सजिलै छानिएको थिएन नयाँ चीनको राष्ट्रिय झण्डा !
जनवादी गणतन्त्र चीनको झण्डा तयार पार्दा र छनौट गर्दाको अन्तरकथा यस्तो छ
Photo source: https://assets.bwbx.io
सन् १९४९ को सुरुवातमा माओ त्से तुङ्गले नेतृत्वमा रहेको चिनियाँ कम्युनिस्टहरुले कोमिन्ताङ्ग सरकारलाई पराजित गर्दै राजधानी पेकिङ्ग कब्जा गर्यो । १ अक्टोबर १९४९ मा जनवादी गणतन्त्र चीन स्थापनाको औपचारिक घोषणा हुनेवाला थियो। जनवादी गणतन्त्र चीनको लागि एउटा नयाँ राष्ट्रिय झण्डा बनाउनु पर्ने भयो। पराजित कोमिन्ताङ्ग सरकारको झण्डालाई कम्युनिस्ट सरकारले प्रयोग गर्नु व्यवहारिक रुपमा उचित थिएन। बदलिएको राजनीतिक प्रणालीको मर्मबोध हुने र नयाँ जनवादी चीनको प्रतिनिधित्व हुने गरी नयाँ झण्डा बनाउनको लागि जनपरामर्श कन्फरेन्सको आयोजक समितिले ४ जुलाई १९४९ मा आम जनतासंग झण्डाका डिजाइनहरु उपलब्ध गराउन आव्हान गर्यो । यो सूचना चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपल्स डेली लगायत अरु थुप्रै पत्रिकाहरुमा प्रकाशित गरियो।
उक्त सूचनामा नयाँ चिनियाँ झण्डामा निम्नलिखित विशेषताहरु हुनुपर्ने उल्लेख गरिएको थियो :-
१. चीनका विशेषताहरुलाई समेट्नु पर्ने, जस्तै- भूगोल, राष्ट्रियता, इतिहास र संस्कृति ।
२. सत्ताका विशेषताहरु (श्रमिक वर्गको नेतृत्वमा मजदुर र किसान वर्गको गठबन्धनको जनवादी सरकार)
३. आयातकार स्वरुपको (जसको आकार लम्बाई र चौडाईमा ३:२ को अनुपातमा हुनुपर्नेछ)
४. झण्डाको रंग उज्यालो रातो हुनुपर्ने (सुरुमा झण्डाको रंग गाढा रातो प्रस्ताव गरिएको थियो। त्यसलाई पछि चाउ एन लाईले उज्यालो रातोमा संशोधन गरेका थिए ।)
एक महिनाको अवधि भित्रमा चिनियाँ समाजका विभिन्न तह र तप्काका मानिसहरुले करिब ३००० वटा झण्डाका डिजाइनहरु सो समितिमा पठाए। तीमध्ये सोही समितिका सदस्य चू तेह, को मो जो र आई चिङ्गले समेत आफ्नो डिजाइन पेश गरेका थिए। बेजिंग होटेलमा यी झन्डाका डिजाइनहरुको मूल्याङ्कन गरियो। ती मध्ये ३८ वटा डिजाइनहरुलाई छनौट गरेर त्यसलाई झण्डाका डिजाइनहरुलाई संकलन गरेर भन्ने पुस्तकको रुप प्रदान गरियो ।
एक महिनाको अवधि भित्रमा चिनियाँ समाजका विभिन्न तह र तप्काका मानिसहरुले करिब ३००० वटा झण्डाका डिजाइनहरु सो समितिमा पठाए।
