अफ्रिकाको क्युबा- इरिट्रिया

पश्चिमी प्रभुत्ववादका समर्थकहरूले क्युबालाई घृणा गर्छन्, जसरी उनीहरूले पन्ध्र वर्षअघि मैले पहिलो पटक "अफ्रिकाको क्युबा" भनेर वर्णन गरेको देशलाई पनि घृणा गर्छन्। यी दुई साना, स्वतन्त्र, क्रान्तिकारी समाजवादी राष्ट्रहरूबीचको समानता यति गहिरो र स्पष्ट छ कि तुलना अनायासै स्वाभाविक लाग्छ।

पहिलो कुरा, क्युबा साम्राज्यवाद विरुद्धको सशस्त्र संघर्षमार्फत सत्तामा आयो, जसले पश्चिमी समर्थित दलाल पुँजीपतिहरुलाई देशबाट हटाउन सफल भयो। लाटिन अमेरिकामा क्युबा एकमात्र त्यस्तो देश हो जसले सशस्त्र संघर्षद्वारा "बन्दूकको नाल" मार्फत जनसत्ता स्थापित गर्न सफल भयो।

"अफ्रिकाको क्युबा" ले पनि त्यही तरिकाबाट स्वतन्त्रता हासिल गर्यो, राष्ट्रिय मुक्तिको लागि सशस्त्र संघर्षमार्फत उपनिवेशवादी सेना पराजित गर्दै, त्यसलाई देशबाट लखेट्दै, "बन्दूकको नाल" बाट आफूलाई स्वतन्त्र गर्यो। क्युबाको जस्तै, "अफ्रिकाको क्युबा" अफ्रिकाको एकमात्र त्यस्तो देश हो जसले सशस्त्र संघर्षद्वारा स्वतन्त्रता प्राप्त गर्यो, "बन्दूकको नाल" मार्फत।

साम्राज्यवादी नियन्त्रणबाट स्वतन्त्रताको चरणमा प्रवेश गर्ने क्रममा, क्युबा र "अफ्रिकाको क्युबा" दुवैले पश्चिमी नव-उपनिवेशवादी आर्थिक नियन्त्रण अस्वीकार गरे ।

न त दमनकारीहरूसँग कुनै वार्ता भयो, न त पश्चिमी मान्यता प्राप्त चुनावहरू। कुनै सम्झौता भएन, कुनै सुलह भएन। दुबै देशका जनताले आफ्ना शत्रुहरूलाई निर्णायक रूपले पराजित गरे । उनीहरुलाई आफ्नो पुच्छर खुटामा लुकाएर भाग्न बाध्य बनाए।

साम्राज्यवादी नियन्त्रणबाट स्वतन्त्रताको चरणमा प्रवेश गर्ने क्रममा, क्युबा र "अफ्रिकाको क्युबा" दुवैले पश्चिमी नव-उपनिवेशवादी आर्थिक नियन्त्रण अस्वीकार गरे, जसको अभिव्यक्ति पश्चिमी बैंकिङ माफियाहरू, आजका अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) र विश्व बैंक (WB) द्वारा थापिएको ऋणको पासोमा नपर्ने निर्णयमार्फत भयो। क्युबा यो कदम चाल्ने लाटिन अमेरिकाको एकमात्र देश थियो।

क्युबा र "अफ्रिकाको क्युबा" दुवै समाजवादी हुन्, चाहे तिनीहरूले आफूलाई समाजवादी भनुन् वा नभनुन्। दुवैले देशको सम्पूर्ण भूमिको राष्ट्रियकरण गरेका छन् र भूमिको किनबेचलाई कानुनी रूपमा निषेध गरेका छन्।

"अफ्रिकाको क्युबा" अफ्रिकामा यो निर्णय लिने थोरै (तीन) देशहरूमध्ये एक थियो। बाँकी दुई - तेल निर्यातबाट धनी लिबिया र हिरा निर्यातबाट समृद्ध बोट्सवानालाई बाह्य स्रोतबाट आर्थिक सहायता आवश्यक थिएन। तर "अफ्रिकाको क्युबा" सँग स्वतन्त्रता प्राप्त गर्दाको समय वास्तवमा केही पनि थिएन । बरु देश ३० वर्ष लामो स्वतन्त्रता संग्रामपछि उपनिवेशवादीहरूको जातीय संहारजन्य नीतिद्वारा ध्वस्त बनाइएको अर्थतन्त्रका साथ पूर्ण रूपमा तहसनहस अवस्थामा थियो।

