यस्ता रहेछन् घरिघरी विरामी परिरहनुका कारण
कतिपय मानिसहरु घरिघरी विरामी परिरहन्छन् । थोरै समय मात्र सामान्य जीवन बिताउन पाउँछन् यस्ता मानिस । उनीहरुलाई कुनै न कुनै स्वास्थ्य समस्याले पिरोलिरहेको हुन्छ । फेरि त्यस्तो समस्याले उसलाई ढलाइहालेको चाहिँ हुँदैन ।
यस्तो किन हुन्छ ?
यस्तो हुनुको एक मात्र कारण उसको रोग प्रतिरोधी क्षमता कमजोर हुनु नै हो । जब हाम्रो शरीरको रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ, ससाना कुराहरुले पनि हामीलाई बिरामी तुल्याइदिन सक्छ । त्यसबाहेक, त्यो अरु कुनै गम्भीर स्वास्थ्य समस्याको प्रारम्भिक लक्षण पनि हुन सक्छ । त्यसैले घरिघरि बिरामी परिरहियो भने चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ ।
सामान्यतः निम्न कारणहरुले गर्दा पनि हामी घरिघरि बिरामी परिरहन्छौं–
–शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु
–भिटामीन डीको कमी
–राम्ररी सुताइ पुगिनरहेको हुनु
–जलविनियोजन (डिहाइड्रेसन)
–राम्ररी खानपान नगर्नु
–तनाव
–हात राम्ररी नधुने बानी
–मुखको स्वास्थ्यसम्बन्धी नियमको पालनामा लापरवाही
–वरिपरिको वातावरण प्रदूषित हुनु
अति-प्रशोधित खानपान र बालबालिकाको संवेगात्मक तथा व्यवहारिक स्वास्थ्य बीचको सम्ब…
खाना खाएपछिको १०–२० मिनेट हिँड्नुको फाइदा
भात मनपर्छ ? सुगर रोग लाग्दैमा भात खान छोड्नु पर्दैन !
मानसिक रोगका कारक जीन पत्ता लाग्यो !
विषादीले मानिसको आन्द्रामा रहेका फाइदा गर्ने सूक्ष्मजीवहरूलाई खतरा पुर्याउँछन्
फूल र बोटविरुवालाई ढुसी र कीराहरुले सतायो ? यस्तो छ बच्ने उपाय !
महिनावारीप्रति हुने भेदभाव: सामाजिक कलङ्क र लैङ्गिक हिंसाको खतरनाक रुप !
प्रतिक्रिया