समाजवाद र महिलाहरू

सोभियत संघका सबै भागहरूमा भएका महत्त्वपूर्ण सामाजिक परिवर्तनहरूमध्ये एक थियो– महिलाहरूको स्थितिमा आएको परिवर्तन। क्रान्तिले महिलाहरूलाई कानुनी र राजनीतिक समानता प्रदान गर्यो। औद्योगीकरणले समान पारिश्रमिकको आर्थिक आधार तयार गर्यो। तर हरेक गाउँमा महिलाहरूले अझै पनि शताब्दीयौँ पुराना परम्पराहरूविरुद्ध संघर्ष गर्नुपर्थ्यो । उदाहरणका लागि, साइबेरियाको एक गाउँबाट खबर आयो कि सामूहिक खेतहरूले प्रत्यक्ष रूपमा महिलाहरूलाई उनीहरूको स्वतन्त्र आम्दानी दिन थालेपछि सबै पत्नीहरूले पतिहरूबाट हुने कुटपिटविरुद्ध हड्तालको आयोजना गरे, र यसरी युगौँदेखि चल्दै आएको परम्परालाई केवल एक हप्तामै अन्त्य गरिदिए।
एक गाउँका अध्यक्षले मलाई भने, ‘जब हामीले हाम्रो गाउँको सोभियतमा पहिलो महिलालाई चयन गर्यौं, पुरुषहरूले उसको धेरै मजाक उडाए। तर अर्को निर्वाचनमा हामीले छ महिलाहरूलाई चयन गर्यौं, र अब हामी नै हाँस्छौं।’
सन् १९२८ मा मस्कोमा आयोजना हुने महिला सम्मेलनमा जाने एउटा रेलमा मैले साइबेरियाका बीस गाउँका महिला अध्यक्षहरूसँग भेटेँ। तिनीहरू मध्ये अधिकांशका लागि यो पहिलो रेल यात्रा थियो। यसअघि साइबेरियाबाट बाहिर गएकी एउटी मात्र महिला थिइन्। महिलाहरूका मागहरूबारे ‘सरकारलाई सल्लाह दिनका लागि’ उनीहरूलाई मस्कोमा आमन्त्रित गरिएको थियो।
सन् १९२८ मा मस्कोमा आयोजना हुने महिला सम्मेलनमा जाने एउटा रेलमा मैले साइबेरियाका बीस गाउँका महिला अध्यक्षहरूसँग भेटेँ। तिनीहरू मध्ये अधिकांशका लागि यो पहिलो रेल यात्रा थियो। यसअघि साइबेरियाबाट बाहिर गएकी एउटी मात्र महिला थिइन्। महिलाहरूका मागहरूबारे ‘सरकारलाई सल्लाह दिनका लागि’ उनीहरूलाई मस्कोमा आमन्त्रित गरिएको थियो। यस कार्यका लागि तिनीहरूलाई उनीहरूको ग्रामीण परिषद्बाट चयन गरी पठाइएको थियो।
महिलाहरूको स्वतन्त्रताका लागि सबैभन्दा कठिन संघर्ष मध्य एशियाका क्षेत्रहरूमा थियो। यहाँ महिलाहरूलाई चल सम्पत्ति मानिन्थ्यो र कम उमेरमै विवाह गरी पतिका हातमा बेचिन्थ्यो। त्यसपछि तिनीहरू सार्वजनिक रूपमा मात्र ‘परन्जा’ लगाएर बाहिर निस्कन सक्थे। परन्जा घोडाको कपालबाट बुनेको नकाब हुन्थ्यो, जसले सम्पूर्ण अनुहार छोप्थ्यो र सास फेर्न तथा ठीकसँग हेर्नसमेत कठिन बनाउँथ्यो। परम्पराका अनुसार, बिना नकाब बाहिर निस्कने महिलालाई हत्या गर्ने अधिकारसमेत उसका पतिको हातमा हुन्थ्यो। मुस्लिम धर्मगुरुहरू अर्थात् मुल्लाहरूले यसलाई धर्मको आधारमा समर्थन दिन्थे।
महिलाहरूको स्वतन्त्रताका लागि सबैभन्दा कठिन संघर्ष मध्य एशियाका क्षेत्रहरूमा थियो। यहाँ महिलाहरूलाई चल सम्पत्ति मानिन्थ्यो र कम उमेरमै विवाह गरी पतिका हातमा बेचिन्थ्यो।
यहाँ पहिलोपटक रुसी महिलाहरू स्वतन्त्रताको सन्देश लिएर आइन्। तिनीहरूले बाल कल्याण चिकित्सालयहरू खोले, जहाँ स्थानीय महिलाहरूले एकअर्काको सामु आफ्नो नकाब हटाउन सक्थे। त्यहाँ महिलाका अधिकार र परदाका कुप्रथाहरूको बारेमा छलफल गरिन्थ्यो। कम्युनिस्ट पार्टीले आफ्ना सदस्यहरूलाई आफ्नी श्रीमतीलाई बिना नकाब रहने अनुमति दिन दबाब दियो।
