लेनिनको शव सुरक्षण: विज्ञान र कलाको अद्भूत संयोजन
लेनिनको मृत्यु भएको १०० वर्ष पुगिसकेको छ। तर उनको शव अहिले पनि रुसको राजधानी मस्कोको रेड स्क्वायरमा सुरक्षित रहेको छ। अझै पनि लेनिन प्रति श्रद्धा व्यक्त गर्न चाहने मान्छेहरु लाइन लागेर उनको शवको दर्शन र श्रद्धाञ्जली व्यक्त गर्छन्। कोरोना महामारीको बेला ६ महिनासम्म लेनिनको समाधि बन्द गरिएको थियो। त्यस यता अहिले फेरि खोलिएको छ।
लेनिनको मृत्यु जनवरी २१, १९२४ मा भयो। रुसी लेखक अलेक्सी युर्चेकका अनुसार लेनिनको मृत्युपछि उनको मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमका क्रममा लेनिनको शरीरका धमनी र नसाहरु काटिए। जबकि शवलाई संरक्षण गर्ने हो भने धमनी र नसाबाट संलेपन गर्ने रसायनहरु शरीरभरि पठाउन सजिलो हुन्थियो। सायद लेनिनको मृत्युको लगत्तैपछि पनि उनको शरीर लाई संरक्षण गर्ने योजना बनिसकेको थिएन। पोस्टमार्टमपछि चिकित्सकहरुले अन्त्येष्टिसम्मको अल्पवधिका लागि लेनिनको शरीरलाई संलेपन गरे। मृत्युको ६ दिनसम्म उनको शरीरलाई जनताले श्रद्धान्जली अर्पणको लागि ट्रेड युनियनको भवनमा राखियो। देश भित्रबाट ठूलो संख्यामा मानिसहरु लेनिनलाई अन्तिम बिदाई गर्न आउन थाले। मस्कोको जाडोमा घन्टौ लाम लागेर मानिसहरुले श्रद्धान्जली अर्पित गरे। जनवरी २७ मा भव्य समारोहपछि लेनिनलाई समाधिस्त गरियो। समाधिस्त गर्नुको मतलब ट्रेड युनियन भवनबाट रेड स्क्वायरमा बनाइएको काठको अस्थायी समाधिमा राखियो। मस्कोको चिसो मौसममा मार्च महिनासम्म लेनिनको शव सुरक्षित नै रह्यो। तर मार्चको अन्त्यतिर जब गर्मी सुरु भयो, शव बिग्रिन थाल्यो।
ट्रोटस्की र बुखारिनले पनि लेनिनको शवलाई सुरक्षित गरिनु धर्मको अवशेष हो भन्दै यस्तो कुरा कम्युनिस्टहरुले सोच्ने नसक्ने कुरा भनेर विरोध गरे। अर्का सोभियत नेता क्लिमेंट भोरिसिलोवले यदि लेनिनको शव सुरिक्षत गरिन्छ भने हामी मार्क्सवादी लेनिनवादी नै रहदैनौँ भनी विरोध गरे।
यी दुई महिनाबीचमा लेनिनको शवलाई के गर्ने भनेर सोभियत नेताहरु बीच छलफल र बहस हुन थाल्यो। लेनिनको मृत्यु हुँदा यसरी उनको शवलाई सुरक्षित गरिने कुरा कसैले पनि सोचेका थिएनन्। लेनिन कि पत्नी नाजेदा क्रुप्स्कायका अनुसार लेनिन आफ्नो मृत्युपछि आफूलाई आफ्नी आमाको सेन्ट पिटरसबर्गको भोल्कोभस्कोई समाधिस्थलमा रहेको चिहान नजिक गाडियोस् भन्ने चाहन्थे। यो समाधिस्थल बुद्धिजीवी, साहित्यकार र प्राज्ञहरुको अन्तिम विश्रामस्थलको रुपमा प्रख्यात छ। त्यस्तै