एक भद्र अवज्ञा जसले अमेरिकाको इतिहास बदल्यो !

रोजा पार्क्स: रङ्गभेदविरोधी सङ्घर्षका अमर योद्धा

विश्वलाई नै मानवाधिकारको पाठ पढाउने कुरामा सधैं अघि सर्ने मुलुक हो अमेरिका । तर त्यही मुलुक अमेरिकाको इतिहासलाई फर्केर हेर्ने हो भने उसको अनुहारमा रङ्गभेदको कालो पोतिएको फेला पर्छ । धेरै टाढा जानै पर्दैन, सन् १९५०–६० को दशकमा नै पनि अमेरिकामा रङ्गभेदको व्यापक बोलबाला थियो । मानिसको छालाको रङको आधारमा विभेदपूर्ण कानूनहरु बनाइएका र लागू गरिएका थिए ।

त्यसका विरुद्ध अमेरिकामा थुप्रै संघर्षहरु भएका थिए । त्यसमध्येका एक रोजा पार्कले गरेको संघर्षको घटना विशेष उल्लेखनीय छ । तत्कालीन रङ्गभेदवादी कानूनी व्यवस्था र प्रचलनका विरुद्ध उनले गरेको भद्र अवज्ञाले त्यहाँको रङ्गभेदी शासनव्यवस्थाको जग हल्लाइदिएको थियो र जसको कारण अन्तत: त्यहाँको राज्य र अदालतले रङ्गभेदी कानूनलाई असंवैधानिक घोषित गर्न बाध्य भएको थियो ।

आउनुहोस्, आठ मार्चको अवसरमा हामी तिनै महान अस्वेत महिला रोजा पार्क्सले गरेका सङ्घर्षका बारेमा पढौं ।

प्रारम्भिक जीवन

रोजा पार्क्सको जन्म ४ फेब्रुअरी १९१३ मा अमेरिकी राज्य अलाबामाको टस्केगी (Tuskegee) भन्ने ठाउँमा भएको थियो। उनको वास्तविक नाम रोजा लुइस म्याकाउली पार्क्स (Rosa Louise McCauley Parks) हो।

उनका बाबु जेम्स म्याकाउली पेशाले सिकर्मी थिए भने आमा लियोना म्याकाउली एक शिक्षिका थिइन्। रोजा सानो छँदै उनका बाबु-आमाको सम्बन्ध बिग्रिएको थियो । सोही कारण रोजाकी आमा उनलाई लिएर पाइन लेभल भन्ने गाउँमा हजुरबुबा-हजुरआमासँग बस्न गइन्।

त्यतिबेला अफ्रिकी-अमेरिकी समुदायमाथि चरम रंगभेद (racial segregation) थियो। त्यबेला गोरा छाला भएकाहरुका लागि सुविधायुक्त विद्यालय, राम्रो यातायात, पुस्तकालय आदि उपलब्ध थिए, तर अस्वेतहरूका लागि आधारभूत सुविधा पनि थिएनन्।

शिक्षा र प्रारम्भिक संघर्ष

रोजा पार्क्सले बाल्यकालमा मोन्टगोमेरी इन्डस्ट्रियल स्कुल फर गर्ल्समा  अध्ययन गरिन्। यो विद्यालय अफ्रिकी-अमेरिकी बालिकाहरूलाई शिक्षा दिने उद्देश्यले स्थापना गरिएको थियो।तर आमाको बिरामीको कारण उनले १६ वर्षको उमेरमै उनले आफ्नो अध्ययन बीचैमा छोड्नुपर्‍यो । पढाइ रोकेर परिवारको हेरचाह गर्नुपर्ने जिम्मेवारी उनको कलिलो काँधमा आइलाग्यो ।

पछि स्थिति अनुकूल भएपछि रोजाले अल्बामा स्टेट टिचर्स कलेजमा फेरि अध्ययन सुरु गरिन्।

विवाह र आन्दोलनमा संलग्नता

सन् १९३२ मा रोजाले रेमण्ड पार्क्ससँग विवाह गरिन्। त्यसबेला उनको उमेर १९ वर्षको थियो । सिलाइ पेशामा संलग्न उनका पति  रेमण्ड नागरिक अधिकार अभियानमा  पनि संलग्न थिए। बाल्यकाल नै जातीय विभेद र असमानताको छायामा बितेका तथा अफ्रिकी-अमेरिकी समुदायमा हुने अन्यायले सामाजिक सचेतनाको पाठ सिकाएका रोजा पनि विवाहपछि नागरिक अधिकार आन्दोलनमा सक्रिय भइन्। उनी NAACP (National Association for the Advancement of Colored People) नामक संगठनसँग आबद्ध भइन्।

