अधिनायकवादका समस्याहरु
सम्पूर्ण जनसमुदायले भाग नलिँदा केही आधिकारिक डेस्कका पछाडि दर्जनौं बौद्धिकहरूले फरमानद्वारा समाजवाद लागू गर्नेछन्!

The State and Revolution: The Transition from Capitalism to Communism मा Lenin भन्छन्– बुर्जुवा राज्य श्रमिक वर्गलाई दमन गर्ने एउटा साधन हो भने समाजवादी राज्य भने बुर्जुवावर्गलाई दमन गर्ने साधन हो। केही हदसम्म उनी यसलाई केवल पुँजीवादी राज्यलाई उल्टाएर राखेको जस्तै देखाउँछन्। तर यो सरलीकृत दृष्टिकोणले सबैभन्दा अत्यावश्यक पक्ष छुटाउँछ: बुर्जुवा वर्गीय शासनलाई कम्तीमा केही निश्चित सीमाभन्दा बाहिर जनसाधारणको राजनीतिक प्रशिक्षण र शिक्षाको आवश्यक छैन । तर सर्वहारा अधिनायकत्वका लागि भने यो जीवन-तत्त्व हो, यस्तो हावा हो जसबिना यसको अस्तित्व रहन सक्दैन।
“खुला र प्रत्यक्ष रूपमा सरकारी सत्ताका लागि गरिएको संघर्षलाई धन्यवाद छ,” त्रोत्स्की लेख्छन्, “मेहनती जनसमूहहरू अति कम समयमा नै ठूलो मात्रामा राजनीतिक अनुभव संकलन गर्छन् र आफ्नो विकासको एक चरणबाट अर्को चरणमा छिटो अघि बढ्छन्।”
यहाँ त्रोत्स्कीले आफूलाई र आफ्नै साथीहरूलाई खण्डन गर्छन्। किनकि यदि यो सत्य हो भने, तिनैहरूले सार्वजनिक जीवनको दमन गरेर राजनीतिक अनुभवको मूल स्रोतलाई बन्द गरिदिएका छन्! अथवा, हामीले यस्तो मान्नुपर्ने हुन्छ कि अनुभव र विकास बोल्शेविकहरूले सत्ता कब्जा गर्ने क्षणसम्म मात्र आवश्यक थियो, अनि त्यसपछि—जब यो आफ्नो उच्चतम शिखरमा पुग्यो—त्यो अनावश्यक भयो। (लेनिनको भाषण: “रूस समाजवादका लागि जितिएको छ!!!”)
वास्तवमा, सत्य ठीक उल्टो छ! बोल्शेविकहरूले जुन विशाल कार्यहरू हिम्मत र दृढसङ्कल्पका साथ उठाएका छन्, तिनैले जनसमूहहरूको अत्यन्त तीव्र राजनीतिक प्रशिक्षण र अनुभवको संचयको माग गर्छन्।
राजनीतिक स्वतन्त्रताको सबै शिक्षाप्रद, स्वास्थ्यप्रद र शुद्धिकरण गर्ने तत्वहरू यसै आधारभूत विशेषतामा निर्भर गर्छन्, र जब “स्वतन्त्रता” एउटा विशेषाधिकार बन्छ, तब यसको प्रभावकारिता समाप्त हुन्छ।
सरकारका समर्थकहरूका लागि मात्र स्वतन्त्रता, एउटा पार्टीका सदस्यहरूका लागि मात्र स्वतन्त्रता—उनीहरूको संख्या जति धेरै भए पनि—कुनै स्वतन्त्रता होइन। स्वतन्त्रता सधैं र विशेष रूपले त्यस व्यक्तिका लागि हुनुपर्छ जसले फरक सोच्दछ। यो कुनै कट्टरतापूर्ण “न्याय” को अवधारणाका कारण होइन, किनभने राजनीतिक स्वतन्त्रताको सबै शिक्षाप्रद, स्वास्थ्यप्रद र शुद्धिकरण गर्ने तत्वहरू यसै आधारभूत विशेषतामा निर्भर गर्छन्, र जब “स्वतन्त्रता” एउटा विशेषाधिकार बन्छ, तब यसको प्रभावकारिता समाप्त हुन्छ।
