जनताले इतिहासको डंगुरमा फ्याँकिदिएका तानाशाह मुसोलिनी

तुम से पहले वो जो इक शख़्स यहाँ तख़्त-नशीं था
उसको भी अपने ख़ुदा होने पे इतना ही यक़ीं था
– हबीब जालिब
(तिमी भन्दा पहिले जो एक जना व्यक्ति यहाँ सिंहासनमा विराजमान थियो, उसलाई पनि आफू भगवान् हो भन्नेमा त्यत्तिकै विश्वास थियो। )
अप्रिल २८, १९४५ मा बेनिटो मुसोलिनीलाई इटालीका कम्युनिस्ट गुरिल्लाहरूले गिरफ्तार गरेर गोली हानी हत्या गरेका थिए।
आफ्ना जनतालाई विश्वविजयको सपना देखाउँदै मुसोलिनीले १९४० मा इटालीलाई नाजी जर्मनीको पक्षमा दोस्रो विश्वयुद्धमा होमेका थिए, तर चाँडै इटालीले चौतर्फी पराजयहरूको सामना गर्नुपर्यो। १९४३ को जुलाईमा राजा भिक्टर इम्यानुएलले मुसोलिनीलाई पदबाट हटाई नजरबन्द गराए।
त्यसपछि सेप्टेम्बर ४३ मा हिटलरको आदेशमा नाजी प्याराट्रूपरहरूले हमला गरेर उसलाई कैदबाट छुटाए र उत्तर इटालीमा जर्मन नियन्त्रणमा रहेका क्षेत्रमा कठपुतली शासक बनाइयो।
तर दक्षिणबाट बढ्दै आएका मित्र राष्ट्रका सेनाहरू र देशभित्रका कम्युनिस्ट गुरिल्लाहरूको कडा अभियानले मुसोलिनीको हालत खराब भएको थियो। अप्रिल १९४५ मा मित्र राष्ट्रको आक्रमणमा उत्तर इटालीका अन्तिम जर्मन किल्ला ध्वस्त भए र शहरहरूमा गुरिल्लाहरूको अगुवाइमा भएको आम विद्रोपछिको स्थितिले मुसोलिनीको सत्ताको जग हल्लियो। २५ अप्रिलमा उआफ्नो आधार रहेको मिलानबाट उनी भागे। उनको योजना सीमापार गरेर स्विट्ज़रल्यान्ड जाने थियो।
सेप्टेम्बर ४३ मा हिटलरको आदेशमा नाजी प्याराट्रूपरहरूले हमला गरेर मुसोलिनीलाई कैदबाट छुटाए र उत्तर इटालीमा जर्मन नियन्त्रणमा रहेका क्षेत्रमा कठपुतली शासक बनाइयो।
आफ्नो पहिचान लुकाउनका लागि मुसोलिनीले जर्मन वायुसेनाको पोशाक र हेलमेट लगाएका थियो। तर दुई दशकदेखि इटालीका हरेक गल्लीचोकमा परिचित अनुहार रहेको हुनाले उनलाई सजिलै चिनियो। २७ अप्रिलमा कोमो तालको किनारमा पर्ने दोंगो गाउँ नजिकका स्थानीय गुरिल्लाहरूले मुसोलिनी र उनकी प्रेमिका क्लेरेटा पेताचीलाई समाते। भोलिपल्ट दिउँसो, हिटलरले आत्महत्या गर्नुभन्दा दुई दिनअघि, जिउलिनो दी मेजेग्रा गाउँमा दुवैलाई गोली हानी मारियो।
मुसोलिनी, पेताची र अन्य फासिस्ट नेताहरूका शवहरू मिलान लगियो र पियात्सेल लोरेतो चोकमा फालियो। पियात्सेल लोरेतो त्यही ठाउँ हो जहाँ १९४४ को अगस्ट १० मा फासिस्टहरूले पन्ध्र जना गुरिल्ला लडाकूलाई निर्दयतापूर्वक मारेका थिए। ती शवहरू धेरै दिनसम्म त्यहीँ झुन्ड्याइएका थिए।
