शिक्षक आन्दोलन, गणतन्त्र र पञ्चायती शैलीको दमन !

“शत्रोरपि गुणा वाच्या दोषा वाच्या गुरोरपि !’’
अर्थात् शत्रुका पनि असल गुणको प्रशंसा गर्नु पर्छ ? गुरुका पनि खराब कामको निन्दा गर्नुपर्छ ।
—सामान्यनीति
आजको नेपालमा गण शब्दको वास्तविक अर्थ दल हो राजनीतिक पार्टी हो । मुलुकमा आज गणतन्त्र छ अर्थात् राजनीतिक पार्टीहरुको शासन छ । जनतन्त्र छैन । जनताको शासन छैन । यसरी नाम र विशेषणका मायाजाल पन्छाएर हेर्दा यथार्थ खुल्छ । सत्तासीनहरुबाट व्यापक भ्रष्टाचार र दमनचक्र चलाएकोमा अचम्म लाग्दैन । स्वाभाविक लाग्छ । गणतन्त्र शब्दलाई लोकतन्त्रको मोहजालमा लटपट्याएर अर्थ्याउने लोभ गर्दा पाइला पाइलामा अचम्म लाग्छ । हामी धेरै त अचम्म मान्नेहरु नै छौँ ।
केही हप्ताअघिबाट राजधानीमा शिक्षक आन्दोलन चलेको छ । आन्दोलन त अरु अरु पनि धेरै चलेका छन् । सहकारी पीडितहरुको आन्दोलन, लघुवित्त पीडितहरुको आन्दोलन, राजा आउ देशबचाउ भन्नेहरुको आन्दोलन आदि । तीमध्ये लाखौंलाख शिक्षकशिक्षिकाहरु सम्मिलित शिक्षक आन्दोलन अहिले बढी चर्चाको विषय बनेको छ । सत्तासीनहरुका गैरजिम्मेवार बोली वचन र व्यवहारले आन्दोलनलाई उत्तरोत्तर चर्किन र लम्बिन सघाएको अड्कल काट्न कुनै तिथि बार पर्खन पर्दैन ।
शिक्षक आन्दोलन पञ्चायत कालमा पनि हुने गर्थे । त्यति वेला त्यो स्वाभाविक पनि थियो । ०३७/०३८मा त राष्टव्यापी रुपमै शिक्षक आन्दोलन भएको थियो । झण्डै ३५ /४० दिनसम्म चलेको थियो आन्दोलन । शहरमा यत्र तत्र व्यवस्थित खुल्लामन्चमा भेला भएर निर्धक्कसँग सभा जुलुस गर्न पाइने, सहुलियत थिएन । सरकारका भ्रष्ट आचरणका विरुद्ध सार्वजनिक मन्चमा खुलेर टीकाटिप्पणी गर्न पाइने छूट पनि थिएन ।
सरकारका अन्याय अत्याचार विरुद्ध सुटुक्क बोल्न भित्ताले सुन्ला भनी डराउनु पर्ने पञ्चायती शासनका काला दिनहरुमा पेशागत हकहितका नारा उराल्दै आन्दोलन बनेर शिक्षक शिक्षिकाहरु सडकमा उत्रनु ख्यालठट्टाको कुरा थिएन । र पनि निर्भीकताका साथ आन्दोलनमा उत्रेका थिए । यसबारे पञ्चायती प्रधानमन्त्री मन्त्री कसैले सार्वजनिक मन्चमा उभिएर नाक नचाउँदै खिसीट्यूरी गरेको कहिल्यै सुनिएन ।
