रुसमा जे देखें !

नेपाल र भारतका केही उद्यमी- व्यवसायी साथीहरुसंग हालै रुसको राजधानी मस्को र सेन्ट पिटसबर्ग म पुगेर फर्कें !
सन २०१४ मा क्रिमियाको विवादपछि अमेरिका र युरोपेली संघका देशहरुले रुस विरुद्ध आर्थिक नाकाबन्दी लगाउन सुरु गरे । सन २०२२ मा रुस-यूक्रेन युद्ध सुरु भएपछि यो नाकाबन्दी अझ व्यापक बनाइयो । यो नाकाबन्दीको प्रकृति आफैंमा अचम्म पार्ने खालको छ । तेल, ग्याँस, अमुल्य खनिज पदार्थ लगायत रुससंग पश्चिमी देशहरु निर्भर रहनु पर्ने सामग्रीको निर्यातमा आंशिक प्रतिबन्ध मात्रै छ । केही अपवाद बाहेक अधिकांश रुसी बैंकहरुको स्विफ्ट सिस्टम सस्पेंड गरिएको छ । अनेकथरि उपभोग्य सामग्री र ठूला व्यवसायिक घराना, ब्युरोक्र्याट र केही राजनीतिज्ञहरु नाकाबन्दीको लिस्टमा परेका छन् । प्रतिउत्तरमा रुसले पनि तत् तत् देशका निश्चित सामग्री आयातमा प्रतिबन्ध लगाई दिएर त्यस्ता सामग्रीहरु चीन, भारत, दक्षिण अमेरिका लगायतका देशहरूबाट आयात गर्न सुरु गर्यो ।
सुरुको केही महिना आर्थिक नाकाबन्दीले रुसको अर्थतन्त्रमा निक्कै ठूलो झट्का हानेको थियो । विदेशी मुद्राको संचितिमा कमी, राष्ट्रिय मुद्रा रुबलमा आएको भारी अवमूल्यन आदि देख्दा यस्तो लाग्थ्यो, लामो समय रुसले यो नाकाबन्दी थेग्न सक्ने छैन ।
यस वर्षको मार्च महिनामा पश्चिमी मुलुकहरुद्वारा रुसविरुद्ध नाकाबन्दी लगाएको १० वर्ष पूरा भयो । १० वर्ष लामो नाकाबन्दीका बाबजुद रुसी अर्थतन्त्रमा केही सकारात्मक परिवर्तन पनि देखिएका छन् ।
रुसको वैदेशिक मुद्रा सञ्चिति ३०० बिलियन डलरबाट बढेर अहिले ६ सय बिलियन डलर नाघेको छ (अमेरिका र पश्चिमी देशहरुले फ्रीज गरिदिएको रुसी केन्द्रीय बैंकको ३०० बिलियन डलर समेत) ! विदेशी मुद्रा सञ्चितिका हिसाबले चीन, जापान, स्विटजरल्याण्ड र भारतपछि रुस पाँचौं स्थानमा पुगेको छ । केन्द्रीय ब्याङ्कमा सुनको सञ्चिति अल टाइम हाई अर्थात् २३०० मेट्रिक टन पुगेको छ । अमेरिका, जर्मनी, इटाली र फ्रान्स पछी सुन संचितिमा रुस अहिले पाँचौ स्थानमा छ ।
ग्रामीण इलाकातिर पहिले बिरलै देखिने ग्रीनहाउस अहिले यत्र-तत्र देखिन्छन् । कृषकलाई सरकारले बिशेष सहुलियत प्रदान गर्ने नीति अबलम्बन गरेको छ । फलस्वरूप यो अवधिमा कयौं कृषि उत्पादनमा रुस आत्मनिर्भर मात्र नभई निर्यात गर्ने हैसियतमा पुगेको छ । गहुँ उत्पादन, पोल्ट्री र बंगुर पालन निक्कै फस्टाएको छ । तेल,ग्यासपछि हात-हतियार निर्यातलाई विस्थापित गर्दै कृषि उत्पादन निर्यात दोश्रो स्थानमा पुगेको छ ! रुसी बजार छोडेर गएका पश्चिमी कम्पनीहरुका ठॉऊमा दर्जनौ रुसी कम्पनीहरु उदाएका छन् ।चीन, भारत मात्रै नभएर अफ्रिका, दक्षिण अमेरिका लगायत मध्यपूर्वका देशहरूले मस्कोसँग व्यापार जारी राखेका मात्रै छैनन्, अझ बढाएका छन् । रुसी नागरिकहरुलाई पश्चिमी देशमा व्यवसाय गर्न र रियल स्टेट खरिदमा प्रतिबन्ध लागेकोले ठूलो मात्रामा क्यापिटल फ़्लाइट रोकिएको छ ।
कुरैकुरामा एक रुसी मित्रले भन्न भ्याए: नाकाबन्दी त हामीलाई फाप्ला जस्तो पो लाग्न थाल्यो (Кажется, санкция нам ползу принесут) ।
आर्थिक कारोबारका हिसाबले विश्वका सबै देशहरु अहिले माखे सांग्लो झैँ एकआपसमा जेलिएका छन् । त्यसकारण उनले भने झैँ आर्थिक नाकाबन्दी देशको उन्नतिका लागि फलदायी त पक्कै नहोला । यसले त्यहाँको अर्थतन्त्रमा दीर्घकालिन असर अवश्य पार्नेछ । तर आर्थिक नाकाबन्दी लगाएर रुसलाई घुँडा टेकाउने पश्चिमाहरुको चाहना छिट्टै पुरा हुने छाँट भने अझै देखिएको छैन !
लामिछानेको फेसबुक वालबाट साभार

म मरें भने म आफ्नो सिद्धान्तमा अडिग भएर मर्छु

नेपालका 'कम्युनिष्ट' मठाधीशहरू राजनीतिक र सांगठनिक सफाया गर्ने बाटो समाउनु …

दलाल पूँजीवादको बदलिँदो अनुहार

हालसालै उभयगत मोहनविक्रम सिंहसँगका केही रोचक प्रसङ्गहरु

मारिने निश्चयको भूमिगत जीवन

‘अविवाहित प्रमाणिकरणको सिफारिस’: राष्ट्रिय लज्जाको दस्तावेज

पोशाक, औपनिवेशिक सोच र पहिचानको द्वन्द्व

प्रतिक्रिया