२७ अप्रिलमा कोमो तालको किनारमा पर्ने दोंगो गाउँ नजिकका स्थानीय गुरिल्लाहरूले मुसोलिनी र उनकी प्रेमिका क्लेरेटा पेताचीलाई समाते। भोलिपल्ट दिउँसो, हिटलरले आत्महत्या गर्नुभन्दा दुई दिनअघि, जिउलिनो दी मेजेग्रा गाउँमा दुवैलाई गोली हानी मारियो।
मुसोलिनी र फासिस्टहरूको अत्याचारबाट क्रोधित भीड फासिस्ट नेताहरूका शवहरू माथि खनियो ।
जनताले तिनीहरूको शवहरुलाई लातले हाने र घृणासाथ थुके। त्यसपछि चोकमा रहेको पेट्रोल पम्पको छतको गर्डरमा शवहरूलाई उल्टो पारेर झुन्ड्याइयो।
यद्यपि १९२० र १९३० को दशकमा मुसोलिनीलाई मार्ने थुप्रै प्रयास भएका थिए, तर सत्तामा र जनताको ठूलो हिस्सामा फासिस्टहरूको पकड बलियो नै थियो। मुसोलिनीको अन्त्य लाखौं जनताको संघर्षशील प्रतिरोध आन्दोलनको नतिजा थियो। यो आन्दोलनको सुरुवात १९४३ मा इटालीका हजारौं मजदुरहरूको आम हड्तालबाट भएको थियो, जसपछि विद्रोह र गुरिल्ला संघर्षहरू तीव्र भए। २५ अप्रिल १९४५ मा जे भयो, त्यो त्यही आन्दोलनको चरम परिणति थियो।
‘द कमिटी अफ नेशनल लिबरेशन’ ले आफ्नो निर्णयमा भनेको थियो:
“फासिस्ट सरकार र फासिस्ट पार्टीका पदाधिकारीहरू जनतालाई उनीहरूको संवैधानिक अधिकारबाट वञ्चित गरी स्वतन्त्रताको दमन गर्ने, एक तानाशाही शासन खडा गर्ने, इटालीलाई संकटमा पार्ने, देशसँग विश्वासघात गर्ने र विनाशकारी युद्धमा होम्नुको लागि दोषी थिए।”
शुरुमा मुसोलिनीलाई एउटा बेनामी चिहानमा गाडिएको थियो, तर १९४६ मा इटालीका उनका अन्धभक्तहरुले उनको चिहान खनेर शव चोरे। ‘जाने भी दो यारो’ फिल्मको डिमेलोलाई जस्तै मुसोलिनीको शरीर कहिले यहाँ, कहिले त्यहाँ लुकाउँदै हिँडाइयो, तर चार महिनापछि अधिकारीहरूले त्यसलाई फेला पारे।
विश्वमा राज गर्ने सपना देख्ने ‘इल दूचे’ (नेता) को बेइज्जती उसको मृत्युपछि पनि जारी रह्यो।
शुरुमा मुसोलिनीलाई एउटा बेनामी चिहानमा गाडिएको थियो, तर १९४६ मा इटालीका उनका अन्धभक्तहरुले उनको चिहान खनेर शव चोरे। ‘जाने भी दो यारो’ फिल्मको डिमेलोलाई जस्तै मुसोलिनीको शरीर कहिले यहाँ, कहिले त्यहाँ लुकाउँदै हिँडाइयो, तर चार महिनापछि अधिकारीहरूले त्यसलाई फेला पारे। एघार वर्षसम्म उसलाई लुकाएर राखियो। १९५७ मा मात्रै, उसका अवशेषहरूलाई उनको जन्मस्थान प्रेदापियोमा मुसोलिनी परिवारको चिहानस्थलमा गाड्ने अनुमति दिइयो।
हिटलर र मुसोलिनीको उदय तत्कालिन समयको पुँजीवादको गहिरिँदो संकटको नतिजा थियो।