पञ्चायती शासन क्रूर थियो । संविधान निर्दलीय थियो । पेशागत हकहितका माग लिएर शान्तिपूर्वक सडकमा निस्कन पनि शिक्षकले ज्यानको जोखिम बेहोर्नुपर्थ्यो । पञ्चायतका प्रहरीहरुले लोकतन्त्र सुने जानेका थिएनन् । तिनीहरु स्वभावतः जुलुसमैत्री थिएनन् । भद्रभलादमी थिएनन् । त्यसताका पुलिसहरु निर्मम थिए । जनताका जुलुसमाथि म्याद सकिएको अश्रुग्यास हान्थे । फोहर पानीका फोहरा छोड्थे । लाठीचार्ज गर्थे । जनताका टाउका र छाती ताकेर गोली वर्साउँथे । आमा चकारेर गाली दिन्थे । लछारपछार गर्थे । पञ्चायतकालीन सुरक्षाकर्मीहरुमा लोकन्त्रमा हुनुपर्ने किसिमको सभ्यता शिष्टता र मैत्रीपूर्ण व्यवहारको चलन थिएन । पञ्चायतका प्रहरीहरु लोकतान्त्रिक थिएनन् । सभ्य शिष्ट थिएनन् ।
सरकारका अन्याय अत्याचार विरुद्ध सुटुक्क बोल्न भित्ताले सुन्ला भनी डराउनु पर्ने पञ्चायती शासनका काला दिनहरुमा पेशागत हकहितका नारा उराल्दै आन्दोलन बनेर शिक्षक शिक्षिकाहरु सडकमा उत्रनु ख्यालठट्टाको कुरा थिएन । र पनि निर्भीकताका साथ आन्दोलनमा उत्रेका थिए । तानाशाही राज्यव्यवस्था उक्काएर फ्याक्नुपर्छ भन्ने चेतना बोकेका त्यति बेलाका राजनीतिसचेत शिक्षक शिक्षिकाहरुलाई राज्यले दाहोरो भूमिकामा देख्थ्यो र बडी दमन गर्न तम्सन्थ्यो । शिक्षकहरुमा माग त्यति वेला पनि नितान्त पेशागत थिए । खोट लाउने ठाउँ थिएन । यद्यपि शिक्षक शिक्षिकाहरु जुलुसमा क्रान्तिकारी गीत पनि गाउँथे । अभिव्यन्जनात्मक नाचहरु पनि नाच्थे । ठाउँ पाए समयले भ्याए छोटा सडक नाटक पनि मन्चन गर्थे । कविता पनि सुनाउँथे । पक्राउ परेर प्रहरी खोरमा यातना झेल्नुपर्दाका क्षणहरुमा पनि शिक्षहरु गीत गाउँथे । हाँसखेल ख्यालठट्टा गर्थे । यसबारे पञ्चायती प्रधानमन्त्री मन्त्री कसैले सार्वजनिक मन्चमा उभिएर नाक नचाउँदै खिसीट्यूरी गरेको कहिल्यै सुनिएन । शिक्षकहरु आन्दोलनकारी मात्र थिएनन्, गुरु पनि त थिए । चेलाचेलीहरुका दिलदिमागमा भएका अज्ञानका अन्धकारलाई ज्ञानको उज्यालोले बढारेर झलमल्ल पारिदिने गौरवशाली दायित्वबोध पनि त थियो गुरुगुरुमाहरुमा । सम्भवतः यसै कारण गुरु भने पछि पञ्चायती शासक प्रशासकहरु पनि जथाभावी बोल्न हच्कन्थे ।
त्यस शिक्षक आन्दोलनताका प्रधानमन्त्री थिए सूर्यबहादुर थापा । जालझेलमा कुख्यात । त्यस्ता प्रधानमन्त्री पनि एक पटक सन्जोगवस इन्द्रचोकमा शिक्षक जुलुससँग जम्काभेट हुँदा जुलुसको नेतृत्व गर्दै अघि अघि हिँडेका जुद्धोदयका पूर्व प्रधान अध्यापक रामजीप्रसाद गुरुसँग विनम्र आवाजमा ‘नमस्कार गुरु !’ भन्दै झुकेका थिए । खतरनाक पञ्चायती शासकहरुसँग पनि गुरुलाई अपमानित गर्ने हिम्मत थिएन । अगाडि पर्दा नतमस्तक हुन्थे ।
‘स्वर्णिम अवस्थाको व्यवस्था’ छ । र पनि मुलुकका शिक्षक शिक्षिकाहरु पेशागत हक अधिकारका लागि पहिलेजस्तै अहिले पनि आन्दोलनमा छन् । अनगिन्ती दुःखकष्ट बेहोर्दै सडकमा छन् । देख्नेलाई अचम्म लाग्छ । खराब सपनाजस्तो पनि लाग्छ ।
