ग्रहका आकारसम्बन्धी केही रमाइला तथ्यहरु

हाम्रो सौर्यमण्डलमा एउटा माउ तारा सूर्य, आठ वटा ग्रहहरु, पाँच वटा बौना ग्रहहरु (dwarf planets) र २९३ वटा उपग्रहहरु छन् । यसभित्र करिब १४ लाख छुद्र ग्रहहरु (asteroids) र ४००० वटा जति पुच्छ्रेताराहरु छन् ।
हाम्रो सौर्यमण्डल आकाशगंगा तारामण्डलमा अवस्थित छ र यो आकाशगंगाको केन्द्रलाई करिब ८,२८००० किलोमिटर प्रतिघण्टाको गतिले परिक्रमा गरिरहेको छ । यसले आकागंगाको केन्द्रलाई एक चक्कर लगाउन करिब २३० मिलियन वर्ष समय लाग्छ ।
आकार र आयातनको हिसाबले हाम्रो सौर्यमण्डलको माउतारा सूर्य निक्कै ठूलो छ । हाम्रो माउ तारा सूर्यको व्यास (diameter) १३,९२,७०० किलोमिटर छ । यो भनेको पृथ्वीभन्दा झन्डै १०९ गुना बढी हो । द्रव्यमान (mass) को हिसाबले यसले हाम्रो सौर्यमण्डलको ९९.८ प्रतिशत हिस्सा ओगट्छ । आयातनको हिसाबले हेर्दा सूर्यभित्र स्वयं हाम्रो ग्रह पृथ्वी १,३००००० वटा अटाउन सक्छ ।
आकारमा हाम्रो पृथ्वी सौर्यमण्डलको पाँचौं ठूलो ग्रह हो । यसको व्यास १२,७५६ किलोमिटर छ । यसभित्र चन्द्रमालाई हाल्ने हो भने २६ वटा चन्द्रमा अटाउँछ । चन्द्रमाको व्यास ३,४७५ किलोमिटर छ ।
बरुण ग्रह (Neptune) मा ५७ वटा पृथ्वी अटाउँछ । नेप्च्युन ग्रहको व्यास ४९,२४४ किलोमिटर रहेको छ ।
उता अरुण ग्रह (Uranus) मा भने झन बढी अर्थात् ६३ वटा पृथ्वी अटाउँछ । यस ग्रहको व्यास ५०७२४ किलोमिटर छ ।
शनि ग्रह (Saturn) मा ७६४ वटा पृथ्वी अटाउँछ । शनिग्रहको व्यास ११६४६४ किलोमिटर रहेको छ ।
सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पति (Jupiter) मा त झन् १३२१ वटा पृथ्वी अटाउँछ । वृहस्पतिको व्यास १३९८२२ किलोमिटर रहेको छ । यस हिसाबले वृहस्पतिको आकार निक्कै ठूलो रहेको छ ।
सूर्यभित्र १००० वटा वृहस्पति ग्रह अटाउँछ । अझ शनि ग्रह त १६०० वटा अटाउँछ ।

पृथ्वीको गहिराइमा लुकेको महासागर: वैज्ञानिकहरूको अनौठो खोज

बेटेल्ज्युसको रहस्य: एक विस्फोटोन्मुख ताराको कथा

गुरुत्वाकर्षणको पुनराविष्कार : आइन्स्टाइनको सापेक्षतावाद र ब्रह्माण्डको नयाँ व्याख्…

८ लाख वर्षअघिको अस्तित्व संकट: जब मानव जाति लोप हुने अवस्था नजिक पुगेको थियो…

अतिबौद्धिकता : मार्गदर्शन, जोखिम र रणनीतिहरू

पृथ्वी तात्दो छ, तर जाडो किन झन् चिसो हुँदै जाँदैछ ?

पृथ्वीमा विचरण गरेका मानव जाति हामी मात्र होइनौं !

प्रतिक्रिया