बस बहिष्कारको ऐतिहासिक घटना

१ डिसेम्बर १९५५ को दिन रोजा पार्क्स आफ्नो कामबाट फर्कदैथिइन् । उनी मोन्टगोमरी फेयर डिपार्टमेन्ट स्टोरमा काम गर्थिन् । दिनभरिको कामको बोझले उनी थकित थिइन् । बेलुकीको ५:३० बजे  छुट्टी भएपछि आफूले काम गर्ने स्टोरबाट केही पर रहेको बस बिसौनीसम्म हिँडेर गइन् र बस कुर्न थालिन् ।

एउटा बस आयो तर बसमा भीड थियो । उनी त्यसमा चढिनन् । केहीबरेपछि Cleveland Avenue Bus को अर्को केही खाली बस आएपछि उनी त्यसमा चढिन्।  सदा झैं उनले चालकलाई १० सेन्ट भाडा तिरिन् र अश्वेतहरुका लागि छुट्याइएको सीटमा गएर बसिन् । उनको दायाँपट्टि झ्याल छेउमा एकजना अश्वेत पुरुष थिए, जबकि उनको देब्रेतर्फ लहरको सीटमा दुई कालो महिलाहरू बसेका थिए।

प्रत्येक बसका पहिलो १० सिट गोराहरूका लागि मात्र सुरक्षित थिए। यहाँसम्म कि बसमा अश्वेत यात्रुहरू मात्र हुँदा पनि  गल्लीभरि उभिनुपर्थ्यो, कालाहरूले ती सिटहरू प्रयोग गर्न सक्दैनथे। त्यसमाथि थप यदि बस भरिएर आउँदा कुनै गोरालाई सिट चाहिएमा, अश्वेत यात्रुले आफ्नो सिट छोड्नुपर्थ्यो।

त्यो समयमा अमेरिकी दक्षिणी राज्यहरूमा कडा रंगभेदी कानुनहरू थिए, जसलाई ‘Jim Crow Laws’ भनिन्थ्यो। त्यस कानुन अनुसार, बसमा सेताहरूका लागि अगाडि र अफ्रिकी-अमेरिकीहरूका लागि पछाडि सिट छुट्याइएको थियो। प्रत्येक बसका पहिलो १० सिट गोराहरूका लागि मात्र सुरक्षित थिए। यहाँसम्म कि बसमा अश्वेत यात्रुहरू मात्र हुँदा पनि  गल्लीभरि उभिनुपर्थ्यो, कालाहरूले ती सिटहरू प्रयोग गर्न सक्दैनथे। त्यसमाथि थप यदि बस भरिएर आउँदा कुनै गोरालाई सिट चाहिएमा, अश्वेत यात्रुले आफ्नो सिट छोड्नुपर्थ्यो।

आफूले सिट पाएकोमा प्रशन्न बनेक पार्क्स आफ्नो हातमा झोला र पर्स लिएर सीटमा बसेकी थिइन् ।  उनले घरमा अझै गर्नुपर्ने कामबारे सोचिरहेकी थिइन्—जसमा उनलाई पत्रहरू तयार पारेर पठाउनु थियो, जुन कार्य उनी राष्ट्रिय रंगभेदी उन्मूलन संघ (NAACP) को मोन्टगोमरी शाखाका स्वयंसेवी सचिवको रूपमा गरिरहेकी थिइन्। यो संगठन राष्ट्रकै सबैभन्दा पुरानो र प्रमुख नागरिक अधिकार संस्था थियो। उनले सोचिन्—यस समयसम्म उनका श्रीमान् रेमण्ड घर आइपुगेका होलान् र ह्याम तथा कोलार्ड ग्रीनको खान तयार गरिरहेका होलान्। उनी उनलाई चाँडै नै आउँछिन् भन्ने अपेक्षा गरिरहेका थिए।

पार्क्स चढेको बस तेस्रो स्टप  एम्पायर थिएटरमा रोकियो । त्यहाँबाट जहाँ छ जना गोरा यात्रुहरु चढे । उनीहरु चढेपछि गोराहरुलाई छुट्याइएको बसको अघिल्लो भागका सबै  सिटहरू भरिए। एक जना गोरा यात्रुलाई बस्न सीट पुगेन, उनी उभिन बाध्य भए। तर उनी कुनै गुनासो नगरिकन शान्त रुपमा उभिएरै यात्रा गरिरहेका थिए ।

