कड्काल
गाउँघरमा एउटा लोककथा प्रचलित छ । झट्ट सुन्दा विनोदपूर्ण पनि छ । उत्तिकै अर्थपूर्ण पनि ।
साँझपख ज्वाईं ससुराली पुगे । बाहिर खाटमा थचक्क बसे । ससुरा बाहिर निस्के ।
ससुरा : अँध्यारो अँध्यारो छ, मान्छे पनि उतिसारो चिनिदैन, ज्वाईं चाहिँ को पर्नु भो कुन्नि ?!
कड्काल अघि सर्छ ।
कड्काल : ज्वाईं चाहिँ वहाँ नै हो । टोपी चाहिँ मेरो ।
ज्वाईं लाजले भुतुक्क हुन्छ र साथीलाई चिमोट्छ ।
ससुरा ज्वाईं जिउढोग गर्छन् ।
एकै छिनपछि साथीलाई साउती गर्दै
ज्वाईं : टोपी चाहिँ मेरो न भन् न !
कड्काल : हुन्छ, आइन्दा भन्दिनँ ।
सासु बाहिर निस्किन्छिन् ।
सासु : अँध्यारो अँध्यारो छ, मान्छे पनि उतिसारो चिनिदैन, ज्वाईं चाहिँ को पर्नु भो कुन्नि ?!
कड्काल : ज्वाईं चाहिँ वहाँ नै हो । टोपी पनि वहाँकै हो ।
ज्वाईं लाजले भुतुक्क हुन्छ र साथीलाई चिमोट्छ ।
ज्वाईं सासु ढोगभेट हुन्छ ।
एकैछिनपछि ।
ज्वाईं : टोपीको चाहिँ कुरै न उठा न । तैंले त बेइज्जत गर्नु गरिस् यार !
कड्काल : हुन्छ, हुन्छ । धन्दै न मान । अब उप्रान्त त्यस बारे कुरै उठाइन्न ।
एकै छिन पछि जेठान प्रवेश गर्छन् ।
जेठान : अँध्यारो अँध्यारो छ, मान्छे पनि उतिसारो चिनिदैन, ज्वाईं चाहिँ को पर्नु भो कुन्नि ?!
कड्काल अघि सर्छ ।
कड्काल : ज्वाईं चाहिँ वहाँ नै हो । टोपीको चाहिँ कुरै न गरौँ ।
ज्वाईं रातोपिरो हुन्छ ।
सहयोगी राम्रो भएन भने पनि लगाइरहेको कपडा पनि खुस्काई दिन्छ ।
रास्वपाको अग्रतासँगै ऊसामु तेर्सिएका केही सवालहरु
अली खामेनीको सहादत: शिया इतिहासको आत्मबलिदानको शृङ्खलामा थपिएको अर्को एउटा …
इरान: हत्या गरेर पनि नमर्ने, दबाबमा पनि न ढल्ने राष्ट्र
लुकिङ ग्लास र नेपाली राजनीति: देखिएभन्दा नजिकैको जोखिम
नोम चोम्स्की, जेफ्री एप्स्टीन र विश्वासघातको राजनीति
फौलादी उम्मेदवार मातृका यादवका प्राथमिकता
एप्स्टीनको पृष्ठभूमिबारे विस्तृत अनुसन्धान नगर्नु हाम्रो लापरवाही थियो
प्रतिक्रिया