एउटा अनौठो अनुसन्धान, जसमा डल्फिन मानवप्रति आशक्त भए !

 

सन् १९६० को दशकमा नासाले डल्फिनलाई अंग्रेजी शब्दहरु सिकाउने एउटा अनुसन्धान परियोजनामा लगानी गरेको थियो । त्यस प्रयोगात्मक अनुसन्धानका लागि तीनवटा डल्फिनहरु चयन गरिएका थिए । ती तीनवटा डल्फिनहरुको नाम पिटर, पामेला र सिस्सी राखिएको थियो ।

त्यस अनुसन्धानका लागि मार्गरेट लभेटलाई प्रशिक्षकको रुपमा छानिएको थियो ।

Photo: newscientist

अनुसन्धानका लागि प्रशिक्षक मार्गरेटले डल्फिन पिटरलाई आफूसँगै बस्न छानेका थिए । उनले अनुसन्धानका लागि विशेष रुपमा तयार गरिएको स्थानमा पिटरसँगै समय बिताएका थिए ताकि उनले पिटरलाई अंग्रेजी शब्द सिकाउन सकुन् । समयक्रममा पिटरले अंग्रेजीका केही शब्दहरु सिके । तर समस्या कहाँ पैदा भयो भने पिटरमा लभेटप्रति यौनाकर्षण देखापर्यो । अध्ययनको क्रममा लभेटले उनका यौनेच्छालाई कृत्रिम रुपमा शान्त गराउने गरेका थिए ताकि अनुसन्धान अपूरो नहोस् ।

तर यो अनौठो खबर गुपचुप रहन सकेन । कता कताबाट यो खबर बाहिरियो र स्क्याण्डलको रुप नै लियो । यसले अध्ययनको मूल उद्देश्यलाई नै छायाँमा पारिदियो ।

सोही अनुसन्धानमा डल्फिनमा साइकेडेलिक औषधीहरुको प्रभावबारे अध्ययन गरेर्का  जोन लिली पनि अनुसन्धानकर्ताको रुपमा संलग्न थिए । उनले पिटरमा पनि उक्त औषधीको प्रयोग गर्नेबारे कुरा राख्दा लभेटले इन्कार गरे । अन्ततोगत्वा नासाले पनि उक्त अनुसन्धानमा लगानी गर्न रोक्यो । फलतः उक्त अनुसन्धान अधुरो रुपमै तुहियो ।

अनुसन्धानमा सामेल तथा आफ्ना प्रशिक्षकप्रति यौनाकर्षित भएका पिटरलाई त्यस अनुसन्धान थलोबाट अर्को ठाउँमा सारियो । तर त्यहाँ उनको स्वास्थ्य विग्रियो । लभेटसँग छुट्टिनुपरेको पीडालाई खप्न नसकेका पिटरमा घोर अवसाद देखापर्यो । अन्ततः उनको निधन नै भयो ।

त्यसबेला यो अनुसन्धान परियोजनाको घनघोर विरोध भएको थियो । त्यसलाई संसारकै सबैभन्दा खत्तम अनुसन्धान भनेर आलोचना गरिएको थियो ।

स्रोत: www.theguardian.com, Popular Sciencenewscientist

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।