क्युबा र "अफ्रिकाको क्युबा" दुवै समाजवादी हुन्, चाहे तिनीहरूले आफूलाई समाजवादी भनुन् वा नभनुन्। दुवैले देशको सम्पूर्ण भूमिको राष्ट्रियकरण गरेका छन् र भूमिको किनबेचलाई कानुनी रूपमा निषेध गरेका छन्। यो एक समाजवादी समाजको प्रमुख पहिचान हो।

दुवै देशले आफ्ना जनताका लागि सार्वभौमिक, निःशुल्क शिक्षा उपलब्ध गराउँछन्, उच्च शिक्षासमेत समेटेर।

दुवै देश आफ्ना जनतालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयासमा कटिबद्ध छन्।

दुवै देशले तथाकथित "पश्चिमी लोकतन्त्र" अस्वीकार गर्छन् किनभने उनीहरू त्यस्तो निर्वाचन प्रणालीद्वारा नियन्त्रणमा पर्न चाहँदैनन् जुन पश्चिमी पुँजी र आर्थिक विध्वंसद्वारा खरिद गरिएको, लुटिएको वा धाँधली गरिएको हुन्छ।

दुवै देशहरूले धेरै वर्षदेखि निर्मम पश्चिमी आर्थिक प्रतिबन्धको सामना गर्दै आएका छन्।

यी सबै कठिनाइका बीच पनि, दुवै देशहरू "कहिल्यै घुँडा टेक्दैनन्" - जुन "अफ्रिकाको क्युबा" को राष्ट्रिय मूल मन्त्र हो।

दुवै देशहरू पश्चिमद्वारा भड्काइएको जलवायु प्रकोपद्वारा क्षतविक्षत भएका छन् । क्युबा "ग्लोबल वार्मिङ" का कारण बढ्दो संख्यामा ठूला हुरिकेनहरूको चपेटामा परेको छ भने "अफ्रिकाको क्युबा" बारम्बार बहुवर्षीय खडेरीद्वारा प्रभावित भएको छ यो यस्तो देशमा जलवायुजन्य विपद् हो जो अझैपनि वर्षा-निर्भर कृषि प्रणालीमा आधारित छ।

दुवै देश आफ्ना जनताको आवश्यकतालाई पूरा गर्न निरन्तर संघर्ष गरिरहेका छन्, यति धेरै अवरोधहरूसँग जुध्दै। यद्यपि यी सबै कठिनाइका बीच पनि, दुवै देशहरू "कहिल्यै घुँडा टेक्दैनन्" - जुन "अफ्रिकाको क्युबा" को राष्ट्रिय मूल मन्त्र हो। भन्ने गरिन्छ: "हामी केवल प्रार्थना गर्न र गोली चलाउनको लागि मात्र घुँडा टेक्छौं।"

पश्चिमी देशहरूले क्युबा र "अफ्रिकाको क्युबा" दुवैलाई घृणा गर्छन्, किनभने यी देशहरूले आफूलाई पश्चिमी बैंकिङ सत्ताद्वारा नियन्त्रित र शोषित हुन दिन अस्वीकार गरेका छन्, र त्यसैले तिनीहरू संसारका अन्य देशहरूका लागि, विशेषगरी लाटिन अमेरिका र अफ्रिकामा, प्रेरणाका प्रतीक बनेका छन् - ती क्षेत्रहरू जुन पश्चिमी बैंकिङ सत्ताहरूका लागि अत्यधिक नाफा सङ्कलन गर्ने स्रोत हुन्, जसलाई प्रयोग गरेर तिनीहरूले आफ्नै जनतालाई घूस दिएर आफ्नो शासन स्वीकार गराइरहेका छन्।

राष्ट्रिय गर्वको भावनासहित यो शनिबार, मे २४ तारिखमा, इरिट्रिया "अफ्रिकाको क्युबा" ले ३४ औँ स्वतन्त्रता दिवस मनाउँदैछ, , जुन यस भनाइमा व्यक्त हुन्छ - "जनताको जीत" (अवेत एन'हाफाश ) !

स्रोत: https://countercurrents.org