मानिसबारे केही विचित्र तथ्यहरु

मानिसले एक घण्टामा ६ लाख कण मृत छालाहरु शरीरबाट निस्काशन गर्छ । यो भनेको वर्षभरिमा ७०० ग्राम बराबर हुन आउँछ । यस हिसाबले एउटा ७० वर्षको मानिसले जीवनकालभरिमा झन्डै ४८ किलोजति मृतछाला निश्कासन गर्ने गर्छ ।

मानिसको करिब करिब पूरै शरीर छालाले ढाकिएको हुन्छ । रमाइलो कुरा के छ भने मानिसको शरीरको छालामा प्रति वर्ग इन्च करिब ३२ मिलियन ब्याक्टेरिया रहेको हुन्छ । ती व्याक्टेरियाहरु सबै हानिकारक चाहिँ हुँदैन ।

एउटा वयस्क मानिसको मुखमा व्याक्टेरियाका ७०० भन्दा बढी प्रजाति हुने गर्छ । त्यो प्रजाति पनि मानिसको बसोबास गर्ने ठाउँअनुसार फरक फरक हुने गर्छ ।

हाम्रो पेट दिनको २ पटक फुल्लिने गर्छ । त्यो बिहान र बेलुकीका खाना खाएको ५ घण्टापछि हुने गर्छ ।

पुरुषको पादमा भन्दा बढी महिलाको पादमा हाइड्रोजन सल्फाइड हुने गर्छ ।हाइड्रोजन सल्फाइडकै कारण पाद दुर्गन्धित हुने गर्छ । तर औसत रुपमा महिलाले भन्दा बढी पुरुषले पाद्ने गर्छ ।

हामी सबैलाई हाँच्छिउ आउने गर्छ । हाँच्छिउको गति अति तीब्र हुने गर्छ । यस दौरानमा हावा निस्कने गति प्रतिघण्टा १५० किलोमिटरसम्म पनि पुग्न सक्छ । त्यसैले हामीले जबरजस्ती हाँच्छिउ रोक्नु हुन्न । हामीले हाँच्छिउ शुरु भएलगत्तै त्यसलाई रोक्न खोज्यौं भने त्इसले हाम्रो टाउको र गर्धनको नशा फुटाइदिन सक्छ ।

 

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।