कुन कुरालाई प्रगतिशील भन्ने कुनलाई प्रतिगामी ?

“२०४६ सालको जन-आन्दोलनबाट आएको बहुदलीय व्यवस्था प्रतिगामी थियो किनकि त्यो साम्राज्यवादको समर्थनबाट आएको थियो । "
"बुद्ध प्रतिक्रियावादी हुन् किनकि उनले समाजवाद बुझेनन् ।”
यी र यस्ता विचारहरु हामी यत्रतत्र सुन्न पाउँछौं । कुन कुरालाई प्रगतिशील भन्ने, कुनलाई प्रतिगामी ? यस मामलामा केही गंजागोल पैदा भएको छ ।
कुनै पनि कुरा आफैंमा प्रगतिशील वा सही हुँदैन । एउटा निश्चित सन्दर्भ र सम्बन्धमा मात्र कुनै पनि कुरा प्रगतिशील वा अप्रगतिशील, सही वा गलत हुने गर्छ ।
तर हामी कहाँ फुट्टा रुपमा कुनै पनि कुरालाई सही वा गलत भन्ने, प्रगतिशील वा प्रतिगामी भन्ने व्यापक प्रचलन छ । समय र परिस्थिति भन्दा अलग्गै सन्दर्भमा भन्दा अलग्गै कुनै पनि कुरालाई प्रगतिशील वा प्रतिगामी, सही वा गलत ठहऱ्याउने चिन्तन प्रणाली एउटा आम-रोगको रुपमा हाम्रो आन्दोलनमा विद्यमान छ ।
गएको जन-आन्दोलनबाट आएको बहुदलीय व्यवस्थालाई प्रगतिशील भन्ने कि प्रतिमामी भन्ने ?
समय र परिस्थिति भन्दा अलग्गै सन्दर्भमा भन्दा अलग्गै कुनै पनि कुरालाई प्रगतिशील वा प्रतिगामी, सही वा गलत ठहऱ्याउने चिन्तन प्रणाली एउटा आम-रोगको रुपमा हाम्रो आन्दोलनमा विद्यमान छ ।
एउटा निश्चित सन्दर्भ र संबन्धबाट कटाएर तत्कालीन समय र परिस्थितिबाट अलग्याएर यसको सही मूल्याङ्कन हुन सक्दैन । भविष्यको कुनै उन्नत लक्ष्यसंग तुलना गरेर, समाजवाद र साम्यवादसंग तुलना गरेर, विगत जन-आन्दोलनको उपलब्धिको मूल्याङ्कन गर्नु सरासर गलत र अवैज्ञानिक हुन्छ । यसको सही र वैज्ञानिक मूल्याङ्कन गर्नको लागि त कुन समय र परिस्थितिको सदर्भ बहुदल आएको थियो? त्यो आउनु भन्दा अगाडिको यहाँको व्यवस्था के थियो, सन्दर्भमा के थियो ? त्यो आउनाले जम्माजम्मीमा समाज अगाडि गयो कि पछाडि ? उज्यालोतिर गयो कि अँध्यारोतिर यसको कुराको निरुपण गर्नु पर्ने हुन्छ ।
कुनै पनि वर्तमान ‘प्रगति’ भयो कि ‘अवनति’, यो कुरा भविष्यसंग तुलना गरेर छुट्टिन सक्दैन । त्यसको विगतसंग तुलना गरेर मात्र यसको सही छिनोफानो हुन सक्छ, किनकि समयको त एउटै मात्र आयाम हुन्छ । समय जहिले पनि अघिल्तिर र विगतबाट वर्तमानतिर, वर्तमानबाट भविष्यतिर अघि बढीरहेको हुन्छ ।
यो जग जाहेर छ, नेपालमा २०४६ सालको जन- आन्दोलन अघि सामन्तवादी निरंकुश राजतन्त्र थियो । जनअधिकार अत्यन्त सीमित थियो । सम्पूर्ण अधिकार राजामा केन्द्रित थियो । बहुदल अगाडिको विगत यही थियो । यही समय र परिस्थितिको सन्दर्भमा नेपालमा “बहुदलको निम्ति "जन-आन्दोलन भएको थियो । बहुदलको प्राप्तिले नेपाली राज्यलाई सामन्तवादी निरंकुश राजतन्त्रबाट पूँजीवादी संसदीय प्रजातन्त्रमा रुपान्तरित गरेको थियो । त्यसले ‘राजाको हातमा संपूर्ण अधिकार’ लाई ‘संसदको बहुमतको हातमा संपूर्ण अधिकार’मा बदलेको थियो । त्यसैले, बहुदलीय व्यवस्था प्रगतिशील भयो कि प्रतिगामी भयो यसको निक्यौल सामन्ती निरंकुश राजतन्त्रको सन्दर्भमा पूँजीवादी संसदीय प्रजातन्त्र आउनु जम्माजम्मीमा प्रगतिशील कदम हुन्छ कि प्रतिगामी ? यसको आधारमा गर्नु पर्ने हुन्छ । बहुदलीय व्यवस्थाको विगतको सापेक्षतामा अर्थात पंचायती व्यवस्थाको सापेक्षतामा यसको मूल्याङ्कन गर्नु पर्ने हुन्छ ।
