आकाशमा बिजुली कसरी चम्कन्छ ? गड्याङगुडुङ किन हुन्छ?

बादल पानीको बाफबाट बनेको हुन्छ भन्ने हामीलाई थाहा भएकै कुरा हो । आकाशमा धेरै माथि पुगेर बढी चिसिएपछि केही बाफ बरफका टुक्रा र केही चाहिँ पानीका थोपा बन्दछ । यी बरफका टुक्रा र पानीका थोपाहरूलाई हावा लागेको बेला हावाले यताउति हुत्याइदिन्छ । यसरी हुत्तिदा बरफका टुक्रा र पानीका थोपाहरू एक अर्कामा ठोकिन्छन् । यिनीहरू एक-अर्कामा ठोकिनासाथ त्यहाँ बिजुलीको गुण भएका कणहरू पैदा हुन्छन् । यी बिजुलीका कणहरू दुई किसिमका हुन्छन् । मानिसहरू यी दुई किसिमका कणहरूलाई भाले र पोथी भन्ने गर्दछन् । तर वैज्ञानिक भाषामा भालेलाई पोजेटिभ (+) र पोथीलाई नेगेटिभ (-) भनिन्छ ।
बादलभित्र पोजेटिभ र नेगेटिभ पैदा हुने बित्तिकै यिनीहरू अलग-अलग जम्मा हुन जान्छन् । पोजेटिभ करणहरू जति बादलको माथिल्लो भागमा जम्मा हुन्छन् र नेगेटिभ करणहरू जति बादलको तल्लो भागमा जम्मा हुन्छन् । त्यसैले बादलको माथिल्लो भागमा पोजेटिभ कणको भण्डार हुन्छ भने तल्लो भागमा नेगेटिभ कणको भण्डार हुन्छ । जब नेगेटिभ कणको संख्या ज्यादै धेरै हुन्छ त्यस बेला नेगेटिभ कणहरू धेरै बलिया भएर एकैचोटि पोजेटिभ कणको भण्डारमा मिसिन जान्छन् । यसरी नेगेटिभ कणहरू बगेर पोजेटिभ करणसँग मिल्दा ठूलो आगोको झिल्का निस्कन्छ । यही झिल्कालाई हामी बिजुली चम्केको रूपमा देख्दछौं ।
बिजुली चम्कँदा गड्याङगुडुङ् गरेर आवाज पनि निस्कन्छ । यो आवाज हावाले गर्दा निस्केको हो । बिजुली चम्केको ठाउँमा अत्यन्तै तातो हुन्छ । त्यस तातोले गर्दा त्यहाँको हावा एकैचोटि फैलिन्छ । यसरी एकैचोटि हावा फैलिंदा ठूलो आवाज निस्कन्छ । जसरी कुनै एउटा हावा भरिएको बेलुनलाई फुटाउँदा बेलुनभित्र कोचिएर रहेको हावा एकैचोटि बाहिर फैलन्छ र आवाज आउँदछ त्यसरी नै बिजुली चम्कँदा त्यहाँको हावा एकैचोटि फैलन्छ र मेघ गर्जेको श्रावाज पनि आउँदछ ।
बालबिज्ञान प्रश्नोत्तरबाट

पृथ्वीको गहिराइमा लुकेको महासागर: वैज्ञानिकहरूको अनौठो खोज

बेटेल्ज्युसको रहस्य: एक विस्फोटोन्मुख ताराको कथा

गुरुत्वाकर्षणको पुनराविष्कार : आइन्स्टाइनको सापेक्षतावाद र ब्रह्माण्डको नयाँ व्याख्…

८ लाख वर्षअघिको अस्तित्व संकट: जब मानव जाति लोप हुने अवस्था नजिक पुगेको थियो…

अतिबौद्धिकता : मार्गदर्शन, जोखिम र रणनीतिहरू

पृथ्वी तात्दो छ, तर जाडो किन झन् चिसो हुँदै जाँदैछ ?

पृथ्वीमा विचरण गरेका मानव जाति हामी मात्र होइनौं !

प्रतिक्रिया