सही दर्शन र गलत दर्शन

हाम्रो समाज दुईथरि वर्गमा विभाजित छः चुसीखाने र गरीखाने । त्यसैले, यहाँ दर्शन अर्थात् संसारलाई हेर्ने ढंग पनि दुईथरि नै देखिन्छ । चुसीखानेको दर्शन, र गरीखानेको दर्शन ।
चुसीखानेको दर्शनको मुख्य विशेषता के हुन्छ भने, यसले संसारलाई जस्तो छ, ठीक त्यस्तो हेर्न सिकाउँदैन । यसले मनगढन्त ढंगले संसारलाई हेर्न सिकाउँछ । यसले संसारलाई र संसारका हरेक समस्यालाई र घटनालाई रहस्यमय र बुझीनसक्नुको बनाउँछ । चुसीखानेको दर्शनले मानिसलाई सत्यको गहिराई र जागृतितिर डोयाउँदैन, यसले मान्छेलाई असत्य र बेहोशीतर्फ डोऱ्याउँछ । यसले मान्छेलाई भाग्यमा भरपर्ने बनाउँछ ।
सत्यको जरुरत त चुसीखानेलाई पनि हुन्छ । असत्यै असत्यमा त संसारमा कोही पनि बाँच्न सक्दैन । तर चुसीखाने वर्ग आफ्नो स्वार्थकै कारणले सत्यको गहिराईतिर डोरिन सक्दैन । मान्छे सत्यको गहिराईतिर जान खोज्ने बित्तिकै चुसीखानेहरुको स्वर्ग र सुख सम्पन्नताको असली रहस्यको पर्दाफास हुन्छ । त्यसैले, संसार जति रहस्यमय र बुझी नसक्नुको भयो चुसीखाने वर्गको लागि उति नै काइदा हुन्छ । मान्छेको सोच्ने ढंग जति मनगढन्त र सत्यबाट टाढा भयो, चुसीखाने वर्गलाई उति नै फाइदा हुन्छ । मान्छेलाई जति बेहोश र अन्धो बनाउन सकियो, उनीहरुको उति नै ज्यादा हित हुने हुन्छ ।
चुसीखाने वर्ग आफ्नो स्वार्थकै कारणले सत्यको गहिराईतिर डोरिन सक्दैन । मान्छे सत्यको गहिराईतिर जान खोज्ने बित्तिकै चुसीखानेहरुको स्वर्ग र सुख सम्पन्नताको असली रहस्यको पर्दाफास हुन्छ । त्यसैले, संसार जति रहस्यमय र बुझी नसक्नुको भयो चुसीखाने वर्गको लागि उति नै काइदा हुन्छ ।
यही कारण हो, जसले गर्दा चुसाहाहरुको दर्शन चाहेर पनि सत्यमुखी हुन सक्दैन । चुसीखानेको दर्शनले संसारलाई सकेसम्म ज्यादा रहस्यमय र भेउ पाइनसक्नुको बनाउने कारण पनि यही हो । र, मान्छेलाई यसले मूर्छित र अन्धो, एकोहोरो बनाउन खोज्ने कारण पनि यही हो ।
तर, गरीखानेहरुको निम्ति कसैलाई चुसीखानु छैन, कसैलाई ठगीखानु छैन । श्रम गरेपछि निष्फिक्रीसाथ मान्छे भ बाँच्न सकियोस् भन्ने सिवाय गरीखानेको अर्को कुनै स्वार्थ छैन । त्यसैले, गरीखानेको दर्शनले मनगढन्त ढंगले सोच्न, विचार गर्न सिकाउँदैन । यसले संसारलाई जस्तो छ, ठीक त्यस्तै हेर्न सिकाउँछ । यसले संसार र संसारका हरेक समस्या र घटनालाई रहस्यमय र बुझीनसक्नुको बनाउँदैन, बरु यसले हरेक समस्या र रहस्यको गाँठो सही तवरले फुकाउन सिकाउँछ । गरीखानेको दर्शनले मान्छेलाई हमेशा झन् ज्यादा सत्यको गहिराइतर्फ झन् बढ्ता होश र जागृतितर्फ डोयाउँछ । यसले मान्छेलाई भाग्यवादी होइन, कर्मवादी बनाउँछ । कर्मवादी भन्नुको मतलब हो- काममा विश्वास गर्ने ।
दुईथरि दर्शनका बीचमा मुख्य भिन्नता नै यही हो । गरीखाने र चुसीखानेको दर्शनलाई अर्को भाषामा सही र गलत दर्शन भने पनि हुन्छ । किनभने, कुनै पनि दर्शन यदि सही छ भने, त्यसले संसारलाई जस्तो छ, ठीक त्यस्तो हेर्न मान्छेलाई सघाउनु र सिकाउनु पर्छ । त्यस्तो दर्शनको के काम, जसले मान्छेलाई मनगढन्त र पूर्वाग्रही बनाउँछ ? कुनै पनि सही दर्शनले मान्छेलाई संसारका हरेक समस्या र रहस्यलाई ठीकसित बुझ्न र हल गर्न सिकाउनु पर्छ । त्यस्तो दर्शन के काम, जसले समस्या र रहस्यको गाँठो फुकाउने होइन, झन् उल्टो त्यसलाई कस्ने काम गर्छ । सही दर्शनले मान्छेलाई तथ्यका आधारमा सत्य पत्ता लाउने र पूर्वाग्रहविहीन आँखा दिनुपर्छ र मूर्च्छाबाट ब्यूँझाउनुपर्छ । त्यस्तो दर्शनको के उपादेयता, मान्छेलाई जसले अन्धो, एकोहोरो र मूर्च्छित बनाउँछ ?