सामन्ती निरंकुश राजतन्त्रको ठाउँमा पूँजीवादी संसदीय व्यवस्था आउनु भनेको मानव समाजको विकासको हिसावले एउटा फड्को हो। यो एक कदम प्रगति हो । यस कदमद्वारा नेपाली समाज एक कदम अगाडि बढेको छ, पछि हटेको छैन । केही उज्यालोतिर अघि बढेकोछ, अँधेरोतिर होइन । यसको विगत सँगको यही तुलनाको आधारमा, तत्कालीन समय र परिस्थितिसंगको सन्दर्भसंगको तुलनाको आधारमा, बहुदलीय व्यवस्था जम्माजम्मीमा एउटा प्रगतिशील पाइला थियो। प्रतिगामी होइन।
सामन्ती निरंकुश राजतन्त्रको ठाउँमा पूँजीवादी संसदीय व्यवस्था आउनु भनेको मानव समाजको विकासको हिसावले एउटा फड्को हो।
खालि बहुदलीय व्यवस्थाको सन्दर्भमा मात्र होइन, कुनै पनि कुराको प्रगतिशीलताको सन्दर्भमा यो पद्धति लागू गर्नु पर्छ । कुनै पनि कुराको प्रगतिशीलताको सवाल आउने वित्तिकै हाम्रो प्रश्न हुनु पर्छ - के को सन्दर्भमा ? कुन कुरासंगको सम्बन्ध र तुलनामा ? कुन समय र परिस्थितिसँगको सम्बन्धमा वा सापेक्षतामा ?
यदि त्यो कुराले तत्कालीन समय र परिस्थितिको सन्दर्भमा र तुलनामा मानव समाजलाई, जम्माजम्मीमा, अघि लैजाने, उज्यालोतिर लैजाने काम गरेको छ भने त्यो कुरा प्रगतिशील हो । पछिल्तिर लैजाने, अँधेरोतिर धकेल्ने काम गरेको छ भने त्यो अप्रगतिशील वा प्रतिगामी हो । हामीले हरेक कुरालाई जे छ र जे थियो, त्यसको सन्दर्भमा नै तुलना गरेर हेर्नु पर्छ किनकि जे छ वा जे थियो, त्यो नै त ठोस आधार हो, जसको आधारमा कुनै कुराको सही तुलना हुन सक्छ । बिना आधार कुनै पनि कुराको निरपेक्ष तुलना हुनै सक्दैन ।
यो सबाल कुनै कुरालाई लामो भन्ने कि छोटो भन्ने भने जस्तै सवाल हो । मेरो हातमा १२ इञ्चको एउटा फुट-स्केल छ । त्यो लामो हो कि छोटो हो ? के बिना कुनै सन्दर्भ र संबन्ध, त्यसलाई लामो वा छोटो ठहऱ्याउन सकिन्छ ? तुलना गर्नको लागि अर्को केही कुरा हुनु पन्यो, अनि त त्यो लामो हो कि छोटे हो भनी सही निक्यौल निकाल्न सकिन्छ । अर्को १८८ इञ्चको फुट-स्केल छ भने त्यसको सम्बन्ध र सन्दर्भमा भन्न सकिन्छ- त्यो छोटो हो तर अर्को ६ इञ्चको फुट स्केल छ भने त्यही १२ इन्चको फूट-स्केल पनि लामो ठहरिन सक्छ । त्यसैले १२ इन्चको फुट स्केल लामो हो कि छोटो, त्यसको सही मूल्याङ्कन गर्नको लागि हाम्रो प्रश्न हुनु पर्छ के को तुलनामा ? कुन कुराको सन्दर्भमा र संबन्धमा ? कुन अर्को वस्तुको सापेक्षतामा, जुन तुलनाको लागि अस्तित्वमा छ ? अन्यथा १२ इञ्चको फुट-स्केललाई न छोटो भन्न सकिन्छ न लामो नै ।
मानव समाज मोटर, जेट र रकेटको युगमा आईसकेपछि के बग्गी र बयलगाडा अब पनि प्रगतिशील बाहन हुन सक्छन् ? के कसैले अहिले बडो मेहेनतले छिटो कुद्ने बयलगाडा फेरि बनाउँछ भने त्यो प्रगतिशील कदम हुन सक्छ ?
