हाेस गरौं– हावा र गोलीभन्दा छिटो फैलिन्छ हल्ला !

हमासले बन्धक बनाएका नेपालीहरु । तस्विर: https://bnn.network
१) इजरायलमा मरेका नेपाली काम गर्न गएका होइनन्, कृषिसँग सम्बन्धित कोर्स सिक्न गएका हुन्। इजरायल, क्यानाडा, न्यूजील्याण्ड, कोरिया जस्ता देशमा गरिने आधुनिक खेती सिक्न यी भन्दा विकसित मुलुकका बिधार्थी पनि आउँछन्। धुर्मुसले कृषि क्याम्पस नमासेको भए पनि त्यहाँ हुने पढाइ यहाँ हुँदैनथ्यो। देश सम्पन्न भएको भए पनि यस्ता तालिम लिन गइन्थ्यो।
२) अहिले इजरायलका घटनाको बारेमा जुन हल्ला फिजाईराखिएको छ, त्यो दृष्टिविहीनले हात्ती छामे जस्तो हुँदैछ। गाजासँग जोडिएको इजरायलको दक्षिणी भागमा अस्ति शनिबार जेजे भयो, त्यतिबेला र त्यसपछि पनि सबै भागमा त्यही भइरहेको छ भन्नु गलत हो। त्यतिबेला नै पनि इजरायलका अन्य भागमा त्यस्तो खतरनाक अवस्था थिएन। अहिले इजरायलमा सम्पर्कमा रहेका नेपालीहरु जहाँजहाँ हुनुहुन्छ, सुरक्षित हुनुहुन्छ।
३) इजरायल देशमा पहिलोपल्ट युद्व भएको होइन। युद्वमा इजरायल देश भएको हो। त्यसैले यस देशले युद्वका अवस्थामा देशभित्र भएका मानिसलाई जोगाउन पूर्णत तयार छ। अगाडि अकस्मात जे भयो भयो। बाँचेका नेपालीको पनि उद्दार भैसकेको छ। जति नेपाली दुःखद घटनामा परे, ती सबै भर्खर इजरायल पुगेका नयाँ मान्छे परे, आफ्नै अगाडि साथीहरु मारिएको देखे पनि, त्यसैले आत्तिए। अहिले उनीहरूको पनि अवस्था नियन्त्रणमा (Under control) छ।
४) नेपाल सरकार, सम्पूर्ण दल, मीडिया, बुद्दिजिबी , पेशाकर्मी मिलेर त्यहाँ अड्केका नेपालीहरुको उद्दारको लागि पहल गर्नुभयो। यो केसले धेरै पछि सबैलाई एकै ठाउँ ल्यायो। त्यो दृश्य चाहिँ गज्जब देखियो। नेपालको ध्वजाबाहक जहाज जेरुसेलम उड्नको लागि तयारी अवस्थामा छ। उताबाट ग्रीन सिग्नल मिल्नासाथ जमीन छोड्नेछ। युद्वरत क्षेत्रमा जहाज आउन र ल्यान्ड गर्न सजिलै अनुमति दिने भन्ने हुँदै हुँदैन। त्यसो गरे, त्यो जाहज खसाले को जिम्मेवार हुन्छ? त्यसैले यसका लागि समय लाग्न सक्छ। नेपाली सुरक्षित छन्, खान बस्न पाएका छन् , उपचार पनि नेपालको भन्दा त्यही राम्रो हुन्छ नै। अवस्था अलिक सहज नभए सम्म आत्तिनु भएन।
५) घटना घटेको दिनदेखि नै नेपाली दुतावास, नेपाल सरकार, नेपाली मिडिया र सरोकारवाला पक्ष पीडितहरुको सम्पर्कमा छन्। यो उदाहरणीय काम हो। यस घटनामा सम्पन्न मुलुक क्यानडाका नागरिक पनि परे/ मरे। अफ्ट्यारो परेका क्यानडियनले आफ्नो एम्बेसीमा सम्पर्क गर्न खोजे। घटना शनिबारबाट घट्न थाल्यो। शनिबार र आइतबार Weekends छुट्टी, उनीहरूको एम्बेसी बन्द, फोन उठेन। हिजो सोमबार उनीहरूको Thanksgiving day, सार्वजनिक छुट्टी, हिजो पनि फोन उठेन भनेर उनीहरू कै मिडियाले लेखेको थियो।
हेर्नुहोस् यो लिंक: https://www.ctvnews.ca
कमसेकम हाम्रो दूतावास त सम्पर्कमा थियो/ छ। आखिर उद्धार गर्ने पनि हामी आफै गएर होइन। दूतावासले आफ्ना नागरिक भएको ठाउँको जानकारी त्यहाँको सेना, एम्बुलेन्स/ त्यहाँको सरोकार वाला निकायलाई दिएर छिटोभन्दा छिटो उद्दार गराउने न हो। त्यो गरेकै थियो/ छ।
६) राजनीति गर्न, बिरोध गर्न हामीसँग "टपिक" को कमी छैन। अरु बिषयमा गरौंला। तर, यस घटनालाई तोडमोड नगरौं। भाइरल हुन अनेक भिडियो भेटिन्छन्। अहिलेका बीभत्स भिडियोलाई नेपालीसँग जोडेर नतर्साऔं। यो उनीहरू दुवैको अस्तित्वको लड़ाई हो। यसमा दुवै सही अनि दुवै गलत देखिन्छन्। हामीले एक आपसमा टाउको ठोक्काए हाम्रै टाउको फुट्ने हो, उनीहरूलाई थाहासम्म हुँदैन।
७) युद्वमा हावा र गोली भन्दा छिटो हल्ला फैलन्छ। सकारात्मक हल्लाले ओखती भन्दा बढी काम गर्छ। नकारात्मक हल्लाले बमले भन्दा बढी छिया छिया बनाउँछ। यदि हामीलाई साँच्चै उनीहरूको पिर छ भने आशावादी र सकारात्मक हल्ला गरौँ ।

धर्म, राजनीति र महत्वाकांक्षा: पाकिस्तान र भारतको विभाजनको दु:खान्त

म मरें भने म आफ्नो सिद्धान्तमा अडिग भएर मर्छु

नेपालका 'कम्युनिष्ट' मठाधीशहरू राजनीतिक र सांगठनिक सफाया गर्ने बाटो समाउनु …

दलाल पूँजीवादको बदलिँदो अनुहार

हालसालै उभयगत मोहनविक्रम सिंहसँगका केही रोचक प्रसङ्गहरु

मारिने निश्चयको भूमिगत जीवन

‘अविवाहित प्रमाणिकरणको सिफारिस’: राष्ट्रिय लज्जाको दस्तावेज

प्रतिक्रिया