इतिहास निर्माणमा व्यक्ति र समाज

गीतामा मात्रै श्री कृष्णले भनेका थिए, अधर्मले पराकाष्ट नाघे पछि म आउछु शमन गर्न । भगवानको वाणी मान्छेले सापट लिए र भद्दा नकल गरे आफुलाई पनि भगवान देखाउन । आजकाल यत्र तत्र वहुधा राजनीतिमा सुनिन्छ,
'म ! म ! मैले ! मैले ! यो सब मेरो करामत ! मेरो सृष्टि ! म बिना आकास खस्छ !'
अनि शक्तिको रंगमंचमा प्रतिध्वनि सुनिने नै भयो, 'हो ! हो ! वहाँ त इतिहासको दुर्लभ उपादान !'
इतिहासमा चाहार्दाको दृश्य भने बडो रोचक छ र शिक्षाप्रद पनि ।
'आजसम्म मानव जातिको इतिहासमा दुनियाँका सर्वाधिक दुरदर्शी र प्रतापी हस्तीमा दुई जना व्यक्ति पर्दछन्, रोमन साम्राज्यको स्थापना गर्ने सम्राट जुलियस सिजर र चीनको हान साम्राज्यका सम्राट लिउ पाङ्ग (Liu Bang)।' विख्यात अंग्रेज इतिहासकार आर्नोल्ड टोयनबी(Arnold Toynbee)*को मत थियो । तर आजकाल इतिहासकारहरु व्यक्तिलाई यति धेरै उछाल्ने यस्तो मतलाई उस्तो रुचाउदैनन् । अर्का उम्दा फ्रेन्च इतिहासकार फ्रनाल्ड ब्रडल (Fernand Braudel)को मतमा त व्यक्ति र घटना भनेका 'इतिहासको आफ्नो प्रवाहमा प्रकट हुने सतही हलचल या पानीका फोका मात्रै हुन् ।'
मार्क्स पनि इतिहास निर्माणको ठेक्का व्यक्तिलाई दिदैनन् । सामुहिक प्रयासमा/मानिसहरुको आमुहिक प्रयासमा (वर्गमा) उनी त्यो सम्भावना देख्दथे, त्यसका पनि सीमा उनलाई भलिभाँती थाहा थियो । उनकै शब्दमा, 'इतिहास मानिसहरु आफैँले बनाउने हो तर तिनले आफूले चाहे जस्तो हुँदैन । तिनले रोजे जस्तो परिवेशमा त्यो बन्ने पनि होइन । त्यो त बनिबनाउ र अतितले प्रतिदानमा हस्तान्तरण गरेको पूर्ववत विद्यमान परिवेशमा बन्ने हो ।' व्यक्ति पूजालाई प्रश्रय दिएको आरोप लागेका स्टालिनको समेत मत थियो, 'दुनियाँको रुपान्तरण ... फत्ते गर्न एक महान वर्गको आवश्यकता हुन्छ । लामो सामुद्रिक यात्रामा ठूला जहाज चाहिन्छन् । ... जहाजबिनाको नाभिकको के प्रयोजन छ र ? फगत निकम्मा ।'
बुद्धले त उहिले भनेका हुन्, 'संघम शरणं गच्छामी !''
उसो भा इतिहासको अपव्याख्या सच्याउनु पर्दछ ।
*यस अघि असावधानीवश नाममा त्रुटी भएकोले सच्याइएको छ ।

पार्टीमा गुटबन्दी, बहुविचार केन्द्रको अस्तित्व र पार्टी फूटको चूरो कारण के हो ?

अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पार्ने अमेरिकी प्रयासको विरोध गर्नैपर्छ

पर्यावरण : उपभोग गर्ने र देखाउने फरक

सत्ताको शिखरबाटै गणतन्त्रमाथि खतरा !

गाजा: मानवताको मौन मृत्यु र विश्व व्यवस्थाको डरलाग्दो संकट

विवाहको अर्थ-राजनीति

कस्मेटिक विकास : समृध्दि यात्रा कि आर्थिक संकटको बाटो

प्रतिक्रिया