चुसीखाने वर्ग बेहद छट्टू छ । उसले के बुझेको छ भने, मान्छे गरीखाने वर्गको हुँदैमा केही फरक पर्दैन, उसलाई आफ्नो अर्थात् चुसीखानेको दर्शनले लैश गराई दिनुपर्छ, ऊ सत्यमुखी र सचेत हुनै सक्दैन ।
संसारमा जुन समयदेखि वर्ग पैदा भयो, त्यतिखेरदेखि दर्शन पनि दुईथरिको पैदा भएको छ ।
चुसीखाने वर्ग बेहद छट्टू छ । उसले के बुझेको छ भने, मान्छे गरीखाने वर्गको हुँदैमा केही फरक पर्दैन, उसलाई आफ्नो अर्थात् चुसीखानेको दर्शनले लैश गराई दिनुपर्छ, ऊ सत्यमुखी र सचेत हुनै सक्दैन । ऊ हमेशा भ्रमको संसारमै रुमल्लिरहन्छ । उसले संसार र प्रकृतिका हरेक समस्यालाई ठीक तवरले हेर्ने सक्दैन । जब समस्यालाई हेर्ने ढंग नै बेठीक हुन्छ, कुनै पनि समस्याको ठीक समाधान निक्लँदैन । त्यसपछि चुसीखानेको स्वर्गमा धावा बोल्ने को ? कसले अन्याय र उत्पीडनका विरुद्ध आवाज उठाउने ? कसले विद्रोह गर्ने ?
यही हुनाले चुसीखाने वर्ग हज्जारौं वर्षदेखि गरीखाने वर्गलाई आफ्नो दर्शन थोपर्दैछ । गरीखाने वर्गको संसारलाई हेर्ने ढंग नै फेर्न खोजिरहेछ उसले । ऊ यस काममा धेरै मात्रामा सफल पनि भइरहेछ । संसारमा चुसीखाने वर्ग खालि दश प्रतिशत मात्र छ, बाँकी नब्बे प्रतिशत गरीखाने वर्ग छ । तैपनि यही दश प्रतिशतले नब्बे प्रतिशतमाथि घोडा चढेको चढ्यै छ । किन ? किन मुठ्ठीभर चुसीखानेहरुले बहुसंख्यक गरीखानेहरुको थाप्लामा जाँते रिंग्याउन समर्थ भइरहेछन् ?
यसको एउटा मुख्य कारण हो- किनकि गरीखाने वर्ग सही दर्शनले लैश छैन र यही कारणले ऊ भ्रम र बेहोशीमा छ । आफू कहाँ, कसरी, किन चुसिइरहेछु, ठगिइरहेछु उसलाई चालपत्तो नै छैन । नब्बे प्रतिशतको दुःख दरिद्रतालाई भरेङ बनाएर दश प्रतिशत माथि उक्लेको उक्ल्यै छ, उसको सुख सम्पन्नता बढेको बढ्यै छ, तर गरीखाने वर्गलाई आफ कहाँ, कसरी, किन भरेङ्ग बनेको छ- थाहै छैन । सत्य थाहा नहुनु र सत्य थाहा हुने सही दर्शन गरीखाने वर्गसित नहुनु नै समस्याको एउटा मूल कारण बनेको छ ।
त्यसैले, मान्छे गरीखाने वर्गको हुँदैमा स्वतः गरीखाने वर्गको दर्शन ऊसित भइहाल्छ- वास्तविक दुनियाँमा यस्तो नहुँदो रहेछ । गरीखानेहरुसित पनि चुसीखाने को दर्शन मजाले हुन सक्दो रहेछ । यस्तो देखिएको व्यवहारमा छ । गरीखानेले आफनो वर्गको दर्शन अप्नाउन विशेष प्रयत्न गर्नुपर्छ ।
चुसीखानेको दर्शनको मुख्य गुण के हो भने, यसले मान्छेलाई भाग्यवादी बनाउँछ । मान्छेको आँखा छ तर आँखामा फुलो परेको छ भने उसले आफ्नो सामुन्नेकै खाडल समेत देख्दैन । चुसीखानेको दर्शनले मान्छेको संसारलाई हेर्ने आँखामा फुलो पारिदिन्छ ।
