मुकुम्लुङ: नव-उदार पुँजीवादी अतिक्रमण नरोके हिंसा भड्किन्छ

समुन्द्र सतहबाट ३,७९४ मिटर उचाइको मुकुम्लुङमा विशेष कार्यक्रम सम्पन्न गरियो, २०८१ जेठ ३१ गते। नेपाललाई असली हिन्दुस्तान तुल्याउन हिंडेको विगत गोर्खाली अतिक्रमणद्वारा आदिवासीको मुकुम्लुङलाई दबाएर कथित पाथीभारा थोपरिएको विरोधमा यहाँ साँस्कृतिक प्रतिरोध आन्दोलन जारी छ। अतिक्रमणकारी पाथीभारा नाम खारेज गरेर मुकुम्लुङ नाम यथावत पुनर्स्थापना आदिवासी आन्दोलनको माग हो। साथसाथै, नव-उदार पुँजीवादी माफियाहरुले यहाँ अर्को अतिक्रमण बढाउन खोजेका छन, लुटेरा केवलकारको। जसका विरुद्व अझ सशक्त आन्दोलन उठेको छ।
अतिक्रमणकारी पाथीभारा नाम खारेज गरेर मुकुम्लुङ नाम यथावत पुनर्स्थापना आदिवासी आन्दोलनको माग हो। साथसाथै, नव-उदार पुँजीवादी माफियाहरुले यहाँ अर्को अतिक्रमण बढाउन खोजेका छन, लुटेरा केवलकारको।
लुटेरा केवलकारका भाटहरुले यहाँ रातारात हजारौं रुखहरु ढाल्ने हर्कत गरेका छन्। त्यसमध्ये मुख्यत: लालीगुराँसका रुखहरु सोत्तर पारिएका छन्। विडम्बनाको कुरा, उक्त रुख फँडान रोक्नका निम्ति विगत हिउँदयता मुकुम्लुङ संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ तथा किरात धर्म साहित्य उत्थान संघले पाँच दर्जन संख्यामा युवाहरुको टोली तैनाथ गरेको छ। समुन्द्र सतहबाट तीन हजार मिटर अग्लो स्थान ठूलो फेदीमा क्याम्प जमाएर युवाहरु खबरदारी गरिआएका हुन्। तर, गत बैसाख अन्त्यतिर जिल्ला सदरमुकाम फुङ्लिङमा कमिशनखोर शासक दलका भाटहरुले कथित महोत्सव आयोजना गरेछन्। महोत्सवको बेला सबै मानिस त्यसैमा केन्द्रित हुनेछन्, त्यस बेला रुख ढालिने छैन भन्दै मुकुम्लुङ टोलीका युवाहरुलाई महोत्सव स्वयंसेवकमा रहन षडयन्त्रपूर्वक अनुरोध गरेछन्।
विश्वास मानेर ठूलो फेदी क्याम्पका युवाहरु फुङ्लिङ बजारतर्फ केन्द्रित भए। माथिको क्याम्प खाली रह्यो।
त्यही मौका छोपेर लुटेराहरुले रुख ढाल्ने मेसिनसहित आत्माबेचुवा मानसिकताका चार दर्जन खेतालाहरुलाई माथिको जंगलमा पठाएछन्। रातको १ बजे जंगल पुगेर ती खेतालाले रुख ढाल्न थाले, ३ बजेतिर मात्र बजारको मुकुम्लुङ टोलीलाई जानकारी प्राप्त भयो। आकश्मिक तवरले जुटेर लाठी-खुकुरीसहित ६० जना युवाहरु बजारबाट उकालो लागे। तर, बाटोमा अगावै सशस्त्र प्रहरी तैनाथ थिएछ। प्रहरीले युवा टोलीलाई रोक्यो। भनाभन, हात हालाहाल घम्साघम्सीको स्थिति उत्पन्न भयो। गाडी छोडेर युवाहरु जंगल प्रवेश गरे। झोरजंगल चहारेर घुम्दै युवाहरु ठूलो फेदी र अझ उकालो चढ्दै गए।
कमिशनखोर नाईकेहरु र आत्माबेचुवा खेतालाहरु भेटिए। भनाभन सुरु भयो। आत्माबेचुवा नाईकेहरु यताका युवामाथि आइलागे। विभिन्न स्थानमा पटक-पटक भिडन्तहरु भए। एक-अर्कावीच लाठी र खुकुरी हानाहान स्वभाविक बन्न पुग्यो। लुटेरातर्फका गम्भीर घाइतेहरुलाई झापास्थित अस्पताल पुर्याइएको चर्चा पनि छ।
