धेरै घटना भइसकेका हुन्छन् एक सेकेण्डभित्र ब्रम्हाण्डमा !

केही कुरा गर्दा वा पर्खनु पर्दा हामी सामान्यतः एक सेकेण्ड है भन्न पुग्छौं । हाम्रो दैनिक जीवनमा वास्तवमा एक सेकेण्ड खासै केही पनि होइन । तर विज्ञानको आँखामा एक सेकेण्ड भन्ने कुरा पनि धेरै हो ।

एक सेकेण्डको समयमा सिजियम १३३ (cesium (Cs-133))  का एटमहरु ९ अरब १९ करोड २६ लाख ३१ हजार ७७० पटक कम्पन हुने गर्छ ।


 

हाम्रो माउ तारा सूर्यमा एक सेकेण्डमा ५५ खरब हजार किलोग्राम हाइड्रोजन बल्छ । प्रत्येक सेकेण्डमा हाम्रो ज्ञात ब्रम्हाण्डमा ४८०० ताराहरु जन्मने गर्छ । त्यही समयमा लगभग १०० वटा ताराहरु मर्ने गर्छ । प्रत्येक सेकेण्ड ब्रम्हाण्डमा एउटा अति विशालकाय ब्लाक होलको जन्म  हुने गर्छ । त्यस एक सेकेण्डको समयमा प्रकाशले तीन लाख किलोमिटर यात्रा तय गरिसकेको हुन्छ । त्यही एक सेकेण्डमा ब्रम्हाण्ड २१ लाख किलोमिटरसम्म फैलिइसकेको हुन्छ ।

हाम्रो सौर्यमण्डलले आकाशगंगाको केन्द्रमा रहेको विशालकाय व्लाक होललाई परिक्रमा गर्ने क्रममा एक सेकेण्डमा २३० किलोमिटरको यात्रा गरिसकेको हुन्छ । हामी मानिसका लागि महत्वहीन जस्तै ठानिने एक सेकेण्डमा प्रकाशले हाम्रो पृथ्वीलाई ७.५ फन्को लगाउन सक्छ ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।