अहिले मुलुकमा विगतको तानाशाही पञ्चायती राज्यव्यवस्था छैन । त्यति वेलाका जस्ता पश्चगामी मन्त्री प्रधानमन्त्री छैनन् । मुलुकमा अँध्यारो हटाएर उज्यालो ल्याउनका लागि जेलनेल बेहोरेर आएका त्यागी तपस्वी देशभक्त जनवादी प्रधानमन्त्री मन्त्री छन् । ‘लोकतान्त्रिक गणतन्त्र’ व्यवस्था छ । ‘सुकोमल सुगन्धित फूलैफूलले बनेको समाजबाद उन्मुख लोकतान्त्रिक गणतन्त्रात्मक’ सम्विधान छ । कानुन छ । कानुनको राज छ । ‘सुशासन, समृद्ध नेपाल, सुखी नेपाली’ जस्ता शब्दहरु प्रधानमन्त्रीका मुखैमा बास बसेका छन् । यस्तो ‘स्वर्णिम अवस्थाको व्यवस्था’ छ । र पनि मुलुकका शिक्षक शिक्षिकाहरु पेशागत हक अधिकारका लागि पहिलेजस्तै अहिले पनि आन्दोलनमा छन् । अनगिन्ती दुःखकष्ट बेहोर्दै सडकमा छन् । देख्नेलाई अचम्म लाग्छ । खराब सपनाजस्तो पनि लाग्छ ।
पञ्चायत कालमा पनि आन्दोलन शिक्षक शिक्षिकाहरुको रहर थिएन । अहिले पनि आन्दोलन रहर होइन । वाध्यता नै हो । शिक्षक भएर पढाइआएकालाई थाहा हुन्छ शिक्षणकर्म राजनीतिक फट्याइँ होइन । सुखसयलको विलासलीला पनि होइन । नयाँ नेपाल निर्माणको गुरुतर जिम्मेवारी हो शिक्षण कर्म । मेहनतको काम हो ।
शिक्षक भएर पढाइआएकालाई थाहा हुन्छ शिक्षणकर्म राजनीतिक फट्याइँ होइन । सुखसयलको विलासलीला पनि होइन । नयाँ नेपाल निर्माणको गुरुतर जिम्मेवारी हो शिक्षण कर्म । मेहनतको काम हो ।
समय बदलिएको छ । आवश्यकता र आकांक्षाहरु बदलिएका छन् । पटक पटक आन्दोलन भएर दुई दुई पटक त सम्विधान बदलिइसक्यो । शिक्षा क्षेत्रमा भने ०२८सालको पञ्चायती ऐन आज पनि कायम छ । अक्षरहरुलाई न्याय दिनेजस्तो प्राज्ञिक काम पनि निरक्षर राजनीतिकहरुका हातमा पु¥याएर छोडिदिने परम्परा आज पनि कायमै छ । बडेमानको यो ‘सङ्घीय गणतान्त्रिक लोकतन्त्र’को ‘जनवादी’ शासन व्यवस्था आएर पनि यत्रा वर्षमा संसदबाट समयानुकूल एक थान शिक्षा ऐन बनाउन सकिएको छैन । व्यस्त सदनले भ्याएकै छैन । तै तै गणतान्त्रिक नेताहरु दृष्टिहीनरुपमै अग्रगामी छन् र लाज मानेका छैनन् । नत्र दिगम्वर पोजमा सत्ताका धुरीमा उभिएर खैँचडी नाच सहित आत्मप्रशंसाको भजन गाउन सक्ने थिएनन् ।
दुःखको कुरा, लोकप्रिय डा० सन्दुक रुइतले धेरै धेरै मान्छेलाई आँखा दिनु भयो । राष्ट्रिय अन्तर्राष्ट्रिय धेरै पुरष्कार पाउनुभयो । आफ्नै मुलुकको दृष्टिविहीन राज्यसत्तालाई भने नेपाल र नेपालीको अवस्था देख्ने आँखा दिन सक्नुभएको पाइएन । नेपालको गणतान्त्रिक राज्यसत्ता जन्मजात रुपमै नेत्रहीन थियो र कि ? इतिहासले उत्तर खोजेको छ ।