बयल गाडालाई प्रगतिशील बाहन भन्ने कि पछौटे बाहन ? यो पनि यस्तै प्रश्न हो । जतिखेर मानव समाज हिड्नु, दौड्नु सिवाय अरु उपायले आफ्नो काम छिटो संपन्न गर्न सक्दैनथ्यो, त्यस समय र परिस्थितिको सन्दर्भ र सम्बन्धमा बयलगाडा पनि एउटा प्रगतिशील कदम थियो । यसले मानव समाजको धेरै समय बचाएको थियो । यो प्रगतिको फड्को थियो । बयलगाडाकै अनुभवको जगमा मानब समाजले बग्गी बनाउन सिकेको थियो र बग्गीबाट मोटर । तर मानव समाज मोटर, जेट र रकेटको युगमा आईसकेपछि के बग्गी र बयलगाडा अब पनि प्रगतिशील बाहन हुन सक्छन् ? के कसैले अहिले बडो मेहेनतले छिटो कुद्ने बयलगाडा फेरि बनाउँछ भने त्यो प्रगतिशील कदम हुन सक्छ ? यो स्थितिमा त्यही बयलगाडाको निर्माण एउटा पछौटे कार्य ठहरिन्छ ।
यसरी कुनै पनि कुरा प्रगतिशील हुन्छ पनि हुन्न पनि । त्यस्तै कुनै पनि कुरा प्रतिगामी हुन्छ पनि, हुन्न पनि । जुन कुरा एउटा सन्दर्भमा प्रगतिशील हुन सक्छ, त्यो अर्को सन्दर्भमा प्रतिगामी हुन् सक्छ । जुन कुरा एउटा निश्चित समय र परिस्थितिसितको सन्दर्भमा प्रतिगामी हुन्छ, त्यो अर्को सन्दर्भमा प्रगतिशील हुन सक्छ । निरंकुश राजतन्त्रबाट पूँजीवादी प्रजातन्त्रमा फड्को प्रगतिशील कदम हो । तर समाजवादबाट फेरि पूँजीवादी प्रजातन्त्रमा फड्को मार्नु भने प्रतिगामी
मार्नु कदम हो । त्यसैले पूँजीवादी प्रजातन्त्र प्रगतिशील कि प्रतिगामी व्यवस्था ?- त्यसको मूल्याङ्कन फुट्टो रुपमा हुन सक्दैन । अस्तित्वमा रहेको कुनै अर्को व्यवस्थासितको सन्दर्भमा मात्र, त्यो सितको तुलनामा मात्र, त्यो प्रगतिशील कि प्रतिगामी त्यसको सही मूल्याङ्कन हुन सक्छ । अहिले नेपालमा बहुदलीय पूँजीवादी संसदीय व्यवस्था अस्तित्वमा छ । क्रान्तिद्वारा हामी फेरि पनि बहुदलीय पूँजीवादी संसदीय व्यवस्था नै ल्याउँछौं भने त्यो समाजको निम्ति प्रगति हुन्छ कि हुन्न ? त्यो प्रगतिशील व्यवस्था हुन्छ कि हुन्न ? यो पनि एउटा त्यस्तै प्रश्न हो । ध्यानपूर्वक विचार गरेमा जो सुकैले पनि यसको सही उत्तर प्राप्त गर्न सक्छ ।
नेपालमा बहुदलीय पूँजीवादी संसदीय व्यवस्था अस्तित्वमा छ । क्रान्तिद्वारा हामी फेरि पनि बहुदलीय पूँजीवादी संसदीय व्यवस्था नै ल्याउँछौं भने त्यो समाजको निम्ति प्रगति हुन्छ कि हुन्न ? त्यो प्रगतिशील व्यवस्था हुन्छ कि हुन्न ?