मैले थुप्रै त्यस्ता मजदूरहरु र किसानहरु देखेको छु, जो ज्यादा घोटिएर काम गर्छन्, तर आफूचाहिं हमेशा गरीब र विपन्न छन् र आफ्नो दुःख र गरीबीले साहूलाई धनी पारेका छन् । आफ्नो गरीबीलाई हेर्ने उनीहरुको ढंग भने गजबको छ । उनीहरु भन्ठान्छन् कि, उनीहरुको दुःख र गरीबी आफ्नै भाग्यले गर्दा भएको हो, साहुको शोषणले गर्दा होइन । दुःख र गरीबीको समस्यालाई हेर्ने उनीहरुको यो भाग्यवादी ढंग- चुसीखानेको दर्शनको ज्वलन्त उदाहरण हो । आफ्नो दुःख र गरीबीको वास्तविक कारण उनीहरुले पत्ता लाउने संभावना नै छैन, किनकि उनीहरु आफ्नो दुःख र गरीबीको निम्ति आफ्नो पुर्पुरोलाई दोष दिन्छन् । पुर्पुरोलाई दुःख र गरीबीको कारण ठहयाएपछि पुर्पुरो सुधार्न भगवानको पूजा गर्न थाल्नुपयो । मन्दिरमा प्रार्थना गर्न पुग्नुपयो । साहूको शोषण घटाउन वा हटाउन त उनीहरुले संघर्ष नै गर्ने भएनन् । अनि कसरी हट्छ- उनीहरुमाथिको शोषण ? कसरी हट्छ उनीहरुको दुःख र गरीबी ?
चुसीखानेको दर्शनको मुख्य गुण के हो भने, यसले मान्छेलाई भाग्यवादी बनाउँछ । मान्छेको आँखा छ तर आँखामा फुलो परेको छ भने उसले आफ्नो सामुन्नेकै खाडल समेत देख्दैन । चुसीखानेको दर्शनले मान्छेको संसारलाई हेर्ने आँखामा फुलो पारिदिन्छ । अचाक्ली अन्याय र उत्पीडन छ गरीखाने वर्गमाथि यो दुनियाँमा तर गरीखाने वर्गको आँखामा फुलो पारेपछि उसले अन्यायलाई अन्याय नै देख्दैन, उत्पीडनलाई उत्पीडन नै ठान्दैन । यस्तो भएपछि अन्याय र उत्पीडनको अन्त गर्न संघर्ष गर्ने को ? जुन कारणले गर्दा गरीखाने वर्ग सधैभरि ओरालो लागेको हो त्यो कारण नै उसले नदेखेपछि त्यो कारण हटाउन अघि बढ्ने को ?
यही कारणले गरीखाने वर्गले आफ्नो जीवनमा सुख सम्पन्नता र प्रगति ल्याउने हो भने, चुसीखानेको दर्शन बोक्न छोड्नुपर्छ । उसले गरीखाने वर्गकै दर्शन बोक्नुपर्छ । उसले सही दर्शन समात्नुपर्छ । कुनै पनि दर्शन सही छ कि गलत छ त्यो छुट्याउन गरीखानेहरुले यी कुराहरुमा गौर गर्नु पर्छ :
– त्यो दर्शनले संसारलाई जस्तो छ, त्यस्तै हेर्न सघाउँछ कि मनगढन्त बनाउन सघाउँछ ?
– त्यो दर्शनले संसार र संसारका हरेक समस्या र रहस्यको गाँठो फुकाउन सघाउँछ कि संसारलाई रहस्यमय र बुझीनसक्नुको बनाउन सघाउँछ ?
– त्यो दर्शनले मान्छेलाई सत्यको गहिराई र जागरणतिर डोयाउन सघाउँछ कि असत्य र बेहोशीतिर डोऱ्याउन सघाउँछ ?
– त्यो दर्शनले मान्छेलाई कर्मवादी बनाउँछ कि भाग्यवादी ?
ती सबै दर्शन सही दर्शन हुन्, जसले मान्छेलाई संसार जस्तो छ, त्यस्तै हेर्न सघाउँछन्, जसले संसारका हरेक समस् र रहस्यको गाँठो फुकाउन मान्छेलाई सघाउँछ, जसले मान्छेलाई सत्यको अरु .ज्यादा गहिराईतिर मूर्च्छाबाट ब्यूँझनतिर डोर्याउँछ, जसले मान्छेलाई आफ्नो काम र पौरखमा भर पर्न सिकाउँछ, ती सबै दर्शन गलत दर्शन हुन्, जसले यसो ठीक उल्टो काम गर्छन् ।
मूल्याङ्कन, २०५५ कात्तिकमा प्रकाशित

शिक्षक आन्दोलन, गणतन्त्र र पञ्चायती शैलीको दमन !

देशको आवश्यकता शिक्षाको ढाँचा परिवर्तन हो

लेनिन: क्रान्तिको कठोर अनुशासन र मानवीय संवेदना

के मार्क्सवादीहरुले सुधारका काम गर्नु हुन्छ ?

नागरिकतन्त्रको विचारद्वारा परिवर्तन मार्गनिर्देशित हुनुपर्छ

गणतन्त्रको बोटमा ऐजेरु!

पारिजातः कसरी र कुन कुन मोड हुँदै अघि बढिन् ?

प्रतिक्रिया