ट्रोटस्की र बुखारिनले पनि लेनिनको शवलाई सुरक्षित गरिनु धर्मको अवशेष हो भन्दै यस्तो कुरा कम्युनिस्टहरुले सोच्ने नसक्ने कुरा भनेर विरोध गरे। अर्का सोभियत नेता क्लिमेंट भोरिसिलोवले यदि लेनिनको शव सुरिक्षत गरिन्छ भने हामी मार्क्सवादी लेनिनवादी नै रहदैनौँ भनी विरोध गरे। त्यस्तै अर्का नेता बोंच ब्रुयेभिचले लेनिनको शवलाई गाडेर त्यसैलाई समाधि बनाउने प्रस्ताव गरे। उनको यो प्रस्तावलाई पोलिटब्युरोका बहुमतले समर्थन गरेका थिए। तर स्टालिन र उनका समर्थकहरु भने लेनिनको शवलाई सुरक्षित राख्न चाहन्थे। त्यसबीचमा सोभियत नेताहरु बीच शव सुरक्षित गर्ने अनेक विधिका बारेमा चर्चा भए। कसैले शवलाई माथि सिसाको ढक्कन भएको धातुको बाकसमा संलेपन गर्ने रसायनमा डुबाएर राख्ने सुझाव दिए भने कसैले चिसोमा फ्रिज गर्ने र कसैले एउटा सिसाको पारदर्शी क्याप्सुलमा नाइट्रोजन ग्यास भरेर राख्ने सम्मका सुझाव दिए। अन्त्यमा चिकित्साशास्त्रका प्राध्यापक ब्लादिमिर भोरोबियेव र बायोकेमिस्ट बोरिस जबारस्कीले संलेपनको विधि विकास गरे। यहि विधिलाई लेनिनको शव संरक्षण गर्न प्रयोग गरियो।
विगतमा शव संलेपन गरिदा शरीरको वास्तविक जैविक पदार्थलाई सुरक्षित राख्ने तर त्यसको रुप र आकृतिमा ध्यान दिइँदैन थियो। तर लेनिनको शव संलेपन गर्दा भने शरीरको भौतिक रुप र आकृतिलाई बढी ध्यानमा राखिन्थियो न कि त्यसको जैविक पदार्थको सुरक्षामा।
लेनिनभन्दा अगाडि पनि थुप्रै मानिसको शव संरक्षण गरिएको थियो। तीमध्ये मिश्रका पिरामिडमा रहेका ममीहरु प्रख्यात छन्। त्यस यता पनि अनेकौं ठाउमा शव संरक्षण गर्ने काम गरिदै आइएका थिए। तर लेनिनको हकमा विकास गरिएको विधि पहिला शव सुरक्षित गर्न प्रयोग गरिएका विधिभन्दा फरक थियो। पहिला प्रयोग गरिएका विधिहरुमा सुरुमा एकचोटी संलेपन गरेपछि शव सधैँको लागि सुरक्षित हुन्थियो। तर लेनिनमाथि प्रयोग गरिएको विधिमा भने निरन्तर संलेपनको कार्य गरिराख्नु पर्छ। विगतमा शव संलेपन गरिदा शरीरको वास्तविक जैविक पदार्थलाई सुरक्षित राख्ने तर त्यसको रुप र आकृतिमा ध्यान दिइँदैन थियो। तर लेनिनको शव संलेपन गर्दा भने शरीरको भौतिक रुप र आकृतिलाई बढी ध्यानमा राखिन्थियो न कि त्यसको जैविक पदार्थको सुरक्षामा। सोभियत संलेपन विधिमा शरीरको रुपरंग, आकृति, वजन, जोर्नीको लचकता कायम राख्नमा जोड दिइन्थियो। यसकारण यो संलेपन विधिलाई अर्ध जैविक विधि पनि भनिन्छ।
