हाम्रो सौर्यमण्डलबारे केही रमाइला तथ्यहरु

हाम्रो सौर्यमण्डलको कुल हिस्साको ९९.८६ प्रतिशत हिस्सा सूर्य आफैंले ओगटेको छ । यसको अर्थ के हो भने, हाम्रो सौर्यमण्डलका सम्पूर्ण ग्रह तथा आकाशीय पिण्डहरुले ओगटेको हिस्सा ०.१४ प्रतिशत मात्र हुन आउँछ ।
सूर्यबाट उछिट्टिएको एउटा सियोको टुप्पो बराबरको कच्चा पदार्थले मात्रै पनि १६० किलोमिटर परसम्मको मान्छेलाई ठहरै पार्न सक्छ ।
पृथ्वीले सूर्यलाई एक फन्को परिक्रमा गर्न ३६५ दिन लगाउँछ । यसलाई एक वर्ष भनिन्छ ।
पृथ्वीको वर्षको हिसाबमा हाम्रो सौर्यमण्डलको अर्को सदस्य प्लूटोले सूर्यलाई परिक्रमा गर्न २४८ वर्ष लगाउँछ ।
मंगल ग्रहमा रहेको ओलम्पस मोन्स (Olympus Mons) हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ज्वालमुखी पर्वत हो । करिब ६०० किलोमिटर क्षेत्रमा फैलिएको यो ज्वालामुखीको उचाई २७ किलोमिटर अग्लो छ ।
सुपरनोभा विस्फोट हुँदा पहिलो दश सेकेण्डमा उत्पन्न हुने शक्ति हाम्रो सूर्यले आफ्नो पूरै जीवनकाल (१० अर्व वर्ष) भरिमा पैदा गर्ने शक्तिभन्दा पनि बढी हुन्छ ।
अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा लामो पुच्छर भएको पुच्छ्रेतारा ‘ग्रेट कमेट’ (Great Comet) हो । सन् १८४३ मा रेकर्ड गरिएको यसको पुच्छरको लम्बाई ८०० मिलियन (८० करोड) किलोमिटरसम्म फैलिएको पाइएको थियो । यो भनेको झण्डै पृथ्वीबाट वृहस्पति ग्रहसम्मको दूरी जत्तिकै हुन आउँछ ।यो पुच्छ्रेतारालाई जापानी शौखिन खगोलशास्त्री युजी ह्याकुताकेले ३० जनवरी १९९६ मा पत्ता लगाएका थिए ।
https://www.magazin.novosti.rs
वृहस्पति ग्रहमा ज्वालामुखी विस्फोट हुँदा १ किलोमिटर प्रतिसेकेण्डको दरले पदार्थहरु उछिट्टिने गर्छन् । यो भनेको हाम्रो पृथ्वीको ज्वालामुखीभन्दा २० गुणा छिटो हो ।
सूर्यबाट पृथ्वीको सतहमा प्राप्त हुने शक्ति प्रति वर्ग मिटर १.३७ किलोवाट बराबर हुन आउँछ ।

पृथ्वीको गहिराइमा लुकेको महासागर: वैज्ञानिकहरूको अनौठो खोज

बेटेल्ज्युसको रहस्य: एक विस्फोटोन्मुख ताराको कथा

गुरुत्वाकर्षणको पुनराविष्कार : आइन्स्टाइनको सापेक्षतावाद र ब्रह्माण्डको नयाँ व्याख्…

८ लाख वर्षअघिको अस्तित्व संकट: जब मानव जाति लोप हुने अवस्था नजिक पुगेको थियो…

अतिबौद्धिकता : मार्गदर्शन, जोखिम र रणनीतिहरू

पृथ्वी तात्दो छ, तर जाडो किन झन् चिसो हुँदै जाँदैछ ?

पृथ्वीमा विचरण गरेका मानव जाति हामी मात्र होइनौं !

प्रतिक्रिया