एउटा हेर्नैपर्ने चिनियाँ चलचित्र ‘द रोड होम’

निर्देशक झाङ यिमाउको चलचित्र "द रोड होम" ले प्रेम कथा, परिवार, र परम्परागत मूल्यहरुलाई प्रस्तुत गर्दछ यसले ग्रामीण जीवन, प्रेम, समर्पण, र पारिवारिक सम्बन्धहरुलाई मनोहर तरिकाले प्रस्तुत गर्दछ।
झाङ यिमाउ (Zhang Yimou) चीनका एकजना निकै राम्रा चलचित्र निर्देशक हुन् । चीनको गाउँले समाजका विविध विषयहरूलाई उनले चलचित्रको रूपमा प्रस्तुत गरेका छन् । चीनको चलचित्रको इतिहासको कालक्रमको हिसावले यिमाउलाई पाँचौ पुस्ताका चलचित्र निर्देशक भनेर चिनिन्छ । उनीपछिका चिनियाँ चलचित्र निर्देशकहरू छैठौं पुस्ताका हुन् । राम्रो र उपयोगी विषयमा चलचित्र बनाउने झाङ यिमाउका चलचित्रहरूले अन्तर्राष्ट्रिय ख्याति पाएका छन् । चलचित्रका अध्येताहरू के भन्छन् भने झाङले चलचित्र बनाएपछि त्यसले कुनै न कुनै अन्तर्राष्ट्रिय पुरस्कार पाइहाल्छ । उनले बनाएका प्रसिद्ध चलचित्रहरूमध्ये ‘द रोड होम’ पनि हो ।
द रोड होम प्रेमकथामा आधारित चलचित्र हो । यसमा उत्तरी चीनको एउटा गाउँमा शिक्षक भएर गएका एक युवक र त्यस गाउँकी अवोध केटीको प्रेम प्रसंगलाई बयान गरिएको छ ।
यस फिल्मको कथा आफ्नो बाबुको मृत्युसंस्कार सम्पन्न गर्न शहरबाट गाउँतिर गइरहेको छोरोको माध्यमबाट बयान गरिएको छ । बाउको अचानक मृत्यु भएपछि गाउँमा आमालाई भेट्न छोरो जान्छ । तर उसकी आमा घरमा छैनन् । उनी आफ्नो श्रीमानले पढाउने स्कूलको अगाडि हिउँले कठ्याङ्ग्रिएर बसिरहेकी छिन् । घरमा आमालाई नभेटेपछि छिमेकीहरूबाट थाहा पाएर छोरो स्कूलमा पुग्छ र आमालाई घरमा लिएर आउँछ ।
बाउको अचानक मृत्यु भएपछि गाउँमा आमालाई भेट्न छोरो जान्छ । तर उसकी आमा घरमा छैनन् । उनी आफ्नो श्रीमानले पढाउने स्कूलको अगाडि हिउँले कठ्याङ्ग्रिएर बसिरहेकी छिन् ।
घरमा आइपुगेपछि आमाले उसलाई पुरानो तान ठीक पारिदिन भन्छिन् । पुरानो तानमा कपडा बुनेर त्यही कपडाले आफ्नो लोग्नेको कात्रो बनाउने उनको विचार छ । त्यसो गर्दा बढी र अनावश्यक मेहनत पर्ने हुनाले छोरो त्यसो नगरौं भन्छ, तर आमा मान्दिनन् । जमाना धेरै अगाडि बढिसके पनि आमालाई पुरानै
चलनप्रति मोह छ । त्यसैले उनी बजारबाट कपडा किन्नेमात्र होइन कि दिनभरि हिंडेपछि मात्र पुगिने अस्पतालमा रहेको आफ्नो लोग्नेको शवलाई पनि गाडीमा राखेर गाउँमा ल्याउने कुरा मान्दिनन् । त्यसपछि छोरोले वर्षौं प्रयोगमा नआएको तान ठीक पारिदिन्छ र आमा तानमा कपडा बुन्न थाल्छिन् । त्यसपछि फ्ल्यासब्याक शैलीमा चलचित्रको कथा अघि बढ्छ ।
