ब्रिक्स शिखर सम्मेलनको कजान घोषणा-पत्र

रुसको कजानमा बुधबार सम्पन्न ब्रिक्स शिखर सम्मेलनले कजान घोषणा-पत्रलाई पारित गरेको छ। यो घोषणा-पत्रलाई ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका लगायतका ब्रिक्स राष्ट्रहरूको सामूहिक दृष्टिकोण र उद्देश्यलाई प्रतिबिम्बित गर्ने दस्तावेजको रूपमा लिइएको छ। कजान घोषणा-पत्रबारे टिप्पणी गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन्- यो घोषणा-पत्रलाई सबै सदस्य राष्ट्रहरूले अनुमोदन गरेका छन् र यसलाई विश्वव्यापी बहुध्रुवीयताको महत्त्वपूर्ण अभिव्यक्तिको रूपमा संयुक्त राष्ट्र संघमा वितरण गरिनेछ।
कजान घोषणा-पत्रका महत्त्वपूर्ण बुँदाहरू :
▪️ ब्रिक्स राष्ट्रहरूले युक्रेनको द्वन्द्वलाई "वार्ता र कूटनीतिका माध्यमबाट" समाधान गर्नुपर्ने आवश्यकता रहेको घोषणा गरे। उनीहरूले शान्तिपूर्ण समाधानका लागि मध्यस्थताको प्रस्तावहरूलाई "स्वागत" गरे (जसमा स्पष्ट रूपमा चिनियाँ-ब्राजिलीयन शान्ति पहललाई सन्दर्भको रूपमा लिइएको छ)।
▪️ मध्य पूर्वलाई आणविक हतियार-मुक्त क्षेत्र घोषणा गर्ने र आणविक अप्रसार प्रणालीलाई सुदृढ बनाउन आह्वान गरे;
▪️ इरानी आणविक सम्झौतामा सबै पक्षहरूले पुन: सहभागिता जनाउनुपर्ने आवश्यकता बलियो रूपमा उठाए;
▪️ ब्रेटन वुड्स संस्थाहरूको सुधारका लागि विकासशील देशहरूको विश्व अर्थतन्त्रमा योगदान विस्तार गर्ने प्रस्ताव राखे;
▪️ ब्रिक्सले समूहका देशहरूबीच बहुआयामिक लजिस्टिक प्रणाली सुनिश्चित गर्न एकल यातायात प्लेटफर्म निर्माण गर्ने अध्ययन गर्नेछ;
▪️ मध्य पूर्वको चर्कदो अवस्था प्रति चिन्ता व्यक्त गर्दै, इजरायली आक्रमणको आलोचना गरे, जसमा इरानी दूतावासमा भएको आक्रमण र लेबननमा भएको बमबारी समावेश छ;
▪️ नयाँ विकास बैंकको पूर्वाधार प्रयोग गरी नयाँ लगानी प्लेटफर्मको निर्माणलाई स्वागत गरे;
▪️ सिरियाको सार्वभौमसत्ताको बिना शर्त सम्मान र यसको भूभागीय अखण्डताको संरक्षणको पक्षमा समर्थन गरे;
▪️ रूसको अन्न विनिमय सिर्जना गर्ने पहललाई समर्थन गरे, जसले भविष्यमा अन्य कृषि क्षेत्रहरूलाई पनि समेट्नेछ;
▪️ १९६७ का सीमाभित्र प्यालेस्टाइन राज्यलाई संयुक्त राष्ट्रसंघमा प्रवेश गराउने प्रस्तावको समर्थन गरे;
▪️ नयाँ विकास बैंकलाई उदाउँदै गरेका देशहरूको लागि एक बहुपक्षीय विकास बैंकमा परिणत गर्ने सहमति जनाए।

दक्षिणपूर्वी एसियामा आर्थिक सम्बन्ध सुदृढ गर्न सी जिनपिङको कूटनीतिक यात्रा

क्युबाको चिकित्सकीय अन्तर्राष्ट्रियता

ट्रम्प युक्रेन युद्धबाट बाहिरिँदै : यस्तो छ ट्रम्पको 'प्लान बी' !

स्थापना भएको ५६ वर्षपछि पनि लडिरहेको छ फिलिपिन्सको न्यू पीपल्स आर्मी

नरसंहारको अन्तिम अध्याय

गाजामा युद्धविरामको अन्त्य

ट्रम्प २.० – चीनको दृष्टिकोण

प्रतिक्रिया