जहाँ बाँसमा फूल फुल्ने प्रक्रियालाई आधुनिक भारतीय राज्यले गम्भीरतापूर्वक नलिएको कारण विद्रोहको बीउ रोपियो।
अर्को वर्ष मिजोरममा भएको चुनावमा एमएनएफले पूर्ण बहुमत प्राप्त गर्यो अनि लालडेंगा मिजोरमका पहिलो मुख्यमन्त्री बने।
रैथाने ज्ञानको उपेक्षाले निम्त्याएको क्षति
कुनै पनि स्थानमा अनादिकालदेखि बसोबास गर्दै आएको समुदायले त्यहाँको प्रकृति र वातावरणलाई सबैभन्दा राम्रोसँग बुझ्ने गर्छ। उनीहरूले मौसम, बनस्पति, जनावरहरू र अन्य प्राकृतिक संकेतहरूलाई सूक्ष्म रूपमा बुझ्न र व्याख्या गर्न सक्छन्। यस्तो रैथाने ज्ञान पुस्तौंदेखि संकलित अनुभव र अभ्यासको परिणाम हो। तर जब उनीहरूको यो ज्ञानलाई बेवास्ता गरिन्छ वा तिरस्कार गरिन्छ, तब त्यस्ता व्यवहारले विभिन्न विपत्तिहरूलाई जन्म दिन सक्छ। यस्तै तिरस्कारको एउटा उदाहरण मिजोरमको इतिहासमा भेटिन्छ, जहाँ बाँसमा फूल फुल्ने प्रक्रियालाई आधुनिक भारतीय राज्यले गम्भीरतापूर्वक नलिएको कारण विद्रोहको बीउ रोपियो। बाँसको फूल फुल्ने घटना त्यहाँका स्थानीय मानिसहरूका लागि संकटको पूर्वचिन्ह हो भन्ने उनीहरूमा परम्परागत ज्ञान थियो। तर राज्यले त्यसलाई बेवास्ता गर्दा र खिल्ली उडाउँदा विद्रोह भड्कियो। त्यो विद्रोह नियन्त्रणमा ल्याउन करिब २० वर्ष लाग्यो, जसले ठूलो जनधनको क्षति गरायो।

उदार एवं लोकतान्त्रिक संस्थाहरू भत्किँदै गएको अवस्थामा नागरिक समाज पूर्ण रूपमा…

के भारतमा रातो तारा अस्ताउँदै छ?

औपनिवेशिक साँस्कृतिक कब्जाविरुद्ध हुङ्कार गर्ने एक बौद्धिक बागी !

गलबन्दी

बढ्दैछ एङ्गेल्सको सान्दर्भिकता

प्रतिरोधी संघर्षका नायक बबी स्यान्ड्स: एक दृढ सत्याग्रही, जसले मृत्युवरण गरे तर …

होसे मुहिका - आस्था र जीवनको संगति !

प्रतिक्रिया