जन-आन्दोलन पछिको बहुदलीय व्यवस्थालाई प्रतिगामी भन्ने चिन्तन र वा बहुदलीय संसदीय व्यवस्था अस्तित्वमा हुँदाहुँदै फेरि क्रान्तिद्वारा बहुदलीय संसदीय व्यवस्था नै ल्याउने भन्ने चिन्तन दुबैको स्रोत एउटै हो दुबैले वस्तुलाई निरपेक्ष तुलनाको आधारमा, बिना सन्दर्भ र संम्बन्ध, समय र परिस्थिबाट अलग थलग गरेर हरेका छन् । र दुवैले पहिले के छ वा के थियो भन्ने कुरासित कुनै सम्बन्ध र सरोकार नै नराखी पछिल्लो कुरालाई प्रगतिशील वा प्रतिगामी भन्ने काम गरेका छन् । निरपेक्ष तुलनाको यो विधि, समय र परिस्थिति भन्दा अलग, बिना कुनै सन्दर्भ र सम्बन्ध वस्तुलाई हेर्ने - विश्लेषण गर्ने यो पद्धति अवैज्ञानिक छ । यसले कुनै पनि वस्तुबारे सही धारणा बनाउन मद्दत गर्दैन । यसले हामीलाई मनगढन्त चिन्तनतिर, मनपरी धारणा बनाउने दिशातिर, मनोगतवादी चिन्तनतिर डोर्याउँछ ।
बैज्ञानिक चिन्तन पद्धति भनेको हरेक वस्तुलाई अलग थलग रुपमा होइन, अरु वस्तुसितको अन्तर्सम्बन्धमा हेर्नु हो । समय र परिस्थितिबाट अलग्याएर होइन, तत्कालीन समय र परिस्थितिसितको सम्बन्धमा हेर्नु । सन्दर्भबाट अलग्ग होइन, हमेशा सन्दर्भसित जोडेर हेर्नु । कुनै पनि वस्तुलाई समय र परिस्थितिबाट अलग्याएर हेर्नु, सन्दर्भबाट अलग्गै हेर्नु अवैज्ञानिक चिन्तन हो, मनोगतवादी चिन्तन हो ।
यस्तो किन त ? किनभने, संसारमा कुनै पनि वस्तु अलग- थलग छैनन् । संसारका सारा वस्तुहरु अन्तर संबन्धित, अर्थात एक अर्कामा जोडिएका छन् । एउटा वस्तुमा अलिकता परिवर्तन होस्, सारा वस्तुमा परिवर्तन आउँछ । एउटा रुख मात्र काट्नुहोस्, सारा वातावरणमा त्यसले केही न केही असर पार्छ, परिवर्तन ल्याउँछ ।
कुनै पनि वस्तुलाई समय र परिस्थितिबाट अलग्याएर हेर्नु, सन्दर्भबाट अलग्गै हेर्नु अवैज्ञानिक चिन्तन हो, मनोगतवादी चिन्तन हो ।
वस्तुहरु गतिशील छन् । तर ती शून्यमा गतिशील हुँदैनन् । अरु वस्तुसितको द्वन्द्व र सम्बन्धमा नै ती गतिशील हुन्छन् । समय र परिस्थितिसितको सम्बन्धमा नै ती गतिशील हुन्छन् । एउटा मान्छे प्रकृति र समाजसितको निरन्तर अन्तरसम्बन्धमा नै बदलीरहेको हुन्छ । समाज र प्रकृतिसितको संबन्ध र द्वन्द्वमा नै ऊ बाँचीरहेको हुन्छ- काम गरिरहेको र परिवर्तित भइरहेको हुन्छ । र उसका काम र व्यवहारले समाज र प्रकृतिलाई पनि बदल्न मद्दत गरिरहेको हुन्छ चाहे त्यो प्रगतिको दिशामा होस् वा अवनतिको दिशामा प्रगति र अवनति भनेका, प्रगतिशील र प्रतिगामी भनेका तुलनात्मक अर्थात सापेक्षिक शब्दहरु हुन् । कुनै व्यक्ति वा समूह वा शक्तिको कामले र व्यवहारले प्रकृति र समाजलाई पाहिलेभन्दा