इतिहासको कचरा समय

खेलको अन्तिम घडी , एउटा पक्षको जित र अर्कोको लाख कोसिस गरे पनि हार सुनिश्चित भई सकेको छ तर खेल खतम भएको अन्तिम सिटी मात्र बजी हालेको छैन । यो बिचको अवधिलाई कचरा समय (Garbage Time) भनिन्छ । यो बेला, हारी रहेको पक्षले या दुबैले धमाधम खेलिरहेका कतिपय खेलाडीको ठाउँमा नयाँ प्रतिस्थापन गरिरहेका हुन्छन्, जित्नेले राम्रा खेलाडीलाई चोटपटक न लागोस् भनेर बचाउन र हारी रहेकोले तै जित्न सकिन्छ कि भनेर या पराजयको ग्यापलाई साँगुरो बनाउन । कचरा समयमा आधा जस्तो दर्शक उठेर हिँडिसकेका हुन्छन् ; यो पट्यार लाग्दो समय हो । यो समय भनेको विजयी हुनेवाला टीमको सुखद समय र हार्नेवाला टीमको अवसादको हो । झुर समय हो यो । घिड्घिडो समय ।
इतिहासममा पनि कचरा समय देखा पर्ने गरेको छ ।
कचरा समयमा आधा जस्तो दर्शक उठेर हिँडिसकेका हुन्छन् ; यो पट्यार लाग्दो समय हो । यो समय भनेको विजयी हुनेवाला टीमको सुखद समय र हार्नेवाला टीमको अवसादको हो । झुर समय हो यो ।
भनिन्छ, जब इतिहास कचरा अवधिमा प्रवेश गर्छ त्यसको सबै भन्दा पहिलो सिकार संधै जसो साँस्कृतिक हस्ती र चिन्तकहरु हुने गर्दछन् । सारा इतिहासका पानामा साँस्कृतिक प्रलय बारंबार पुनरावृति भएको देखिएको छ । अकर्मन्यता र अस्थिरताको उपचारको नाममा 'परिवर्तन'को छोटछिटो लिपापोती हुन्छ । एउटाले पोत्छ अर्काले मेट्छ । सारा दोष अर्काको थाप्लामा लगाइन्छ । आफन्तीको कदर भन्दा परचक्रीको खुशामद गर्ने गरिन्छ । विविधततामा एकता होइन, एकल वर्चश्वको रजाईं हुन्छ । भित्र मौनता बाहिर कोलाहल । डर र लालचका मारे अन्तश्करणको आवाज दविएको हुन्छ, सम्यक आलोचना समेत निषिद्ध हुन्छ किनभने त्यो गुनाह हुन्छ । त्यस्तो बेला एउटै मात्र आवाजको जगजगी हुन्छ, त्त्यो हो झुट ।
इतिहासको कचरा समयमा कसरी जोगिने ?
हामी इतिहासको कचरा अवधिबाट गुज्रिरहेका छौं भने त्यसबाट बाहिर निस्केर लामो सांकृतिक छुट्टी मनाउनु राम्रो हुन्छ ।
कन्फुसियसले भनेका छन्, "जब मार्ग प्रष्ट छ निर्धक्क हिडे हुन्छ । त्यस्तो छैन भने आफुलाई छिपाउनु राम्रो हुन्छ ।" बडो बुद्धिमानी भनाई । जब मार्ग अवरुद्ध छ भने ( तर्क, मानवीयता या कानुनी शासन जस्ता कुरा छैनन् भने) आफुलाई छिपाउनु राम्रो हुन्छ । झट्ट सुन्दा यो भनाई रुढ्वादी लाग्न सक्छ तर यस्को सोझो तात्पर्य भने बोलीचालीको भाषामा भन्ने हो भने त्यस्तो बेला बरु घोप्टो परेर सुत्नु राम्रो हो । प्रसिद्ध अर्थशास्त्री अल्बर्ट हिर्कम्यान (Albert Hirschman)ले रणनीति उल्लेख गर्ने क्रममा प्रयुक्त गरेको एउटा अवधारणा छ, वहिर्गमन(exit) । त्यसलाई प्रयोग गरे पनि हुन्छ : उनले त्यसमा भनेका छन्,जब "आवाज"को कुनै प्रभाव हुँदैन, मान्छेले त्यतिखेर रोज्ने भनेको "वहिर्गमन" नै हो । छिपाउनु, घोप्टो पर्नु या वहिर्गमन गर्नु मध्ये जुनदसुकै पदावलीको प्रयोग गरे पनि त्यस्तो बेला रणनीति भनेको चाहिँ आफू सहभागी हुन अस्वीकार गर्नु नै हो । त्यस पछि ? यदि हामी इतिहासको कचरा अवधिबाट गुज्रिरहेका छौं भने त्यसबाट बाहिर निस्केर लामो सांकृतिक छुट्टी मनाउनु राम्रो हुन्छ । लत्तो न मार्ने हो भने अझ राम्रो चाहिँ आगामी 'टुर्नामेण्ट'मा आफुलाई विजयी बनाउन शक्तिको जोहो र कलामा निपुर्णता हासिल गर्न लिट्टी कस्नु हो ।

पार्टीमा गुटबन्दी, बहुविचार केन्द्रको अस्तित्व र पार्टी फूटको चूरो कारण के हो ?

अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पार्ने अमेरिकी प्रयासको विरोध गर्नैपर्छ

पर्यावरण : उपभोग गर्ने र देखाउने फरक

सत्ताको शिखरबाटै गणतन्त्रमाथि खतरा !

गाजा: मानवताको मौन मृत्यु र विश्व व्यवस्थाको डरलाग्दो संकट

विवाहको अर्थ-राजनीति

कस्मेटिक विकास : समृध्दि यात्रा कि आर्थिक संकटको बाटो

प्रतिक्रिया