जमाना धेरै अगाडि बढिसके पनि आमालाई पुरानै चलनप्रति मोह छ । त्यसैले उनी बजारबाट कपडा किन्नेमात्र होइन कि दिनभरि हिंडेपछि मात्र पुगिने अस्पतालमा रहेको आफ्नो लोग्नेको शवलाई पनि गाडीमा राखेर गाउँमा ल्याउने कुरा मान्दिनन् ।
चलचित्रको पूर्वकथा यस्तो छ:
गाउँको स्कूलमा पढाउन एकजना युवक आउँछ । उसको स्वागत गर्न गाउँलेहरू बाटोमा जम्मा भएका छन् । त्यहाँ गाउँका युवायुवतीहरू पनि छन् । तीमध्ये एउटी युवतीले नयाँ आएको शिक्षकलाई देख्छे र आकर्षिक हुन्छ । त्यस शिक्षकलाई गाउँलेहरूले पालैपालो घरमा निम्त्याएर खाना ख्वाउने गर्छन् । त्यस्तै, स्कूलको भवन मरम्मत सम्भार गर्न शिक्षक तथा गाउँलेहरू जुट्छन् । त्यसबेला गाउँका सबै घरबाट उनीहरूका निम्ति खानेकुरा बनाएर लागिदिने चलन बसालिन्छ। शिक्षकप्रति आकर्षित यी युवती पनि बडो प्रेमपूर्वक खानेकुरा पकाएर स्कूलमा लागिदिन्छे । गाउँलेले बनाइदिएका खानेकुराहरू सबैले खान्छन् ।
मैले पकाएको खाने कुरा ती शिक्षकलाई मिठो लाग्यो होला कि नमिठो लाग्यो होला, अथवा उनले मैले बनाएको खाने कुरा नै खान पाएनन् कि भन्ने चिन्ता यी युवतीलाई लागिरहन्छ । तर ऊ लज्जालु छे । केही सोध्न सक्दिन । ऊ त्यो शिक्षकको अगाडि परेर बोल्न पनि सक्दिन । तर उसलाई त्यो शिक्षकलाई हेर्न र भेट्न मन लागिरहन्छ । ऊ कहिले बाटोछेउमा कुरेर उसलाई हेछें, कहिले स्कूलनेर पुगेर हेर्छे । कहिले शिक्षिकले मीठो स्वरमा पढाइरहेको आवाज सुनेरै सन्तुष्ट हुन्छे ।
यी युवती चाहिँ अब त्यस शिक्षकलाई हेर्न र उनले पढाउँदा आएको आवाज सुन्न स्कूलनेरको पुरानो इनारमै पानी लिन जान्छे । ऊ सँधै पुरानो इनारमै पानी लिन जान थाल्छे ।
गाउँमा दुईटा इनारहरू छन् । एउटा पुरानो इनार स्कूलनेर छ भने नयाँ बनाइएको अर्को इनार अलिपर छ । यी युवती चाहिँ अब त्यस शिक्षकलाई हेर्न र उनले पढाउँदा आएको आवाज सुन्न स्कूलनेरको पुरानो इनारमै पानी लिन जान्छे । ऊ सँधै पुरानो इनारमै पानी लिन जान थाल्छे । एकदिन शिक्षकले युवतीलाई इनारबाट पानी तानिरहेको देख्छ । अनि ऊ पनि युवतीलाई भेट्ने इच्छाले इनारमा पानी लिन जान खोज्छ । पानीको भाँडो बोकेर शिक्षक पनि आउन लागेको देखेपछि भरिइसकेको पानीको भांडोबाट युवतीले इनारमा पानी खन्याइदिन्छे । तर अर्को एकजनाले भाँजो हाल्नाले त्यो शिक्षक इनारमा आउन पाउंदैन । युवती हिस्स पर्छ र फेरि पानी तान्छे ।