प्रतिरोधमा प्रदेश १ पुन:नामाङ्कन संघर्ष समितिले मेची र तमुर गढ्तिरको सडक यातायात ३ दिन हड्ताल आव्हान गरियो। जनदवावको बलमा एक कदमपछि हट्न शासकहरु बाध्ये बनेका छन। तर, एमाले र कांग्रेसका बंश गद्दारहरु जसरी पनि केवलकार बनाइन्छ, भन्न छाडेका छैनन्।
उपरोक्त पृष्ठभूमिमा २०८१ असार १ र २ गतेका लागि प्रदेश १ पुन:नामाङ्कन संयुक्त संघर्ष समितिको बैठक ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आयोजना गरियो। जसले, मुकुम्लुङको नैसर्गिक आन्दोलनमा भौतिक ऐक्यवद्वता जाहेर गर्न सकियोस्। यसरी हामीहरु जेठ ३० गते ठूलो फेदी पुग्यौं र ३१ गते ३,७९४ मिटर अग्लो मुकुम्लुङकि विशेष कार्यक्रममा सहभागी बन्यौं।
विशेष कार्यक्रम निम्न थिए:
१. योक्वा पूजा, जस अन्तर्गत दर्जन संख्यामा फेदाङमा र बिजुवाहरुको जोड्दार प्रदर्शनी तथा सेवासावाहरुको पूजापाठ।
२. युमा माङसंग क्षेमायाचनास्वरुप हजारौं बिरुवा रोपण।
३. खबरदारीसभा: जस अन्तर्गत जिल्ला संघर्ष समितिका संयोजक श्री लिङ्खिमको सञ्चालनमा प्रेम येक्तेन, महेन्द्र लावती, पदम अधिकारी तथा हामीहरुले आयोजक समितिको घोषणा कार्यान्वयनमा प्रतिवद्वता र आवश्यक चेतावनी मन्तव्य राख्ने काम गरियो। वक्ताहरुका मन्तव्यको सार संक्षेप निम्न थिए:
१. मुकुम्लुङ ईलाकामा लिम्बू आदिवासीको अधिकार पुनर्स्थापित गरिनु पर्छ। आदिवासी साँस्कृतिक अधिकार विरोधी केवलकार खारेज गर्नु पर्छ। अन्यथा शासकहरुले जनविद्रोह सामना गर्नु पर्नेछ।
मुकुम्लुङ ईलाकामा लिम्बू आदिवासीको अधिकार पुनर्स्थापित गरिनु पर्छ। आदिवासी साँस्कृतिक अधिकार विरोधी केवलकार खारेज गर्नु पर्छ।
२. लुटेरा केवलकारको नाममा लाली गुराँसको हजारौं रुख फाँडिएको छ, संविधान अनुसार राष्ट्रिय फूल लाली गुराँसको बोट फाँड्नेलाई शख्त कार्वाही गरिनु पर्छ। अन्यथा प्रश्न उठ्छ, राष्ट्रिय फूल लाली गुराँस काट्नेलाई कार्वाही गरिदैन भने तथाकथित राष्ट्रिय जनावर गाई-गोरु काट्नेलाई मात्र कार्वाही किन? हेक्का रहोस्, विद्रोही जनताले धमाधम गाई-गोरु काट्न थाले भने त्यसको सम्पूर्ण जिम्मेवार मुकुम्लुङका शत्रुहरु हुनेछन, हामी होइन।
३. माफियाहरु, लुटेराहरु र कमिशनखोर नाईकेहरु तथा आत्माबेचुवा खेतालाहरु, जसले हजारौं रुख फाँडेर मुकुम्लुङको प्रकृति र संस्कृति बिनाशको जघन्य अपराध गरे, पहिचानका लागि युवाले ती अपराधीहरुको तीन पुस्ते विवरण संकलन गरि जनकार्वाहीको तयारी गर्नु पर्छ।
स्मरण रहोस्, मुकुम्लुङ ईलाकामा वृक्षारोपण कार्य असार महिनाको आगामी १५ गतेसम्म निरन्तर रहने छ।
नव-उदार पुँजीवादको अतिक्रमणकारी चरित्र र पहिचान आन्दोलनको अर्थ-राजनीतिवारे
सन १९४४ मा प्रकाशित आफ्नो पुस्तक "दासताको मार्ग" बाट फ्रेडरिक भन हायकले "राष्ट्रिय योजना आयोग राख्नु हुँदैन" भन्दै "जुन देशले केन्द्रीयस्तरमा योजना बनाएर आर्थिक गतिविधि चलाउछन, तिनले देशलाई दासताको मार्गमा धकेलिदिन्छन" भन्ने उग्रतम् पुँजीवादी विचार अघि सारे। उसको "दासताको मार्ग" को अर्थ "पुँजीपतिहरुका लागि दासताको मार्ग" हो, भन्ने स्वत: प्रष्ट छ। किनभने, हायकको विचार अनुसार "राज्य नियंत्रित अर्थव्यवस्थाले पुँजीपतिद्वारा गरिने शोषण र मुनाफा सिर्जनामा अवरोध गर्दछ।" त्यसैले "त्यस्तो अर्थव्यवस्थामा पुँजीपतिहरुले आफुलाई दास महसुस गर्दछन्।"