जब म पहिलोपटक सन् १९२८ मा ताशकन्द गएँ, त्यहाँ कम्युनिस्ट महिलाहरूको एक सम्मेलनमा घोषणा भइरहेको थियो— ‘पिछडिएका गाउँहरूमा हाम्रा सदस्यहरूलाई बेइज्जत गरिन्छ, यातना दिइन्छ, र हत्या गरिन्छ। तर यो वर्ष हामीले यो घृणित परम्पराको अन्त्य गर्नैपर्छ। यो ऐतिहासिक वर्ष हुनुपर्छ।’
यो संकल्पका पछाडि हृदयविदारक घटनाहरू लुकेका थिए। ताशकन्दको एउटा स्कुलकी एक छात्राले आफ्नो छुट्टीको समय आफ्नो गाउँमा महिला अधिकारको आन्दोलन गर्न प्रयोग गरिन्। तर उसको शरीरलाई टुक्राटुक्रा पारेर एउटा गाडीमा स्कुल फिर्ता पठाइयो। गाडीमा एउटा सन्देश टाँसिएको थियो— ‘यो नै तिम्री महिलाहरूको स्वतन्त्रताको इनाम हो।’
कम्युनिस्ट महिलाहरूको एक सम्मेलनमा घोषणा भइरहेको थियो— ‘पिछडिएका गाउँहरूमा हाम्रा सदस्यहरूलाई बेइज्जत गरिन्छ, यातना दिइन्छ, र हत्या गरिन्छ। तर यो वर्ष हामीले यो घृणित परम्पराको अन्त्य गर्नैपर्छ। यो ऐतिहासिक वर्ष हुनुपर्छ।’
एक अन्य महिलाले एक स्थानीय जमीन्दारको विवाह प्रस्ताव अस्वीकार गरी कम्युनिस्टसँग विवाह गरेकी थिइन्। त्यस जमीन्दारद्वारा उक्साइएका १८ जना पुरुषहरूको समूहले उनलाई गर्भावस्थाको आठौँ महिनामा सामूहिक बलात्कार गर्यो र उनको शरीर नदीमा फालिदियो।
आफ्नो संघर्षको अभिव्यक्ति गर्न महिलाहरूले कविताहरू लेखे। स्वतन्त्रताको एक महान् सेनानी जुल्फिया खानलाई मुल्लाहरूले जिउँदै जलाए। त्यसपछि उनको गाउँका महिलाहरूले यो शोक गीत लेखे—
ओ नारी, संसारले कहिल्यै भुल्न सक्दैन
तिम्रो स्वतन्त्रताको संघर्ष।
हामी तिनीहरूलाई यो सोच्न दिने छैनौं
कि त्यो आगोले तिमीलाई समाप्त गर्न सक्यो।
तिमीलाई जलाउने ज्वालाहरू नै
अब हाम्रो हातमा मशाल बनेका छन्।
रूढीवादी दमनको किल्ला थियो ‘पवित्र बुखारा’।
यहाँ पर्दा प्रथा अन्त्य गर्ने आन्दोलन ठूलो नाटकीय शैलीमा संगठित गरिएको थियो। अन्तर्राष्ट्रिय महिला दिवस आठ मार्चमा 'एक अत्यन्तै दर्शनीय घटना' हुनेछ भनेर व्यापक प्रचारप्रसार गरियो । त्यस दिन शहरका विभिन्न भागहरूमा महिलाहरूको जनसभा भयो। महिला वक्ताहरूले महिलाहरूलाई 'सबै जनाले आफ्ना पर्दाहरू तुरुन्तै फ्याँकिदिनुहोस्' भनी आह्वान गरे । त्यसपछि महिलाहरू एक-एक गरी मञ्चमा गइन्। वक्ताहरूको सामुन्ने आफ्ना पर्दाहरू फ्याँकिदिए र बिना पर्दा नै सडकमा परेड गर्न निस्किइन्। पहिले नै यस्ता अन्य पण्डालहरूको व्यवस्था गरिएको थियो जहाँ सरकारी नेताहरूले ती महिलाहरूको अभिनन्दन गरे।
घरमा बसेका अन्य महिलाहरू पनि बाहिर निस्किए र आफ्ना बुर्का फ्याँक्दै पण्डालतर्फ जाने जुलूसमा सामेल हुन थाले। त्यस जुलूसले धर्मको नगरी बुखारामा पर्दा प्रथालाई तोडिदिएको थियो। अर्को कुरा के रह्यो भने धेरै महिलाहरूले आफ्नो क्रोधित पतिसँग सामना हुनुअघि पुनः बुर्का ओढेका थिए। तर, त्यस दिनपछि बुर्काको प्रचलन क्रमशः घट्दै गयो।