अगाडितिर लग्यो, उज्यालोतिर लग्यो, उकालोतिर लग्यो भने हामी त्यसलाई प्रगति भयो, प्रगतिशील कदम भयो भन्दछौं । पहिलेभन्दा पछिल्तिर लग्यो, झन् अन्धकारतिर लग्यो, ओरालोतिर लग्यो भने हामी त्यसलाई अवनति भयो, प्रतिगामी भयो भन्छौं । कुनै कुरालाई प्रगति भन्ने कि अवनति भन्ने, प्रगतिशील भन्ने कि प्रतिगामी भन्ने, यो हाम्रो इच्छामा र मनमा भर पर्दैन । त्यो हाम्रो इच्छा र मनभन्दा बाहिर स्वतन्त्र रुपमा जे अस्तित्वमा छ, जे वस्तु जगतमा छ, त्यो संगको तुलनामा सापेक्षतामा सम्बन्धमा भर पर्दछ । हामी हाम्रो इच्छा र मनमा मात्र आधारित भएर कुनै पनि वस्तुको मूल्याङ्कन गर्छौं भने त्यो मनोगतवादी चिन्तन, अर्थात मनमा आधारित चिन्तन हुन्छ । अनि मनमा आधारित चिन्तन वस्तुसम्मत र वैज्ञानिक त हुनै सक्दैन किनकि वस्तुहरु त हाम्रो मन वा इच्छाभन्दा वाहिर छन् र स्वतन्त्र अस्तित्वमा छन् ।
हामी हाम्रो इच्छा र मनमा मात्र आधारित भएर कुनै पनि वस्तुको मूल्याङ्कन गर्छौं भने त्यो मनोगतवादी चिन्तन, अर्थात मनमा आधारित चिन्तन हुन्छ । अनि मनमा आधारित चिन्तन वस्तुसम्मत र वैज्ञानिक त हुनै सक्दैन किनकि वस्तुहरु त हाम्रो मन वा इच्छाभन्दा वाहिर छन् र स्वतन्त्र अस्तित्वमा छन् ।
बुद्धको मूल्याङ्कन गर्ने सवालमा पनि समस्या यही नै हो । बुद्धका विचारहरु प्रगतिशील कि प्रतिगामी ? बुद्धत्व बाँचेको, बुद्धले चलखेल गरेको र सिद्धार्थले बुद्ध प्राप्त गरेको त्यतिखेरको समय र परिस्थिति त्यतिखेरको समाजको विचारको सन्दर्भ र सम्बन्ध थाहा पायौं भने मात्र हामी बुद्धका विचारहरुको सही र वैज्ञानिक मूल्याङ्कन गर्न सक्छौं । त्यो प्रगतिशील थियो कि प्रतिगामी थियो भन्न सक्छौं । तात्कालीन समय र परिस्थितिबाट अलग्याएर, तात्कालीन समाजको सन्दर्भ र सम्बन्धबाट अलग्याएर बुद्धको विचारबारे धारणा बनाउनु भनेको फेरि पनि मनगढन्त, मनोगतवादी धारणा बनाउनु हो । यस्तो गर्नु गलत र अवैज्ञानिक त हुन्छ नै । यो सरासर अन्यायपूर्ण पनि हुन्छ ।
हेगेलले द्वन्द्ववादको र फायरवाखले भौतिकवादको जग नहालेको भए मार्क्सले द्वन्द्वात्मक भौतिकवादको विकास गर्न सक्नु हुने थिएन । मार्क्सको समय हेगेल र फायरवाखले गरेको कसरत गर्दै बित्थ्यो । त्यसैले मार्क्सवाद जन्मनुमा हेगेल र फायरवाखले हालेको वैचारिक जगको पनि अहं भूमिका छ । उन्नत दर्शनको विकासको निम्ति कुनै आधार नै नभएको बुद्धको समयमा खालि राजाको छोरा भएर मार्क्स स्वयम लुम्बिनीमा जन्मनु भएको भए के उहाँ समाजवादी सिद्धान्त प्रतिपादन गर्न सक्नु हुन्थ्यो ? के उहाँले हेगेल र फायरवाखको दर्शनलाई द्वन्द्व-संश्लेषण गरेर द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त विकास गर्न सक्नु हुन्थ्यो ? के उहाँले “पूँजी" ग्रन्थ लेख्न सक्नु हुन्थ्यो ?- कदापि सक्नु हुने थिएन ।
