राजनीतिक दलहरु दुई चार जना नेताका प्राइभेट कम्पनी जस्तो भयो: सिके लाल

द्विअर्थी शब्दहरुको अर्थले हाम्रो समाजलाई गाँजेको छ । राजनीतिको व्याकरण भनेको संविधान हो । संविधान नै द्विअर्थी शब्दहरुको संगालो भएको छ । धर्मनिरेक्षताको व्याख्या त्यसको उदाहरण हो ।
लोकतन्त्र नवप्रवर्तन हो । डेमोक्रेसी भनेको प्रजातन्त्र, बहुसंख्यकवाद हो खासमा । गणतन्त्र पनिे वर्चस्ववादी समुहहरुको बहुसख्ंयकवादबाटै जाने हो ।
हाम्रो मन डरले गाँजेको छ । राजा रहेन भने देश नै रहँदैन । संघीयता आयो भने देश नै टुक्रन्छ ।
शिक्षाभन्दा संस्कार बलियो हुँदो रहेछ । चन्द्रमामा रकेट पठाउँछ तर नरिवल फोड्छ । जतिसुकै पढेलेखे भएको भए पनि जातीय विभेद गर्छ, छुवाछुत गर्छ ।
भनाइ छ– संस्कार र कानून–नियममा द्वन्द्व भयो भने कालान्तरमा गएर संस्कार फेरिन्छ । त्यसको लागि राजनीतिले जोखिम उठाउनुपर्ने हुन्छ । त्यो जोखिम उठायो भने परिवर्तन आउँछ । त्यो जोखिम उठाउन हाम्रा नेताहरु अनिच्छुक छन् ।
देश चलाउन जिम्मा लिएका ठूला भनिएका नेताहरुले ‘हाम्रो बाध्यता बुझिदिनोस् न’ भन्छ भने जोखिम कसले लिने ?
क्रान्ति भनेको बहुआयामिक हो । तर न त्यस्तो साहित्य लेखिएको छ, न गीत गाइएको छ ।
कम्युनिष्टहरुमा केरला र बंगालका लागि हिन्दीमा अनुवाद गरिएका साहित्यहरु टुप्पी बाँधेका बाहुनले जस्तो कण्ठ पार्नुबाहेक त्यो स्कुलिङ बाहिर गएकै छैन ।
नवप्रवर्तन गर्ने राजनीतिक अग्रसरता र वातावरण राजनीतिक दलहरुमा देखिएन ।
राजनीतिक दलहरु दुई चार जना नेताहरुको प्राइभेट कम्पनी जस्तो भयो ।
सडकलाई खाली छोड्नु हुन्न, तताइरहनुपर्छ । त्यो भयो भने त्यहाँबाट विभिन्न किसिमको विचारहरु आउँछ । नदेखिनेगरी परिवर्तनहरु आउँछ ।
थप भिडियोमा
नेपाल अध्ययन केन्द्रले संघीय राजधानी काठमाडौंमा माघ २३ गते आयोजना गरेको 'अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्रिय गोष्ठी'मा व्यक्त मन्तव्य ।

पार्टीमा गुटबन्दी, बहुविचार केन्द्रको अस्तित्व र पार्टी फूटको चूरो कारण के हो ?

अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पार्ने अमेरिकी प्रयासको विरोध गर्नैपर्छ

पर्यावरण : उपभोग गर्ने र देखाउने फरक

सत्ताको शिखरबाटै गणतन्त्रमाथि खतरा !

गाजा: मानवताको मौन मृत्यु र विश्व व्यवस्थाको डरलाग्दो संकट

विवाहको अर्थ-राजनीति

कस्मेटिक विकास : समृध्दि यात्रा कि आर्थिक संकटको बाटो

प्रतिक्रिया