कमिटीका सदस्यहरुले ३ वटा झण्डाका डिजाइनलाई विशेष रुचाएका थिए र तीमध्ये नै कुनै एक छनौट हुने कुरामा आशावादी थिए। तीमध्ये पहिलो थियो झण्डाको एक किनारामा ठूलो सुनौलो तारा र यसको एक तिहाई खण्ड तल एउटा सुनौलो पट्टी भएको। त्यस्तै अर्को झण्डामा एउटा ठुलो सुनौलो तारा र दुई वटा सुनौला तेस्रो रेखा। यस्तै प्रकारले अर्को झण्डामा एउटा ठुलो सुनौलो तारा र मुनि तीन वटा सुनौला तेस्रा पट्टीहरु थिए। झण्डामा रहेको सुनौलो ताराले कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको सरकारको प्रतिनिधित्व गर्थ्यो भने पहिलो पट्टिले पहेलो नदी (ह्वांग हो), दोश्रो पट्टिले यांग्त्सी नदी र तेश्रो पट्टिले पर्ल नदीलाई प्रतिनिधित्व गर्थ्यो।



नयाँ राष्ट्रिय झण्डाको डिजाइन मागसम्बन्धी सूचना संघाईमा रहेका एक जना ३२ वर्षीय कम्युनिस्ट कार्यकर्ता जियाङ्ग लियानसनले पनि पढेका थिए। उनमा पनि झण्डाको डिजाइन तयार बनाउने सोच पलायो। तर उनी कुनै कलाकार थिएनन्। न त यसभन्दा अगाडि उनले डिजाइन सम्बन्धी कुनै काम नै गरेका थिए। तर देशभक्तिपूर्ण भावनाले ओतपोत भएर उनले झण्डाको डिजाइन बनाउन थाले ।

आफूले तयार गरेको झण्डाकाे डिजाइनका साथ जियाङ्ग लियानसन, सन् १९९४ मा । तस्विर स्रोत: https://inchiostrovirtuale.it
एक रात झण्डाकै बारेमा सोच्दै आकाशतिर हेरिरहेको बेला जियाङ्ग लियानसनले एउटा चिनियाँ भनाइ सम्झे- 'ताराको लालसा गर्नु, चन्द्रमाको लालसा गर्नु ।' त्यो दिन आकाश एकदम सफा थियो, चन्द्रमा र ताराहरु स्पस्टसंग देखिएका थिए। जियाङ्ग लियानसनले सोचे कम्युनिस्ट पार्टी चिनियाँ जनताको मुक्तिदाता हो। यो कुरा सोच्नेबित्तिकै उनको दिमागमा एउटा विचार फुर्यो।
संघाईमा सबैभन्दा गर्मी महिना जुनलाई मानिन्छ। । त्यस्तो गर्मीमा समेत उनले आफ्नो नियमित काम सकेपछि राति झण्डाको डिजाइन बनाउन लागिपर्थे। आफ्नो सानो कोठामा बसेर अनेकौं रात खर्चेर उनले झण्डाका थुप्रै डिजाइनहरु तयार पारे। तर कुनै पनि डिजाइन उनलाई चित्तबुझ्दो लागेन। एक रात झण्डाकै बारेमा सोच्दै आकाशतिर हेरिरहेको बेला उनले एउटा चिनियाँ भनाइ सम्झे- 'ताराको लालसा गर्नु, चन्द्रमाको लालसा गर्नु ।' त्यो दिन आकाश एकदम सफा थियो, चन्द्रमा र ताराहरु स्पस्टसंग देखिएका थिए। जियाङ्ग लियानसनले सोचे कम्युनिस्ट पार्टी चिनियाँ जनताको मुक्तिदाता हो। यो कुरा सोच्नेबित्तिकै उनको दिमागमा एउटा विचार फुर्यो। झण्डामा हँसिया हथौडा अंकित एउटा ठूलो तारा र त्यस वरिपरि चिनियाँ जनाताको प्रतिनिधित्व गर्ने अर्थमा साना साना ताराहरु किन नबनाउने ? यसपछि जियाङ्ग लियानसनले यो विचारबारे विस्तारमा सोच्न थाले। अब उनी झण्डामा कति वटा साना ताराहरु बनाउनु पर्ने हो भनेर सोच्न थाले। माओ त्से तुङ्गले जनताको जन अधिनायकत्व भन्ने पुस्तकमा जनतामा मजदुर, किसान, निम्न