महिलाहरूलाई स्वतन्त्र बनाउन सोभियत सत्ताले धेरै उपायहरूको प्रयोग गर्यो– शिक्षा प्रवर्द्धनको, कानुनी व्यवस्थाको। प्रत्येकको आ-आफ्नो भूमिका थियो। पत्नीमाथि हिंसा गर्ने पतिहरूलाई दण्डित गर्नका लागि ठूला-ठूला जनसुनुवाइहरू आयोजित गरियो। यी नयाँ प्रचार अभियानहरूले यस्ता अपराधहरूका लागि मृत्युदण्ड सुनाउने न्यायाधीशहरूलाई बल प्रदान गर्यो। पत्नीको हत्या गर्नु पुराना परम्पराहरूमा अपराध मानिँदैन थियो। रुसकै जस्तै यहाँ पनि महिलाहरूको स्वतन्त्रताको सबैभन्दा महत्वपूर्ण हतियार नयाँ औद्योगीकरण रह्यो।
पत्नीमाथि हिंसा गर्ने पतिहरूलाई दण्डित गर्नका लागि ठूला-ठूला जनसुनुवाइहरू आयोजित गरियो। यी नयाँ प्रचार अभियानहरूले यस्ता अपराधहरूका लागि मृत्युदण्ड सुनाउने न्यायाधीशहरूलाई बल प्रदान गर्यो।
पुरानो बुखारामा म एउटा रेशम कारखानामा गएँ। यसको निर्देशक पहेँलो मुहारको थकित मानिस थियो, जो यस नयाँ उद्योगको निर्माणमा दिनरात अथक रूपमा लागिपरेको थियो। उसले भन्यो कि लामो समयसम्म यस कारखानाबाट मुनाफा कमाउने अपेक्षा छैन। ‘हामी तुर्किस्तानका भावी रेशम कारखानाहरूका लागि कर्मचारी तयार गर्ने उद्देश्यले यहाँ गाउँकी महिलाहरूलाई प्रशिक्षण दिइरहेका छौँ। हामी यो कुरामा जोड दिन्छौं कि कारखानामा महिलाहरू बिना बुर्का नै काम गर्नेछन्। यसरी, हाम्रो कारखाना एउटा त्यस्तो शक्ति हो, जसले सचेत रूपमा महिलाहरूबीच बुर्का प्रथाको अन्त्य गरिरहेको छ।’
किशोरी कपडा मजदुरहरूले जब बुर्का फ्याँकेर टाउकोमा बाँध्ने रुसी शैलीको रूमाल अपनाए, तब आफ्नो परिवर्तन भएको जीवनको नयाँ अर्थ गीतहरूमा यसरी व्यक्त गरे:
जब म कारखानाको सडकमा पुगेँ
तब मैले भेटेँ नयाँ रूमाल,
एउटा रातो रूमाल, एउटा रेशमी रूमाल।
यसलाई मैले किनेँ, आफ्नै हातको श्रमबाट।
अब कारखानाको गर्जन मभित्र गुञ्जन्छ,
यसले मलाई दिन्छ नयाँ उत्साह, नयाँ ताल,
यो रेशमी रूमाल, यो रातो रूमाल।
यी पंक्तिहरू पढ्दा स्वतः नै यसको विरोधाभासी ‘कमीजको गीत’ का पंक्तिहरू स्मरण हुन्छन्। थोमस हुडको यस गीतले बेलायतका सुरुवाती कारखानाहरूको परिदृश्य चित्रण गरेको थियोः
थकित, निस्साह उँगलिहरू जसकी,
भारी रातो भइसकेका थिए पलकहरू जसकी,
फाटेका चिथडाहरूमा लज्जित त्यो महिला,
आफ्नो सुईमा धागो पिरोइरहन्छे,
सिउँदै जान्छे, सिउँदै जान्छे।
भोक, गरिबी, फोहरमैला बीच पनि त्यो महिला
अत्यन्तै उदास सुरमा गाउन पुग्छे—
कमीजको गीत।
पूँजीवादी बेलायतमा कारखानाहरू नाफाका लागि श्रम शोषणको हतियारका रूपमा उभिएका थिए।तर सोभियत संघमा ती केवल सामूहिक सम्पत्तिको साधन मात्र थिएनन्, बरु पुराना बन्धनहरू तोड्न सचेत रूपमा प्रयोग गरिएका एक सशक्त औजार पनि थिए।
(अन्ना लुई स्ट्रांगको पुस्तक ‘स्टालिन युग’ बाट)

भियतनाम एकीकरणको ५० वर्ष !

तु युयु, हो चि मिन्ह, माओ त्सेतुङ र मलेरियाविरुद्धको संघर्ष

बस्तरमा नरसंहार

लखेटिएका तीन साहु !

‘चैत्र– ३’ : प्रजातान्त्रिक आन्दोलनको एक अभूतपूर्व घटना !

नामको अभिशाप: केनन बनानाको दु:खान्त कथा

निकोलाई चाउचेस्कु: अति महत्वाकांक्षाको दुर्दान्त अन्त्य

प्रतिक्रिया