उपरोक्त आधारमा हायक अनुसार राज्यको राजनीतिक व्यवस्थापन विरुद्व सरकारले नव-उदार पुँजीवादी अर्थनीति लिनु पर्छ, जसले आफ्नो कल्याणकारी भूमिकालाई समाप्त गर्नु पर्छ। सन १९६० मा प्रकाशित आफ्नो पुस्तक "मुक्तिको विधान" मा विश्व सर्वहारावर्ग र उत्पीडित जनसमुह विरुद्व अपराधी हायकले ओकलेका नव-उदारवादी विष नीतिहरु निम्न थिए:
१. सरकारलाई समाप्त गर,
२. सम्पूर्ण उद्योगधन्दाको निजीकरण गर,
३. बेरोजगारी समाप्त पार्न ल्याइएका कार्यक्रमहरु कटौती गर,
४. अनुदान अन्त्य गर,
५. सामाजिक सुरक्षाको खर्च घटाऊ,
६. ट्रेड युनियनको शक्तिलाई सीमित गर,
७. मुद्राको राष्ट्रियकरण अन्त्य गर, केन्द्रीय बैंकहरुलाई निजीकरण गरेर मुद्रा उत्पादन गर्ने काम त्यसको जिम्मा लगाऊ, जो अन्तर्राष्ट्रिय बजारको निम्ति सक्षम छ।
हायकका उत्तराधिकारी मिल्टन फ्रीडमेनको नव-उदारवादी सिद्वान्त "शक थेरापी" हो, जसलाई "विपत्ति पुँजीवाद" भन्ने गरिन्छ। "विपत्तिमा परेका देशहरुका राजनेताहरुले शक थेरापीको आर्थिक नीति लिनु पर्छ" भन्ने फ्रीडमेनका विषालु नीति निम्न थिए:
१. मुनाफा सञ्चयमा अवरोध गर्ने सबै नियम कानूनहरुलाई समाप्त गर,
२. सार्वजानिक स्वामित्वको सबै सम्पतिलाई निजीकरण गर र त्यस सम्पतिलाई निजी उध्यमीद्वारा मुनाफाका लागि सञ्चालन गर्न देऊ,
३. विभिन्न कार्यक्रमहरुमा नाटकीय ढंगले दिइने आर्थिक सहयोगको रकम कटौती गर,
४. बहुराष्ट्रिय कम्पनीहरुलाई विश्वका कुनै पनि भागमा जेसुकै बेचबिखन गर्न छुट देऊ,
५. मजदुरको न्युनतम् पारिश्रमिक कानून अनुसार नभएर बजारद्वारा निर्धारित गर,
६. राष्ट्रिय तथा स्थानीय उद्योगलाई संरक्षण गर्ने सबै कानूनहरु समाप्त गर,
७. कर प्रणालीलाई निरुत्साहित गर, जहाँ कर लगाउनै पर्ने बाध्यता छ, त्यहाँ पनि अत्यन्त थोरै मात्र लगाऊ,
८. सरकारले अनिवार्य उपलब्ध गराउने स्वास्थ्य, शिक्षा, सञ्चार, सेवा निवृत्तिभरण तथा राष्ट्रिय उद्योगहरु निजीकरण गर र
९. प्राकृतिक विपत्तिहरुमा जनतालाई सहयोग नगर।
नव-उदारवादी अर्थतन्त्रको प्यादा बनेका शासकहरुको कमिशनखोर गद्दारीका कारण यहाँ पनि देशभक्तिपूर्ण अर्थराजनीति निर्माणको बाटो छोडेर नेपाली जनतालाई निरिह दास बन्न अभिशप्त तुल्याएका छन्।
उपरोक्त चरित्रको नव-उदार पुँजीवादी विचार अघि सारे वापत फ्रेडरिक भन हायकले सन १९७४ मा नोवेल पुरस्कार प्राप्त गरे। त्यस उप्रान्त साम्राज्यवादी अमेरिकाको नेतृत्वमा एकाधिकार पुँजीवादी मुलुकहरुले नव-उदारवादी अर्थतन्त्रको भरमार चलाए। त्यसैको प्यादा बनेका शासकहरुको कमिशनखोर गद्दारीका कारण यहाँ पनि देशभक्तिपूर्ण अर्थराजनीति निर्माणको बाटो छोडेर नेपाली जनतालाई निरिह दास बन्न अभिशप्त तुल्याएका छन्।