बुर्जुवा र राष्ट्रिय बुर्जुवा वर्ग सामेल हुन्छन भनेर लेखेका थिए। यही कुरालाई आधार मान्दै उनले चार वटा ताराहरु छाने। उनले ताराहरुको रंग पहेँलो छाने। उनले ताराहरुको रंग पहेँलो छान्नुको कारण के थियो भने नयाँ चीन चिनियाँ जनताको हो। चिनियाँ जनता पहेँलो जातिको रुपमा चिनिनछन्। जियाङ्ग लियानसनले झण्डामा रहने प्रतीकहरूको समस्या समाधान गरे। तर अब यिनीहरुलाई कुन स्थानमा कसरी राख्ने भन्ने कुरा तय गर्नु थियो। उनले पहिला यी ताराहरुलाई बीचमा राखेर हेरे। तर झण्डा ज्यादै बोझिलो बन्यो। अन्त्यमा ताराहरुलाई देब्रे कुनामा माथि राखे। झण्डा राम्रो देखियो। जियाङ्ग लियानसनले यो डिजाइन अनुरुपको झण्डा तयार गरेर राष्ट्रिय झण्डा मस्यौदा कमिटीको ठेगानामा पठाइदिए।

सुरुमा झण्डा–डिजाइनका मस्यौदा पुस्तकमा जियाङ्ग लियानसनको डिजाइनलाई समावेश गरिएको थिएन। त्यो समितिका एक जना सदस्य साहित्यकार तियान हानले सोधे- तपाईंहरुले यो सूचीमा पाँच तारावाला झण्डा किन समावेश गर्नु भएन ? त्यसपछि तियान हानले अस्वीकृत झण्डाहरुको थुप्रो उधिनेर जियाङ्ग लियानसनले पठाएका डिजाइन निकाले। उनले आफ्नो तर्क राख्दै भने- यो डिजाइन सुन्दर र सरल छ। र यो अर्थपूर्ण छ। यो गहन पनि छ। तपाईंहरुलाई के लाग्छ ?
यो कुरा प्रस्टै थाह हुन्थ्यो कि धेरैलाई त्यो डिजाइन मन परेको थिएन। केहीबेरको मौनतापछि एक जनाले भने - धेरैजनालाई लागिरहेको छ कि यो डिजाइन कतै देखे जाने जस्तै छ।
साहित्यकार तियान हानले सोधे- तपाईंहरुले यो सूचीमा पाँच तारावाला झण्डा किन समावेश गर्नु भएन ? त्यसपछि तियान हानले अस्वीकृत झण्डाहरुको थुप्रो उधिनेर जियाङ्ग लियानसनले पठाएका डिजाइन निकाले। उनले आफ्नो तर्क राख्दै भने- यो डिजाइन सुन्दर र सरल छ। र यो अर्थपूर्ण छ। यो गहन पनि छ।
हुन पनि हो। झण्डाका लागि प्राप्त ३००० जति डिजाइनहरु मध्ये दुई तिहाई जतिले सोभियत संघको झण्डाको अनुकरण गरेका थिए। बाँकी अन्यले अमेरिकी र अरु साना यूरोपेलेली देशहरुको अनुकरण गरेका थिए। त्यसैले कमिटी सदस्यहरुले हँसिया हथौडा र पाँच कुने तारा भएको डिजाइन देख्ने बित्तिकै त्यसलाई बेवास्ता गरिदिएका थिए।
तियान हानले सोधे- यो के जस्तो देखिन्छ ?
सबै सदस्यले एक स्वरमा जवाफ दिए- सोभियत संघको झण्डा जस्तो !
तियान हानले झण्डाको नमूनालाई एक पटक फेरी गहिरेर हेरे। अनि ठूलो ताराभित्र रहेको हँसिया र हथौडालाई हातले छोपेर सोधे- यसलाई हटायो भने ?
सबैले स्वीकृतिमा टाउको हल्लाए।
तियान हानले भने- के यसलाई पनि हामी समावेश गरौं ?
