राजनीति र नैतिकता

“राजनीति प्रमुख र नैतिकता गौण” को अवधारणा त पतनशील बुर्जुवा अवधारणा हो, जो पूँजीवादको संकटको अवस्थामा “अस्तित्ववाद" को नामले अगाडि आएको थियो ।

राजनीति र नैतिकता बिषय र शास्त्रका हिसावले छुट्टाछुट्टै भएपनि समाज परिवर्तको लागि अवलम्बन गरिने दार्शनिक भाव (Catagory) को हिसाबले यी दुईलाई पृथक गर्न -सकिन्न । राजनीति भन्नासाथ समाजसित संबन्धित शास्त्र भन्ने बुझिन्छ, र मानिस स्वयं पनि समाजबाट पृथक अस्तित्व भएको प्राणी होइन । व्यक्तिको “स्वतन्त्र - सत्ता" केवल दार्शनिक भ्रम मात्र हो । अस्तित्ववादीहरुले यही कुरालाई उठाएर व्यक्तिको “स्वतन्त्र-सत्ता" र पृथक अस्तित्वको आवाज बुलन्द गरेका थिए । एउटा व्यक्तिको आचरणले समाजमा जेसुकै असर पारे पनि उसको राजनीतिको सूरताल नै प्रमुख हुन्छ भन्ने झण्डै अस्तित्ववादीहरुकै जस्तो धारणा हाम्रो बाम आन्दोलनभित्र पनि देखिएको थियो । “राजनीति प्रमुख र नैतिकता गौण” को भ्रामक अवधारणा बजारमा आइसकेको छ । यसको दार्शनिक आधार "व्यक्ति स्वतन्त्रता” र “व्यक्तिको स्वतन्त्र अस्तित्व” को अस्तित्ववादी चिन्तन नै हो ।

मार्क्सवादी वैज्ञानिक अवधारणा यस्तो हुन सक्तैन । राजनीति भनेको आचारशास्त्र, सौन्दर्यशास्त्र, समाजशास्त्र, अर्थशास्त्र आदि जस्ता शास्त्रहरुको ज्ञान गरिमाको संपूर्ण चिन्तन परिमण्डल ( Philosophical catagory) मा अभिव्यक्त भएको हुन्छ । नैतिक पृष्ठभूमि नभएको, उच्च मानवीय मूल्यहरुको हैसियतमा नउठेको राजनीति के राजनीति हुन्छ र ?

“राजनीति प्रमुख र नैतिकता गौण” को अवधारणा कुनै पनि अर्थमा वैज्ञानिक, मार्क्सवादी अवधारणा होइन । यो त पतनशील बुर्जुवा अवधारणा हो, जो पूँजीवादको संकटको अवस्थामा “अस्तित्ववाद" को नामले अगाडि आएको थियो ।

राजनीति भनेको फलाको, नारा, केही धूर्तता, चाप्लुसी, पाखण्ड, चलाखी, अवसरवादिता आदि नै हो भन्ने धारणा लिने हो भने त अर्कै कुरा हो । तर यो वास्तवमा राजनीतिको न कुनै शास्त्रीय ब्याख्या नै हो, वा यो न कुनै यसको नैतिक ब्याख्या नै हो । होइन भने, “राजनीति प्रमुख र नैतिकता गौण” को अवधारणा कुनै
पनि अर्थमा वैज्ञानिक, मार्क्सवादी अवधारणा होइन । यो त पतनशील बुर्जुवा अवधारणा हो, जो पूँजीवादको संकटको अवस्थामा “अस्तित्ववाद" को नामले अगाडि आएको थियो ।

आचरणलाई गौण ठान्नासाथ व्यक्तिको व्यक्तिगत जीवन समाजबाट स्वतन्त्र हुन पुग्दछ । राजनीतिक आन्दोलनमा नारा ठीक भएपछि अरू सबै ठीक भैहाल्छ, व्यक्तिको व्यक्तिगत जीवन जस्तोसुकै भए पनि त्यो टिप्पणीको विषय हुँदैन । व्यक्ति जतिसकै अनैतिक भएपनि, ऊ आलोच्य हुन सक्दैन । यही निष्कर्ष निस्कन्छ । "व्यक्तिगत स्वतन्त्रता" को यो भन्दा ठूलो माग, यो भन्दा ठूलो कुरूप चिन्तन के हुन सक्छ ?