नेपालको गणतान्त्रिक राज्यसत्ता जन्मजात रुपमै नेत्रहीन थियो र कि ? इतिहासले उत्तर खोजेको छ ।
आज मुलुकको ढुंगा माटोले पनि प्रश्न गर्न थालेको छ ,जनतासँग छलफल नगरिकन मनोगत रुपमा कुँदिएका प्रावधानका आडमा देश र जनताका भाग्य भविष्य कुल्चँदै शिक्षाव्यवस्थालाई भीरका टुप्पामा पुर्याइनुको जिम्मेवार को ? शिक्षक शिक्षिकालाई कुनै न कुनै दलमा दर्ता नभई हलचल गर्न नसक्ने बनाइनुको जिम्मेवार को ? देशको माटो र बाटो नचिनेका शिक्षित मूर्खहरुलाई पाठ्क्रम र पाठयसामग्री निर्माणको ठेकेदार बनाएर मुलुकको शैक्षिक भविष्य नै अस्त व्यस्त बनाइनुको जिम्मेवार को ? मुलुकको शैक्षिक कार्यक्रममाथि विश्वास हराएर मुलुकबाट प्रतिवर्ष लाखौँको संख्यामा विद्यार्थीहरु विदेश पलायन हुने अवस्था बनाइनुको जिम्मेवार को ? मुलुकको समग्र शैक्षिक अवनति र एसइइमा बाउन्न प्रतिशत विद्यार्थी अनुत्तीर्णताको वास्तविक जिम्मेवार को ? प्रश्नहरु गम्भीर छन् र उत्तरापेक्षी छन् ।
शिक्षक शिक्षिकालाई कुनै न कुनै दलमा दर्ता नभई हलचल गर्न नसक्ने बनाइनुको जिम्मेवार को ? देशको माटो र बाटो नचिनेका शिक्षित मूर्खहरुलाई पाठ्क्रम र पाठयसामग्री निर्माणको ठेकेदार बनाएर मुलुकको शैक्षिक भविष्य नै अस्त व्यस्त बनाइनुको जिम्मेवार को ?
आजको ‘सङ्घीय गणतान्त्रिक लोकतान्त्रिक’ राज्यव्यवस्था सन्चालन गरिआएका कसैले वा सवैले जनताका शैक्षिक भविष्यको पूर्णसमाप्ति परिकल्पना गरेका थिए भने त्यो चाहिँ राम्रोसित सम्पन्न भएकै छ । अन्यथा यस अवस्था विशेषमा सरकार आफैले हलो अड्काएर गोरु कुट्न त मिल्ने थिएन नि, हैन र ? अपराध हुन्छ राजनीति गर्नेहरुको । नसीहत बज्रन्छ शिक्षक शिक्षिकाका थाप्लामा । तिनले न्याय खोज्न कहाँ जाने ? सवैतिर ‘लोकतान्त्रिक गणतन्त्रको ठेक्का पट्टामा नबाँधिएका’ सुनील प्रजापति, बालन, हर्क र गोपी हमालजस्ता देश र जनतालाई माया गर्ने सच्चा जनप्रतिनिधि त सवैतिर उपलब्ध छैनन् नि । कक्षा २सम्म उक्लेका र साउँअक्षरसँग राम्ररी चिनाजानी गर्नै नभ्याएका निक्खरा नेतानुचर बिचराहरु पनि राजनीतिमा छन् । तिनले विद्यालय कसरी बुझ्ने ? कसरी दिने न्याय ?
यति ‘भयङ्कर लोकतान्त्रिक गणतन्त्र’मा शिक्षकहरुको यो अवस्थालाई देश र जनताप्रति राज्यले गरिआएको अपहेलना र बेवास्ताको सर्वाधिक अग्लो ‘ओली टावर’ यही हो भनेर गौरव गर्ने हो कि ?