यस दृष्यमार्फत् शिक्षक र युवती बीचको प्रेमलाई एकदम सरल तथा स्वभाविक किसिमले देखाइएको छ ।
चलचित्रमा यस्ता प्रसंगहरू आइरहन्छन् । त्यसपछि गाउँलेहरूलाई शंका हुनथाल्छ । यी युवती र ती शिक्षकबीच प्रेम हुनथालेको गाईंगुई शुरू हुन्छ । तर यी युवती र ती शिक्षक दुवैलाई यस कुराको कुनै वास्ता हुँदैन ।
"यी, ल हेर्नुस् । तपाईंले यो भाँडो चिन्नुभएको छ ? राम्ररी हेर्नुस् त !” एकदिन घरमा खाना खान आएको बेलामा युवतीले अकस्मात् शिक्षकलाई त्यो भाँडो देखाएर भन्छे, जुन भांडोमा उसले खानेकुरा लगिदिने गरेकी थिई ।
स्कूलमा गाउँलेले लगिदिने खानेकुराहरूमध्ये आफूले बनाएको खानेकुरा चाहिँ ती शिक्षकले खाऊन् भन्ने उनको धोको हुन्छ । त्यसैले एकदिन युवतीले गाउँलेलाई ती शिक्षकले कुन चाहिँ खानेकुराको भाँडो लिन्छन् भनेर सोध्छे । सबभन्दा छेउको भाँडो हामी हाम्रा माड्सापलाई दिन्छौं भन्ने जवाफ पाएपछि अर्को एक दिन युवतीले बडो मेहनतसँग बनाएको खानेकुरा लिएर फुरुङ्ग पर्दै स्कूलमा जान्छे र खानेकुराका भाँडाहरू राख्ने ठाउँमा सबभन्दा छेउमा आफ्नो भाँडो राखिदिन्छे । तर धेरै हातहरूमध्ये उसको खानेकुराको भाँडो उठाउने हात उसको प्रिय शिक्षकको हो कि होइन उसले थाहा पाउन सक्दिन । ऊ निराश भएर घर फर्किन्छे ।
"यी, ल हेर्नुस् । तपाईंले यो भाँडो चिन्नुभएको छ ? राम्ररी हेर्नुस् त !”
एकदिन घरमा खाना खान आएको बेलामा युवतीले अकस्मात् शिक्षकलाई त्यो भाँडो देखाएर भन्छे, जुन भांडोमा उसले खानेकुरा लगिदिने गरेकी थिई । पहिलोपटक युवतीले शिक्षकसंग आफ्नो प्रेम त्यसरी व्यक्त गर्छे ।
अन्ततः शिक्षकलाई दक्षिणपन्थी भएको आशंकामा त्यहांबाट लखेटिन्छ । आफू गाउँ छोडेर जानुअघि शिक्षकले युवतीको घरमा आएर आफू जान लागेको कुरा सुनाउँछ । युवती दुःखित हुन्छे । 'खाना खाएर गए हुन्न र ?' भनेर सोध्छे । शिक्षकलाई गाउँका अधिकारीहरूले हतार हतार ट्र्याक्टरमा चढाएर शहरतिर लैजान्छन् । युवतीले शिक्षकलाईमनपर्ने खाना बनाएकी हुन्छे । नखाइकन हिंड्यो भन्ने थाहा पाएपछि ऊ चिनियाँ माटोको ठूलो कचौरामा मःमः हालेर त्यसलाई
कपडाले छोपेर शिक्षकलाई दिन दौडिन्छे । ट्र्याक्टर पर पुगिसकेको छ । युवती मःमःको कचौरा बोकेर छोटो बाटो दगुर्छे । बेतोडले दगुरादगुर गर्दा पनि उसले भेट्टाउन सक्दिन । तैपनि बल गरेर फेरि दगुर्छे । ऊ बाटोमा अल्झेर लड्छे । मःमःको कचौरा बजारिएर फुट्छ । युवती असाध्य दुःखी भएर
