एडम र ईभ काला थिए ?
विश्वमा मानव जातिको साहसिक यात्रा अफ्रिका बाट सुरु भएको थियो। त्यहीँबाट हाम्रा पुर्खाहरु पृथ्वीलाई जित्ने अभियानमा निस्केका थिए। धेरै बाटाहरूले उनीहरूलाई धेरै गन्तव्यहरूमा पुर्यायो, र सूर्यले आफ्नो रङहरूको रङदानीबाट विभिन्न रङहरू प्रदान गर्यो।
अहिले पृथ्वीको इन्द्रेणी आकाशको इन्द्रेणीभन्दा बढी रङीन छ। तर हामी सबै अफ्रिकाबाट आएका आप्रवासी हौँ। सबैभन्दा गोरोमध्येका गोरो पनि अफ्रिकाबाटै आएको हो।
सायद हामी हाम्रो साझा उत्पत्तिलाई मान्न यसकारण इन्कार गर्छौ, किनकि नस्लवादले विस्मृत गराइदिन्छ, वा सायद हामीलाई यो अविश्वसनीय लाग्छ कि ती पुराना दिनहरूमा सम्पूर्ण विश्व हाम्रो राज्य थियो—सिमाना बेगरको एक विशाल नक्सा—र आवश्यक पासपोर्ट मात्र हाम्रा खुट्टाहरु थिए ।
फागुन २१ को चुनावमा मत कसलाई हाल्ने ?
राजनीतिक विचारधाराको द्विध्रुवीय विमर्श: वामपन्थ र दक्षिणपन्थ
बंगलादेश होस् वा नेपाल: सामुन्ने त्यही प्रश्न
निर्वाचनमा आधुनिक डिजिटल पूँजीवाद र यसको प्रभाव
जेम्स पेट्रासको अन्त्य: एक बौद्धिक मौनता
पश्चिमी वामपन्थीको संकटपूर्ण अवस्थाको व्याख्या
क्युबाली क्रान्ति अमेरिकी साम्राज्यवाद विरुद्ध अडिग छ
प्रतिक्रिया