निर्वाचनमा सुधारका लागि राजनीतिक वित्तमा पारदर्शिता तथा निर्वाचन खर्चमा नियन्त्रण गर्नु अवस्था छ
इला शर्मा, पूर्व निर्वाचन आयुक्त

निर्वाचनसम्बन्धी कानूनको प्रारम्भिक मस्यौदा निर्वाचन आयोगबाट शुरु हुन्छ । निर्वाचन आयोगले प्रस्ताव गरेको सुधारका प्रस्तावहरु अघि बढाउने लियाजो मन्त्रालय गृह मन्त्रालय हो । कानून मन्त्रालयले त्यस मस्यौदालाई संविधानसँग बाझिएको छ कि छैन भनेर हेर्छ । तर यी कुनै पनि मन्त्रालयले आयोगले गरेको प्रारम्भिक मस्यौदालाई चलाउन पाइँदैन । त्यो मान्यता हो ।त्यसपछि त्यो मस्यौदा संसदको राज्य व्यवस्था समितिमा जान्छ । त्यहाँ छलफल भएपछि संसदमा टेबल हुने हो ।
मेरो अनुभवमा दलहरु कति स्वार्थी हुन्छन् भन्नेबारे मेरो अनुभव सुनाउँछु । २०७० सालमा मस्यौदामा छलफल हुँदैथियो । ७० सालकै राजनीतिक दलहरुसम्बन्धी ऐनमा थ्रेसहोल्डको प्रावधान राख्न आयोगले धेरै प्रयास गर्यो । हामीले जर्मनी लगायत मिश्रित तथा समानुपातिक चुनाव प्रणालीसम्बन्धी धेरै ठाउँहरुको उदाहरण दियौं । त्यसबेला माओवादी दलले पटक्कै मानेन, ७० सालमा थ्रेसहोल्ड भएन । संविधान बनेपछि बल्ल त्यो ३ प्रतिशतमा कायम भएको छ ।
हामीले जतिसुकै समानुपातिक र समावेशी बनाउन खोजेपनि राजनीतिक वित्तको कुरा सबैभन्दा ठूलो समस्या हो । पैसा नहुने भनेको महिला, दलित वर्गहरु नै हुन् । प्रजातन्त्र भनेको जसले भोट दिन सक्छ, उसले चाहेको खण्डमा उम्मेदवार पनि बन्न पाउनुपर्छ । संसारभरिकै समस्या भनेको राजनीतिक वित्त र निर्वाचन खर्च हो ।
राजनीति र सरकारलाई स्थीर गर्नुछ तथा राजनीतिक वातावरणलाई स्वच्छ र समावेशी बनाउनु छ भने मैले देखेका मुख्य समस्या निर्वाचन प्रणाली हुँदै होइन । थ्रेस होल्ड पनि समस्या होइन । सुधार गर्नुपर्ने धेरै कुराहरु छन्, जसमा नागरिक समाज तथा बुद्धिजीवीहरुको ध्यान जानुपर्छ । हामीले जतिसुकै समानुपातिक र समावेशी बनाउन खोजेपनि राजनीतिक वित्तको कुरा सबैभन्दा ठूलो समस्या हो । पैसा नहुने भनेको महिला, दलित वर्गहरु नै हुन् । प्रजातन्त्र भनेको जसले भोट दिन सक्छ, उसले चाहेको खण्डमा उम्मेदवार पनि बन्न पाउनुपर्छ । संसारभरिकै समस्या भनेको राजनीतिक वित्त र निर्वाचन खर्च हो । अमेरिका जस्तो देशको समस्या पनि त्यही हो । उनीहरु निर्वाचनमा हामीले जस्तो बुथ क्याप्चर गर्दैन । हाम्रोमा जस्तो दोहोर्याएर, कमीज फेरेर भोट दिन जाने समस्या छैन । त्यहाँको समस्या निर्वाचन प्रचारमा हुने लगानी हो । त्यहाँ गरिब मानिसले चुनाव लड्ने कल्पना पनि गरिँदैन । त्यहाँ स्वार्थ समूहसँग पैसा लिनुपर्छ भन्ने कुरा नै स्थापित भइसक्यो । पैसा कोसँग लिइयो, त्यो पारदर्शी हुनुपर्छ भन्ने हुन्छ । पुँजीवादी समाजमा निर्वाचन भनेको खर्च हुने प्रणाली नै हो ।