रुन्छे । एकछिनपछि फुटेको कचौराका टुक्राहरू बटुलेर ऊ थकित मुद्रामा घर फर्कन्छे । घरमा अन्धी हजुरआमा छिन् । नातिनीले पाएको दुःख हजुरआमाले थाहा पाइहाल्छिन् ।
शिक्षकलाई दक्षिणपन्थी भएको आशंकामा त्यहांबाट लखेटिन्छ । आफू गाउँ छोडेर जानुअघि शिक्षकले युवतीको घरमा आएर आफू जान लागेको कुरा सुनाउँछ । युवती दुःखित हुन्छे । 'खाना खाएर गए हुन्न र ?' भनेर सोध्छे ।
राती युवतीलाई ज्वरो आउँछ । बाहिर हिउँ पर्न थाल्छ । हुरी चल्छ । हुरीको वेगले रूखका पातहरू झर्न थाल्छन् । त्यस्तो अवस्थामा हजुरआमा र नातिनीको दुःख हृदयविदारक देखिन्छ ।
यस चलचित्रका शिक्षक र युवती चलचित्रको कथा भन्ने केटोका बा र आमा हुन् । यो कथा त्यस केटाले उसलाई आमा र बाले बेलाबेलामा भनेका घटनाहरू जोडेर दर्शकलाई भनिरहेको छ ।
शिक्षक शहर गएको बेला त्यो युवती स्कूलमा जान्छे । कक्षा कोठा बढारकुडार गर्छे । स्कूलका बेन्च र डेस्कहरू सफा गर्छे । ब्ल्याक बोर्डमा शिक्षकले लेखेका अक्षरहरू छन् । युवती ती अक्षरहरूलाई जोगाउँछे र खाली ठाउँ पुस्छे । यस्ता दृष्यहरूबाट चलचित्रमा शिक्षकप्रति त्यस युवतीको प्रेमलाई मार्मिक ढंगले देखाइएको छ ।
त्यस्तै, युवतीले मः मः राख्ने कचौराका फुटेका टुक्राहरू जतनले राखेकी छ । फुटेका भाँडाहरू जोडेर दुरूस्तै बनाइदिने मिस्त्रीलाई बोलाएर एकदिन हजुरआमाले ती टुक्राहरू जोड्न लगाउँछिन् । नातिनीको मनको व्यथा बुझेर हजुरआमाले युवतीलाई खुसी पार्न त्यसो गरेकी छिन् । बाहिरबाट फर्केर युवती घर आएपछि बनेको कचौरा देखेर अत्यन्त खुशी हुन्छे । हजुरआमा र नातिनीबीचको आपसी प्रेम सम्बन्ध र समझदारीलाई यस दृश्यबाट राम्ररी दर्शाइएको छ ।
शिक्षक शहर गएको बेला त्यो युवती स्कूलमा जान्छे । कक्षा कोठा बढारकुडार गर्छे । स्कूलका बेन्च र डेस्कहरू सफा गर्छे । ब्ल्याक बोर्डमा शिक्षकले लेखेका अक्षरहरू छन् । युवती ती अक्षरहरूलाई जोगाउँछे र खाली ठाउँ पुस्छे ।
त्यस्तै, रातो ज्याकेट लगाउने गरेकी युवतीको कालो कपाललाई सुहाउँछ भनेर शिक्षकले एउटा रातो किलिप उपहार दिएको छ । तर शहरतिर गइरहेको शिक्षकलाई भेट्न दगुरादगुर गर्दा त्यो किलिप बाटोमा हराउँछ । त्यसपछि त्यो युवती बिहान उठेदेखि रात परुञ्जेलसम्म बाटोभरि किलिप खोजिरहन्छे र थाकेर लखतरान भएर घर फर्कन्छे । युवतीको त्यस शिक्षकप्रतिको अगाध प्रेमलाई यस दृश्यले प्रभावकारी शैलीमा देखाएको छ ।