कमिटीको स्टाफले जियाङ्ग लियानसनको डिजाइनको माथि दाहिने कुनामा ३२ नम्बर लेखिदियो। कमिटीले जम्मा ३८ वटा झण्डाहरुको डिजाइन छनौट गर्यो । प्रत्येक झण्डामुनि त्यसका डिजाइनरको नाम उल्लेख नगरी झण्डाबारे संक्षिप्त टिपोट मात्रै संलग्न गरिएको थियो। ती सबै झण्डाहरुलाई एउटा एल्बममा संकलन गरेर चिनियाँ जनपरामर्शदाता कन्फरेन्स समक्ष प्रस्तुत गरियो।
झण्डाहरुको डिजाइन समावेश गरिएको सन्दर्भ सामग्री माओ त्से तुङ्ग लगायतका उच्च नेताहरु समक्ष प्रस्तुत गरियो। सो सम्मेलनका सहभागी अधिकांश नेताहरुले सुनौलो तारा र सुनौलो पट्टी भएको डिजाइनलाई मन पराए। यहाँसम्म कि माओ त्से तुङ्गले समेत त्यही झण्डालाई रुचाएका थिए।
झण्डाहरुको डिजाइन समावेश गरिएको सन्दर्भ सामग्री माओ त्से तुङ्ग लगायतका उच्च नेताहरु समक्ष प्रस्तुत गरियो। सो सम्मेलनका सहभागी अधिकांश नेताहरुले सुनौलो तारा र सुनौलो पट्टी भएको डिजाइनलाई मन पराए। यहाँसम्म कि माओ त्से तुङ्गले समेत त्यही झण्डालाई रुचाएका थिए। अझ चू तेहे र को मो रो जस्ता वरिष्ठ नेता पनि यही झण्डाको पक्षमा थिए।

जनरल झाङ्ग झिझोंग कुनै बेला कोमिन्ताङ्ग सरकारका वरिष्ठ पदाधिकारी थिए। उनले कोमिनताङ्ग र कम्युनिस्टहरु बीच भएको शान्तिवार्तामा कोमिन्ताङ्गको तर्फबाट नेतृत्व गरेका थिए। पछि उनी कोमिन्ताङ्ग सरकारलाई परित्याग गरेर कम्युनिस्ट तिर लागेका थिए। जनरल झाङ्ग झिझोंगलाई एउटा ठुलो तारा र एउटा पट्टी भएको झण्डा मन परेको थिएन। उनी यस बारे चिन्तित थिए र यसबारे माओ त्से तुङ्ग संग छलफल गर्न चाहन्थे। जनरल झाङ्ग झिझोंगको यो झण्डाको डिजाइनप्रतिको असहमति निराधार थिएन। चीनमा गृहयुद्ध पूर्णरुपमा सकिएको थिएन। कम्युनिस्टहरुले निर्णायक युद्धमा बिजय हासिल गरे पनि कोमिन्ताङ्ग पूर्ण रुपमा पराजित भैसकेको थिएन। अझै पनि चीनका पूर्वी र दक्षिणी भागमा कोमिन्ताङ्गको पकड थियो। यस्तो अवस्थामा राष्ट्रिय झण्डामा पट्टी वा धर्को कोर्नु देश विभाजनलाई स्वीकार्नु हो भन्ने उनको मत थियो। उनको विचारमा यो झण्डाले देश स्थायी रुपमा विभाजित भएको संकेत दिन्छ।
२३ सेप्टेम्बरमा जोङ्गनानहाईमा माओ त्से तुङ्गले चिनियाँ जनपरामर्शदाता कन्फरेन्सका सदस्यहरुको स्वागतार्थ रात्रिभोजको आयोजना गरे। यो भोजको क्रममा जनरल झाङ्ग झिझोंगले माओ त्से तुङ्ग एक्लै भएको मौका पारेर कुरा गर्न थाले। झाङ्गले माओलाई भने- अध्यक्षज्यु, म तपाईंलाई एउटा कुरा सोध्न चाहन्छु। तपाईं आफ्नो राय सबैले थाह नपाउन् भन्ने चाहनुहुन्छ भने म त्यसलाई गोप्य नै राख्नेछु। झाङ्ग झिझोंगले के कस्तो कुरा सोध्न खोजेका हुन् भनेर माओ त्से तुङ्गले अन्दाज पनि गर्न सकेनन। उनी अलमलमा परे। केही बेरको मौनतापछि माओले झाङ्गलाई प्रश्न सोध्न अनुमति दिए।
झाङ्ग झिझोंगले अधैर्यताका सोधे- अध्यक्षज्यु, म तपाईंलाई खालि यो कुरा सोध्न चाहन्छु कि झण्डाको कुन डिजाइनसंग सहमत हुनुहुन्छ ?