घिसिङ्लाई घँचेटेर शाक्यलाई ढसमस्स पार्ने र जनताको उज्यालोलाई सत्ताका बिचौलियाहरुको व्यापारिक खेल मैदान बनाइदिने जस्ता नातामुखी अभ्यासको निरन्तरता रहेको आजको सत्तासंस्कृतिमा खाइखेलिरहेका दलहरुको दलदल राजनीतिमा दूरुदराजका शिक्षक शिक्षिकाले मार्गदर्शन तथा प्रेरणा लिने कसबाट ? आफ्नो योग्यता क्षमता र मेहनतको मूल्याङ्कन पाउने कसरी ? जनताले ज्यान दिएर दुई दुई पटक सम्म राजनीतिक व्यवस्था फेरिए । यसबीच विधायकहरुकै तलवभत्तामा अर्वौँ खर्चभइसक्यो । ५४ वर्ष यसै बितिसके । एक थान शिक्षा ऐन पनि बन्न सकेन । जन्मबाट ५८वर्षमा त सेवानिवृत्त भइन्छ । कति त भौतारिँदैमा निवृत्त भइसके । यति ‘भयङ्कर लोकतान्त्रिक गणतन्त्र’मा शिक्षकहरुको यो अवस्थालाई देश र जनताप्रति राज्यले गरिआएको अपहेलना र बेवास्ताको सर्वाधिक अग्लो ‘ओली टावर’ यही हो भनेर गौरव गर्ने हो कि ? टावर त पक्कै हो । यसबाट धेरै उज्याला सम्भावनाहरु अँध्यारोमा हाम फालेर इतिहासका सुस्केरा बनिसकेका छन् । बन्दै छन् । यसको हिसाव सरकारले नराखे पनि जनताले त राखेको हुन सक्छ ।
घिसिङ्लाई घँचेटेर शाक्यलाई ढसमस्स पार्ने र जनताको उज्यालोलाई सत्ताका बिचौलियाहरुको व्यापारिक खेल मैदान बनाइदिने जस्ता नातामुखी अभ्यासको निरन्तरता रहेको आजको सत्तासंस्कृतिमा खाइखेलिरहेका दलहरुको दलदल राजनीतिमा दूरुदराजका शिक्षक शिक्षिकाले मार्गदर्शन तथा प्रेरणा लिने कसबाट ?
हरेक अनुशासनको आधारभूमि शिक्षा हो । शिक्षाले नै मुलुकलाई प्रगतिमा माथि उठाउँछ र महान् बनाउँछ । मुलुकका भाग्य भविष्यको स्थापत्य थाम्ने स्तम्भहरुको सुव्यवस्थित तारतम्य हो शिक्षाव्यस्था । यसै खम्बामा किसिम किसिमका राजनीतिक धमिराहरु सल्केपछि यो कमजोर हुनु र ढल्नु पनि अस्वाभाविक हुने छैन ।
विभिन्न वाध्यतावस आफै दल दलका दलदलमा फँसे पनि मुलुकका शिक्षक शिक्षिकाहरु नै हुन् जसले आजका यी तमाम विकृति विसंगतिहरुसँग जुधेर गाउँबस्ती र शहर टोल टोलका बालबालिकालाई जसोतसो विद्यालय कक्षामा जुटाइआएका छन् । अनिकालका बीउ बनिसकेका यी शिक्षिक शिक्षिकाहरुको पनि पीरमर्का नबुझ्नु, भावसंवेदना नबुझ्नु, सत्ताका माचमा उभिएर यिनैलाई तथानाम गाली दिनु अलिकति पनि शिक्षणसम्बन्धी जानकारी र विवेक भएका शासकहरुलाई सुहाउने कुरा हैन । सत्ताको माचमा उक्लेपछि प्रभुताको अहङ्कार प्रदर्शन गर्नैपर्छ, जसरी तसरी बोल्नैपर्छ भन्ने पनि होइन । बरु नजानेका कुरामा नबोल्दा धेरथोर इन्ज्जत कायम रहन्छ । यो महामहिम माननीय सम्माननीयहरुको निरपेक्ष्य आलोचना होइन, जनसाधारणको सापेक्ष्य गुनासो हो ।