आखिरमा शहरबाट फर्केर शिक्षक गाउँमा आउँछ र स्कूलमा पढाउन थाल्छ । यसबेला बाहिर मौसम सफा देखिन्छ । फूलहरू फुलेका देखिन्छन् । युवतीको अनुहार पनि खुसीले उज्यालो भएको देखिन्छ । युवती पुरानो इनारमा पानी लिन गएकी छ । ऊ शिक्षकको स्वर सुन्छे र स्कूलको कक्षा कोठानेर पुग्छे । ऊ अब अत्यन्त खुसी हुन्छे । तर यस्तो खुसी धेरैबेर टिक्दैन । गाउँको प्रमुख र गाउँलेहरूले उसलाई फेरि दक्षिणपन्थी भएको आरोप लगाएर गाउँबाट पठाउँछन् । युवती फेरि ऊकहिले फर्केला भनेर पर्खिरहन्छे । हिउँ परिरहेको बेला जाडोले कठ्याङिग्रएर बाटोमा आँखा गाडिरहेकी युवतीको मनोदशा चलचित्रमा निकै प्रभावकारी छ ।
निकै लामो पर्खाइपछि एकदिन शिक्षक फर्किन्छ । र, युवतीसँग उसको विहा हुन्छ भन्ने कुरा खुलाएपछि यस फिल्मको पूर्वकथा सकिन्छ ।
शिक्षकको मृत्युको खबर पाएपछि उसले पढाएका विद्यार्थीहरू विभिन्न ठाउँबाट आउँछन् र आफ्नो प्यारो शिक्षकको शवयात्रामा सामेल हुन्छन् । उनीहरूले पालैपालो शव राखिएको गाडा तान्छन र गाउँमा पुऱ्याउँछन् । गाउँको त्यही पुरानो इनारनेर शिक्षकको शव गाडिन्छ । शव तान्नेहरू कसैले पनि एक पैसा पनि लिंदैनन् ।
यता अहिले भने बुढी भएकी पहिलेकी युवती तान बुनिरहेकी छे । बुनिसक्छे । छोरोले गाउँलेको सहयोगमा मलामीहरू जुटाउँछ र अस्पतालबाट बाउको लाशलाई गाउँमा ल्याउने बन्दोवस्त मिलाउँछ । त्यसको निम्ति उसले थुप्रै पैसा एकजना गाउँलेलाई दिन्छ । तर शिक्षकको मृत्युको खबर पाएपछि उसले पढाएका विद्यार्थीहरू विभिन्न ठाउँबाट आउँछन् र आफ्नो प्यारो शिक्षकको शवयात्रामा सामेल हुन्छन् । उनीहरूले पालैपालो शव राखिएको गाडा तान्छन र गाउँमा पुऱ्याउँछन् । गाउँको त्यही पुरानो इनारनेर शिक्षकको शव गाडिन्छ । शव तान्नेहरू कसैले पनि एक पैसा पनि लिंदैनन् । शवयात्राको यस दृष्यलाई चलचित्रमा अत्यन्त प्रभावकारी ढंगले देखाइएको छ ।
मृत्यु संस्कार बाबुको सकिएपछि छोरोले एक्ली बुढी आमालाई आफूसँगै शहरमा लैजान खोज्छ । तर आमा मान्दिनन् । बाबुले चालीस वर्षसम्म पढाएको
स्कूलको भवन नयाँ बनाउने र त्यसैमा छोरोले पनि पढाउने गरेमा बावुको सपना साकार हुन्छ भनेर आमाले छोरोलाई भन्छिन् । अन्त्यमा शहरबाट फर्केर छोरो आउँछ र त्यही स्कूलमा पढाउन थाल्छ । छोरोले पठाएको स्वर सुनेर बुढी आमा सकीनसकी स्कूलमा जान्छिन् । छोरोले कक्षामा बाउलेजस्तै पढाइरहेको देखेर उनी खुसी हुन्छिन् । यसरी यो फिल्म सकिन्छ ।