माओ त्से तुङ्ग केही क्षणको लागि स्तब्ध भए। यो प्रश्न उनको लागि अनअपेक्षित थियो। किनकि झण्डाको रोजाई कुनै गोप्य कुरै थिएन। यसलाई लुकाउनु पर्ने कुनै कारण पनि थिएन। उनले सहज रुपमा जवाफ दिए- म एउटा तारा र पहेँलो नदी भएको झण्डासंग सहमत छु। यति भन्नासाथ माओले यो कुराका पछाडि अरु केही पनि रहेको हुन सक्ने महसुस गरे र झाङ्गलाई सोधे- तपाईंले केही भन्न खोज्नु भएको हो ?

जनरल झाङ्ग झिझोंगले स्पस्टसंग भने- म यो डिजाइनसंग सहमत छैन।
माओले छक्क पर्दै कारण जान्न खोजे । माओ छक्क पर्नुको कारण पनि थियो। किनकि जन परामर्शदाता सम्मेलनका अधिकांश प्रतिनिधिहरुले यो झण्डाको डिजाइनलाई मन पराएका थिए।
जनरल झाङ्ग झिझोंगले माओलाई भने- तपाईंले क्रान्तिलाई अन्त्यसम्म जारी राख्छु भन्नु भएको होईन ? त्यसको अलावा राष्ट्रिय झण्डामा पट्टी कोर्नुको मतलब देशलाई दुई भागमा विभाजन गर्नु जस्तै हो। फेरी पट्टीलाई पहेँलो नदीको रुपमा प्रतिनिधित्व गर्नु विज्ञानसम्मत पनि हुदैन। र यसलाई देख्दा मानिसहरुले बाँदर राजा (चीनको मिथकीय पात्र– लेखक) को सुनको डण्डा भन्ने सोच्न सक्छन्।
उनको कुरा सुनेर माओले मुस्कुराउँदै भने- यो पनि समस्या हो।
झाङ्गले सोधे- के तपाई पहेँलो नदी वाला डिजाइन प्रयोग नगर्न सहमत हुनुभयो ?
माओले तत्काल कुनै जवाफ दिएनन्। केहीबेर सोचेर गम्भीर मुद्रामा भने- मलाई जहाँसम्म लाग्छ, धेरै जनाले यो पहेँलो नदीको डिजाइनको समर्थन गरेका छन्। उनीहरुले यसको पक्षमा थुप्रै तर्कहरु पनि पेश गरेका छन्।
जनरल झाङ्ग झिझोंगले अलिक आशंकित हुँदै सोधे- के त्यसो भए अन्तिम निर्णय अल्पमतले बहुमतको निर्णय पालना गर्नुपार्ने तरिकाले हुन्छ ?