आज विद्यालय शिक्षण क्षेत्रमा विगत पाँच दशकदेखि थिग्रँदै आएका पेशागत हकहितका समस्या छन् । तीव्र दलीकरणले हुर्काएका समस्याहरु पनि छन् । यी समस्या विभिन्न राजनीतिक दलदलमा परेका दलका दलसिङ्हरुले समाधान गर्दैनन् वा गर्नसक्दैनन् भने गुनासो गर्ने केन्द्रीय सरकारसितै हो । सुन्नु पर्ने कानले नसुनेपछि सवैले सुन्नेगरी चिच्याउन शिक्षक शिक्षिकाहरुले उत्रनु पर्ने राजधानीको सडकमा नै हो ।
भर्खरै सुनियो अहिले सडकमा शिक्षक आन्दोलनमाथि गणतन्त्रका प्रहरीले पञ्चायती शैलीमा व्यापक दमन र धरपकड शुरु गरेको छ । यो देखेर परम्परागत शब्दकोशको बिचरो ‘गणतन्त्र’ शब्द लाजले भुतुक्क भएको हुन सक्छ । वर्तमान शासकहरुले गणतन्त्र शब्दलाई लज्जास्पद विशेषणमा परिणत गरेर मुलुकमा ‘गणतान्त्रिक तानाशाही’ चलाउँदै छन् भन्ने बुझन र सटीक अर्थ दिन शब्दकोशलाई अझै अलि दिन लाग्ला कि ?
तपाईं जतिसुकै विद्वान् हुनुस्, जतिसुकै लाठालाठी र विकसित शस्त्रास्त्रले सुसज्जित भएर सत्ताका मदोन्मत्त हात्तीका पीठमा हौदा कसेर सवार हुनुहोस् आफूलाई जतिसुकै अजेय नायक ठान्दै हौसिएर महामानव ठान्न खोज्नुहोस् तपाईं जनताभन्दा अग्लो र जनताभन्दा शक्तिशाली चाहिँ होइन ।
सत्तामा सवार महामहिमहरु, हामी विनम्रतापूर्वक भन्छौँ जनताका आवाजहरु सुन्नुहोस् । तपाईं जतिसुकै विद्वान् हुनुस्, जतिसुकै लाठालाठी र विकसित शस्त्रास्त्रले सुसज्जित भएर सत्ताका मदोन्मत्त हात्तीका पीठमा हौदा कसेर सवार हुनुहोस् आफूलाई जतिसुकै अजेय नायक ठान्दै हौसिएर महामानव ठान्न खोज्नुहोस् तपाईं जनताभन्दा अग्लो र जनताभन्दा शक्तिशाली चाहिँ होइन । तपाईं चढेको सत्ता जनताले दिएको हात्ती हो । घमण्ड नगर्नुस्, गर्जेर नबोल्नुस् । सक्नुहुन्छ भने जनतासँग मिलेर शिक्षा लगायत मुलुकको सर्वांगीण प्रगति अभियानमा सरिक हुनुहोस् । एक दुइटा सिन्का भाँच्नुहोस् ।
इतिहासमा तपाईंजस्ता हात्तीमाथि चढेर आफ्नो औकात बिर्सने सत्तामदले उन्मत्त धेरै भए, ती क्षणिक पानीका थोपा थिए, प्रहसन थिए, जनताका स्मृतिमा आज तिनको नामोनिसान बाँकी छैन । जनताले दिएको दायित्वमा जसले गोरुजस्तै खटेर इमानदारीका साथ जनताको सेवा गरे ती जनताका सम्झनामा अजर अमर भएर चम्किरहेका छन् । मानव सभ्यता तिनैप्रति आभारी छ ।

देशको आवश्यकता शिक्षाको ढाँचा परिवर्तन हो

लेनिन: क्रान्तिको कठोर अनुशासन र मानवीय संवेदना

के मार्क्सवादीहरुले सुधारका काम गर्नु हुन्छ ?

नागरिकतन्त्रको विचारद्वारा परिवर्तन मार्गनिर्देशित हुनुपर्छ

गणतन्त्रको बोटमा ऐजेरु!

पारिजातः कसरी र कुन कुन मोड हुँदै अघि बढिन् ?

वर्तमान स्थितिबोध, प्रकृतिको यात्रा र पूर्वाग्रहचिन्तन

प्रतिक्रिया