तु युयु, हो चि मिन्ह, माओ त्सेतुङ र मलेरियाविरुद्धको संघर्ष

परजीवीको कारण लाग्ने मलेरिया संक्रमित लामखुट्टेहरूद्वारा सर्छ । यो रोगले मानव इतिहासको हजारौँ वर्षमा अर्बौँ मानिसको ज्यान लिएको छ। केवल पछिल्लो शताब्दीमा मात्रै, अनुमानित १५० देखि ३०० मिलियन मानिसहरू यस रोगका कारण मरेका थिए।

बिफर, हैजा, पोलियो र प्लेग नियन्त्रणमा ल्याइएका छन्, तर मलेरिया र क्षयरोग (टीबी) अझै पनि हरेक वर्ष लाखौँ मानिसहरूको मृत्युको कारण बनिरहेका छन्। सन् २०२३ मा मात्रै, अनुमानित ५९७,००० मानिस मलेरियाका कारण मरेका थिए। तिनीहरूमध्ये ९५ प्रतिशत अफ्रिकी थिए।

यो रोगले भियतनामको अमेरिकी पुँजीवादी साम्राज्यवादविरुद्धको मुक्ति संघर्षलाई समेत खतरा पु-याएको थियो। अमेरिकी विमानहरूद्वारा खसालिएको नापाम र एजेण्ट अरेन्जसँगै, भियतनामी जनतालाई मलेरियाले पनि मार्दैथियो।

'हो चि मिन्ह ट्रेल' भनिने बाटो हुँदै अगाडि बढिरहेका भियतनामी सैनिकहरूलाई लामखुट्टेहरूले संक्रमित बनाइरहेको थियो। क्लोरोक्विन जस्तो पुराना औषधीहरु पहिले जत्तिकै प्रभावकारी हुन छोडेका थियो।

भियतनामी कम्युनिस्ट नेता हो चि मिन्हले जनवादी गणतन्त्र चीनसँग सहयोगको माग गरे। हो चि मिन्हका कमरेड माओ त्सेतुङले ‘प्रोजेक्ट ५२३’ स्थापना गरेर नयाँ र प्रभावकारी उपचार खोज्ने निर्णय गरे।

यो परियोजनाको नाम १९६७ को मे २३ तारिखबाट सुरु भएको मितिका आधारमा राखिएको हो। यसको नेतृत्व महिला औषधि अनुसन्धानकर्ता तु युयुले गरिन्।

प्रोजेक्ट ५२३ मा यु यागाङ र झोङ युरोङसहित ५०० भन्दा बढी अनुसन्धानकर्ता सामेल थिए। (साइन्स, सेप्टेम्बर २९, २०११) तु र उनका सहकर्मीहरूले चिनियाँ पारम्परिक चिकित्सा प्रणालीका हजारौँ पुराना नुस्खाहरूको खोज अनुसन्धान गरे।

तितेपाती प्रजातिको एक विरुवा Sweet wormwood, जुन १६०० वर्ष पुरानो चिनियाँ चिकित्सा ग्रन्थमा उल्लेख गरिएको थियो, अनुसन्धानको केन्द्रबिन्दु बन्यो। तु युयुले त्यो बिरुवाबाट सार निकाल्ने बिधि (extraction)  विकास गरिन् । जसका कारण अन्ततः १९७२ मा एन्टी-मलेरिया औषधि आर्टेमिसिनिन को पत्ता लाग्यो ।

समाजवादी एकता विरुद्ध पुँजीवादी लोभ

आर्टेमिसिनिन र चीनमै विकास गरिएको पछिल्लो औषधि डायहाइड्रोआर्टेमिसिनिन ले संसारभरि लाखौँ मानिसहरूको ज्यान बचाएको छ। तु युयुलाई अन्ततः सन् २०१५ मा नोबेल पुरस्कार प्रदान गरियो।

मलेरियाविरुद्धको संघर्ष अझै पनि जारी छ। हरेक वर्ष आधा मिलियनभन्दा बढी अफ्रिकीहरू मलेरियाबाट मर्नु अत्यन्तै लाजमर्दो अवस्था छ।

प्रोजेक्ट ५२३ चीनको समाजवादी सार्वजनिक स्वास्थ्य अभियानहरूमध्ये एक थियो । जसमा शंखेकीराको माध्यमबाट फैलिने रोग शिस्टोसोमायसिस विरुद्धको संघर्ष पनि समावेश थियो। स्वयंसेवकहरूको एक विशाल समूह पानीका स्रोतहरूमा पसेर शंखेकीराहरूलाई नष्ट गर्न लागिपरे, जसको वर्णन "अवे विथ अल पेस्ट्स" भन्ने पुस्तकमा डा. जोशुआ एस. होर्नले गरेका छन्।

चीनमा शिस्टोसोमायसिसका बिरामीहरूको संख्या १९५० को दशकमा १ करोड १६ लाखबाट घटेर सन् २०१७ मा ३८,००० मा झर्‍यो।

यसको तुलना अफ्रिकामा पुँजीवादी ठुला औषधी उद्योगको कोविड–१९ विरुद्धको रेकर्डसँग गर्नुहोस् । सन् २०२१ को अन्तसम्म, संसारभर ६.४ अर्ब खोप डोज दिइएको थियो, तर तिनीहरूमध्ये केवल २.५ प्रतिशत मात्र अफ्रिकामा दिइएको थियो।

२००१ मा, अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था (USAID) का प्रमुख एन्ड्र्यु नेट्सियस ले अफ्रिकामा एचआईभी/एड्सको उपचार गर्नु निरर्थक भएको घोषणा गरे। उनले औषधिहरू निश्चित अन्तरालमा लिनुपर्ने भएकाले तिनीहरू "पश्चिमी समय" के हो भन्ने अफ्रिकीहरूलाई थाहा छैन" भन्ने आधारमा ती औषधिहरू अफ्रिकामा काम नलाग्ने दाबी गरेका थिए।

यो वर्ष अमेरिकाविरुद्ध भियतनामको विजयको ५०औँ वार्षिकोत्सव हो। सन् १९७५ को अप्रिल ३० मा, भियतनामी ट्याङ्कले वाल स्ट्रिट को पुरानो दूतावासको ढोका तोड्दै  सैगन (पछि हो चि मिन्ह सिटी) मा प्रवेश गर्‍यो। गरिब र श्रमिक वर्गले संसारभर यसमा हर्ष व्यक्त गरे।

भियतनामलाई सहयोग गर्नेहरूमा सोभियत संघ, चीन, क्यूबा र जनवादी कोरियाजस्ता अन्य समाजवादी देशहरूको एकबद्धता थियो। त्यही एकबद्धताको अङ्ग थियो तु युयु र उनका वैज्ञानिक सहकर्मीहरूले मलेरियाको उपचारका लागि नयाँ औषधि पत्ता लगाउने काम।

पेन्टागन ले लाखौँ भियतनामी, लाओसेली र कम्बोडियनहरूलाई हत्या गर्‍यो तैपनि अमेरिकी युद्ध मशीन पराजित भयो। अहिले गाजामा भइरहेको नरसंहारको बाबजुद पनि, प्यालेस्टाइनहरुले पनि जित्नेछन्।

Source:- https://mronline.org