पछिल्लो उदाहरण, फ्रीडमेनको दोस्रो बुँदालाई पढे प्रष्ट हुनेछ, पूर्वमा मुकुम्लुङ तथा खुवालुङ र पश्चिममा ढोरपाटन जस्ता प्राकृतिक एवं साँस्कृतिक सम्पदामाथिका अतिक्रमणहरु विरुद्व जनप्रतिरोध संघर्ष जसरी उठेको छ, वस्तुत: भूमण्डलीकृत साम्राज्यवाद विरुद्वको देशभक्तिपूर्ण आन्दोलन हो यो।
नेपाली इतिहासमा खसक्षेत्री नेतृत्वमा, यद्यपि तिनले असली हिन्दुस्तानको अभिष्ट राखेर आन्तरिक उत्पीडन मच्चाएका थिए, जुन देशभक्ति प्रदर्शन गरे त्यो भन्दा कम देशभक्तिले जनजाति आदिवासीको पहिचान र अधिकार सम्भव देखिंदैन।
अत: राष्ट्रिय सामुदायिक पहिचान आन्दोलनकारी प्रत्यकको अर्थराजनीतिक कार्यदिशा समुदायहरुको स्वायत्त देश निर्माण गर्ने र ती स्वायत्त देशहरुको एकीकृत देश निर्माणद्वारा नयाँ राष्ट्रिय एकीकरण अथवा स्वायत्त देशभक्ति र एकीकृत देशभक्तिवीच समायोजनतर्फ दृढ अग्रसर रहनु पर्दछ। नेपाली इतिहासमा खसक्षेत्री नेतृत्वमा, यद्यपि तिनले असली हिन्दुस्तानको अभिष्ट राखेर आन्तरिक उत्पीडन मच्चाएका थिए, जुन देशभक्ति प्रदर्शन गरे त्यो भन्दा कम देशभक्तिले जनजाति आदिवासीको पहिचान र अधिकार सम्भव देखिंदैन। आवरणमा कसैले सम्भव देखाएमा बुझ्नु पर्दछ, त्यो नक्कली पहिचान मात्र हुनेछ। रेडियो विज्ञापन सुन्ने गरिन्छ, नक्कलीदेखि सावधान!
अन्त्यमा, यस आलेखको उद्देश्य मुकुम्लुङ र ढोरपाटनमाथिका उग्र अतिक्रमणहरु कुन विचारधाराले संचालित छन, भन्ने थाहा पाउन नव-उदार पुँजीवाद, जुन मुनाफाका लागि सबै कुरा निजीकरण र निजीकरण भन्दै वस्तुत: माफियाकरण गर्दैछन, त्यो विध्यमान भूमण्डलीकृत पुँजीवादी विचारधारा हो, भनेर पाठक समक्ष प्रष्ट पार्नलाई हो। साथै, जीवनमा प्रथम पटक मुकुम्लुङमा उपस्थित भइयो। एकातिर यस स्थानको सुन्दरतम् प्राकृतिक रुपरेखा, गहनतम् साँस्कृतिक मौलिकता र स्वायत्त देशभक्तिभावले प्रेरित यहाँका संघर्षशील लिम्बू समुदायको सम्मानमा यो आलेख लेखिएको हो।
थप कुरा, गणतन्त्र नेपाल आइएलओ १६९ पक्ष मुलुक हो। यसर्थ पनि वास्तविक लोकतन्त्र स्वीकार गर्नेहरुले जनताका माग संबोधन गरून्। झुलो र चक्मकको चरम स्थितिमा देखिने भिडन्त, जसले दीर्घकालीन हिंसा भड्काउदैछ, रोक्न सकियोस्, भनेर स्वाभिमान आग्रह सर्वत्र दोहर्याइनु पर्दछ। प्राकृतिक साधन-स्रोतमाथि आदिवासी तथा प्रगतिशील जनताको अधिकार आइएलओ १६९ को घोषणा हो। जनताको नैसर्गिक अधिकार लुट्ने शासकहरुको शासनको अन्त्य मुकुम्लुङ रक्षार्थ संघर्षबाटै नहोस्।
(लेखक किराती तेस्रो जनआन्दोलन तयारी समितिका संयोजक हुन् ।)

पार्टीमा गुटबन्दी, बहुविचार केन्द्रको अस्तित्व र पार्टी फूटको चूरो कारण के हो ?

अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पार्ने अमेरिकी प्रयासको विरोध गर्नैपर्छ

पर्यावरण : उपभोग गर्ने र देखाउने फरक

सत्ताको शिखरबाटै गणतन्त्रमाथि खतरा !

गाजा: मानवताको मौन मृत्यु र विश्व व्यवस्थाको डरलाग्दो संकट

विवाहको अर्थ-राजनीति

कस्मेटिक विकास : समृध्दि यात्रा कि आर्थिक संकटको बाटो

प्रतिक्रिया