हावा हामीलाई किन चाहिन्छ ?

हाम्रो शरीरलाई सधैं हावा चाहिन्छ । त्यसै गरी हामीलाई बाँच्नका लागि खाना पनि चाहिन्छ । यही खाना बिस्तारै हाम्रो शरीरमा उर्जामा परिवर्तन हुन्छ, जसले गर्दा हामीलाई शक्ति प्राप्त हुन्छ । त्यही शक्तिको बलमा हामी काम गर्न, बोल्न, हिँडडुल गर्न र अरु थुप्रै कामहरु गर्न सक्षम हुन्छौं । हामीले खाएको खानालाई उर्जामा वा शक्तिमा परिवर्तन गर्नका लागि अक्सिजन चाहिन्छ । शरीरको लागि अनिवार्य रुपमा आवश्यक त्यो अक्सिजन हावामा पाइन्छ । त्यसैले हामीलाई हावा चाहिन्छ ।
हुन त पानीमा पनि अक्सिजन हुन्छ । तर हाम्रो फोक्सोले पानीबाट अक्सिजन लिन सक्दैन । हाम्रो शरीरका अंगहरुको विकास नै त्यसरी भएको हुन्छ । पानीमा बस्ने जीवको शरीरमा भने पानीबाट अक्सिजन लिन सक्ने गरी विशेष किसिमको अंग विकास भएको हुन्छ । मानिस र जमीनमा बस्ने अरु प्राणीहरुको शरीरमा त्यस्तो अंग हुँदैन । त्यसको सट्टामा हाम्रो शरीरमा फोक्सो हुन्छ । फोक्सोले पानीमा घुलिएको हैन, हावामा घुलिएको अक्सिजन मात्रै लिन सक्छ । त्यसैले बाँच्नको लागि अति आवश्यक अक्सिजन लिनको लागि हामीलाई हावा नै चाहिन्छ । हाम्रो शरीरका कोषहरुले हावाबाट अक्सिजन लिई हामीले खाएको खानेकुरालाई उर्जामा परिवर्तन गर्न मद्दत गर्छ । यो प्रक्रियाबाट कोषहरुले कार्बनडाइअक्साइड निर्माण गर्छन् । कार्बन डाइअक्साइड हाम्रो शरीरलाई चाहिँदैन । त्यसैले सास फेर्दा हामी त्यो कार्बनडाइअक्साइड पनि बाहिर फाल्ने गर्छौं ।
हरेक दिन हाम्रो शरीरले करिब ६०० क्वार्ट अक्सिजन लिने गर्छ, जसबाट करिब ५०० क्वार्ट कार्बोन्डायोअक्साइड निर्माण हुन्छ । हावामा १/५ भाग अक्सिजन हुन्छ । त्यसैले एक दिनमा ३००० क्वार्ट हावा हामी लिनेगर्छौं । तर अचम्मको कुरा के छ भने यदि हामीलाई ३००० क्वार्ट हावा मात्र भरिएको कोठामा थुनिनु पर्यो भने पनि हामी बाँच्न सक्दैनौं । यस्तो हुनुको कारण त्यो कोठामा हाम्रो शरीरबाट निस्केको कार्बनडाइअक्साइडले गर्दा हावामा अक्सिजनको अनुपात निकै कम हुनपुग्छ । त्यस स्थितिमा हाम्रो फोक्सोले चाहिने मात्रामा अक्सिजन लिन सक्दैन । फलतः शरीरमा उर्जा निर्माणको प्रक्रिया पनि ठप्प हुन पुग्छ ।
खुला ठाउँमा भने त्यस्तो हुन पाउँदैन । किनभने हामीले सास फेर्दा फालेको कार्बनडाइ अक्साइडलाई हरिया वनस्पति, विरुवाहरुले ग्रहण गरिरहेका हुन्छन् र त्यही अनुपातमा नै अक्सिजनको निर्माण गरिरहेका हुन्छन् । फलतः संसारमा अक्सिजन रित्तिन पाउँदैन ।

पृथ्वीको गहिराइमा लुकेको महासागर: वैज्ञानिकहरूको अनौठो खोज

बेटेल्ज्युसको रहस्य: एक विस्फोटोन्मुख ताराको कथा

गुरुत्वाकर्षणको पुनराविष्कार : आइन्स्टाइनको सापेक्षतावाद र ब्रह्माण्डको नयाँ व्याख्…

८ लाख वर्षअघिको अस्तित्व संकट: जब मानव जाति लोप हुने अवस्था नजिक पुगेको थियो…

अतिबौद्धिकता : मार्गदर्शन, जोखिम र रणनीतिहरू

पृथ्वी तात्दो छ, तर जाडो किन झन् चिसो हुँदै जाँदैछ ?

पृथ्वीमा विचरण गरेका मानव जाति हामी मात्र होइनौं !

प्रतिक्रिया