माओले ठूलो तारा भित्र रहेको हँसिया र हथौडालाई देखेर निधार खुम्चाए। तियान हानले तत्काल भने- मलाई लाग्छ ताराभित्र रहेको हँसिया हथौडालाई हटाउन सकिन्छ।
त्यसै बेला तियान हान आए र माओ त्से तुङ्गको हातमा पाँचतारे झण्डाको डिजाइन दिए थमाइदिए। माओले ठूलो तारा भित्र रहेको हँसिया र हथौडालाई देखेर निधार खुम्चाए। तियान हानले तत्काल भने- मलाई लाग्छ ताराभित्र रहेको हँसिया हथौडालाई हटाउन सकिन्छ। यसले यो झन्डाको व्यापक स्वरुपमा कुनै असर पुर्याउँदैन। बरु यसले झण्डाको स्वरुपलाई अझ सरल बनाउनेछ। यो कुरा सुनेपछि माओ अलिक सहज बने।
सेप्टेम्बर २५ मा जनरल झाङ्ग झिझोंगलाई माओ त्से तुङ्ग र चाउ एन लाईले गोष्ठीमा भाग लिन निमन्त्रणा गरे। सो बैठकको सुरुवातमा चाउ एन लाईले उक्त गोष्ठीको मुख्य विषयहरु बारे प्रस्ट पारे। त्यो गोष्ठीको मुख्य काम राष्ट्रिय झण्डा, राष्ट्रियगान र निसानछाप र राजधानीबारे निर्णय गर्नु पर्ने थियो। अरु विषयमा सहजै निर्णय भयो। तर झण्डाको कुरा उठेपछि बिबाद सुरु हुन थाल्यो। पहेँलो नदी वाला डिजाइन प्रयोग गर्ने वा नगर्ने भन्नेमा सहभागीहरुका बीच मत बाझिन थाल्यो। एउटा पक्षले अर्को पक्षलाई सहमत गराउन सफल भइरहेका थिएनन्।
मलाई लाग्छ अवस्था यही नै हो भने यो डिजाइनलाई पारित गर्न कुनै अप्ठारो छैन। अल्पमतले बहुमतको निर्णय मान्नु पर्छ। पहेँलो नदीवाला डिजाइन पारित भयो तर सर्वसम्मतिका साथ पारित भएन भने त्यो अलिकति अपूर्ण हुँदैन ?
यो गतिरोधको अवस्थालाई चिर्न माओ त्से तुङ्ग आफैं अग्रसर भए। उनले पहेँलो नदी वाला झन्डाको डिजाइनलाई उठाएँदै भने- हामीले भर्खरै छलफल गरेको अवस्थालाई हेर्दा लगभग दुई तिहाई मानिसहरु पहेँलो नदीको डिजाइनसंग सहमत छन्। मलाई लाग्छ अवस्था यही नै हो भने यो डिजाइनलाई पारित गर्न कुनै अप्ठारो छैन। अल्पमतले बहुमतको निर्णय मान्नु पर्छ। पहेँलो नदीवाला डिजाइन पारित भयो तर सर्वसम्मतिका साथ पारित भएन भने त्यो अलिकति अपूर्ण हुँदैन ?
माओ त्से तुङ्गले कार्यक्रमस्थललाई एक झलक हेरे र उनको नजर जनरल झाङ्ग झिझोंगमा अडियो। माओले आफ्नो भनाइ अगाडि बढाउदै भने- झाङ्ग झिझोंगका अनुसार यो डिजाइनले देशलाई दुई भागमा विभाजन गरेको आशंका उत्पन्न गराउछ। त्यस्तै पहेँलो पट्टीले आम मानिसमा बाँदर राजाको सुनको डण्डा भनेर गलत अर्थ लाग्न पनि सक्छन। यसबारे सावाधनीपूर्वक सोच्नुहोस्। मलाई लाग्छ यो पक्कै पनि गम्भीर प्रश्न हो। यसमा तपाइँहरुको विचार के छ ?