त्यसैले बुद्धका विचारहरुको मूल्याङ्कन गर्दा पनि आज भन्दा २५०० वर्ष अगाडिको त्यतिखेरको गाउँले, अज्ञानताले जर्जर, इश्वरवाद र पुरोहितवादले हाहाकार मच्चाएको पृष्ठभूमि, सन्दर्भ, समय र परिस्थिति भुल्नु हुँदैन । त्यस समय र परिस्थितिमा पनि पुरोहितवादको विरुद्ध विद्रोह गर्नु र आवाज उठाउनु, संसारमा ईश्वर भन्ने कुरा छैन भनेर खुलेआम घोषणा गर्नु, संसारमा हरेक कुरा परिवर्तनशील छ, नाशवान छ भनेर हरेक वस्तुको द्वन्द्वात्मक व्याख्या गर्नु, प्रत्येक वस्तुलाई जस्तो छ त्यस्तै थाहा पाउनु पर्छ, “यथाभूत तथा ज्ञान दर्शन " भनेर वस्तुको भौतिकवादी व्याख्या गर्नु, यी कुरा जम्मा जम्मीमा प्रगतिशील हुन् कि प्रतिगामी ? प्रत्येकले छुट्याउन सक्ने कुरा हो ।
हो, बुद्ध पनि त्यतिखेरको समय र परिस्थितिले लादेको सीमा भन्दा बाहिर जान सक्नु हुन्नथ्यो र सक्नु भएन । अहिलेको मापदण्डबाट हेर्दा उहाँका विचारहरुमा पनि अपूर्णता र खोट देखिन्छन, देखिन सक्छन् । तर भविष्यको मापदण्डबाट हेर्दा के मार्क्स, ऐंगेल्स, लेनिनमा चाहिं अपूर्णता र खोट नदेखिएलान् ? र के त्यो कुनै पनि कुराको मूल्याङ्कन गर्ने सही पद्धति हो ? त्यसैले, वस्तुहरुलाई भविष्यको मापदण्डको आधारमा त्यसको बैज्ञानिक मूल्याङ्कन गर्न संभव छैन । कुनै पनि व्यक्ति वा वस्तुहरुलाई मूल्याङ्कन गर्दा त्यसलाई ऐतिहासिक विकासको क्रमिकतामा र सन्दर्भमा मूल्याङ्कन गर्नु पर्छ । प्रगतिशीलता र प्रतिगामिताको मूल्याङ्कन पनि कुनै पनि वस्तुको ऐतिहासिक सन्दर्भ र ऐतिहासिक विकासको क्रमिकतामा नै गर्नु पर्छ । मानव समाजको ऐतिहासिक विकासको क्रमिकतामा र सन्दर्भमा भालाबाट धनुवाणमा अघि बढ्नु प्रगति हो, धनुवाणबाट बन्दूक, तोप र मिसाइलमा अघि बढ्न प्रगति हो । तर मिसाइलबाट फेरि भालामा फर्किनु प्रगति होइन, अवनति हो। यो प्रतिगामी पाइला हो । ऐतिहासिक सन्दर्भमा हेर्नु खालि बस्तुमा मात्र हैन, हरेक घटनामा पनि जरुरी छ । प्रत्येक घटनालाई पनि हामीले समय र परिस्थितिसितको सम्बन्ध र सन्दर्भमा हेर्नु जरुरी छ ।
बुद्ध पनि त्यतिखेरको समय र परिस्थितिले लादेको सीमा भन्दा बाहिर जान सक्नु हुन्नथ्यो र सक्नु भएन । अहिलेको मापदण्डबाट हेर्दा उहाँका विचारहरुमा पनि अपूर्णता र खोट देखिन्छन, देखिन सक्छन् । तर भविष्यको मापदण्डबाट हेर्दा के मार्क्स, ऐंगेल्स, लेनिनमा चाहिं अपूर्णता र खोट नदेखिएलान् ?
