मानव मस्तिष्क: ब्रम्हाण्डजत्तिकै जटिल संरचना

मानव मस्तिष्कको संरचना अत्यन्तै जटील छ र यसलाई कहिलेकाहीँ अथाहा ब्रम्हाण्डसँग पनि तुलना गर्ने गरिन्छ । यसैक्रममा वैज्ञानिकहरुले के अनुमानित गणना गरेका छन् भने मानिसको मस्तिष्कमा १२५ ट्रिलियनभन्दा बढी स्नायु जडानहरु रहेका छन् । यी जडानहरुलाई स्नायवीय जडानहरू अर्थात् सिन्याप्स (synapses) पनि भन्ने गरिन्छ ।
मानव मस्तिष्कमा करिब ८६ अर्ब न्यूरोनहरू हुन्छन्।प्रत्येक न्यूरोनले अन्य न्यूरोनहरूसँग हजारौँ सिन्याप्स बनाउँछ। यसले गर्दा मानव मस्तिष्कमा त्यसता कुल सिन्याप्सहरूको संख्या करिब १०० ट्रिलियनदेखि १,००० ट्रिलियन (१ क्वाड्रिलियन) सम्म हुने अनुमान छ।एउटा वयस्क मस्तिष्कमा, अझ सेरेब्रल कोर्टेक्स भागमा प्रायः १२५ ट्रिलियन सिन्याप्सहरू हुने अनुमान गरिएको छ ।
रमाइलो कुरा के छ भने त्यस्ता सिन्याप्सहरूको संख्या स्थिर हुँदैनन्। सिकाइ, सम्झना, र मस्तिष्कको गतिविधिका आधारमा नयाँ सिन्याप्सहरू बन्ने र पुराना नष्ट हुने क्रम चलिरहेको हुन्छ । यसले गर्दा सिन्याप्सहरूको संख्या समयसँगै परिवर्तन हुन्छ।
कहिलेकाहीँ मानव मस्तिष्कमा हुने त्यस्ता सिन्याप्सहरूको संख्यालाई ब्रम्हाण्डका तारापुञ्जहरुमा हुने ताराहरुको संख्यासँग पनि तुलना गर्ने गरिन्छ ।
वैज्ञानिकहरुको अनुमानमा हाम्रो सौर्यमण्डल रहेको तारापुञ्ज आकाशगंगामा मात्रै करिब १००–४०० अर्ब ताराहरू छन् । कदाचित एउटा तारापुञ्जमा १०० अरब ताराहरु हुन्छ भन्ने मानियो भने मस्तिष्कमा हुने १२५ ट्रिलियन सिन्याप्सहरूको संख्या करिब १,२५० मिल्की वे आकाशगंगाहरूका ताराहरूको बराबर हुन्छ।
वास्तवमा सिन्याप्स र ताराहरूबीचको तुलना सटीक र सही हुन सक्दैन । तर मानव मस्तिष्कको असाधारण जटिलतालाई चित्रण गर्न रूपकात्मक (metaphorical) तरिकाले तुलना गर्ने गरिन्छ । यो तुलना यथार्थमा आधारित भए पनि सटीक छ भनेर दावी गर्न सकिन्न तथापि यसले मस्तिष्कको अद्वितीय संरचना र क्षमतालाई दर्शाउदछ ।

पृथ्वीको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्र: प्रशान्त महासागरको ‘रिङ अफ फायर’

रूसको महाभूकम्पः समुद्रको गर्भबाट उठेको चेतावनी

पृथ्वीमा ताजा पानीको भण्डार अभूतपूर्व रूपमा घट्दैछ

अव दाल भात पकाउन पनि आर्टिफिसियल इन्टेलिजेन्स (AI) !

सुप्राग्लेसियल लेक विस्फोट र विनाशको ताण्डव

पृथ्वीको गहिराइमा लुकेको महासागर: वैज्ञानिकहरूको अनौठो खोज

बेटेल्ज्युसको रहस्य: एक विस्फोटोन्मुख ताराको कथा

प्रतिक्रिया