माओ त्से तुङ्गले एक पटक फेरि चारैतिर हेरे अनि झण्डाको डिजाइन नम्बर ३२ निकाल्दै भने- चिनियाँ क्रान्तिको विजय कम्युनिस्ट पार्टीको नेतृत्वमा मजदुर किसान वर्गमा आधारित भएर भएको हो। यसमा निम्न बुर्जुवा र राष्ट्रिय बुर्जुवा वर्ग पनि एकताबद्ध थिए। संयुक्त संघर्षबाट जुन उपलब्धि हासिल भयो, त्यो चिनियाँ क्रान्तिको ऐतिहासिक तथ्य हो। हामीले भविष्यमा समाजवाद निर्माण गर्न सँगै काम गर्नु पर्छ। मलाई लाग्छ यो डिजाइनले चिनियाँ क्रान्तिको वास्तविकतालाई प्रतिबिम्बित र क्रान्तिकारी जनताको महान एकतालाई अभिव्यक्त गर्दछ। हामीहरु अहिलेलाई मात्र भविष्यसम्मलाई पनि एकताबद्ध हुनुपर्छ। मलाई लाग्छ यो राम्रो डिजाइन हो।
माओ त्से तुङ्गले बोलिसक्ने बित्तिकै सभाकक्षमा जोरदार ताली बज्यो। सबै प्रतिनिधिहरुले सर्वसम्मतिले झण्डाको डिजाइनसम्बन्धी माओको विचारलाई समर्थन गरे। सबैले ३२ नम्बर डिजाइनलाई समर्थन गरे। तर यसबाट तारा भित्र रहेको हँसिया र हथौडाको चिन्ह भने हटाइने भयो।
२८ सेप्टेम्बरमा जनवादी गणन्त्र चीनको नयाँ झण्डाको चित्र र डिजाइन प्रकाशित गरियो। झण्डामा रहेको तारा भित्रबाट हँसिया हथौडालाई हटाईएको हुनाले जियाङ्ग लियानसनलाई आफूले बनाएको डिजाइन छनौट भएको कुरामा विश्वास गर्न गाह्रो पर्यो।
२७ सेप्टेम्बरमा आयोजित भएको चिनियाँ जन परामर्शदाता सम्मेलनको पहिलो सत्रले सर्वसम्मतिबाट पाँच तारा भएको रातो झण्डालाई जनवादी गणतन्त्र चीनको राष्ट्रिय झण्डाको रुपमा पारित गर्यो ।

२८ सेप्टेम्बरमा जनवादी गणन्त्र चीनको नयाँ झण्डाको चित्र र डिजाइन प्रकाशित गरियो। झण्डामा रहेको तारा भित्रबाट हँसिया हथौडालाई हटाइएको हुनाले जियाङ्ग लियानसनलाई आफूले बनाएको डिजाइन छनौट भएको कुरामा विश्वास गर्न गाह्रो पर्यो। केही दिन पश्चात उनले चीनको सरकारले पठाएको औपचारिक पत्र प्राप्त गरे। उक्त पत्रमा लेखिएको थियो- जियाङ्ग लियानसन ! तपाईंले तयार पार्नु राष्ट्रिय झण्डाको डिजाइन स्वीकृत भएको छ। राष्ट्रको लागि तपाईंले गर्नु भएको योगदानको लागि धन्यवाद दिँदै हामी तपाईंलाई ५० लाख युआन दिदैछौ ! त्यो रकम तत्कालीन समयको प्रचलित मुद्राअनुसार थियो । त्यो भनेको जनवादी चीनको नयाँ मुद्राअनुसार ५०० युआन हुन आउँछ ।
सन्दर्भस्रोतहरु:
1. www.gmw.cn
रोजा लक्जेमबर्ग : समाजवादी आन्दोलनको अद्वितीय व्यक्तित्व
सन् २०२५ मा विश्व ट्रोट्स्कीवाद: एक संक्षिप्त रूपरेखा
एरिस्टोटल: विश्वविजेता अलेक्जेण्डर निर्माण गर्ने महागुरु
नेपाली कम्युनिष्ट पार्टीको प्रतिबद्धता पत्र
नेपाली काङ्ग्रेसको चुनावी प्रतिज्ञापत्र
राष्ट्रिय स्वतन्त्र पार्टीको 'वाचा पत्र'
नेकपा एमालेको चुनावी घोषणापत्र
प्रतिक्रिया