गर्भ जाँच्ने विचित्र काइदा
गर्भमा बच्चा बसेको छ कि छैन ? त्यो जाँच्ने विभिन्न काइदाहरु हुने गर्छन् । विज्ञान र प्रविधिका विकासले त्यसका लागि धेरै सजिलो उपायहरु खोजिदिएका छन् । अहिले त बजारमा सामान्य मूल्यमै पाइने किटहरुको प्रयोगले पिसाबजाँचमार्फत् पनि गर्भमा बच्चा बसेको वा नबसेको केही क्षणमै पत्ता लगाउन सकिन्छ ।
प्राचीन इजिप्टमा चाहिँ गर्भमा बच्चा रहेनरहेको थाहा पाउन विचित्रको उपाय अपनाउने गरिन्थ्यो । करिब ईशापूर्व १३५० तिर इजिप्टमा महिलालाई जौ र गहुँ राखिएका अलग अलग थैलामा पिसाब फेर्न लगाइन्थ्यो । त्यसमध्ये जौ उम्रियो भने गर्भमा छोरा बसेको र गहुँ उम्रियो भने चाहिँ गर्भमा छोरी बसेको विश्वास गरिन्थ्यो । यही आधारमा कतिपयले त गर्भमा बच्चा रहे नरहेको थाहा पाउने विधि त्यसकालदेखि नै प्रचलित रहेको गलत दावी पनि गर्ने गर्छन् ।
त्यसो त यसो परीक्षणको कुनै वैज्ञानिक आधार भने थिएन । त्यो फगत विश्वासमा आधारित थियो र त्यो एउटा निश्चित कालखण्डमा विकसित हुँदै आएको प्रचलन मात्रै थियो ।
गर्भमा बच्चा बसेको वा नबसेको बारेमा ठोकुवाका साथ भन्न सकिने आधुनिक परीक्षण विधिहरु २० शताब्दीमा आएर मात्रै विकसित भएका हुन् ।
एउटा घातक विरुवा ‘मुस्कानसहितको मृत्यु’ !
मानवका जस्तै औंलाछाप हुने जीव कोआला !
संसारकै सबैभन्दा साना बाँदर
सानो माछा, ठूलो आवाज : जब एक सेन्टिमिटरको माछाले हात्तीलाई पनि पछि पार्यो
जनावरलाई पनि मान्छेलाई जस्तै मुद्दा र सजाय !
जब ह्वेलहरू चार खुट्टामा हिँड्थे
प्रेम वियोगमा परेपछि ‘इथानोल’ खाने झिङ्गा
प्रतिक्रिया