केही रोचक रमाइला तथ्यहरु

♦ ह्वेल माछा पछाडिपट्टि तैरिन सक्दैन । टारन्टुला जातिको माकुरोले जालो बुन्दैन । गोहीले चपाउन सक्दैन । संसारकै सबैभन्दा सानो मानिने चरा हमिङ बर्ड चाहिँ हिँड्न सक्दैन, यो जमीनमा उफ्रन्छ ।
♦ आफ्नो शरीरको तुलनामा सबैभन्दा ठूलो मस्तिष्क भएको जीव कमिलालाई मानिन्छ ।
♦ केरा वा स्याउसँगै सुन्तलालाई राखिदियो भने त्यो सुन्तला चाँडो पाक्छ । यसो हुनुको कारण, केरा वा स्याउबाट निस्कने एक खास ग्याँसलाई मानिन्छ ।
♦ जर्मनीका कुख्यात तानाशाह हिटलरले लाखौं मानिसहरुको हत्या गराएका थिए । यस्ता हिंस्रक र रक्तपिपासु तानाशाह हिटलर आफैं चाहिँ शुद्ध शाकाहारी थिए ।
♦ मरुभूमिको जहाज मानिने ऊँटको सबैभन्दा ठूलो निर्यातकर्ता राष्ट्र अस्ट्रेलिया हो ।
♦ अस्ट्रेलियामा बाँदर पाइँदैन । त्यहाँ बाँदर हेर्नको लागि चिडियाखाना नै जानुपर्छ ।

अढाइ लाख वर्षदेखि सुतेको ‘जोम्बी ज्वालामुखी’ उतुरुनकुमा जीवनको हलचल

र्यालले घाउ निको पार्ने काम पनि गर्छ !

क्युमुलस बादल: आकाशको रूइ झैँ देखिने तर झुक्याउने बादल

पुरुषको भन्दा महिलाको मुटु किन बढी धड्कन्छ?

शङ्खेकीरा र मानव मस्तिष्कको तुलना

कागजले काटेको ठाउँमा किन धेरै दुख्ने गर्छ ?

फोक्सो: सास फेर्ने मात्र होइन, रगत पनि बनाउने अद्भुत अङ्ग

प्रतिक्रिया