समस्या निर्वाचन प्रणालीमा छ तर थ्रेसहोल्डमा होइन । ७० सालमा १४० भन्दा बढी दलहरु थिए । राजनीतिक दलहरुसम्बन्धी ऐनमा एउटा व्यवस्था थियो– तीनवर्षसम्म लगातार लेखापरीक्षण नबुझाउने दलको दर्ता खारेज हुने । निर्वाचन आयोगले धेरै दलहरु खारेज गरिदियो । ३ वर्षसम्म आयव्यय नबुझाउने कति अनुशासनहीन दलहरु होलान् । हामी सबै आम नागरिकहरुले वार्षिक आयव्यय बुझाउनुपर्छ भन्ने एउटा मान्यता छ । दलहरु त त्यसको रोल मोडल हुनुपर्ने । तर दलहरुलाई निर्वाचन आयोगसँग धेरै रीस उठ्यो । यो समस्या साना दलहरुमा छ, ठूला दलमा छैन ।
७० सालमा १४० भन्दा बढी दलहरु थिए । राजनीतिक दलहरुसम्बन्धी ऐनमा एउटा व्यवस्था थियो– तीनवर्षसम्म लगातार लेखापरीक्षण नबुझाउने दलको दर्ता खारेज हुने । निर्वाचन आयोगले धेरै दलहरु खारेज गरिदियो । ३ वर्षसम्म आयव्यय नबुझाउने कति अनुशासनहीन दलहरु होलान् ।
एकजना खानेपानी मन्त्री हुनुभएको थियो – प्रेमबहादुर सिंह । ३ वर्षसम्म आयव्यय नबुझाएकोले निर्वाचन आयोगले उहाँको दल खारेज गरिदिएको रहेछ । निर्वाचन आयोगले कानूनमा संशोधनका लागि मस्यौदा बनाउन मन्त्री परिषद्को स्वीकृति लिनुपर्ने हुन्छ । त्यसअघि कहिल्यै पनि हस्तक्षेप भएको थिएन । तर एउटा चिठ्ठी आयो जसमा दलहरुको दर्ता खारेज गर्ने प्रावधान हटाएर मात्र मस्यौदा गर्नु भनेर लेखिएको थियो । त्यसबेला अवधिजी र म दुइजना मात्र थियौं ।
निर्वाचन आयोगमा पाँचै जना आयुक्त कहिल्यै पनि नियुक्त हुँदैन । जब चुनाव आउँछ, बल्ल पूरा नियुक्त गरिन्छ । प्रमुख आयुक्तलाई पनि कामु मात्र बनाएर राखिन्छ जसले गर्दा ऊ ढुक्क हुन नसकोस्, सधैं सरकारसँग डराइराखोस् ।
हामीले मस्यौदामा राखेका सुधार, सरकारी अनुदानलगायतका प्रावधानहरु गृहमन्त्रालयले झिकिदिन्छ । त्यसबेला निर्वाचन आयोगले आखिर समयसम्म मतदाता नामावलीमा नामहरु समावेश गर्न सक्छौ, त्यसका लागि हामी प्राविधिक रुपमा पनि सक्षम छ भनेर भन्यौं । कतिजना भोटकर्ताहरु त निर्वाचनको मिति घोषणा भएपछि बल्ल नाम दर्ता गर्न जान्छ । तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले आयोगलाई यो स्वीकृति दिनुहुन्न भनेर जिद्दी गर्नुभयो । आयोगले सक्छु भन्दा भन्दै पनि त्यो निदिनुको राजनीति के हो बुझ्न सकिएन ।
निर्वाचन आयोगमा पाँचै जना आयुक्त कहिल्यै पनि नियुक्त हुँदैन । जब चुनाव आउँछ, बल्ल पूरा नियुक्त गरिन्छ । प्रमुख आयुक्तलाई पनि कामु मात्र बनाएर राखिन्छ जसले गर्दा ऊ ढुक्क हुन नसकोस्, सधैं सरकारसँग डराइराखोस् ।
निर्वाचनमा सुधारको कुरा गर्दा राजनीतिक वित्त, पारदर्शिता र निर्वाचन खर्चमा सुधार नियन्त्रण गर्नुपर्ने अवस्था छ । समानुपातिकमा सबै नातेदारहरु मात्र भए भन्ने कुरा उठ्ने गरेको छ । नातेदार हुँदैमा कसैले मौका नै नपाउने भन्ने हुनुहुँदैन । तर अयोग्य र क्षमता नभएको व्यक्तिलाई नाताकै आधारमा समानुपातिकमा ल्याउने हैन । समस्या समानुपातिकमा वा थ्रेसहोल्डमा हैन, समस्या त प्रवृत्तिमा हो ।