बोल्शेविकहरूले स्वयं पनि, हातलाई मुटुमा राखेर, यो अस्वीकार गर्न चाहने छैनन् कि तिनीहरूले एक-एक कदम अगाडि बढ्दै जमिन जाँच्नुपरेको छ, प्रयास गर्नुपरेको छ, प्रयोग गर्नुपरेको छ, कहिले एउटा तरिका त कहिले अर्को तरिका अपनाएर परीक्षण गर्नुपरेको छ, र तिनीहरूका धेरै उपायहरू अमूल्य ज्ञानको मोती होइनन्। यही अवस्था हामी सबैको हुनेछ जब हामी पनि त्यही बिन्दुमा पुग्नेछौं—यद्यपि त्यही कठिन परिस्थितिहरू सबै ठाउँमा नहुन सक्छन्।
समाजवादको व्यवहारिक कार्यान्वयन कुनै पहिल्यै तयार गरिएका उपायहरूको योगफल होइन, जसलाई केवल लागू गरिदिए पुग्छ; बरु आर्थिक, सामाजिक, तथा कानुनी प्रणालीका रूपमा समाजवादको व्यावहारिक परिपूर्णता भविष्यको कुहिरोभित्र लुकेको छ।
लेनिन-त्रोत्स्कीको अधिनायकत्व सम्बन्धी सिद्धान्तको मौन पूर्वधारणा के हो भने समाजवादी रूपान्तरण एउटा यस्तो प्रक्रिया हो जसका लागि क्रान्तिकारी पार्टीको गोजीमा बनिबनाउ एउटा सूत्र हुन्छ, जसलाई केवल जोशका साथ व्यवहारमा लागू गर्नुपर्ने मात्र हुन्छ।
दुर्भाग्यवश—वा सम्भवतः सौभाग्यवश—यो सत्य होइन। समाजवादको व्यवहारिक कार्यान्वयन कुनै पहिल्यै तयार गरिएका उपायहरूको योगफल होइन, जसलाई केवल लागू गरिदिए पुग्छ; बरु आर्थिक, सामाजिक, तथा कानुनी प्रणालीका रूपमा समाजवादको व्यावहारिक परिपूर्णता भविष्यको कुहिरोभित्र लुकेको छ।
हामीलाई समाजवादी अर्थतन्त्रका लागि बाटो खोल्न सुरुमा के हटाउनुपर्छ भन्ने मात्र थाहा छ । तर समाजवादी सिद्धान्तलाई अर्थतन्त्र, कानून, तथा सामाजिक सम्बन्धहरूमा व्यवहारिक रूपमा लागू गर्न आवश्यक सयौं ठूला–साना ठोस उपायहरूको कुरा आउँछ, कुनै पनि समाजवादी पार्टीको कार्यक्रम वा पाठ्यपुस्तकमा यसको तयारी गरिएको कुञ्जी भेटिन्न।
हाम्रो कार्यक्रमले हामीलाई समाजवादी रूपान्तरणका लागि आवश्यक उपायहरू खोज्ने सामान्य दिशा देखाउने केही प्रमुख सङ्केतहरू मात्र दिन्छ । ती सङ्केतहरू पनि मुख्यतः नकारात्मक स्वभावका छन्। त्यसैले हामीलाई समाजवादी अर्थतन्त्रका लागि बाटो खोल्न सुरुमा के हटाउनुपर्छ भन्ने मात्र थाहा छ । तर समाजवादी सिद्धान्तलाई अर्थतन्त्र, कानून, तथा सामाजिक सम्बन्धहरूमा व्यवहारिक रूपमा लागू गर्न आवश्यक सयौं ठूला–साना ठोस उपायहरूको कुरा आउँछ, कुनै पनि समाजवादी पार्टीको कार्यक्रम वा पाठ्यपुस्तकमा यसको तयारी गरिएको कुञ्जी भेटिन्न।
तर यो कुनै कमजोरी होइन; बरु यही कुराले वैज्ञानिक समाजवादलाई युटोपियन समाजवादका विविध स्वरूपहरूभन्दा सर्वेसर्वा बनाउँछ।
नकारात्मक, भत्काउने कार्य फरमानमार्फत घोषणा गर्न सकिन्छ; तर सकारात्मक, निर्माण गर्ने कार्य भने गर्न सकिँदैन।