मानिस मार्नु प्रगतीशील कि प्रतिगामी कदम हो ? समय र परिस्थितिबाट अलग थलग रुपमा हेर्ने हो भने जो सुकैले पनि यसलाई प्रतिगामी कदम भन्न सक्छ । तर प्रश्न उठ्छ यदि एउटी महिलालाई एउटा नराधमले बलात्कार गर्ने प्रयत्न गरेको रहेछ र आत्म-रक्षाको लागि प्रयत्न गर्दा उनले त्यस मानिसलाई मारिन् भने नि ? यदि एउटा चुसाहाले थुप्रै चुसिएका मानिसहरुले न्यायको निम्ति संघर्ष गर्दा हिंसा प्रयोग गर्यो भने प्रत्युत्तरमा चुसिएका मानिसहरुले आफ्नो रक्षाको लागि प्रतिहिंसा गर्ने दौरानमा त्यो चुसाहा मारियो भने नि ? त्यसैले मानिस मार्नु ठीक कि बेठीक, प्रगतिशील कि प्रतिगामी कार्य ? भन्ने प्रश्न आफैंमा हरेक घटनालाई समय र परिस्थितिबाट, सन्दर्भबाट अलग्याएर हेर्ने दृष्टिकोणबाट निर्देशित छ । कुनै एउटै घटना सही पनि हुन सक्छ, गलत पनि, न्यायपूर्ण पनि हुन सक्छ, अन्यायपूर्ण पनि, प्रगतिशील पनि हुन सक्छ, प्रतिगामी पनि । यो घटनामा भर पर्दैन । यो कुरा घटनाको समय र स्थितिमा भर पर्छ, सन्दर्भ र पृष्ठभूमिमा भर पर्छ । यो यसको ऐतिहासिकतामा भर पर्छ ।
प्रत्येक वस्तुलाई र घटनालाई अरु वस्तुसितको सम्बन्धमा हेर्न खोज्नु समय र परिस्थितिसितको अन्तरसम्बन्धमा हेर्न खोज्नु, ऐतिहासिक सन्दर्भमा हेर्न खोज्नु ऐतिहासिक क्रमिकतामा हेर्न खोज्नु दर्शनको भाषामा द्वन्द्वात्मक चिन्तन प्रणाली हो । प्रत्येक वस्तुलाई र घटनालाई समय र परिस्थितिबाट अलग अलग रुपमा हेर्न खोज्नु ऐतिहासिक सन्दर्भ र क्रमिकताबाट अलग्याएर हेर्न खोज्नु, अरु वस्तुबाट अलग्याएर हेर्न खोज्नु अधिभूतवादी चिन्तन प्रणाली हो । हामीले थाहा पाऔं वा नपाऔं, हामीले या त द्वन्द्वात्मक चिन्तन प्रणाली अप्नाई रहेका हुन्छौं या अधिभूतवादी । हामी वैज्ञानिक चिन्तन प्रणाली अपनाइरहेका हुन्छौं या अवैज्ञानिक ।
मूल्याङ्कन, २०४९ फागुनमा प्रकाशित

शिक्षक आन्दोलन, गणतन्त्र र पञ्चायती शैलीको दमन !

देशको आवश्यकता शिक्षाको ढाँचा परिवर्तन हो

लेनिन: क्रान्तिको कठोर अनुशासन र मानवीय संवेदना

के मार्क्सवादीहरुले सुधारका काम गर्नु हुन्छ ?

नागरिकतन्त्रको विचारद्वारा परिवर्तन मार्गनिर्देशित हुनुपर्छ

गणतन्त्रको बोटमा ऐजेरु!

पारिजातः कसरी र कुन कुन मोड हुँदै अघि बढिन् ?

प्रतिक्रिया