डाइनासोर कस्ता कस्ता !
_PP2U7tCfcF_jecbhwnjfbgpjkdqvmnim1kuzhxj9i7adx0m0lyjtgjuesemihkwcrr4p7kw_ko1r4FoY2G_chxq1izbut3ziaov1bz5rbmc8pdog5fl5wbeeo1i0fy8n7sjnb36me1dtqik.jpg)
हामी सबैले डाइनासोरका बारेमा सुनेका छौं होला । डायनासोर सरिसृप जीवहरुको प्रजातिमा पर्दछ । यिनीहरु लाखौं वर्ष पहिले यस संसारमा बस्ने गर्थे । उनीहरु धेरै ठूला र ताकतवर थिए । त्यसैले यस संसारमा उनीहरुको हालीमुहाली थियो । तर यस्तो शक्तिशाली जीव पनि पछि गएर यस संसारबाट लोप भएर गयो । डायनोसर मासिनुको ठोस कारण अझैसम्म वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् । कसैले अन्तरीक्षबाट खसेको आकाशीय पिण्ड पृथ्वीमा बज्रँदा त्यसको विनाश भएको मान्छन् । कसै कसैले चाहिँ संसारको बदलिँदो वातावरणसँग घुलमिल हुन नसेकेको कारणले गर्दा नै डायनोसर यस संसारबाट सधैंका लागि लोप हुन पुगेका हुन् पनि भन्छन् । अहिले वैज्ञानिकहरुले जमिनमुनि गाडिएको हाड र अवशेषको माध्यमबाट उनीहरुका बारेमा धरै कुराहरुको अध्ययन गरिरहेका छन् ।
१) सबैभन्दा ठूलो डायनासोर ब्राकियोसोरस (Brachiosaurus) थियो । त्यसको तौल करिब १००,००० पाउन्डको थियो । त्यसको उचाइ भने ४५ फिट र लम्बाई ८० फिट रहेको थियो ।
२) कम्सोग्नेथस (Compsognathus) सबैभन्दा सानो डायनासोर थियो । यो करिब १२ इन्चको मात्र थियो । यो पखेटा नभएको चरा जस्तो देखिन्थ्यो ।
३) सबैभन्दा लामो डायनासोर भने डिप्लोडोकस (Diplodocus) थियो । यसको लम्बाइ करिब ९० फिट थियो ।
४) डायनासोरमध्ये सबैभन्दा खतरनाक र मांसाहारी टायरानोसोरस रेक्स (Tyrannosaurus Rex) थियो । यसले अरु साकाहारी र स–साना डायनासोरसहरुलाई पनि खाने गथ्र्यो ।
५) सबैभन्दा ठूलो उड्ने डायनासोर टरानोडन (Ptaranodon) थियो । यसको पखेटाको फैलावट करिब २५ फिटको थियो ।
६) हिप्सीलोफोडोन (Hypsliophodon) नामक डायनासोर सबैभन्दा छिटो कुद्नु सक्थ्यो ।
७) सबैभन्दा अन्तिम र ठूलो मासु खाने डायनासोर टायरानोसोरस (Tyrannosaurus) थियो ।

अढाइ लाख वर्षदेखि सुतेको ‘जोम्बी ज्वालामुखी’ उतुरुनकुमा जीवनको हलचल

र्यालले घाउ निको पार्ने काम पनि गर्छ !

क्युमुलस बादल: आकाशको रूइ झैँ देखिने तर झुक्याउने बादल

पुरुषको भन्दा महिलाको मुटु किन बढी धड्कन्छ?

शङ्खेकीरा र मानव मस्तिष्कको तुलना

कागजले काटेको ठाउँमा किन धेरै दुख्ने गर्छ ?

फोक्सो: सास फेर्ने मात्र होइन, रगत पनि बनाउने अद्भुत अङ्ग

प्रतिक्रिया