जेम्स एफ. ब्लेक नाम गरेका बसका चालकले त्यो देखेर छैटौं लाइनमा बसेका चार जना कालाहरूलाई उठ्न आदेश दिए, ताकि ती सेता यात्रु बस्न सकून् । हेक्का योग्य कुरा के थियो भने उनले एक जना गोरालाई बसाउनका लागि चारजना अश्वेत यात्रुहरुलाई उठाएका थिए । त्यसो गर्नुको कारण चाहिँ ती गोरा व्यक्ति अश्वेत व्यक्तिसँग एकै लाइनको सीटमा बस्नु नपरोस् भन्ने नै थियो ।

चालकको आदेश खुरुक्क मानेर रोजासँगै बसेकी अश्वेत पुरुष उठे । रोजाले आफ्ना खुट्टा पन्छाएर उनलाई बाटो बनाइदिए । उनको पारीपट्टि बसेकी दुई अश्वेत महिलाले पनि सीट छाडेर उभिए । तर रोजाले सीट छाडिनन् । उनी झ्यालतिरको सीटमा सरे, जहाँ केहीबेरअघिसम्म अश्वेत व्यक्ति बसेका थिए र चालकको आदेशमा सीट छाडेका थिए ।

त्यो देखेर रिसाएका ड्राइभर रोजानेर आए र अलि चर्को स्वरमामा रोजा पार्क्सलाई आफ्नो सिट छोड्न आदेश दिए। तर रोजाले त्यसरी सीट छाडिदिन ठाडै अस्वीकार गरिन्। त्यहाँ रहेका थुप्रै अश्वेतहरुले रोजालाई गोराहरुसँग त्यसरी निहुँ खोजेर संकट नमोल्न सल्लाह दिए । तर उनी टसका मस भइनन् । रङ्गभेदविरुद्ध उनी सतिसाल बनेर जुघ्न तयार भइन् ।

https://i4.hurimg.com

रोजाको कदमले तिल्मिलाएका ड्राइभरले प्रहरी बोलाउने धम्की दिए तर रोजा डेग चलिनन् । चालक बसबाट ओर्लिएर तुरुन्तै दुइजना प्रहरी बोलाए । रोजा पार्क्सलाई "Montgomery City Code" उल्लङ्घन गरेको अभियोगमा गिरफ्तार गरियो।

त्यसबेला प्रचलित अमानवीय कानून अनुसार रोजाले त्यसरी सीट छाड्न अस्वीकार गर्नु गैरकानूनी थियो, वास्तवमा त्यो ‘श्वेत सर्वोच्चता’ लाई दिइएको ठाडो हाँक र चुनौती नै थियो । रोजाको कदमले तिल्मिलाएका ड्राइभरले प्रहरी बोलाउने धम्की दिए तर रोजा डेग चलिनन् । चालक बसबाट ओर्लिएर तुरुन्तै दुइजना प्रहरी बोलाए । रोजा पार्क्सलाई "Montgomery City Code" उल्लङ्घन गरेको अभियोगमा गिरफ्तार गरियो। त्यो घटनाको कसैले प्रतिवाद गरेनन् ।

रोजालाई पक्राउ गरेर सिटी हल लगियो । त्यहाँ रोजाले एउटा धारानजिक पुगेर पानी खान खोजिन् तर पुलिसले उनलाई रोक्यो ।

सिटी हल लगेपछि रोजाको औंठा छाप लिइयो, फोटो खिचियो र बल्ल उनलाई कसलाई फोन गर्न लागेको हो भन्ने कुरा लिखित रुपमा कागज गरेर मात्रै फोन गर्न दिइयो । त्यसपछि एक गोरा महिला पुलिसकर्मीले उनलाई थुनुवा राख्ने खोरतिर लगे ।

पार्क्सलाई पक्राउ गरिएको खबर मोन्टगोमेरी एनएएसीपीका पूर्व नेता र शहरका प्रमुख अश्वेत कार्यकर्ता एग्डर डानियल निक्सनसम्म पुगिसकेको थियो । रोजालाई पक्राउ गरिएको घटनाको कुनै प्रत्यक्षदर्शीले उनलाई खबर गरिदिएका थिए । निक्सनले फोनमार्फत रोजालाई पक्राउ गरिनुको कारण जान्न खोजे तर प्रहरीले उनलाई जवाफ दिन जरुरी ठानेन, फोन काटिदिए । त्यसपछि निक्सनले मोन्टगोमेरीका प्रभावशाली वकील क्लिफोर्ड डर्रमार्फत् पुलिस स्टेसनमा सोधपुछ गरेपछि थाहा पाए– सेग्रेगेशन कानूनी उल्लंघनको आरोपमा पक्राउ गरिएको रहेछ !

