झरनाको पानी किन सेतो देखिन्छ ?

कुनै पनि वस्तुमा सूर्यको प्रकाश परेपछि त्यहाँ ठोक्किएर सूर्यको प्रकाश फर्कने गर्छ । यसरी फर्केको सूर्यको प्रकाश हाम्रो आँखामा परेपछि हामी त्यो वस्तु देख्ने गर्छौँ । त्यसै गरी पानीबाट पनि सँर्यको प्रकाश ठोकिएर फर्कने गर्छ । समथर रुपमा बगेको पानीले एउटा ऐनाको जस्तो काम गर्छ । जस्तो सूर्यको प्रकाश आउँछ त्यसरी नै त्यो फर्कने गर्छ । त्यसैले त्यो बिना रङको देखिन्छ ।
तर झरनाको पानी सेतो देखिन्छ । यसरी झरनाको पानी सेतो देखिने प्रक्रियालाई अङ्ग्रेजी भाषामा non-selective scattering भनिन्छ । यसो हुनुका कारणहरु निम्नानुसार छन्ः
पानीको गति र ससाना हावाका पोकाहरुः जब पानी निक्कै उचाईबाट खस्छ, गुरुत्वाकर्षणको तनाइको कारण त्यसको गति तीब्र हुन्छ र त्यहाँ एक किसिमको हुण्डरीजस्तो अवस्था पैदा हुन्छ । त्यस हुण्डरीमा पानीका साथसाथै ससाना हावाका पोकाहरु समोवश हुन पुग्छ ।
त्यसरी खसिरहेको पानीमा जब सूर्यको प्रकाश पर्छ, त्यसले पानीका कणहरुका साथसाथै ती हावाका पोकाहरुसँग पनि प्रतिक्रिया गर्छ । पानीका कणहरुले सूर्यका प्रकाशलाई अधिका.शत पार हुन दिन्छ । तर पानीसँगसँगै फँसेका हावाका पोकाहरुले चाहिँ माइक्रोस्कोपिक ऐनाको जस्तै काम गर्छ । त्यसले प्रकाशका किरणहरुलाई चारैदिशातिर फैलाइदिन्छ । यसरी पानीमा फसेका हावाका पोकाहरुका कारण प्रकाशको कणहरु फैलिएको अवस्थालाई ननसेलेक्टिभ स्काट्टेरिङ भनिन्छ । यसको अर्थ के हो भने प्रकाशमा भएका सातवटै रङ्गहरु (रातो, सुन्तले, पहेलो, हरियो, नीलो, प्याजी र बैजनी) करिब करिब समान मात्रामा परावर्तित हुने गर्छ । त्यस्तो अवस्थामा हाम्रो आँखाले ती रङ्गहरुको मिश्रणलाई सेतो देख्न पुग्छ ।
झरनाको पानी माथिबाट तल खस्दा त्यसमा हावाको पोकाहरु जति धेरै मात्रामा फँसेका हुन्छन् वा उपस्थित हुन्छन्, त्यति नै झरनाको पानी पनि सेतो देखिन्छ । त्यसमाथि थप, हामीले झरनाको पानी हेर्दाखेरिको कोणले पनि त्यसको पानीको रङको निख्खारतामा फरक पार्ने गर्छ । त्यसबाहेक, झरनाको पानीको पछाडिको पृष्ठभूमिले पनि पानीको रङलाई प्रभावित तुल्याउने गर्छ । उदाहरणको लागि, झरनाको पानी खसेको पृष्ठभूमिमा अँध्यारो छ वा गाढा रङको छ भने पानी झनै बेसी सेतो देखिन जान्छ ।
संक्षेपमा भन्दा, झरनाको पानी सेतो देखिनुको मूल कारण पानीमा फँसेका ससाना हावाका बुलबुल÷पोकाहरुले सूर्यको प्रकाश छरिदिँदा सिर्जना भएको भ्रम हो ।
यही सिद्धान्त बादलमा पनि लागू हुन्छ । हामीले आकाशमा देख्ने बादलको रङ्ग प्रायः सेतो हुने गर्छ । बादलहरुमा पनि ससाना पानीका थोपाहरु तथा हावाका पोकाहरु फँसेका हुन्छन् । ती पानीका थोपा तथा हावाका पोकाहरुबाट परावर्तन भएका वा पार भएका प्रकाशहरुलाई नै हाम्रो आँखाले सेतो देख्न पुग्छ । फलतः हामीले बादललाई पनि सेतो रङ्गको देख्न पुग्छौं ।

पृथ्वीको गहिराइमा लुकेको महासागर: वैज्ञानिकहरूको अनौठो खोज

बेटेल्ज्युसको रहस्य: एक विस्फोटोन्मुख ताराको कथा

गुरुत्वाकर्षणको पुनराविष्कार : आइन्स्टाइनको सापेक्षतावाद र ब्रह्माण्डको नयाँ व्याख्…

८ लाख वर्षअघिको अस्तित्व संकट: जब मानव जाति लोप हुने अवस्था नजिक पुगेको थियो…

अतिबौद्धिकता : मार्गदर्शन, जोखिम र रणनीतिहरू

पृथ्वी तात्दो छ, तर जाडो किन झन् चिसो हुँदै जाँदैछ ?

पृथ्वीमा विचरण गरेका मानव जाति हामी मात्र होइनौं !

प्रतिक्रिया