आज फेरि पूँजीवादी व्यवस्था गम्भीर संकटमा छ र त्यसबाट निस्कने कुनै उपाय उसले पहिलाउन सकेको छैन। यसैको प्रतिक्रियास्वरुप आज फेरि विश्वभर नव-फासिस्ट वा अतिदक्षिणपन्थी शक्तिहरूले टाउको उठाउँदै छन्। इटालीका बहुसंख्यक जनता आज पनि ‘इल दूचे’ को नाममा नाममा थुक्छन्, तर इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनी, जो फासिस्ट समर्थक पार्टी एमएसआईकी सदस्य थिइन्, मुसोलिनीको प्रशंसा गर्छिन्।
धेरै दिन भएका छैनन् जब आरएसएसका शाखाहरूमा हिटलर र मुसोलिनीको गुणगान गाइन्थ्यो र उनीहरुको पसलहरूमा ‘हिटलर महान्’ जस्ता किताबहरू बेचिन्थे। संघका संस्थापकहरू मध्येका एक, मुन्जे त इटाली नै गएर मुसोलिनी र अन्य फासिस्ट नेताहरूबाट फासिस्ट शैलीमा भारतमा संगठन खडा गर्ने तालिम लिएर आएका थिए। (जतिबेला मुन्जे इटालीको भ्रमण गर्दै थिए, त्यो मार्च १९३१ को समय थियो, जब सम्पूर्ण देश भगतसिंह र उनका साथिहरूलाई फाँसी दिइने खबरले आन्दोलित भएको थियो!)
धेरै दिन भएका छैनन् जब आरएसएसका शाखाहरूमा हिटलर र मुसोलिनीको गुणगान गाइन्थ्यो र उनीहरुको पसलहरूमा ‘हिटलर महान्’ जस्ता किताबहरू बेचिन्थे। संघका संस्थापकहरू मध्येका एक, मुन्जे त इटाली नै गएर मुसोलिनी र अन्य फासिस्ट नेताहरूबाट फासिस्ट शैलीमा भारतमा संगठन खडा गर्ने तालिम लिएर आएका थिए।
हरेक तानाशाह इतिहासबाट सिक्ने मामिलामा हठी र मूर्ख हुन्छ। उसलाई लाग्छ कि उसैबाट नयाँ इतिहास सुरु हुनेवाला छ। तर जनताले सबैलाई एक दिन इतिहासको डंगुरमा फ्याँकिदिन्छन् ।
चाहे त्यो विश्वविजयको सपना देख्ने ‘इल दूचे’ होस्, वा ‘विश्वगुरु’ बन्ने नारा हाँक्ने जोकर होस्...
माथिको तस्बिर २९ अप्रिलको एक पत्रिकामा छापिएको खबरको हो, जसको क्याप्सनमा लेखिएको थियो–
एक ग्याँस स्टेसनको गर्डरबाट झुन्ड्याइएको शव। (बायाँदेखि) क्लारा पेताची, मुसोलिनी, अकिले स्तारात्से (फासिस्ट पार्टीका पूर्व महासचिव)।
एक दर्शकले घृणासाथ भने: “अन्ततः मुसोलिनी सुँगुर बन्यो!” (जसरी मासु पसलहरूमा सुँगुरहरू झुन्ड्याइन्छन्)
पत्रिकाको शीर्षक थियो:
मुसोलिनी मर्यो
घृणाले भरिएको एक हाँसो र एक लात – यही हो उसको समाधि
स्रोत: https://www.facebook.com/share/p/193zzueFAR/

जैविक बुद्धिजीवी

सुनको मूल्य किन कीर्तिमानी उचाइमा पुगेको छ?

विष्णुकुमारी वाइवा कसरी पारिजात बनिन् ?

घातक रोगहरुबाट रक्षा गर्ने रोजमरी

नक्सलबाडीदेखि बस्तरसम्म: भारतीय माओवादी आन्दोलनको ‘उत्थान र पतन’को अन्तरकथा

सावधान ! सुत्नेबेला फोन चलाउँदा अनिद्राको जोखिम बढ्छ !

घाम, बुढो र केटी

प्रतिक्रिया