मार्टिन लुथरका साथ रोजा । https://i.iheart.com

रोजा पार्क्सको गिरफ्तारीको घटनापछि अमेरिकामा रङ्गभेदविरुद्ध ठूलै अभियान शुरु भयो । Montgomery Improvement Association (MIA) ले उनको समर्थनमा मोन्टगोमरी बस बहिष्कार अभियान थाल्यो । यो आन्दोलनको नेतृत्व मार्टिन लुथर किङ्ग जुनियरले गरेका थिए ।  अमेरिकी इतिहासको सबैभन्दा ठूलो शान्तिपूर्ण प्रतिरोध—मोन्टगोमरी बस बहिष्कार आन्दोलनले अमेरिकी शासनसत्तालाई नराम्ररी हल्लाइदियो ।

तत्कालै डर्र, निक्सनहरु पुलिस स्टेशनमा पुगे र १०० डलर जमानतमा रोजालाई छुटाए ।

रोजा पार्क्सको गिरफ्तारीको घटनापछि अमेरिकामा रङ्गभेदविरुद्ध ठूलै अभियान शुरु भयो । Montgomery Improvement Association (MIA) ले उनको समर्थनमा मोन्टगोमरी बस बहिष्कार अभियान थाल्यो । यो आन्दोलनको नेतृत्व मार्टिन लुथर किङ्ग जुनियरले गरेका थिए । त्यो आन्दोलन यति सशक्त रुपमा अघि बढ्यो कि  अफ्रिकी-अमेरिकी समुदायका लाखौं व्यक्तिले बस चढ्न छोडे।यो बहिष्कार ३८१ दिनसम्म चल्यो।बस कम्पनीले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपर्‍यो। अमेरिकी इतिहासको सबैभन्दा ठूलो शान्तिपूर्ण प्रतिरोध—मोन्टगोमरी बस बहिष्कार आन्दोलनले अमेरिकी शासनसत्तालाई नराम्ररी हल्लाइदियो ।

अन्ततः, अमेरिकी सर्वोच्च अदालतले १३ नोभेम्बर १९५६ मा बसमा रंगभेदी नियम असंवैधानिक भएको निर्णय गर्‍यो। यो निर्णय नागरिक अधिकार आन्दोलनको एउटा ठूलो जित थियो। रोजा पार्क्सको साहसले सम्पूर्ण देशलाई एकताबद्ध गर्यो र अहिंसात्मक प्रतिरोधको मार्ग प्रशस्त गर्यो।

रोजा पार्क्स नागरिक अधिकार आन्दोलनको प्रतीक बनिन्। उनले अफ्रिकी-अमेरिकीहरूको अधिकारका लागि धेरै संघर्ष गरिन्। उनले नारी अधिकार, श्रमिक अधिकार, तथा शिक्षा सुधारको क्षेत्रमा पनि काम गरिन्। उनले जीवनभर समानताको लागि संघर्ष जारी राखिन्।

सम्मान र निधन

सन् १९९६ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले उनलाई Presidential Medal of Freedom दिए। सन् १९९९ मा उनलाई Congressional Gold Medal प्रदान गरियो। १९९९ मा, अमेरिकी कंग्रेसले उनलाई "नागरिक अधिकारको जीवित महिला" घोषणा गर्यो।

तत्कालीन राष्ट्रपति क्लिन्टनद्वारा सम्मान प्रदान गरिँदै । https://pochestorie.corriere.it

रोजा पार्क्सको निधन २४ अक्टोबर २००५ मा भयो। उनलाई "नागरिक अधिकार आन्दोलनको माता" भनेर सम्झिने गरिन्छ । रङ्गभेदविरुद्ध उनले प्रदर्शन गरेको साहस तथा समानताका लागि समर्पित उनको जीवनकथाले विश्वभरका शोषित समुदायहरूलाई प्रेरणा दिन्छ। अमेरिकामा उनको सम्मानमा स्मारकहरू, हुलाक टिकट, र पुस्तकहरू समर्पित गरिएका छन्।

निष्कर्ष

रोजा पार्क्स केवल एक साधारण महिला थिइनन्, उनी त अमेरिकी इतिहासमा रङ्गभेदी कानूनलाई धूलो चटाउने तथा नागरिक अधिकार आन्दोलनको प्रेरणादायी व्यक्तित्व बनिन्। उनका साना देखिने तर साहसिक कदमहरूले अमेरिका र विश्वभर सामाजिक न्यायको आन्दोलनलाई बल दिए। वास्तवमा रोजा पार्क्सको एकल साहसपूर्ण कदमले अमेरिकी इतिहासको धारा नै बदलिदिएको थियो। उनले  शान्तिपूर्ण प्रतिरोध र दृढ संकल्पले अन्यायको प्रणालीलाई चुनौती दिन सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेर देखाइदिए । आज पनि उनको जीवन हरेक व्यक्तिलाई न्यायको लागि उभिने साहस प्रदान गर्छ।

Main image: https://sun9-50.userapi.com