समाजको समाजवादी व्यवस्था मात्र एउटा ऐतिहासिक उत्पादन हुनुपर्छ, र हुन सक्छ, जुन आफ्नै अनुभवहरूको विद्यालयबाट जन्मिएको, यसको अनुभवसिद्धताको प्रक्रियामा जन्मिएको, र जीवित इतिहासको विकासको परिणाम स्वरूप हो। यो – जस्तै जैविक प्रकृति, जसको अन्तिम विश्लेषणमा यो एउटा अंश हो – सधैं कुनै वास्तविक सामाजिक आवश्यकताको साथै यसको सन्तुष्टिका साधनहरू, र कामको साथै समाधान पनि उत्पादन गर्ने उत्कृष्ट स्वभावको छ। तथापि, यदि यस्तो हो भने, समाजवाद आफ्नै स्वभावमा कुनै फरमानले घोषणा गर्न सकिँदैन वा प्रविष्टि गरिँदैन भन्ने स्पष्ट छ । सम्पत्ति आदिविरुद्ध धेरै उपायहरू यसको पूर्वशर्तको रूपमा छन्। नकारात्मक, भत्काउने कार्य फरमानमार्फत घोषणा गर्न सकिन्छ; तर सकारात्मक, निर्माण गर्ने कार्य भने गर्न सकिँदैन। नयाँ क्षेत्र। हजारौं समस्याहरू। केवल अनुभवनै सुधार गर्न र नयाँ बाटो खोल्न सक्षम हुन्छ। केवल अवरोधरहित, प्रभावशाली जीवन नै हजारौं नयाँ रूप र आविष्कारहरूमा परिणत हुन्छ, सिर्जनात्मक नयाँ शक्ति उजागर गर्छ, र आफ्नै गलत प्रयासहरूलाई सुधार गर्छ। सीमित स्वतन्त्रता भएका देशहरूको सार्वजनिक जीवन यति गरिब, यति दरिद्र, यति कठोर, यति निष्फल छ, ठीक त्यसैले, लोकतन्त्रको बहिष्कारद्वारा, यो सबै आत्मिक सम्पनता र प्रगतिका जीवित स्रोतहरूलाई रोक्दछ। (प्रमाण: १९०५ को वर्ष र १९१७ को फरवरी देखि अक्टोबरको महिना)। त्यहाँ यो राजनीतिक थियो; उस्तै कुरा आर्थिक र सामाजिक जीवनमा पनि लागू हुन्छ। सम्पूर्ण जनसमुदायले यसमा भाग लिनुपर्छ। अन्यथा, समाजवाद केही आधिकारिक डेस्कका पछाडि दर्जनौं बौद्धिकहरूले फरमानद्वारा लागू गर्नेछन्।
आदेश, कारखानाका निरीक्षकको अधिनायकवादी बल, कठोर सजाय, आतङ्कद्वारा शासन – यी सबै केवल अस्थायी उपचार मात्र हुन्। पुनर्जन्मको एकमात्र बाटो भनेको सार्वजनिक जीवनको विद्यालय स्वयं हो, जसमा सबैभन्दा असीमित, सबैभन्दा व्यापक लोकतन्त्र र सार्वजनिक विचार हुन्छ। आतङ्कद्वारा शासन गर्नु नै जनताको नैतिक पतनको कारण बन्छ।
सार्वजनिक नियन्त्रण अपरिहार्य रूपमा आवश्यक छ। अन्यथा, अनुभवहरूको आदानप्रदान नयाँ शासनका अधिकारीहरूको सानो घेराभित्र सीमित रहन्छ। भ्रष्टाचार पन्छाउनै नसकिने बनेर आउँछ। (लेनिनका शब्दहरू, बुलेटिन नं. २९) जीवनमा समाजवादलाई व्यवहारमा उतार्नका लागि, शताब्दीयौँसम्म बुर्जुवा शासनद्वारा पतित गराइएको जनसमुदायमा पूर्ण आत्मिक रूपान्तरण आवश्यक छ। स्वार्थपरायण प्रवृत्तिहरूको सट्टा सामाजिक प्रवृत्तिहरू, जडताका सट्टा सामूहिक पहलकदमी, सबै दुःखलाई जित्ने आदर्शवाद, आदि। कसैले पनि यसलाई लेनिनभन्दा राम्रोसँग बुझ्दैन, यसलाई लेनिनभन्दा तीक्ष्ण रूपमा व्याख्या गर्दैन, वा यसलाई लेनिनभन्दा बढी अडानका साथ दोहोर्याउँदैन। तर, उनले प्रयोग गर्ने उपायहरूमा उनी पूर्ण रूपमा भ्रममा छन्। आदेश, कारखानाका निरीक्षकको अधिनायकवादी बल, कठोर सजाय, आतङ्कद्वारा शासन – यी सबै केवल अस्थायी उपचार मात्र हुन्। पुनर्जन्मको एकमात्र बाटो भनेको सार्वजनिक जीवनको विद्यालय स्वयं हो, जसमा सबैभन्दा असीमित, सबैभन्दा व्यापक लोकतन्त्र र सार्वजनिक विचार हुन्छ। आतङ्कद्वारा शासन गर्नु नै जनताको नैतिक पतनको कारण बन्छ।