यस्तो खालको स्वतन्त्रताले सामाजिक, सामूहिक मूल्य- मान्यताहरुलाई कुनै महत्व दिन सक्दैन । यो व्यक्तिगत सम्पत्ति र स्वतन्त्रताको मानसिकताबाट उब्जेको र व्यक्तिवादी चिन्तन प्रणालीको रुपमा विकसित भएको पतनशील बुर्जुवा अवधारणा हो । यस्तो खालको अवधारणा बाम आन्दोलनमा देखिनु सर्वथा दुर्भाग्यको चिन्ह हो ।

नैतिकता गौण भएपछि, पहिलो कुरा, व्यक्तिका सबै स्वैच्छिक व्यवहारहरु क्षम्य ठहरिन पुग्छन् र दोश्रो कुरा, राजनैतिक सिद्धान्त र व्यवहार पनि अर्थ न बर्थका खोका नारा हुन पुग्छन् । यसपछि त, जे बोले पनि भयो, जे गरे पनि भयो । हाँस्नु पर्ने बेलामा रुनु, रुनु पर्ने बेलामा हाँस्नु, आन्दोलन गर्ने बेलामा "रिजर्भ" बस्नु र" रिजर्भ" बस्ने बेलामा आन्दोलनको चर्को नारा छेड्नु सबै क्षम्य र महान हुने भए । आफ्नो बल-बर्कत र हैसियत के कति छ, शत्रुको क्षमता र कौशल के कति छ, त्यो पनि मूल्याङ्कन गर्नु परेन। विना मूल्याङ्कन, बिना अध्ययन नै जे भनिदिएपनि त्यो सर्वमान्य सिद्धान्त हुने भयो। किनभने, त्यहाँ नैतिकताको कुनै अर्थ छैन ।

आफ्नो बल-बर्कत र हैसियत के कति छ, शत्रुको क्षमता र कौशल के कति छ, त्यो पनि मूल्याङ्कन गर्नु परेन। विना मूल्याङ्कन, बिना अध्ययन नै जे भनिदिएपनि त्यो सर्वमान्य सिद्धान्त हुने भयो। किनभने, त्यहाँ नैतिकताको कुनै अर्थ छैन ।

“नैतिकता गौण" को यो अवधारणाले व्यक्तिलाई काम गर्न सजिलो पारिदिएको छ, “व्यक्तिको अस्तित्व" लाई "स्वतन्त्र" राख्न महत्वपूर्ण भूमिका खेलेको छ । यसबाट इतिहासमा कुनै एउटा व्यक्ति विशेषले उसका इच्छाअनुसार समाजलाई स्वर्ग बनाउने र नर्क बनाउने भूमिका खेल्न सक्ने भयो । व्यक्ति अव "ईश्वर" को हाराहारीमा पुग्ने भयो । व्यक्तिको पूजा एउटा धर्म हुने भयो र नैतिकता गौण र राजनीति प्रमुख ठान्नेको एउटा सशक्त सम्प्रदाय हुने भयो ।

यो भन्दा राजनितिक जादू अरु के हुनसक्छ ?

यसरी हाम्रो बाम आन्दोलनमा भ्रमहरु सृजना भएका छन् । चिन्तनको धार असंगत भएको छ । मनोगतवादी चिन्तन प्रणालीले आन्दोलनलाई ढाकेको छ । यसलाई चिर्नु आजको चिन्तनको खाँचो हो ।

मूल्याङ्कन, २०५० पुसमा प्रकाशित