२०७० सालको चुनावपछि सर्वोच्चको फैसला नोटा ("none of the above" (NOTA)) को प्रावधान राखेर गराउनु भनेर आयो । निर्वाचन आयोगले हरेक मस्यौदामा नोटा राखेर पठाउँछ । त्यो नोटा बाटोमा कसले झिकिदिन्छ थाहा छैन । विमलेन्द्र निधि (तत्कालीन गृहमन्त्री)सँग धेरै बहस हुन्थ्यो । उहाँले आयोगलाई हामी तपाईंको लाइन मिनिस्ट्री हौं भन्नुहुन्थ्यो । हामीले तपाईं निर्वाचन आयोगको लाइन मिनिस्ट्री होइन, लियाजो मिनिस्ट्री, हुलाकी मात्रै हो, तपाईले हाम्रो मस्यौदा नचलाइदिनुस् भनेर भन्थ्यौं । हामीले एउटा मस्यौदा गरेर पठाएका हुन्छौं, राज्य व्यवस्था समितिमा छलफल गर्न जाँदा आफ्नो मस्यौदा आफैं चिन्न नसकिने अवस्थामा हुन्छ । राजनीतिक दलहरुले आफू लोकप्रिय छैनौं भन्ने सुन्न नचाहेकोले यो नोटालाई मन नपराएका हुन् । नोटा भएको भए मुख्य दलहरु यति अलोकप्रिय हुने थिएनन् र अहिले यिनीहरुले थ्रेस होल्ड बढाएर अरुलाई निमिट्यान्न पार्ने खालको असुरक्षाको भावना पैदा हुने थिएन ।
निर्वाचन आयोगले हरेक मस्यौदामा नोटा राखेर पठाउँछ । त्यो नोटा बाटोमा कसले झिकिदिन्छ थाहा छैन । नोटा भएको भए मुख्य दलहरु यति अलोकप्रिय हुने थिएनन् र अहिले यिनीहरुले थ्रेस होल्ड बढाएर अरुलाई निमिट्यान्न पार्ने खालको असुरक्षाको भावना पैदा हुने थिएन ।
लेखापरीक्षणको प्रतिवेदन नबुझाउँदा हामीले दल दर्ता खारेज गर्न खोज्दा खारेजीमा पर्ने दलहरुले संविधानमा दल दर्ता गर्न पाउने र त्यो गर्न रोकतोक नभएको कुरा उठाए । गठन गर्नुहोस् तर ऐनअनुसार त चल्नु पर्यो नि । मुलुकको कानून राजनीतिक दललाई अलग्गै हुने र तीन वर्षसम्म उनीहरुले आय विवरण नबुझाए पनि हुने ! यसलाई एक किसिमले स्वीकारिएको हो नि जबकि सर्वसाधारणले वर्षैपिच्छे बुझाउनु पर्ने हुन्छ । उनीहरु आफू आदर्श बन्नुपर्नेमा जहिले पनि एकाधिकार लाद्न खोज्यो । अहिले पनि उनीहरुले खोजेको त्यही हो । सत्तरी सालमा राजनीतिक दल सम्बन्धी ऐन मस्यौदा गर्दा थ्रेस होल्डको त्यत्रो विरोध थियो । हामीले धेरैतिरका उदाहरणहरु दिँदा पनि कोही पनि सहमत भएनन् । अहिले ३ प्रतिशत राखिएको छ ।
उनीहरुले के बुझे भने साना दलहरु लोकप्रिय हुँदैछन् । नोटा नल्याएर लोकप्रियता नबढ्ने त होइन रहेछ । सत्तरी सालको सर्वोच्च अदालतको फैसलाको अनादार संसदका मानिसहरुले गरिरहेका छन् । सुधारका कुरा पनि गरिहेका छन् । तर जब निर्वाचन आयोगले राजनीतिक वित्तका कुरालाई नियमन गर्न खोज्छ, निर्वाचन खर्चलाई नियमन गर्न खोज्दा उनीहरु नै विरोध गर्छन् । अहिले राजनीतिक दलको दर्ता खारेज नै गर्न नसकिने भएको छ ।
