तस्विरको आँखाले हामीलाई कसरी पछ्याउँछ ?

माथि दिइएको तस्विरमा हेर्नुहोस् । तस्विरकी महिलाको आँखाले सोझै तपाईंलाई हेरिरहेको देख्नुहुनेछ । अब तस्विरलाई दायाँ वा बायाँतिर लैजानुहोस् र फेरि तस्विरमा हेर्नुहोस् । अहिले पनि तस्विरकी महिलाले तपाईंलाई नै हेरिरहेकी छन् जस्तो तपाईंलाई भान हुन्छ । दायाँ बायाँ, छड्के, सोझो जतातिरबाट हेरेपनि तस्विरकी नारीले तपाईंलाई नै हेरिरहेकी जस्तो महसँस हुन्छ । अरु फोटोहरु हेर्दा पनि हामीलाई यस्तै लाग्छ ।
यस्तो किन हुन्छ होला त ?
हाम्रा आँखाहरु अरु मानिसहरुको आँखामा हेर्दाखेरि पूरा गोलाकार वस्तुको रुपमा हेर्ने कुरामा अभ्यस्त भएको हुन्छ । हामीले त्यसरी हेर्दा हामीले हेरेको व्यक्ति वा तस्विरको आँखाको नानी पूर्ण गोलाकार देखिएपछि मात्र हामीलाई सामन्नेका मानिसले हेरिरहेको अनुभूति हुन्छ । त्यो गोलाकारमा हुने सानो हलचल वा फेरबदललाई पनि हाम्रो आँखाले ठम्याइहाल्छ ।
माथिको तस्विरमा हामीले हेर्दा तस्विरको आँखाको गोलाकार नानी जस्ताको तस्तै रहन्छ । यस्तो स्थिति जीवित व्यक्तिको आँखामा चाहिँ रहँदैन । यही कारण नै तस्विरमा जुनसुकै कुनाबाट हेर्दा पनि हामीलाई तस्विरको आँखाले पछ्याइरहेको वा हामीतिर नै हेरिरहेको छ कि जस्तो महसुस हुन्छ ।

पृथ्वीबाहिर जीवन छ कि छैन ?

वर्षामापनको विज्ञान

ओल रोमर : प्रकाशको गति हुन्छ भनी पत्ता लगाउने वैज्ञानिक

सौर्य आँधीको प्रहारबाट कसरी बच्छ भूउपग्रहहरु ?

वैज्ञानिक क्रान्तिको संरचना : एक विज्ञान-दर्शन

सबै मानिसहरु ताराको धूलोको कण !

लगभग हरेक चीजको सङ्क्षिप्त इतिहास

प्रतिक्रिया