प्रेमकथाको रूपमा बुनिएको चलचित्र भए पनि यसभित्र सन् १९५८ को समयको चीनको राजनीतिक मिजास पनि व्यक्तिएको छ । चीनमा त्यतिबेला चलेको ‘ग्रेट लिप फरवार्ड’मा मानवीय सम्बन्ध र मुलुकको यथार्थलाई राम्ररी ठम्याउने क्षमता थिएन र त्यहाँ थुप्रै त्रुटीहरू थिए भन्ने कुरा अप्रत्यक्ष ढंगले चलचित्रले व्यक्त गरेको छ ।
यो फिल्ममा अहिले का दृष्यहरूका रूपमा रहेको शुरूको पन्ध्र मिनेट र अन्तिमको पन्ध्र मिनेटलाई श्यामश्वेत रंगमा देखाइएको छ भने पहिलेको कथाका दृष्यहरूलाई रंगीन देखाइएको छ । रंगहरूको प्रयोगद्वारा पनि निर्देशक झाङ यिमाउले यस चलचित्रमा अर्थ र सुन्दरता दुवै थपेका छन् । त्यसबाहेक फिल्ममा निकै कलात्मक किसिमले नाता सम्बन्धको गहिराईलाई देखाइएको छ । अन्धी आमा र छोरीबीचको प्रेम सम्बन्ध, शिक्षक र विद्यार्थीहरूबीच हुने प्रेम सम्बन्ध र आमा र छोराबीचको ममताको सम्बन्ध जस्ता भावनात्मक विषयलाई दृष्यमा उतार्ने काममा निर्देशक झाङ यिमाउले निकै कुशलता दर्शाएका छन् । प्रेमकथाको रूपमा बुनिएको चलचित्र भए पनि यसभित्र सन् १९५८ को समयको चीनको राजनीतिक मिजास पनि व्यक्तिएको छ । चीनमा त्यतिबेला चलेको ‘ग्रेट लिप फरवार्ड’मा मानवीय सम्बन्ध र मुलुकको यथार्थलाई राम्ररी ठम्याउने क्षमता थिएन र त्यहाँ थुप्रै त्रुटीहरू थिए भन्ने कुरा अप्रत्यक्ष ढंगले चलचित्रले व्यक्त गरेको छ ।
बाओ शीको पटकथामा तयार भएको यो चलचित्र उनैको उपन्यास रिमेम्बयन्स (Remembrance) मा आधारित चलचित्र हो । यस चलचित्रलाई प्रभावकारी तुल्याउन युवतीको भूमिकामा अभिनय गर्ने भाङ जिई र शिक्षकको भूमिकामा अभिनय गर्ने सुन होइ लीको प्रभावकारी अभिनयले पनि महत्त्वपूर्ण योगदान गरेको छ ।
नवयुवा वर्ष ९, पूर्णाङ्क ९४ मा प्रकाशित

फासीवादी उत्पीडनलाई दर्शाउने चलचित्र ‘पुतलीको जिब्रो’

दर्शकहरुले हेर्नुपर्ने एउटा सार्थक चलचित्र ‘लाल सलाम’

पाब्लो पिकासोको जीवनसँग जोडिएको एउटा रोचक मिथक

इजरायली अत्याचारका विरुद्ध कलाकारहरुको प्रतिरोध नाटक

‘कति समयसम्म संसारले यो अकारण क्रूरताको दृश्य सहनेछ?’

यौन उत्पीडनविरुद्धको सफल र प्रेरक संघर्ष गाथा: नर्थ कन्ट्री !

कर्पोरेट पूँजीको चपेटामा परेका गरिब किसानको संघर्षगाथा– 'द ग्रेप्स अफ र्याथ'

प्रतिक्रिया