सोभियत संघ विघटनपछि रुसका नयाँ शासकले लेनिनको शवलाई गाड्न खोजे। तर कम्युनिस्टहरु तथा लेनिनप्रति अगाध आस्था राख्ने जनताको विरोधका कारण सम्भव भएन। त्यसबेलाको रुस सरकारले लेनिनको शव संरक्षण कार्यमा लागेको ल्याबको बजेट पनि कटौती गर्यो। तर जनताले स्वत:स्फूर्त रुपमा संकलन गरेको चन्दाले यो कार्य जारी रह्यो।
लेनिनको शव संरक्षणमा एउटा अनुसन्धान प्रतिष्ठान नै संलग्न छ। लेनिनको शवलाई हरेक डेढ वर्षमा एक पटक विभिन्न संलेपन रसायनमा केही हप्ताको लागि डुबाएर राखिन्छ। र अरु बेला पनि सार्वजनिक प्रदर्शनको क्रममा लेनिनको कपडामुनि रबरको दोहोरो पत्र भएको सुट लगाइएको हुन्छ। जसको माध्यमबाट संलेपन द्रब्यको पातलो तहले शरीरलाई ढाकेको हुन्छ। लेनिनको शव संरक्षणको क्रममा कहिलेकाही खराब भएका छालाको टुक्रा, मांसपेसी लाई प्लास्टिक वा त्यस्तै कृतिम पदार्थले प्रतिस्थापन गरिन्छ। सुरुवाती संरक्षणको क्रममा लेनिनको नाक अति चिसोको कारण खराब भएको थियो त्यस लाई पुननिर्माण गरियो त्यस्तै आँखीभौं नष्ट भएको थियो जसको ठाउमा नक्कली आँखीभौं राखिएको छ। उनको खुट्टाको छाला खराब भएको थियो त्यसलाई पनि कृत्रिम पदार्थले प्रतिस्थापन गरिएको छ।
सोभियत संघ विघटनपछि रुसका नयाँ शासकले लेनिनको शवलाई गाड्न खोजे। तर कम्युनिस्टहरु तथा लेनिनप्रति अगाध आस्था राख्ने जनताको विरोधका कारण सम्भव भएन। त्यसबेलाको रुस सरकारले लेनिनको शव संरक्षण कार्यमा लागेको ल्याबको बजेट पनि कटौती गर्यो। तर जनताले स्वत:स्फूर्त रुपमा संकलन गरेको चन्दाले यो कार्य जारी रह्यो। अहिले पुटिनले फेरि त्यसको बजेट सुचारु गरेका छन्। तर अचेल रुसमा लेनिन त्यति लोकप्रिय छैनन्। उनीभन्दा बरु स्टालिन बढी लोकप्रिय छन्। लेनिनका बारेमा प्रतिक्रिया दिदै पुटिनले भनेका थिए – 'लेनिन क्रान्तिकारी नेता हुन् तर उनले रुसको विभाजनको जग खडा गरेका थिए।'
लेनिनको शव कहिले सम्म संरक्षित हुन्छ भन्ने कुरा राजनीतिमा भर पर्ने कुरा हो। लेनिनको शव जति पुरानो भयो, त्यति नै सुन्दर हुँदै गइरहेको छ। लेनिनको शव संरक्षण विज्ञान र कलाको अद्भुत संयोजन हो। यसलाई अनन्त कालसम्म पनि संरक्षण गर्न सकिन्छ।
रोजा लक्जेमबर्ग : समाजवादी आन्दोलनको अद्वितीय व्यक्तित्व
सन् २०२५ मा विश्व ट्रोट्स्कीवाद: एक संक्षिप्त रूपरेखा
एरिस्टोटल: विश्वविजेता अलेक्जेण्डर निर्माण गर्ने महागुरु
नेपाली कम्युनिष्ट पार्टीको प्रतिबद्धता पत्र
नेपाली काङ्ग्रेसको चुनावी प्रतिज्ञापत्र
राष्ट्रिय स्वतन्त्र पार्टीको 'वाचा पत्र'
नेकपा एमालेको चुनावी घोषणापत्र
प्रतिक्रिया