एडम र ईभ काला थिए ?
विश्वमा मानव जातिको साहसिक यात्रा अफ्रिका बाट सुरु भएको थियो। त्यहीँबाट हाम्रा पुर्खाहरु पृथ्वीलाई जित्ने अभियानमा निस्केका थिए। धेरै बाटाहरूले उनीहरूलाई धेरै गन्तव्यहरूमा पुर्यायो, र सूर्यले आफ्नो रङहरूको रङदानीबाट विभिन्न रङहरू प्रदान गर्यो।
अहिले पृथ्वीको इन्द्रेणी आकाशको इन्द्रेणीभन्दा बढी रङीन छ। तर हामी सबै अफ्रिकाबाट आएका आप्रवासी हौँ। सबैभन्दा गोरोमध्येका गोरो पनि अफ्रिकाबाटै आएको हो।
सायद हामी हाम्रो साझा उत्पत्तिलाई मान्न यसकारण इन्कार गर्छौ, किनकि नस्लवादले विस्मृत गराइदिन्छ, वा सायद हामीलाई यो अविश्वसनीय लाग्छ कि ती पुराना दिनहरूमा सम्पूर्ण विश्व हाम्रो राज्य थियो—सिमाना बेगरको एक विशाल नक्सा—र आवश्यक पासपोर्ट मात्र हाम्रा खुट्टाहरु थिए ।
नेटो: क्षेत्रीय र विश्व शान्ति तथा स्थिरताका लागि खतरा
लाल सूर्यास्त
स्कुलमा ज्ञान, सीप र कामको सन्तुलित मिश्रण
जेन–जि विद्रोहको सन्देश र हाम्रो माओवादी केन्द्रको कार्यभार !
विरोधाभासहरूको सामना, राजनीतिक परिपक्वता र विश्वबोध
गुलिभर ट्राभल्सका लिलिपुटीयन र नेपाली कम्युनिस्टहरु
नयाँ र पुराना विश्व महाशक्ति राष्ट्रहरूबीचको अन्तर्विरोधको सम्बन्धमा हाम्रो नीति
प्रतिक्रिया