तीमध्ये केवल एक दर्जन प्रमुख व्यक्तिहरूले वास्तविक नेतृत्व गर्छन्, र समय-समयमा श्रमिक वर्गको एक विशिष्ट समूहलाई बैठकहरूमा बोलाइन्छ, जहाँ उनीहरूले नेताहरूका भाषणहरूमा ताली बजाउनु र प्रस्तावित प्रस्तावहरू सर्वसम्मतिले अनुमोदन गर्नु मात्र अपेक्षित हुन्छ – अन्ततः, यो एउटा गुटीय शासन मात्र रहन्छ – निश्चय पनि अधिनायकत्व, तर सर्वहारा वर्गको अधिनायकत्व होइन, केही राजनीतिज्ञहरूको मात्र अधिनायकत्व !
जब यी सबै समाप्त गरिन्छन्, वास्तवमा के बाँकी रहन्छ? जनताद्वारा आम निर्वाचनमार्फत् सिर्जना गरिएका प्रतिनिधिमूलक निकायहरूको सट्टा, लेनिन र ट्रट्स्कीले सोभियतहरूलाई देशको सम्पूर्ण राजनीतिक जीवनको एक मात्र सत्य प्रतिनिधित्वको रूपमा स्थापना गरेका छन्। तर, सोभियतहरूको जीवन पनि क्रमशः पंगु बन्दै जान्छ। आम निर्वाचनहरू बिना, प्रेस र सभा-समितिको असीमित स्वतन्त्रताबिना, विचारहरूको स्वतन्त्र संघर्षबिना, सार्वजनिक संस्थाहरूको जीवन मरेसरह बन्छ, केवल जीवनको एक झल्को मात्र बाँकी रहन्छ, जसमा सक्रिय तत्वका रूपमा केवल नोकरशाही मात्र रहन्छ। सार्वजनिक जीवन क्रमशः सुस्ताउँदै जान्छ, असीमित ऊर्जा र विशाल अनुभव भएका केही दर्जन पार्टी नेताहरूले निर्देशन र शासन गर्छन्। वास्तवमा, तीमध्ये केवल एक दर्जन प्रमुख व्यक्तिहरूले वास्तविक नेतृत्व गर्छन्, र समय-समयमा श्रमिक वर्गको एक विशिष्ट समूहलाई बैठकहरूमा बोलाइन्छ, जहाँ उनीहरूले नेताहरूका भाषणहरूमा ताली बजाउनु र प्रस्तावित प्रस्तावहरू सर्वसम्मतिले अनुमोदन गर्नु मात्र अपेक्षित हुन्छ – अन्ततः, यो एउटा गुटीय शासन मात्र रहन्छ – निश्चय पनि अधिनायकत्व, तर सर्वहारा वर्गको अधिनायकत्व होइन, केही राजनीतिज्ञहरूको मात्र अधिनायकत्व, अर्थात् बुर्जुवा अर्थमा अधिनायकत्व, ज्याकोबियनहरूको शासन जस्तै (सोभियत कांग्रेसको बैठक तीन महिनाको सट्टा छ महिनामा सार्ने निर्णय!)। हो, हामी अझ अघि जान सक्छौं: यस्ता अवस्थाले अनिवार्य रूपमा सार्वजनिक जीवनको निर्ममता निम्त्याउँछ: हत्या प्रयासहरू, बन्धकहरुलाई गोलि हान्ने, आदि। (लेनिनको अनुशासन र भ्रष्टाचारसम्बन्धी भाषण)।
स्रोत: The Russian Revolution
मुख्य चित्र: https://sun9-9.userapi.com

जनताले इतिहासको डंगुरमा फ्याँकिदिएका तानाशाह मुसोलिनी

जैविक बुद्धिजीवी

सुनको मूल्य किन कीर्तिमानी उचाइमा पुगेको छ?

विष्णुकुमारी वाइवा कसरी पारिजात बनिन् ?

घातक रोगहरुबाट रक्षा गर्ने रोजमरी

नक्सलबाडीदेखि बस्तरसम्म: भारतीय माओवादी आन्दोलनको ‘उत्थान र पतन’को अन्तरकथा

सावधान ! सुत्नेबेला फोन चलाउँदा अनिद्राको जोखिम बढ्छ !

प्रतिक्रिया