मानिस २५ वर्ष पुगेपछि मात्रै तर्कसङ्गत निर्णय लिन सक्षम हुने !

संसारभरि नै बालिग र नाबालिगको विवाद बहस चल्ने गरेको छ । सामान्यतः १८ वर्षदेखि माथिकालाई बालिग मानिने गरिन्छ । कतै कतै त २१ वर्ष पुगेपछि मात्रै बालिग मान्ने गरिन्छ । सामान्यतः यसको अर्थ के हो भने समाज र कानूनले एउटा मानिस १८–२१ वर्षको उमेर पुगेपछि स्वविवेकमा निर्णय गर्न सक्ने हुन्छन् । उनीहरु परिपक्व ढंगले सोच्न र तर्कसङत ढंगले निर्णय लिन समर्थ हुने गर्छन् ।

त्यसो त विज्ञानको आँखाले हेर्दा मानिस १८ वा २१ वर्ष पुग्दा पनि तर्कसङ्गत ढंगले निर्णय लिन सक्ने गरी परिपक्व भइसकेको हुँदैन । मानिसले परिपक्व ढङ्गले निर्णय लिनको लागि मस्तिष्कको प्रिफ्रन्टल कोर्टेक्स भनिने भाग राम्ररी विकसित भएको हुनुपर्छ । यो भाग नै मुख्य गरेर तर्कसङ्गत ढंगले निर्णय लिने मस्तिष्कको हिस्सा मानिन्छ । मानिस २५ वर्षको उमेर पुगेपछि मात्रै मस्तिष्कको यो भाग परिपक्व हुने गर्छ भनेर विज्ञानले भन्छ ।

त्यसो भने मानिस २५ वर्ष नपुग्दासम्म वा तर्कसङ्गत ढङ्गले निर्णय गर्न सामथ्र्यवान नहुँदासम्म उसले सूचना वा जानकारीहरुलाई प्रशोधन गर्ने तथा निर्णय लिने काम चाहिँ कसरी गर्छ त ?

त्यसरी प्रिफ्रन्टल कोर्टेक्स राम्ररी विकसित नहुँदासम्म मानिसले एमिगडाला भनिने मस्तिष्कको हिस्साले त्यसो काम गर्ने गर्छ । एमिगडालालाई मानिसको संवेदनालाई नियन्त्रण गर्ने मुख्य हिस्सा मानिन्छ ।

दायित्वबोध

दायित्वबोधको समकालीन समाजमा देखापरेका आर्थिक, सामाजिक र राजनीतिका अस्पष्टतालाई चिरेर एउटा प्रष्ट र ताजा दृष्टिकोण निर्माण गर्ने लक्ष्यका साथ सञ्चालित अनलाइन हाे ।