प्रेम वियोगमा परेपछि ‘इथानोल’ खाने झिङ्गा

प्रेम वियोगमा परेका मानिसले मदिरा वा मादक पदार्थको सहारा लिएको कुरा हाम्रो जस्तो समाजमा कुनै नयाँ र अनौठो कुरा होइन । प्रेममा खाएको चोटलाई मदिराको मातमा भुल्न त्यसो गर्ने मानिसहरु हाम्रो समाजमा यत्रतत्र सर्वत्र पाइन सकिन्छ । रोचक र रमाइलो कुरा चाहिँ के भने प्राणी जगतमा पनि प्रेममा आहत भएका भाले फ्रुट फ्लाइले त्यस्तै मादक पदार्थ भएको खानेकुरा उपभोग गर्दो रहेछ !
सन् २०१२ मा साइन्स जर्नलमा प्रकाशित शोहत–ओफिर र उनका सहकर्मीहरुको अध्ययन रिपोर्टअनुसार भाले ‘फ्रुट फ्लाइ (Drosophila melanogaster) लाई पोथी फ्रुट फ्लाइले यौन सम्बन्ध राख्नका लागि अस्वीकार गर्दा भाले फ्रुट फ्लाइले इथानोल मिसिएको खानेकुरा बढी उपभोग गर्दो रहेछ !
अध्ययनका क्रममा अनुसन्धानकर्ताहरुले पोथी फ्रुट फ्लाइले बारम्बार यौन सम्बन्ध राख्नका लागि अस्वीकार गरेका भाले फ्रुट फ्लाइहरुले यौन सम्बन्ध राख्न सफलता प्राप्त गरेका भाले फ्रुट फ्लाइको तुलनामा इथानोल भएको खाना बढी रुचाउने गरेको पाएका थिए ।
अनुसन्धानकर्ताहरुका अनुसार भाले फ्रुट फ्लाइको यो व्यवहार मस्तिष्कको रिवार्ड सिस्टममा हुने परिवर्तनसँग सम्बन्धित छ । यसका लागि न्यूरोपेप्टाइड एफ (NPF) नामक न्यूरोपेप्टाइड मुख्य रुपमा जिम्मेवार हुने गर्छ । सफलतापूर्वक सम्पन्न हुने सम्भोग क्रियाले यो रिवार्ड प्रणालीलाई सक्रिय तुल्याई फ्रुट फ्लाइमा ल्एँ को स्तर बढाइदिन्छ भने यौन अस्वीकृतिले त्यसलाई दबाइदिन्छ । न्यूरोपेप्टाइड एफ को स्तर कम हुँदा फ्रुट फ्लाइलाई इथानोल जस्तो वैकल्पिक उपायतिर लाग्ने प्रेरित गरिदिन्छ ।
इथानोलले मानव मस्तिष्कको गामा–एमिनोब्यूटारिक एसिड (Gamma-aminobutyric acid (GABA)) नामक न्यूरोट्रान्समिटरलाई प्रभावित गर्दछ, जसले शरीर र मनमा आरामको अनुभूति गराउँदछ । त्यसले तनाव र चिन्तालाई कम गराउने काम समेत गर्दछ । त्यसैगरी, इथानोलले मस्तिष्कमा डोपामाइन (dopamine) नामक न्यूरोट्रान्समिटरको उत्पादनलाई पनि बढाइदिन्छ । डोपामाइनले मानिसमा खुसी र सन्तुष्टिको अनुभव दिने भएकोले यसलाई प्रशन्नताको रसायन पनि भनिन्छ ।
सम्भवतः इथानोलले मानिसमा जस्तै भाले फ्रुट फ्लाइमा पनि सोही किसिमले यौन अस्वीकृतिका कारण उत्पन्न तनावलाई कम गराउने तथा प्रसन्नताको अनुभूति दिलाउने काम गर्छ । त्यही कारणले गर्दा नै पनि हुन सक्छ, भाले फ्रुट फ्लाइले पोथीबाट यौन अस्वीकृति भोग्नुपर्दा त्यसको दवाबलाई भुल्न र झेल्न इथानोल भएको खानेकुरा खाने गरेको हो ।

जनावरलाई पनि मान्छेलाई जस्तै मुद्दा र सजाय !

जब ह्वेलहरू चार खुट्टामा हिँड्थे

सरगमाथाभन्दा माथिको उचाइमा उड्ने मौरी !

सुन बनाउने ब्याक्टेरिया क्युप्रिविड्स मेटालिड्युरन्स !

व्यक्तिपिच्छे फरक हुन्छ मानिसको औंठाछाप !

पृथ्वीको सबैभन्दा सुक्खा स्थानमा पनि फूल फुल्यो !

विशालकाय ब्लु ह्वेलको साँघुरो घाटी !

प्रतिक्रिया