त्यसबेला दर्ता खारेज गर्ने प्रावधान झिकेर तपाईंहरु मस्यौदा गर्नुहोस् भनेर चिठ्ठी आएपछि हामीले एक वर्षभित्र नै आय व्यय नबुझाउने दलहरुको दर्ता खारेज गर्ने प्रावधान राखेर मस्यौदा लेख्यौं । हामीलाई थाहा थियो राज्य व्यवस्थासम्म पुग्दा त्यो कानून मन्त्रालय–गृहमन्त्रालयबाट हराइसक्छ । सरकारी अनुदान लगायत धेरै सुधारका कुराहरु गरिएको त्यो मस्यौदालाई हामीले रेकर्ड रहोस् भनेर गोरखापत्रमा प्रकाशित गरिदियौं र आफ्नो वेभसाइटमा पनि राखिदियौं ।
दल दर्ता खारेज गर्ने प्रावधान झिकेर तपाईंहरु मस्यौदा गर्नुहोस् भनेर चिठ्ठी आएपछि हामीले एक वर्षभित्र नै आय व्यय नबुझाउने दलहरुको दर्ता खारेज गर्ने प्रावधान राखेर मस्यौदा लेख्यौं । हामीलाई थाहा थियो राज्य व्यवस्थासम्म पुग्दा त्यो कानून मन्त्रालय–गृहमन्त्रालयबाट हराइसक्छ ।
म छुट्टीमा बाहिर गएको बेला अवधिजीलाई कानूनमन्त्री अग्नि खरेलले बोलाउनु भएछ । गोरखापत्रमा छापेको र आयोगको वेभसाइटमा राखेकोमा विरोध जनाउनुभएछ । कानून मन्त्रालय र गृहमन्त्रालयले त्यसलाई तोडमरोड गर्दैन भन्ने विश्वास नभएरै हामीले त्यसरी गोरखापत्रमा छापेका र वेभसाइटमा राखेका थियौं । पछि मैले अवधिजीलाई तपाईं किन जानुभएको, कानून मन्त्रीलाई पो आयोगमा बोलाउनुपर्छ भनेर भन्दा गल्ती भयो भन्नुभयो । यी सबै हामीले अनुभव गरेका पाठहरु हुन् ।
मलाई के लाग्छ भने, संस्थाहरु बलियो हुनुपर्छ । थ्रेसहोल्डका कुरा असान्दर्भिक छ, मुख्य समस्या, राजनीतिक वित्त, निर्वाचन खर्च लगायत अन्य सुधारहरुमा हामी केन्द्रीत हुनुपर्छ ।
दलहरुको संख्या धेरै भयो भने पनि समस्या हुन्छ । १४० वटा राष्ट्रिय दलहरु भए भने मतपत्रको आकार कत्रो होला ? यस्ता प्राविधिक समस्याहरु छन् । त्यसैले दलहरुको संख्या कम हुनुपर्छ र मलाई लाग्छ थ्रेसहोल्ड ५ सम्म पनि ठीकै हो । समावेशिता हुनुपर्छ । हाम्रो संविधानले कल्पना गरेको ३३ प्रतिशत महिला पनि होइन । जनसंख्याको आधारमा महिला ५० प्रतिशत हुनुपर्छ । अरु समुदायको पनि संसदमा जनंसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ । निर्वाचन प्रणाली जेसुकै भए पनि जबसम्म नियत र प्रवृत्ति ठीक हुँदैन, कुनै सुधार काम लाग्दैन । व्यक्तिको नेतृत्व कस्तो छ, त्यसले त्यो संस्थालाई अर्को उचाइमा लान्छ । जस्तो भारतका केही निश्चित निर्वाचन आयुक्तहरु, जसमध्ये कतिका् नाम सुनेको हुँदैन, कतिको नाम एकदमै सुनिएको हुन्छ, उनीहरुको नेतृत्वमा त्यहाँको निर्वाचन आयोगले अधिकतम क्षमता प्रदर्शन गर्छ । त्यसैले प्रणालीभन्दा पनि व्यक्ति महत्वपूर्ण हो, प्रणाली पनि हुनुपर्छ । तर नेतृत्व महत्वपूर्ण हुन्छ । त्यसमा मिडियाको भूमिका पनि महत्वपूर्ण हुन्छ ।
दलहरुको संख्या कम हुनुपर्छ र मलाई लाग्छ थ्रेसहोल्ड ५ सम्म पनि ठीकै हो । समावेशिता हुनुपर्छ । हाम्रो संविधानले कल्पना गरेको ३३ प्रतिशत महिला पनि होइन । जनसंख्याको आधारमा महिला ५० प्रतिशत हुनुपर्छ । अरु समुदायको पनि संसदमा जनंसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ ।
आज हामीले कुरा गरिरहेका थ्रेसहोल्डका बारेमा । तर हाम्रो मिडियाले निर्वाचन नभएको बेलामा सुधार गर्न सकिने निर्वाचन खर्च, राजनीतिक वित्त, समावेशिताका कुराहरु उठाउँदैनन् ?
छिमेकी मुलुकहरुमा हामी सम्मेलनहरुमा जाँदा हाम्रो थ्रेसहोल्ड र समानुपातिक प्रतिनिधित्वको कुरालाई सह्राहना गर्छन् । अहिले समानुपातिक प्रतिनिधित्वलाई हटाउने तथा पूरै समानुपातिक प्रतिनिधित्व ल्याउने जस्ता तर्कहरु पनि सुनिन्छ । पूर्ण समानुपातिक बनाइदियो भने निर्वाचन खर्चको झन्डट नै खत्तम हुन्छ । त्यसो गर्दा जम्मै कुरा दलको हातमा पुग्छ । दलका नेता तथा अगुवाहरुले जसलाई चाह्यो, उसलाई ल्याउने खतरा रहन्छ । यद्यपि, त्यसको पनि तरिका छ, बन्द सूची बनाउने, दलहरुभित्र पनि चुनाव गराउने । दलहरुभित्रको लोकतन्त्रको लागि पनि धेरै कुराहरु हामीले सुझाव गरेका छौं । तर ती सबै कुराहरु हटाइन्छन् ।
निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित ९ वटा ऐनहरुलाई एकै ठाउँमा गाभेर जुन एकीकृत मस्यौदा गरेको छ, त्यो मस्यौदामा हामीले छलफल गर्नुपर्यो । अनि हामीले के सुनश्चित गर्नु पर्यो कि त्यस मस्यौदामा राखिएका प्रावधानहरुलाई गृहमन्त्रालय, कानून मन्त्रालयले झिक्न नपाओस् । कमसेकम त्यसबारेमा राज्य व्यवस्था समितिमा छलफल हुन पाओस् । त्यसोको सोसल अडिट होस् र जनतामाझ कुरा होस् । मस्यौदा तयार गर्दा आयोगले सबै सरोकारवालाहरुसँग कुरा गरेको हुन्छ । तर त्यो मस्यौदालाई हुलाकी (गृहमन्त्रालय)ले नै तोडमरोड गरिदिने गर्छ । त्यसैले मुख्य कुरा नियतका समस्या हो भन्ने मलाई लाग्छ ।
(बृहत् नागरिक आन्दोलनले गत साउन २५ गते नागरिक बहस श्रृङ्खला अन्तर्गत ‘निर्वाचन प्रणालीमा कहाँ छ समस्या ?’ शीर्षकमा एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रमको मुख्य वक्ताहरुमा पूर्व निर्वाचन आयुक्त इला शर्मा र राजनीतिक विश्लेषक तुलानारायण शाह (शाहको विचार सुन्न यहाँ थिच्नोस्) लाई मुख्य वक्ताको रुपमा निम्त्याइएको थियो । उक्त कार्यक्रममा इला शर्माले व्यक्त गरेका विचारको सम्पादित उतार । शर्माको मन्तव्यलाई तलको भिडियोमा हेर्न–सुन्न सकिन्छ)
राजनीतिक वित्तको कुरा सबैभन्दा ठूलो समस्या हो: इला शर्मा, पूर्व निर्वाचन आयुक्त

उदार एवं लोकतान्त्रिक संस्थाहरू भत्किँदै गएको अवस्थामा नागरिक समाज पूर्ण रूपमा…

बाँसमा फूलेको विद्रोहको फूल

के भारतमा रातो तारा अस्ताउँदै छ?

औपनिवेशिक साँस्कृतिक कब्जाविरुद्ध हुङ्कार गर्ने एक बौद्धिक बागी !

गलबन्दी

बढ्दैछ एङ्गेल्सको सान्दर्भिकता

प्रतिरोधी संघर्षका नायक बबी स्यान्ड्स: एक दृढ सत्याग्रही, जसले मृत्युवरण गरे तर …

प्रतिक्रिया